साउदी अरबमा भएको सडक दुर्घट्नामा एकजना नेपालीको मृत्यु।

  • २८ बैशाख २०८०, बिहीबार १०:१४ मा प्रकाशित

  • साउदी अरबको रियादमा सडक दुर्घटनामा परी प्यूठानका एकजनाको मृत्यु भएको छ।

    झिमरुक गाउँपालिका-१ सौतामारे छाती मुनिका 25 वर्षीय नारायण जिएमको ज्यान गएको हो।

    रोजगारीको सिलसिलामा करिब एक वर्षअघि साउदी अरबको रियादमा पुगेका जिएम लाई गत सनिबार साझ साँझ तरकारी किन्नको लागि सडक पार गर्दैगर्दा गाडीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो।

    जिएमको शव आवश्यक प्रक्रिया पूरा सकिएपछि छिटो भन्दा छिटो नेपाल पठाईने बताईएको छ।

    समाचार श्रोत प्युठान समाचार डट कम्

    Leave a Reply