पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४४ [चवालिसौँ] ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०२/०३ गते समय :- साँझ ८ बजे ।
भ्रष्टाचार विरुद्ध पञ्चाङ्ग लेखेर सदनमा हाल भैरहेको अवस्थालाई उजागर गर्न र जनता सामुन्ने पञ्चाङ्गद्वारा अनुभुती गराउन १/१पञ्चाङ्ग लेख्न हुन अनुरोध छ ।
……………………………………………………………………
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- आफूखुसी
………………………………………………
पञ्चाङ्ग संरचना
…………………
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
कसरी लेख्न सकिन्छ ?
—————-
पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
जस्तै :-
उठान:-
✍️आफै जान्ने आफै सुन्ने भ्रष्ट भयौ हाम्रा नेता[०१]
✍️बोल्दा कुरा पूरा हुन्न कता गयौ हाम्रा नेता[०२]
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
———————————-
💢सदनलाई कब्जामा राखी काण्ड गर्दै आयौ [०३]
माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
———————————
१,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
✍️सुन काण्ड गर्नेलाई कता लयौ हाम्रा नेता[०४]
✍️गाउँदेखि भ्रष्टाचार गर्ने सयौं हाम्रा नेता[०५]
४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
…………………………………………………………
उदाहरण पञ्चाङ्ग
✍️आफै जान्ने आफै सुन्ने भ्रष्ट भयौ हाम्रा नेता।
✍️बोल्दा कुरा पूरा हुन्न कता गयौ हाम्रा नेता।
💢सदनलाई कब्जामा राख्ने काण्ड गर्दै आयौ,
✍️सुन काण्ड गर्नेलाई कता लयौ हाम्रा नेता।
✍️गाउँदेखि भ्रष्टाचार गर्ने सयौं हाम्रा नेता।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
…………………………………………………………
पञ्चाङ्ग [०१
छन्द : अद्रितनया (२३।३८६१४२४ पिङ्गल)
लक्षण: नजभजभा जभौ लघुगुरू बुधैस्तु गदितेयमद्रितनया ।
गण: न ज भ ज भ ज भ ल गु
सङ्केत : ।।। ।ऽ। ऽ।। ।ऽ। ऽ।। ।ऽ। ऽ।। । ऽ
वर्ण:२३, यति: ७, १३ र २३ अक्षरमा ।
पञ्चाङ्गहरू
………………
[०१]
सुन सिक मित्र हो, अब त सीपको, अटल ज्ञान अर्थ सब त्यो ।
जनप्रिय बन्छ है,सकल कर्मको, सबल ध्यान अर्थ सब त्यो।
नरजन सीप मै, प्रगति हुन्छ त्यो, अबल उच्च साथ छिन मै,
जन हित हुन्छ है, मुलुकको यहाँ, परम सान अर्थ सब त्यो ।
सुन अब मन्त्रको, अकल ज्ञान यो, जनम मान अर्थ सब त्यो
[०२]
युगयुग चल्छ है, रहर यत्नको, सबल सीप हुन्छ त जहाँ ।
भरसक चल्छ है, कहर जिन्दगी, सबल खीप हुन्छ त जहाँ ।
निप थुम भूमि त्यो, रहर अन्नको,अवनि मिल्छ ज्ञान सगर,
लहलह हुन्छ है, सगर भूमिको, जमिन नीप हुन्छ त जहाँ ।
सब सिप लाउनू, बगर मात्रमा, उदित दीप हुन्छ त जहाँ ।
[०३]
छ सिप प्रयत्नको, रहर भित्रको, मुलुक दीप बाल्नु छ यहाँ ।
हरपल देशको, कहर छेड्न त्यो, कदम धेर चाल्नु छ यहाँ ।
कृषिस्थल कर्मको, जहर भेड्नमा,अब बजेट राख्नु न अहो ,
छ चुसक शत्रुको, अब देशको, कठघरा नि हाल्नु छ यहाँ ।
सब जन मात्रको,सुखशान्तिले, मुलुकभित्र पाल्नु छ यहाँ ।
✍️राजेन्द्रकुमार बज्राचार्य, ललितपुर ।
…………………………………………………
पञ्चाङ्ग [०२]
गनाउँदै हिँड्छन् ठूलो भुँडी पारी हाम्रो नेता।
यो देश र जनता खाल्डोमा झारी हाम्रा नेता।
छैन-अलिकति पनि मनाम लाज घिन को,
अगाडि बढेकाछन् जनता मारी हाम्रा नेता।
घुसको लागि त के सारो लाचारी हाम्रा नेता।
✍️सरस्वती श्रेष्ठ, इटहरी ।
……………………………………………………………
पञ्चाङ्ग [०३]
स्वादिष्ट आटो देश मेरो हो ।
सिक्काको पाटो देश मेरो हो ।
जिन्दगी न हो उकालो अनि,
ओरालो बाटो देश मेरो हो ।
जन्मेको माटो देश मेरो हो ।
✍️आर्त अकुलीन, कैलाली ।
…………………………………………………………
पञ्चाङ्ग [०४]
[०१]
आफै जान्ने आफै सुन्ने भ्रष्ट भयौ हाम्रा नेता।
बोल्दा कुरा पूरा हुन्न कता गयौ हाम्रा नेता।
सदनलाई कब्जामा राख्ने काण्ड गर्दै आयौ,
सुन काण्ड गर्नेलाई कता लयौ हाम्रा नेता।
गाउँदेखि भ्रष्टाचार गर्ने सयौं हाम्रा नेता।
[०२]
काम भन्दा कुरा बढी गर्ने ल्याइयो हामीले नेता।
राम्रो-राम्रो कुरा गर्दा गीत गाइयो हामीले नेता।
सदनलाई कब्जामा राख्ने काण्डै काण्ड गर्दै आयौ,
राम्रो काम गर्नेलाई कति धाइयो हामीले नेता।
खातैखात भ्रष्टाचार गर्ने पाइयो हामीले नेता।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
…………………………………………………………
पञ्चाङ्ग [०५]
[०१]
बिना काम संसदमा कराउनु भयो।
तोपे बाले बेकारमा हराउनु भयो।
ढिलोचाॅडो धुरीबाट पाप कराउॅछ,
सुकुम्बासी नाम लिॅदै डराउनु भयो।
सम्पत्तिले भकारी नै भराउनु भयो।
[०२]
बिरोधका शैली पनि थरि थरि भए।
एक पल्ट भए हुन्थ्यो घरि घरि भए।
सानो निहुॅ हुनु हुन्न आन्दोलन हुन्छ,
कहिले त आन्दोलन बर्षै भरी भए।
कुनै राम्रा कुनै देखाबटी सरी भए।
✍️घनश्याम पौडेल, पोखरा ।
…………………………………………
पञ्चाङ्ग [०६]
शान्तिय प्रिय भए पनि हाम्रो देश।
बिखण्डित हुँन थालेको राम्रो देश।
उठाउँछन् झण्डा धेरैले भिन्दा भिन्दै,
बनाउँन खोजे दुष्टले चाम्रो देश।
सुगौली सन्धिपछि भयो साम्रो देश।
✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८
…………………………………………
पञ्चाङ्ग [०७]
सेतै फुलेर नि फल्न चाहिँ कहिल्यै नजान्ने कस्तो दारी यो।
न त बुद्धि आउँछ न विवेक किन पालेको यत्रो भारी यो।
मुखले चाहिँ मीठो भाषण दिने कर्तुत भित्र अर्कै पाल्ने,
पहेंलो वस्त्र धारण गर्ने अनि भट्टी छिर्ने कस्तो धारी यो।
आफैं बेचिइएर नि फेरि देशै बेच्ने कस्तो भ्रष्ट चारी यो।
✍️पशपती राई, खोटाङ ।
…………………………………………………………………
पञ्चाङ्ग [०८]
[०१]
देशमा काण्डै काण्ड चलाउने नेता ल्यायौँ हामीले।
जनताका ति आँखा छलाउने नेता ल्यायौँ हामीले।
सबै आडम्बरी भएका नेताहरू रोज्यौँ सबैले,
सत्ता पुगेर देशै जलाउने नेता ल्यायौँ हामीले।
भ्रष्टाचार बिकास पलाउने नेता ल्यायौँ हामीले।
✍️बेदु न्यौपाने , काठमाडौ ❤️ ।
…………………………………………………………
पञ्चाङ्ग [०९]
देसमा सत्ता पाएपछि शासकले ढाँट्यौ त के गरौँ।
एउटा घरका दाजुभाइ भाईमा फाट्यौ त के गरौँ।
भन्थ्ये चार जात छत्तीस वर्णको सिङ्गो फूलबारी हो,
थियो एक आपसमा बलियो तार काट्यौ त के गरौँ।
भनौं भन्नलाई के आफ्नै देस भुल्न आट्यौ त के गरौँ।
✍️दुर्गा रिजाल आचार्य , मोरङ ।
………………………………………………………………
पञ्चाङ्ग [१०]
[०१]
अब युवा नेताहरूले देश चलाउँछ रे।
भ्रष्टाचारी बुढालाई झेलमा जलाउँछ रे।
पहिला कति गरे भ्रष्टाचार हिसाब गर्नू,
दु:खी पीडितहरू माथी दयाँ पलाउँछ रे।
हाम्रो देशमा विकास गरेर फलाउँछ रे।
[०२]
जता हेर्छु म पापै पाप मात्र भेटिदैछ यहाँ।
सत्य र धर्मको अनगन्ति रेटिदैछ यहाँ।।
सोच्दैछु यो त घोर कलियुग आयेकै होत।
पूजा पाठ कति कतिघर मेटिदैछ यहाँ।।
एक्लै हिंड्दा चोर फटाहले लुटिदैछ यहाँ।।
✍️कमला पाण्डे पराजुली, झापा चाराआली ।
……………………………………………………
पञ्चाङ्ग [११]
देशमा अनेक बेथिति चलाउने नेता।
साेझा साझा जनताहरू छलाउने नेता।
कहिले खै त देशमा राम्रो व्यवस्था हाेला,
सधैँ दुःखकाे भुमरीमा जलाउने नेता।
देशमा भ्रष्टाचार खेती फलाउने नेता।
✍️शाेभा आचार्य गाैतम,काठमाडौँ।
…………………………………………………
पञ्चाङ्ग [१२]
चुनावकाे बेला जनतामा ठूलाे राग थियाे।
नेता भन्दै थिए भेडा बनाउने धाग थियाे।
जनतालाई काैडिमा नबिक्ने पत्रु बनाए,
जितेपछि मुहार फेर्ने भाेटकाे माग थियाे।
ला ला भनेर देखाउने हरियाे साग थियाे।
✍️सुरेश चन्द्र घिमिरे, लमजुङ ।
……………………………………………
पञ्चाङ्ग [१३]
[०१]
आन्दोलन गरेर हुन्न सिधै फाँसी देउ।
फाँसी दिएको दिन हेरी सबै हाँसी देउ।
भ्रष्टचारी बढार्नु पर्छ अब सबै मिली,
घाटमा लान यिनलाई हरियो बांसी देउ।
केही नलागे भित्तामा किलाले टाँसी देउ।
[०२]
देशमा शान्ति ल्याउन यहाँ आन्दोलन गर्नु परेको छ।
नेपाल आमाका सन्तान लडाँई गर्दै मर्नु परेको छ।
दुबोसरी मौलाउँदै छ यहाँ भ्रष्टाचारको जालो,
पार्टीपार्टी सदनमै खिचातानी गर्छन् पर्नु परेको छ।
भ्रष्टाचारी उम्कने बाटो खोज्दै सिमाना तर्नु परेको छ।
[०३]
ठुला साना सबैको नजरमा गिर्नु परेको छ आज।
मागी खानेले झैँ झोली र कुम्लो भिर्नु परेको छ आज।
जिवनको पाइला आफ्नै गतिमा चलिरहेको बेला,
बिना सापटिका ति रिणहरु तिर्नु परेको छ आज।
कसैले देख्छ की भनी कुनामा छिर्नु परेको छ आज।
✍️सरिता सेढाई, धादिङ ।
………………………………………………………………
पञ्चाङ्ग [१४]
देशले सच्चा नै नेतृत्व छान्न सकेन ।
कुपात्रको कठघरामा तान्न सकेन।
जसो गरे नि मनपरी छोडेको हुँदा,
राजनीतिले अख्तियार मान्न सकेन ।
कच्चा यो आर्थिक नीतिले धान्न सकेन।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
……………………………………………
पञ्चाङ्ग [१५]
तिमी मेरो आँखाको नानी हौं प्रिय।
प्यास लाग्दा पिउने पानी हौं प्रिय।
तिमी छौ र त म बाँचेकी छु यहाँ,
प्रेमील संसारको खानी हौं प्रिय।
आपत विपतमा ज्ञानी हौं प्रिय।
✍️सुशीला पौडेल ।
………………………………………………
पञ्चाङ्ग [१६]
अशान्तिको नास होला भन्ने आसमा छु।
खै धर्मको बास होला भन्ने आसमा छु।
पापी नै पापी भेटिन थाले जताततै,
म पनि कसैको खास होला भन्ने आसमा छु।
खानलाई थोरै गास होला भन्ने आसमा छु।
✍️सुमित्रा पोखरेल, काठमाडौं ।
……………………………………………………
पञ्चाङ्ग [१७]
राष्ट्रिय राजनितिलाई तरङ्गित बनाउँछन्।
नेपालीले नेपालीलाई शरणार्थी जनाउँछन्।
सत्ता र शक्तिको घमण्डले मात्तिएर होला,
सडकदेखि सदनसम्म मान्छे गनाउँछन्।
उच्च तहमा बस्नेले जनता भनाउँछन्।
✍️कला ढकाल, झापा दमक ।
……………………………………………………
पञ्चाङ्ग [१८]
[०१]
जङ्घार तर्दा गाेडा कमायाे भने ।
अघि बढ्नेकाे खुट्टा समायाे भने ।
विकासको ढाेका बन्द हुनेछ है ,
अन्यायबाट सम्पत्ति जमायाे भने ।
अर्को दुःखमा पर्दा रमायाे भने ।
[०२]
फेरि पाइन्छ कि पाइन्न मानव चाेला यहाँ ।
सङ्कल्प गर्दै छु छाेड्दिन बाेक्ने छु झाेला यहाँ ।
चराइरहेकाे घाउमा मलम लगाउन ,,
बगाउँछु अधिक पसिनाकाे त्यो खाेला यहाँ ।
साथ देऊ भगवान् हे जगन्नाथ भाेला यहाँ ।
✍️भवानी घिमिरे, सर्लाही ।
……………………………………………
पञ्चाङ्ग [१९]
सानो-सानो कुरामा रिसाउने मेरो बानी छ साथी।
दु:खलाई सुखमा मिसाउने मेरो बानी छ साथी।
जिन्दगी सफर भए हाँसीहाँसी बिताउनुपर्छ,
आगोझैँ झर्किएमा चिसाउने मेरो बानी छ साथी।
थकाइ लागेमा त बिसाउने मेरो बानी छ साथी।
✍️जानुका गौतम , काठमाडौं ।
………………………………………………………
पञ्चाङ्ग [२०]
लुकाएर गरेको काम छरेर गरेकै सर भयो।
ढाकछोप गरेरे पनिपो डरेर मरेकै सर भयो।
स्वतन्त्र भ्रष्टाचार गरी सबै मिलेर भरेको बेला ,
एक्कासि के अकास झरेर बज्र परेकै सर भयो।
दिन बिग्रि दशा सरेर सर्बश्व हरेकै सर भयो ।
✍️बिबस पारदर्शी , झापा ।
……………………………………………………
पञ्चाङ्ग [२१]
[०१]
बुढेसकालमा पनि खेल मनपर्छ ।
सबैसँगको समान मेल मनपर्छ ।
आखिर के छ र मरिलाने जिन्दगीमा ,
पहिले भन्दा समय अचेल मनपर्छ ।
खेल्दै गर्दा तातो तातो सेल मनपर्छ ।
[०२]
बुद्धले ज्ञान बुद्धि बाडेकाे हाम्रो देश नेपाल ।
अशान्तिले दिनहुुँ जरा गाडेको देश नेपाल ।
दिक्दार लाग्छ खै किन भएको मति बेग्ला बेग्लै ,
हर्दम नेता आपसमा फाटेकाे देश नेपाल ।
नेताले जनता सधैं नै ढाँटेकाे देश नेपाल ।
✍️दुर्गा भट्टराई, मोरङ ।
………………………………………………
पञ्चाङ्ग [२२]
खाँटा उकिएर आजकाल माम्री बसेकी छे।
आफ्नै भुडी भर्नलाई यहाँ हाम्री बसेकी छे।
भष्टाचार नगर हैन् सके जत्ती गर भनौ,
कति गाउँनु गुणगान लौ चाम्री बसेकी छे।
नराम्रो त न भनी दिनु है राम्री बसेकी छे।
✍️डिल्ली राज घिमिरे, अर्घाखाँची ।
…………………………………………………
पञ्चाङ्ग [२३]
जनताकाे भन्दा सताकाे मरिहते गर्छन् यहाँ ।
कहिले यता अनि कहिले त उता सर्छन् यहाँ ।
देशमा घुसखाेरी,भ्रष्टाचारले सिमा नाघेपछि ,
बिदेशीहरूकाे अगाडि लम्पसार पर्छन् यहाँ ।
आफ्नाे स्वार्थ पुरा गर्न देशलाई नै हर्छन् यहाँ।
उर्मिला के.शी., धनकुटा ।
…………………………………