पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४२ [बयालिसौँ] ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०१/१९ गते समय :- साँझ ८ बजे ।
……………………………………………………………………
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- आफूखुसी
………………………………………………
पञ्चाङ्ग संरचना
…………………
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
कसरी लेख्न सकिन्छ ?
—————-
पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
जस्तै :-
उठान:-
✍️श्रमको उचित मूल्य देउ,बिदाले खान दिंदैन[०२]
✍️ठगी खाने सपना नदेख, पापले शान दिंदैन[०२]
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
———————————-
💢किन गर्छौ तिमी धनी गरिब बिचमा भेदभाव[०३]
माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
———————————
१,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
✍️आफै परिश्रम गरि खाउ,कसैले दान दिंदैन[०४]
✍️मरेर खाली हात जाने हो,दौलत लान दिँदैन[०५]
४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
…………………………………………………………
उदाहरण पञ्चाङ्ग
………………………
✍️श्रमको उचित मूल्य देउ,बिदाले खान दिंदैन[०२]
✍️ठगी खाने सपना नदेख, पापले शान दिंदैन[०२]
💢किन गर्छौ तिमी धनी गरिब बिचमा भेदभाव[०३]
✍️आफै परिश्रम गरि खाउ,कसैले दान दिंदैन[०४]
✍️मरेर खाली हात जाने हो,दौलत लान दिँदैन[०५]
✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।
…………………………………………………………
पञ्चाङ्ग [०१]
श्रमको उचित मूल्य देउ,विदाले खान दिंदैन।
ठगी खाने सपना नदेख,पापले सान दिंदैन।
किन गर्छौ तिमी धनी गरिब बिचमा भेदभाव?
आफै परिश्रम गरी खाऊ,कसैले दान दिंदैन।
मरेर खाली हात जाने हो,दौलत लान दिँदैन।
✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।
……………………………………………………
पञ्चाङ्ग [०२]
भने जस्तो माग आएन यो बजारमा।
हाम्रा सामु राम्रो छाएन यो बजारमा।
श्रमिक दिवस नारामै सीमित भयो ,
दाताले सुहित चाहेन यो बजारमा।
श्रमले नै मूल्य पाएन यो बजारमा।
✍️श्रीकृष्ण शर्मा, पोखरा ।
……………………………………………
पञ्चाङ्ग [०३]
पसिना सुकेपछि मुल्य पाउन नपरोस् सरकार ।
श्रमिकले पैसाको लागि धाउन नपरोस् सरकार ।
बेथिति अनि अन्यायको कहिले अन्त गर्छौ तिमीले ,
जनता नबुझ्ने नेतालाई दाउन नपरोस् सरकार ।
तिम्रै गित शधैँ हामिले गाउन नपरोस् सरकार ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
………………………………………………………………
पञ्चाङ्ग [०४]
पसिनाको मूल्य अर्कैले लिएको देखियो।
श्रमिकले नुनिलो आँसु पिएको देखियो।
भाषणमा मात्र श्रम दिवस मनाउने,
ओ मन्त्री ज्यू!गरिब मर्दै जिएको देखियो।
टुक्रेको सपनाले दिल सिएको देखियो।
✍️पुष्पा नेपाल (सुवेदी), इलाम।
…………………………………………………
पञ्चाङ्ग [०५]
श्रमको उचित ज्याला भर्नुपर्छ सरकारले ।
मूल्यांकन काे कदर गर्नुपर्छ सरकारले ।
नातावाद कृपावाद अन्त्य गर्ने तेराे काम,
पसिनाकाे राम्रो बीउ छर्नुपर्छ सरकारले ।
श्रमिकको पीडा सबै हर्नुपर्छ सरकारले ।
✍️प्रविणा पल्लवी, महाेत्तरी ।
…………………………………………………
पञ्चाङ्ग [०६]
उन्नतिको सम्भावना गरेपछि हुन्छ ।
कहाँ हुन्छ भाषणले छरेपछि हुन्छ।
सबै भन्दा उत्तम मानव श्रम शक्ति,
प्रथम स्थान श्रमिक परेपछि हुन्छ।
सम्बृद्धिको अमृतले भरेपछि हुन्छु ।
✍️सुदर्शन पौडेल , बेनि ५ म्याग्दी ।
……………………………………………………
पञ्चाङ्ग [०७]
दिनरात नभनी श्रम गर्नेले,कहिल्यै पार पाएनन् ।
अघि बढीरहे हुनेखाने,हुँदा खानेले सार पाएनन् ।
नेतृत्व सँधै नै उही तालमा,जनता त सँधै बेहालमा,
चुनाैतीकाे पहाड जताततै,छेक्ने कुनै बार पाएनन्।
धेरै दिए आश्वासन,तर सक्कली व्यवहार पाएनन्।
✍️उर्मिला के.शी., धनकुटा ।
…………………………………………
पञ्चाङ्ग [०८)
बजार भाउ राम्रो आएन सरकार ।
मनमा कुनै शान्ति छाएन सरकार।
श्रमिक दिवस नारामा मात्र सीमित ,
साँझ बिहान खाना खाएन सरकार।
श्रमिकले खास् मूल्य पाएन सरकार।
✍️सरस्वती श्रेष्ठ, इटहरी ।
……………………………………………………
पञ्चाङ्ग [०९]
रगत त धेरै बगिसक्यो अब पसिना बगाउनुपर्छ।
भाषणमा होइन अब समय श्रममा लगाउनुपर्छ।
गनाउँछ भन्दै पसिना कसैले कसैको खानु हुँदैन ,
बोलेर मात्रै ठिक्क पार्ने अल्छीलाई अब भगाउँनुपर्छ।
श्रमिकको पसिना खाने ठगलाई अब हगाउँनुपर्छ!
✍️पशपती राई, खोटाङ ।
…………………………………………………………………
पञ्चाङ्ग [१०]
आफ्नै जीवनसँग हारिरहने श्रमिक हुँ म।
यो ज्यान दाउमा पारिरहने श्रमिक हुँ म।
भोक टार्नका लागि परिवार पाल्नका लागि ,
हरपल पसिना झारिरहने श्रमिक हुँ म।
सकि नसकि छाक टारिरहने श्रमिक हुँ म।
✍️रेणु चन्द ठकुरी, सुन्दर शुदुरपश्चिम डोटी ।
………………………………………………………
पञ्चाङ्ग [११]
खोजेर कामको मूल्य ।
भेटेर नामको मूल्य ।
कहिले आउला दिन,
गरिब गामको मूल्य ।
निष्पक्ष रामको मूल्य ।
✍️आर्त अकुलीन, कैलाली ।
……………………………………
पञ्चाङ्ग [[१२]
पसिना आफ्नो देशमै बगाउ न तिमी।
बिदेश जाने रहर भगाउ न तिमी ।
सबै यूवा न बिदेशीदै केही राम्रो ,
काम गर्ने जागर त जगाउ न तिमी ।
यो पाखामा आमालाई सगाउ न तिमी ।
✍️सुमित्रा पोखरेल, काठमाडौं।
………………………………………………
पञ्चाङ्ग [१३]
श्रमिककाे परिश्रम बिना खान छैन।
श्रमकाे दान गर्नेकाे कुनै मान छैन।
श्रमिकका मिहिनेती हातहरू राम्रो,
स्वार्थ रहित श्रमको केही लान छैन ।
श्रम भन्दा ठूलो अरू कुनै दान छैन ।
✍️शाेभा आचार्य गौतम , काठमाडौँ ।
……………………………………………
पञ्चाङ्ग [१४]
खेतबारी मेलापात धाउन पाए हुन्थ्यो।
चुने घर जस्तापाता छाउन पाए हुन्थ्यो।
भुँडीवालहरुको नै हुने गर्छ सम्मान,
भोको पेट गाँस चारो लाउन पाए हुन्थ्यो।
श्रमको उचित मुल्य पाउन पाए हुन्थ्यो।
✍️सरिता सेढाई, धादिङ ।
…………………………………………………
पञ्चाङ्ग [१५]
खाली भए श्रमिकले श्रम पाएका छैनन् दिवस मनाउन पर्ने भयो ।
भेलबाढीले छाक टारेर भएन अन्य व्यवस्था जनाउन पर्ने भयो ।
सबैलाई चाहिएको आधुनिक प्रविधिमैत्री रोजगारी कता छ र खै?
कृषि प्रधान देशमा खेतबारी बाँझै परीक्षण खनाउन पर्ने भयो ।
क्रान्ति ल्याएर शिक्षा उद्योग व्यापार कृषिको पेसा छनाउन पर्ने भयो।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
……………………………………………………………………
पन्चाङ्ग [१६]
श्रमिकलाई मात्रै सपना छर्छन् यहाँ ।
श्रमिकहरुनै भोकभोकै मर्छन् यहाँ ।
श्रमिकहरुको दुख देख्दैन सरकार,
श्रमिक लुट्नेहरुनै भुँडी भर्छन् यहाँ ।
श्रमिकको आशुमानै मोज गर्छन् यहाँ ।
✍️देवकी के.सी. , काठमाडौं ।
…………………………………………………
पञ्चाङ्ग [१७]
[०१]
गरिखाने मान्छेको मुख मोसिनु हुँदैन।
गरिबी पसिनाले धनी पोसिनु हुँदैन ।
अधिकारहरू सुनिश्चितता हुनु पर्छ,
श्रम दिवसमा खुसीले जोसिनु हुँदैन ।
समान श्रम मूल्यहरू खोसिनु हुँदैन।
[०२]
जोश जाँगर बढाउदै अल्छी हर्नुपर्छ।
आफ्नो सीप र कौसलताहरू छर्नुपर्छ।
आफ्नो भाग्य निर्माण गर्ने छँदैछ समय,
क्षमता अनुसार सक्दो काम गर्नुपर्छ।
सन्तान सँगै आफ्नो पनि पेट भर्नुपर्छ।
✍️होम प्रसाद, धरान,सुनसरी ।
……………………………………………………
पञ्चाङ्ग [१८]
मोटो धेरै यहाँ मसिनाको मुल्य आएको छैन।
श्रमिकले गर्ने पसिनाको मूल्य आएको छैन।
भोको पेट भर्न खाडीमा बस्नु पर्ने भयो बाध्य ,
यस्तै हेर यिनै असिनाको मूल्य आएको छैन।
संकुचित भयो कसिनाको मुल्य आएको छैन।
✍️डिल्ली राज घिमिरे, भुमिकास्थान९
अर्घाखाँची ।
……………………………………………………
पञ्चाङ्ग [१९]
परिश्रम गर्नुपर्छ।
खाली खेत भर्नुपर्छ।
श्रमको कदर गरौं ,
दस नङ्ग्रा खर्नुपर्छ।
उचित मुल्य पर्नुपर्छ ।
✍️धनमाया चौधरी, कैलाली।
…………………………………………………
पञ्चाङ्ग [२०]
श्रम नगरी खान पाइँदैन।
बिना श्रमको मान पाइँदैन।
श्रम दिवसको शुभकामना
काम नभए दान पाइँदैन।
बिना सल्लाह जान पाइँदैन।
✍️ह्यारिस ह्यारिसन, काठमाडौं ।
…………………………………………
पञ्चाङ्ग [२१]
समानता योग्यतामा काम पनि बराबरी।
उस्ता उस्तै कामलाई दाम पनि बराबरी।
श्रमिकको दिन आज दुखसुख खोल्नुपर्छ,
काम केही नहुनेको नाम पनि बराबरी।
आखिरमा सबै जाने ठाम पनि बराबरी।
✍️घनश्याम पौडेल,पोखरा ।
……………………………………………………
पञ्चाङ्ग [२२]
श्रमिक हामी सत्कर्म गर्छौँ बसेर धर्तीमा।
गर्दछौँ पूजा श्रमको हामी रमेर धर्तीमा।
धान र मकै फलाई अन्न धर्तीका पुजरी,
जहान पाल्न पसिना बेच्छौँ झरेर धर्तीमा।
दिदैन मूल्य मालिक गाली सहेर धर्तीमा।
✍️वीणा रोका, दाङ घोराही ।
………………………………………………
पञ्चाङ्ग [२३]
सानोतिनो मज्दुर काम समाएकोछु आमा।
सिठोपिठो खाएर नी रमाएकोछु आमा।
दु:ख सुख यस्तै रहेछ परदेशको मामला,
अलिअलि भए पनि त कमाएकोछु आमा।
थोरै घरमा पठाउन जमाएको छु आमा।
✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
बिर्तामोड झापा ।
……………………………………………………
पञ्चाङ्ग [२४]
श्रम गरेर मजदुर जनायौ आज ।
ठुला महल तिमीले नै बनायौ आज।
सन्तानको भोक टार्नका निमित्त गर्ने,
आफ्नो ज्यान जोखिममा भनायौ आज।
सधैँ अन्यायको आवाज खनायौ आज।
✍️कला ढकाल झापा ।
………………………………………………
पञ्चाङ्ग [२५]
गरिबीको अन्त्य गर्न खाडी पसेँ म।
भोको पेटलाई भर्न खाडी पसेँ म।
म एक गरीब, श्रम गर्ने व्यक्ति हो,
बा आमामा खुसी छर्न खाडी पसेँ म।
दुष्ट आँखालाई हर्न खाडी पसेँ म।
✍️सुशीला पौडेल ।
………………………………………………
पञ्चाङ्ग [२६]
माथि आकाश रुँदा तल धर्ती चिसिने भयो ।
आवाज ठुलो निकाली बादल रिसिने भयाे ।
पूरानाे त्यो रीतिथिति नछाड्ने भएरै हाेला ,
मकै पिस्दामा सधैँभरि घुन पिसिने भयो ।
कुर्सीकाे लाेभले भ्रष्टमा सन्त मिसिने भयाे ।
✍️भवानी घिमिरे , सर्लाही ।
………………………………………………………
पञ्चाङ्ग [२७]
कष्टकर भै दियो जिन्दगीभर ।
दर्दमा थपी लियो जिन्दगीभर ।
श्रमिक दिवसको शुभकामना,
दुखी रहेको फियो जिन्दगीभर ।
शक्ति नै सारा थियो जिन्दगीभर।
✍️भगवती दवाडी, झापा ।
…………………………………………
पञ्चाङ्ग [२८]
अब त संसार भरिका मजदुर उठ्नु पर्छ ।
आन्दोलनको गर्नु छ हामी सुर जुट्नु पर्छ ।
एक मईले नै दिन्छ हामीलाई देउ प्रेरणा ,
एकतामा हुन्छ हक भरपुर खुट्नु पर्छ ।
ढोंगीले गय्रो सपनालाई सधैँ कुट्नु पर्छ ।
✍️सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ।
……………………………………………………
पञ्चाङ्ग [२९]
पहिलो प्रयास
घनघाेटी काम गर्नेलाई गरम् भएकाेछ।
घरभित्र राज गर्नेलाई भरम् भएकाेछ ।
मुखले भन्न नसक्ने इज्जत जाने डरले ,
ठगेर खाने शाेषकलाई शरम् भएकाेछ।
पाेखिनु पर्ने मनकाे व्यथा चरम् भएकाेछ ।
✍️सूर्य गिरी “चिन्तित “
माछापुच्छ्रे गा,पा,५रिभान,कास्की ।
………………………………………………
पञ्चाङ्ग [३०]
श्रमिकको विकास गर्न सबैले सहयोग गर्नुपर्छ।
सिपै नजानेका श्रमिकले एकदिन भाेकै मर्नु पर्छ।
प्रगति पथमा लम्कने बानी गरेर अगाडि बढेमा,
मजदुरहरूकाे घरमा पनि अन्नपात भर्नुपर्छ।
कुदृष्टिले हेर्ने भावनाहरूलाई बिचैमा हर्नुपर्छ।
✍️निला घिमिरे, जनकपुर।
…………………………………………………
पञ्चाङ [३१]
दिनरात खटिएर श्रम गर्दा पनि।
खान नै पुग्दैन आधि पेट भर्दा पनि।
पसिनाको मूल्य बुझ्दैन यो सरकार,
पाउन्न राहात संकटमा पर्दा पनि।
खै सहयोग खानै नपाइ मर्दा पनि।
✍️नानीबाबा अधिकारी, काठमांडौ ।
……………………………………………