पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४२ [बयालिसौँ] ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०१/१४ गते समय :- साँझ ८ बजे ।
……………………………………………………………………
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- आफूखुसी
………………………………………………
पञ्चाङ्ग संरचना
…………………
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
कसरी लेख्न सकिन्छ ?
—————-
पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
जस्तै :-
उठान:-
✍️साेचेकाेझैँ केा हुन्छ र जिन्दगी बाँचुन्जेल[०१]
✍️धर्ती स्वर्ग काे छुन्छ र जिन्दगी बाँचुन्जेल[०२]
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
———————————-
💢रहर सबै मृगतृष्णा जस्तै लाग्छ यहाँ[०३]
माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
———————————
१,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
✍️सबै पीडा काे धुन्छ र जिन्दगी बाँचुन्जेल[०४]
✍️बाधा बन्धन काे फुन्छ र जिन्दगी बाँचुन्जेल[०५]
४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
…………………………………………………………
उदाहरण पञ्चाङ्ग
………………………
✍️साेचेकाेझैँ केा हुन्छ र जिन्दगी बाँचुन्जेल[०१]
✍️धर्ती स्वर्ग काे छुन्छ र जिन्दगी बाँचुन्जेल[०२]
💢रहर सबै मृगतृष्णा जस्तै लाग्छ यहाँ[०३]
✍️सबै पीडा काे धुन्छ र जिन्दगी बाँचुन्जेल[०४]
✍️बाधा बन्धन काे फुन्छ र जिन्दगी बाँचुन्जेल[०५]
चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।
…………………………………………………………
पञ्चाङ्ग [०१]
साेचेकाेझैँ केा हुन्छ र जिन्दगी बाँचुन्जेल ।
धर्ती स्वर्ग काे छुन्छ र जिन्दगी बाँचुन्जेल ?
रहर सबै मृगतृष्णा जस्तै लाग्छ यहाँ ।
सबै पीडा काे धुन्छ र जिन्दगी बाँचुन्जेल ।
बाधा बन्धन काे फुन्छ र जिन्दगी बाँचुन्जेल ।
✍️चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।
……………………………………………………………
पञ्चाङ्ग [०२]
[०१]
नजर लड्यो तिमीसँग हराउन सकिनँ ।
हेराइ थियो मायालुको डराउन सकिनँ ।
वाणी तिम्रो हेरामा काबु कसरी पाउ भन,
झटारो हान्यौ मलाई नै कराउन सकिनँ ।
आँखाले भने जस्तो किन गराउन सकिनँ।
[०२]
अब हामी कसैसँग डराउनु पर्दैन।
नैतिकता भएदेखि हराउनु पर्दैन।
बिचारसँग हाम्रो लडाई, युद्ध हो साथी,
हाम्रो गल्तीलाई मन पराउनु पर्दैन।
नतिजा आउँदैछ है कराउनु पर्दैन ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा।
हाल बर्दिया ।
………………………………………………………
पञ्चाङ्ग [०३]
/ पञ्चाङ्ग /
मनसँग मन मिले ।
राम्रो होला झन् मिले ।
गाउँघर लेक बेसी,
कति राम्रो जन मिले ।
सारा आफ्नोपन मिले ।
✍️आर्त अकुलीन, कैलाली ।
……………………………………………………
पञ्चाङ्ग [०४]
साेचे अनुसार कहाँ मिल्छ र यहाँ।
सियाे नहुँदा कपडा सिल्छ र यहाँ।
जे जे पाइन्छ त्यसैमा गुजारा गर्ने,
बाेट नभएमा फूल खिल्छ र यहाँ।
हात नलाए मौरीले चिल्छ र यहाँ।
✍️नवराज भट्ट, कञ्चनपुर।
……………………………………………
पञ्चाङ्ग [०५]
मनका रहर कहिले पाे सुन्छ र जिन्दगी।
फूलको बाटो मात्रै त कहाँ चुन्छ र जिन्दगी।
चुनौतीका पहाड झेल्दै जान्छ समय खेर,
नाम्चेमै लडे शिखर कहाँ छुन्छ र जिन्दगी।
आखिर सोचे जस्तो कसको हुन्छ र जिन्दगी।
✍️श्रीकृष्ण शर्मा, पोखरा ।
…………………………………………………………
पञ्चाङ्ग [०६]
साेचे जस्तै कहाँ हुन्छ र जीवनमा।
स्वर्ग सबै कहाँ छुन्छ र जीवनमा ।
अाफू टेक्ने धर्ती नै स्वर्ग मान्नुपर्छ,
सबै पीडा के ले धु्न्छ र जीवनमा
दुःख नपरी काे रुन्छ र जीवनमा ।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
…………………………………………
पञ्चाङ्ग [०७]
ढुङ्गाको नि अाफ्नै पन हुनेबभए।
मन मिल्ने मान्यजन हुने भए।
यति विरक्त हुने थिएन होला,
फूलको थुँगाको घन हुने भए।
तिलस्मी सुन्दर वन हुनेभए।
✍️होम प्रसाद नेउपाने, धरान सुनसरी ।
………………………………………………
पञ्चाङ्ग [०८]
अब हामी कसैसँग डराउनु पर्दैन।
नैतिकता भएदेखि हराउनु पर्दैन।
बिचारसँग हाम्रो लडाई, युद्ध हो साथी,
हाम्रो गल्तिलाई मन पराउनु पर्दैन।
नतिजा आउँदैछ है कराउनु पर्दैन ।
✍️जनुका गौतम , काठमाडौं ।
……………………………………………………
पञ्चाङ्ग [०९]
दुई चोटी नाप्नु अनि बल्ल एकचोटि काट्नु भन्थे पुर्खाले।
काम तमाम गरेपछि मात्रै भाषण छाट्नु भन्थे पुर्खाले ।
आजकाल त आफू आफैं सबैजना जान्ने सुन्ने भए बाबै,
बिचार पनि निकै बेर सोचेर मात्रै साट्नु भन्थे पुर्खाले ।
प्रेमको डोरी पनि एकदम होशले बाट्नु भन्थे पुर्खाले ।
✍️पशपती राई, खोटाङ ।
……………………………………
पञ्चाङ्ग [१०]
मुटुको धडकन पोल्ने गर्छ बेला बेलामा।
आफ्नो इज्जत खोल्ने गर्छ बेला बेलामा।
मुखले एउटा कुरा गर्दै व्यवहार अर्कै गर्ने,
बुझ्नै नसकिने बोल्ने गर्छ बेला बेलामा।
झुट र अहम घोल्ने गर्छ बेला बेलामा।
✍️कला ढकाल, झापा ।
पञ्चाङ्ग [११]
स्मरणमा नि:स्वार्थको यो जालो लिएर जाँउ।
दिप बत्ती बाल्नकै लागि टालो लिएर जाँउ।
जिम्मेवारी समर्थक निर्जनका थोत्रा गाला,
लोकतान्त्रिक मुखियाको सालो लिएर जाँउ।
जिन्दगीमा बाँचुन्जेलको जालो लिएर जाँउ।
✍️डिल्ली राज घिमिरे, अर्घाखाँची ।
………………………………………………………
पञ्चाङ्ग [१२]
आफन्तबाट मान्छे कुटिएको देखिन्छ।
घरबाटै इज्जत लुटिएको देखिन्छ।
मान्छे यति साह्रै अत्याचारी भयो किन?
यस्तो हुँदा सम्बन्ध छुटिएको देखिन्छ।
भित्र भित्रै हृदय टूटिएको देखिन्छ।
✍️सुशीला पौडेल ।
……………………………………………
पञ्चाङ्ग [१३]
[०१]
आफ्नै सत्य कर्ममा नै रमाउँछु हेर।
परिवार पाल्ने धन कमाउँछु हेर।
छाडिदिन्छु ठुलाठुला ति सपना देख्न,
सनातन धर्मलाइ समाउँछु हेर।
माहुरीको त्यो महझैँ जमाउँछु हेर।
[०२]
प्रकृतिसँगै जीवन पनि उराठ लाग्दो भयो।
प्रेम अनि विस्वासहरु यो मनले माग्दो भयो।
लुकामारी खेल्दै थिए अदृश्य ति सपनाहरू,
कपोकल्पित भावनाहरु मनमा जाग्दो भयो।
आशाका किरण छरी निरास् बनाई भाग्दो भयो।
✍️सरिता सेढाई, धादिङ ।
…………………………………
पञ्चाङ्ग [१४]
[०१]
वनको चरी वनमा रमाउँदा ।
मनको चरी मनमा रमाउँदा।
स्वतन्त्र हुनुको यहाँ मजा बेग्लै ,
परिश्रमकाे धनमा रमाउँदा ।
आफ्नो संस्कार पनमा रमाउँदा।
[०२]
फल दिने त्यो रूख राम्रो देखिन पात भन्छु म त ।
निकासमा बिषयमा वैचारिक बात भन्छु म त ।
प्रकृतिमा नियालेर हेर हरेक कर्म गर्दामा ,
तल्लीन देखिने छ सेवामा सधैँ मात भन्छु म त ।
पाइलैपिच्छे डराउने मान्छेकाे जात भन्छु म त ।
✍️भवानी घिमिरे, सर्लाही ।
…………………………………………………
पञ्चाङ्ग [१५]
[०१]
लत फेरि कुलत भै जाला भन्ने डर।
पछि गई कलेजी नै खाला भन्ने डर।
अति भए खति हुन्छ भन्थै बुढापाका,
बोल्ने मुख लगाउँला ताला भन्ने डर।
नमानेमा फुटाउँला गाला भन्ने डर।
[०२]
आजभोलि मलाई त लेख्ने लत लाग्यो।
अरूभन्दा पञ्चाङ्ग नै धेरै घत लाग्यो।
केही भाव लेख्न पर्दा सजिलो छ निकै,
उपविधा मध्ये यही राम्रो मत लाग्यो।
पञ्चाङ्गमा गयो भन्ने पनि खत लाग्यो।
✍️घनश्याम पौडेल, पोखरा ।
………………………………………………
पञ्चाङ्ग [१६]
घाम झुल्केर के भयो यहाँ दिल अस्ताए पछी।
नम्र बोलेर के भयो यहाँ शिल अस्ताए पछी।
धेरै भेटिन्छन् यहाँ नजिक भएर लडाउने,
छरछिमेक के भयो यहाँ मिल अस्ताए पछी।
रमाएर के भयो यहाँ जिल अस्ताए पछी।
✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹 ।
………………………………………………
पञ्चाङ्ग [१७]
सिमाना रक्षा गर्न काँडे तार लगाउनु पर्छ ।
हल्लने होइन बलियो बार लगाउनु पर्छ ।
हेपेर नै सिमा मिच्ने सानो देश ठानेर होला,
नेपालले दशगजा सिमा पार लगाउनु पर्छ ।
वैरी रहेछ खुकुरीमा धार लगाउनु पर्छ ।
✍️संगिता शर्मा , सिन्धुली ।
…………………………………………………………
पञ्चाङ्ग [१८]
[०१]
अर्काको दुःख त कसले पो सुन्छ र यहाँ।
आफ्नो लागि आफै नगरे के हुन्छ र यहाँ।
जिन्दगी त सुखदुःखको यात्रा पो रहेछ,
सुखी ~ठाउँमा दुःख कसले चुन्छ र यहाँ।
निकम्मा छन् सबै के शिखर छुन्छ र यहाँ।
[०२]
एउटै खम्बामा यत्रो घर आँट्नु सानो कुरा होइन
धेरै चित्र बनाई दिमाख चाट्नु सानो कुरा होइन
वास्तवमा मान्छेमा धेरै कुराको ज्ञान छ भन्ने जनाउँदै
पुरै शहर एउटा खम्बामा साट्नु सानो कुरा होइन
यस्तो आकर्षक तरिकाले छाट्नु सानो कुरा होइन।
सरस्वती श्रेष्ठ इटहरी
✍️सरस्वती श्रेष्ठ, इटहरी ।
…………………………………………………
पञ्चाङ्ग [१९]
हत्केलाभरि ठेला उठाएर गिट्टी फोर्नु छ।
अबत यसै गरेर नै भाग्य रेखा कोर्नु छ।
सन्तानको शिक्षा हैसियत बाहिरको भयो,
दिनभरिको कमाइ रातिमा चुलो जोर्नु छ।
फाटेका लुगाले पहरको तरेलि मोर्नु छ।
✍️दुर्गा रिजाल आचार्य , मोरङ ।
…………………………………………………
पञ्चाङ्ग [२०]
आजकै दिन दिनपनि देशैभरी त्यो कालो रात छाएको दिन । आजकै दिन दुई हजार बहत्तरको भुकम्प धाएको दिन ।
आज त्यो दिन हो नेपालको सबैभन्दा अग्लो धरहरा ढलेको ,
आज त्यो दिन गुञ्जमान सबैमा राम राम भन्दै गाएको दिन ।
आज त्यो दिन भुकम्प बाट सबै जनताले सास्ती पाएको दिन ।
✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
………………………………………………………………
पञ्चाङ्ग [२१]
काम छिन्ने पनि बानी हुनुपर्छ ।
मन दुख्न पनि पानी हुनुपर्छ।
सच्चा जीवन बाँच्न हामीमा निकै,
खँदिलो दयाको खानी हुनुपर्छ।
पर्दा राखी बाँध्ने दानी हुनुपर्छ ।
✍️प्रभा पोखरेल, अमेरिका ।
……………………………………………
पञ्चाङ्ग [२२]
रविले चुनाव जित्नेनै भए भन्ने कुरा हल्ला चलेकोछ।
जिताउँन हुँदैन भनेर नेताहरूकाे सल्ला चलेकोछ।
युवाहरूले देशलाई चलाउन सक्छन् कि भनेर नै,
पाँचै वर्षकै सरकार चल्ला भनी हाेड बाजि चलेकोछ।
फेरि पनि आफ्नै कुर्सी ढल्ला भनी सत्ताको माेह चलेकोछ।
✍️प्रविणा पल्लवी, महाेत्तरी ।
……………………………………………………………
पञ्चाङ्ग [२३]
नत तिम्रो हुन सकें।
नत मनै छुन सकें।
मायालाई कस्तो सम्झु,
नत छोइ रुन सकें।
नत आँसु धुन सकें।
✍️पुष्पा नेपाल सुवेदी, इलाम ।
…………………………………
पञ्चाङ्ग [२४]
धेरै माया गरेकी थिएँ।
खुसी हाँसो छरेकी थिएँ।
तिमी बिना को छ र के छ,
तिम्रो खुसी भरेकी थिएँ।
आफ्नै खुसी हरेकी थिएँ।
✍️सुमित्रा पोखरेल, काठमाडौं ।
……………………………………
पञ्चाङ्ग [२५]
यहाँ दुनियाँ जतिनै भुकेपनि केही हुनेवाला छैन।
जजसको घाटी जति सुकेपनि केही हुनेवाला छैन।
अख्तियारनै भ्रष्टाचारी घुसियाछत कस्को के लाग्दछ?
अन्यायमा न्याय जति चुकेपनि केही हुनेवाला छैन।
यहाँ जनताले जता झुकेपनि केही हुनेवाला छैन ।
✍️बिबस पारदर्शी , झापा ।
……………………………………………………………