‘नागिन सर्पहरू’ – कविता
दिनमा दुलामा लुक्छन्
अनि रातमा बाहिर निस्कन्छन्
यी नागिन सर्पहरू
विभिन्न स्वरूपमा देखिन्छन्
कहिले सडकमा देखिन्छन्
कहिले खेलबारीमा
र कहिले फूलबारीमा देखिन्छन्
कहिले लेक बेसीमा हुन्छन्
सडकदेखि सहरसम्म
हैकम जमाएर
एकछत्र राज गर्छन्
आफूलाई भने सर्वेसर्वा ठान्छन्
र हुकुमी शासन चलाउँछन्
दैनिक आफ्ना प्रवृत्तिहरू देखाउँछन्
प्रमुख कारण
उनीहरू नागिन न हुन्
अर्थात् सर्पहरू हुन्
प्रेमले जति नै दुध पिलाए पनि
आखिर विष वमन गर्छन् !
- आर्त अकुलीन
देवाश्रम, कैलाली