एनआरएनए आरसिसि जेद्दाले ८औं महाधिवेशन गर्दै

  • ६ जेष्ठ २०८०, शनिबार १७:१३ मा प्रकाशित
  • समर्पण रम्जान

    २० मे २०२३, सनिवार ! गैर आवासिय नेपाली संघ साउदी अरबको मातहतमा रहेको क्षेत्रिय समन्वय समिति जेद्धाले आफ्नो आठौँ महाधिवेशन तथा श्रमिक अन्तरक्रिया” कार्यक्रम आग
    मी मे २६ तारिख शुक्रबारको दिन गर्ने भएको छ ।

    जेद्दा क्षेत्रीय समन्वय समितिले २०२३-२५ कार्यकालका लागि गर्न लागिएको महाधिवेशन सम्बन्धि सूचना जारी गर्दै नयाँ कर्यकालको समितिमा रहेर निस्वार्थ समाज सेवा गर्न ईच्छुक नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई गत मिती २०२३ मे १९ तारिख शुक्रबार राती ११.५९ बजे सम्म आफ्नो उम्मेदवारी निर्वाचन समितिको ईमेल (ecnrnarccjeddah@gmail.com) मा  पठाउन समेत अनुरोध गरेको थियो  ।
    उक्त अधिवेशन सुसम्पन्न गर्नका लागि एनआरएनए साउदि अरबका उपाध्यक्ष राज कुमार गिरीको संयोजकत्वमा, भिम गुरुङ, रामराधा घिमिरे, केशव सिंह, र बिष्णु रावल गरि पाँच सदस्य निर्वाचन समिति चयन गरेको छ ।

    साथै अधिवेशनका साथमा श्रमिक अन्तर्कृया पनि गरिने भएकोले उक्त कार्यक्रम सम्पन्न गर्नका लागि साउदी अरबको पश्चिमी क्षेत्रमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रमा उपस्थितिका लागी निमन्त्रणा समेत गरेको छ ।
    कार्यक्रम जेद्दा स्थित  सरफियाको लक्की दरबार रेष्टुरेन्टमा दिनको १२:३० बजे देखि सुरू हुने छ l

    Leave a Reply