आठौँ क्षेत्रिय समन्वय समिति दम्मामको आठौँ अधिवेशन सम्पन्नः

  • १३ जेष्ठ २०८०, शनिबार ०३:२१ मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबका मातहतमा रहेको पूर्वी क्षेत्र दम्मामको क्षेत्रिय समन्वय समितिको २०२३-२०२५ कार्यातालका लागी अध्यक्षमा विष्णु भण्डारीलाई चयन गर्दै आठौँ अधिवेशन २६ मेई २०२३ का दिन सम्पन्न भएको छ।

    संघका वरिष्ठ उपाध्यक्ष रविना अर्यालको संयोजकत्वमा रहेको तिन सदस्यीय क्षेत्रिय समन्वय समिति अधिवेशन समितिले सर्वसम्मतिमा १५ सदस्ययी कार्यसमितिको चयन गरेको हो। उक्त अधिवेशन बाट वरिष्ठ उपाध्यक्षमा काशिन्द्र पासमान, उपाध्यक्षमा धनकुमार तामाङ चयन गरिएको छ भने सचिवमा पूर्ण सुनार, सहसचिवमा तोयानाथ अधिकारी चयन गरिएको छ ।
    त्यसै गरी उक्त आठौँ अधिवेशन बाट कोषाध्यक्षमा संजिता महर्जन, सहकोषाध्यक्षमा दिपक खाँड, युवा संयोजकमा मोती राज चेम्जोङ चयन भएका छन्।
    विष्णु भण्डारीको नेतृत्व रहेको उक्त कार्यसमितिको सदस्यहरूमा मित्रलाल बगाले, सुजेन्द्र जित, घनेन्द्र ईजम, रूद्र बहादुर थापा, राम ललित यादव, ललित मण्डल र निरज कुमार राय चयन भएका छन्।


    अधिवेशन कार्यक्रममा एनआरएनए आरसीसी पूर्वी क्षेत्र दम्मामका अध्यक्ष विष्णु भण्डारी द्वारा सांगठनिक तथा कार्य प्रगति विबरण प्रस्तुत गरिएको थियो भने आर्थिक प्रतिवेदन समितिका कोषाध्यक्ष संजिता महर्जन द्वारा प्रस्तुत गरिएको थियो ।

    Leave a Reply