
उदक यात्री तोयानाथ चापागाईंका उत्कृष्ट उदकहरू –
१.
माया
बन्धनको जालो
जीवन जिउने टालो !
२.
भेट
मधुर स्पर्श
नछुट्टिने अन्तिम निष्कर्ष !
३.
विवाह
प्रेममय स्पन्दन
एक दीर्घकालीन बन्धन !
४.
रूप
अस्थायी आकर्षण
विपत्तिमा हुन्छ विकर्षण !
५.
धोका
स्वार्थको पुरस्कार
एक दीर्घकालीन तिरस्कार !
- तोयानाथ चापागाईं
दमक, झापा, नेपाल

