
काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– १०० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
विकृति
पश्चिमा संस्कृति
देखासिकी खराब प्रवृति !
- वसन्त अनुभव
[२]
केक
मर्दा दिने
बाँच्दा अनेक देखिने !
- राेशन पराजुली, धरान
[३]
केक
संस्कार छोड्ने
पश्चिमी विकृति भित्राउने !
- रमा पन्त, पाल्पा
[४]
बाआमा
हुनलाई हेला
नहुनेको दुःखी बेला !
- ओम परियार, कास्की, पोखरा
[५]
अनुकृति
भुल्याे प्रकृति
भित्र्यायाे पराई संस्कृति !
- ताराप्रसाद चापागाईँ, धुनिबेसी
[६]
विकृति
गलत संस्कृति
समाजमा फैलियो आकृति !
- म्यामराज राई, भोजपुर
[७]
विकृति
फरक ढङ्गको
त्यो आयातित संस्कृति !
- डम्बर थामी ‘अनुपम’
कालिन्चोक-६, दोलखा
[८]
कुरीति
पितृकाे अपमान
नभएका जात्रा हाँडीगाउँ !
- नवराज भट्ट, कञ्चनपुर
[९]
केक
अरुको देखासिकी
भित्र्याउन हुन्न विकृति !
- सरिता सेढाई, धादिङ
[१०]
जननी
धरतीको सार
श्रद्धाञ्जली स्वरूप केक !
- आर्त अकुलीन, कैलाली
[११]
अपमान
देशको भएको
समाज कुरीतिमा गएको !
- सुरेशकुमार पाण्डे, घोराही-१८, दाङ
[१२]
ओइलायो
देखासिकी माैलायो
खानमा दुईखुट्टे बाैलायाे !
- निरज कोइराला
[१३]
दुष्ट
गर्यौ अनिष्ट
पितृको सराप अवश्य !
- मङ्गला उपाध्याय, बारा
[१४]
नराम्रो
सङ्गत हाम्रो
पाश्चात्य शैली मिल्काउ !
- सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
पाल्पा हाल: बर्दिया
[१५]
संस्कार
भित्रियो विकृति
पहिचान हराएको आकृति !
- ऋजु दिल्पाली, ईटहरी-१, सुनसरी
[१६]
विकृति
फैलिँदै गएपछि
पाउने हो स्वीकृति !
- देवी पन्थी
[१७]
सोच
अनेक थरी
विकृती आयो मनपरी !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६, संखुवासभा
[१८]
केक
पश्चिमी संस्कृति
नेपालमा फैलियो विकृति !
- राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर
[१९]
विचार
बढ्यो कु-संस्कार
पश्चिमा सँस्कृतिको प्रचार !
- पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा.३,काभ्रे
[२०]
केक
जीससको मासु
खानुपर्छ बगाइ आँशु !
- अमृत सुवेदी, रुपा सात, कास्की
[२१]
पितृ
बाँच्दा फेक
मर्दा गर्छन् अनेक !
- धनमाया चौधरी, कैलाली
[२२]
विकृति
विदेशी नक्कल
संस्कार संस्कृतिमा दखल !
- विवश पारदर्शी, झापा
[२३]
आमा
जिउँदोमा हेला
मरेपछि केकको रेला !
- रमेश प्रभात, चितवन
[२४]
जगत्
उल्टो मगज
चलेर भयो फगत !
- प्रेम थापा ‘मन’, बागलुङ
[२५]
देखासिखी
अरूको संस्कृति
नासिदै आफ्नै संस्कृति !
- गोपालप्रसाद पौड्याल, विराटनगर
[२६]
विकृति
पश्चिमी संस्कृति
केक काट्छन् मृत्युपछि !
- श्रद्धा आचार्य, पोखरा
[२७]
संस्कृति
जोगाउन जाग
भित्रियो नराम्रो विकृति !
- शारदा आचार्य, ललितपुर
[२८]
उखान
श्राद्धको सालो
तिहारको ज्वाइँ अमिल्दो !
- दुर्गा अधिकारी ‘भमरकोटे’
[२९]
देखासिकी
श्रद्धाञ्जली अर्पण
केक काटे भक्काभक्की !
- अम्बिका अधिकारी, झापा, बिर्तामोड
[३०]
संस्कृति
नचलाउनु प्रगति
समाजमा अमान्य विकृति !
- होमप्रसाद, धरान, सुनसरी
[३१]
केक
देखेर उदेक
कलियुगमा नौटंकी अनेक !
- तोया घिमिरे, शंखमुल, काठमाडौँ
[३२]
आमा
घरकी खामा
नदर्सायौ विदेशी जामा !
- कार्की डिबी माकुम
सुनवल, नवलपरासी
[३३]
मनमा
श्रद्धा अपनाऊ
आडम्बरी नदेखाउ जनमा !
- दुर्गा आचार्य, मोरङ
[३४]
विकृती
खराब संस्कृति
निम्त्याउँदै अनेक बेथिति !
- तोयानाथ चापागाईं, दमक, झापा
[३५]
संस्कृति
हुदैछ विस्मृति
माैलाएर आयाे विकृति !
- प्रद्युम्न चालिसे, भक्तपुर, कटुञ्जे
[३६]
चर्तीकला
नराम्रो देखियो
संस्कार नभएको भेटियो !
- रिता खराल, रुपन्देही
[३७]
छोड
विकृति मोड
आफ्नै सँस्कृति गोड !
- रामप्रसाद पुरी, बादेल, खोटाङ
[३८]
विकृति
अनेक भेटिन्छ
सस्कृति बिग्रेकाे देखिन्छ !
- शाेभा आचार्य गाैतम, काठमाडौँ
[३९]
विदेशी
संस्कृति आउनु
नेपाली त्यसैमा रमाउनु !
- योगेन्द्र भट्टराई, खोटाङ
[४०]
औंसी
आमाको सम्मानमा
आयो कस्तो विकृती ?
- धर्मी शाक्य, बुटवल, रुपन्देही
[४१]
जन्म
मरण निश्चित
कुरीति किन विस्तृत ?
- रोजिन श्रेष्ठ, खोटाङ
[४२]
विकृति
देखासिकी विदेशीको
आफनो संस्कृतिको नाश !
- घनश्याम पौडेल, कैलाली
[४३]
मौलिकता
कुरामा सिमित
व्यवहारमा गर्ने खुराफाती !
- पशपति राई, खोटाङ
[४४]
उदेक
बाँचुन्जेल भोकभोकै
मरेपछि स्वादिष्ट केक !
- बृन्दा बगाले, काठमाडौँ
[४५]
विकृति
भित्र्याएर रमिता
देशमा विदेशी संस्कृति !
- बेदु न्यौपाने, काठमाडौँ
[४६]
असभ्यता
सभ्यताको तिलाञ्जली
पहिचान गुम्ने भए !
- गोपेन्द्र रिजाल, काठमाडौँ
[४७]
संसार
अर्काको भर
देखासिकी अनेक रहर !
- सरिता काफ्ले, कोहलपुर
[४८]
नहुने
आडम्बरी चोला
ओरालो बगेको खोला !
- डुकछिरिङ लेपचा, भारत
[४९]
विकृति
मासिँदै संस्कृति
केकमा आमाको आकृति !
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[५०]
संसार
पूर्वीय दर्शन
आधुनिकताको नाममा विकृति !
- नारायणप्रसाद उपाध्याय, कैलाली
[५१]
आफ्नोपन
भएको बेचैन
विकृतिमा बग्यो मन !
- प्रद्युम्न चालिसे, भक्तपुर
[५२]
देखासिकी
पश्चिमा संस्कृति
शोकमा केकको स्वाद !
- त्रिलोक रामदाम, रुपन्देही
[५३]
देखावटी
सम्झना गरेर
रमाउँदै केक काटेर !
- प्रदीप नेपाली, पर्वत
[५४]
नेपाली
देखासिकी अर्कै
मनाउँदै शोक चर्कै !
- जमुना कायस्थ, पोखरा
[५५]
बाँचुन्जेल
भोको पेट
मृत्युको पश्चात केक !
- सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल
[५६]
खराबी
हरायो सरम
के गरम् गरम् ?
- सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ
[५७]
संस्कार
नक्कल बेकार
नेपाली संस्कृतिको सार !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[५८]
विकृति
विर्सिए संस्कृति
देखावटी गर्छन् कुरिती !
- सरस्वती वली, बर्दिया, नेपाल
[५९]
आमा
सृष्टिको नायिका
सन्तानको भविष्य हर्ताकर्ता !
- दुर्गा भट्टराई, मोरङ
[६०]
विकृति
रिति थिति
ठिक नभएको स्थिति !
- अच्युत घिमिरे, भुटान
[६१]
प्रवृत्ति
जिउँदाको एक
आखिर मृत्युपछि अनेक !
- कविता आचार्य, कैलाली
[६२]
आमा
कहिलै नहराउनु
जिवनी मभित्र रमाउनु !
- पुष्पा सायरा, विराटनगर