काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास – ९८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
संसार
मोहको जाल
हरपल साथमा काल !
- वसन्त अनुभव, दाङ
[२]
अगाडि
पहाड दुर्गम
खेद्दै मृगले पछाडि !
- कमला देवकोटा, पाल्पा
[३]
प्रकृति
सारा विपत्ति
अनेकौँ समस्या विकृति !
- सागर कुस्मी, कैलाली
[४]
जन्जाल
मानव जीवनमा
सँगसँगै रहन्छ काल !
- सरस्वती वली, बर्दिया
[५]
जीवन
जिउन कठिन
संकटमाथि झन् संकट !
- नारायणप्रसाद उपाध्याय, कैलाली
[६]
संसार
देखिने विचित्र
आपतमा असली चरित्र !
- भवानी घिमिरे, सर्लाही
[७]
मृत्यु
नजिक देखेर
जीवनको मोह बढेको !
- रमेश प्रभात, चितवन
[८]
मोह
संसारको रीति
कालले गर्दैछ बेथिति !
- धर्मी शाक्य, बुटवल, रुपन्देही
[९]
जीवन
सीमित सरल
हरपल समस्या विकराल !
- केन्द्रप्रकाश बराल, इलाम
[१०]
मानिस
बुद्धिजीवी प्राणी
को ठूलो जानिस !
- सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ
[११]
प्रकृति
जीवनमा किन
आखिर देखिँदै बिकृति !
- बेदु न्यौपाने, काठमाडौँ
[१२]
भयङ्कर
परेमा सङ्कट
बचाऊ हे! शिवशङ्कर !
घनश्याम पौडेल,पोखरा
[१३]
जिउन
साह्रै कष्ट
मान्छेको बुद्धि नष्ट!
- योगेन्द्र भट्टराई, खोटाङ
[१४]
मान्छे
मृत्युको घेरामा
चिलको एकोहोरो हेराइ !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[१५]
अनुभूति
आखिरी जीवन
प्यारो मृत्युको काख !
- आर्त अकुलीन, कैलाली
[१६]
संसार
सम्झिँदा बेकार
एक अर्काको आहार !
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[१७]
जीवन
सङ्घर्षको यात्रा
मोह जालको नियती !
- त्रिलोक रामदाम, भैरहवा-८, रुपन्देही
[१८]
आपत
चिलको आहारा
खोज्दैछ मान्छे सहारा !
- अम्बिका अधिकारी, झापा, विर्तामोड
[१९]
मानिस
गिद्धको नजर
बस्दै मृत्यु पर्खेर !
- खेमराज पुरी, कैलाली
[२०]
संसार
विचित्र प्रकृति
अनौँठो जिउने तरिका !
- प्रदिप नेपाली, बिहादी-५, उराम, पर्वत
[२१]
मनुष्य
परेको धरापमा
काल मडारिँदै आकाशमा !
- धनमाया चौधरी, कैलाली
[२२]
बाज
पर्ख एकछिन
मर्छु अनि लुछ्नु !
- होमप्रसाद न्यौपाने, धरान, सुनसरी
[२३]
सदैव
अगाडि माल
पछाडि हुन्छ काल !
- रामप्रसाद पुरी, बादेल, खोटाङ
[२४]
नियति
बलवान् समय
जताततै कालकाे मुख !
- श्रद्धा आचार्य, पोखरा
[२५]
जीवन
हरेक पल
गोधूलि होस् बिहान !
- म्यामराज राई, भोजपुर
[२६]
अवस्था
दम्भको भण्डार
तल न माथि !
- प्रेम थापा ‘मन’, बागलुङ
[२७]
चित्र
जीवन अगाडि
काल अपत्यारिलो बिचित्र !
- दुर्गा आचार्य, मोरङ
[२८]
काल
छाड्दैन साथ
घेर्छ मोह जाल !
- समुन्द्रा शर्मा, सुनसरी
[२९]
नरभक्षी
गिद्देदृष्टि धर्तिपुत्रमा
वर्तमान परिस्थिको दर्पण !
- कण्ठराज गिरी, हाल: काठमाण्डौ
[३०]
मानिस
जाने भन्छस्
खै के जानिस् !
- पशपती राई, खोटाङ
[३१]
जिजीविषा
आउँछन् चुनौति
सङ्घर्षमै हुन्छ प्रगति !
- ऋजु दिल्पाली, ईटहरी-१, सुनसरी
[३२]
सङ्घर्ष
जीवन मृत्यु
मानव गिद्ध विमर्श !
- जमुना कायस्थ, पोखरा
[३३]
जलमा
तनाव मनमा
परे मृत्युको भयमा !
- प्रद्युम्न चालिसे, भक्तपुर
[३४]
परलोक
विष्णुको आगमन
पक्षीबाट मोक्ष प्राप्ति !
- योगेन निरौला, दमक, झापा
[३५]
अन्धकार
विषम परिस्थिति
समयको सदा दाउपेच !
- कविता आचार्य, कैलाली