साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ९७

  • २० चैत्र २०७९, सोमबार २२:१४ मा प्रकाशित
  • काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास – ९७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    सत्य
    आफ्ना आफ्ना
    तर दृष्टिकोण फरक !
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    दृष्टिकोण
    फरक छन्
    तर्क आफ्नै तरिका !
    🌑शाेभा आचार्य गाैतम
    काठमाडौँ

    [३]
    जीवन
    भोगाइमा एक
    हेराइको दृष्टिकोण अनेक !
    🌑आर्त अकुलीन
    कैलाली

    [४]
    जीवन
    सत्यता फरक
    आफ्नो आफ्नो दृष्टिकोण !
    🌑प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्वत।।

    [५]
    सङ्घर्ष
    आफैँ भित्र
    देखिने अनेक चित्र !
    🌑जमुना कायस्थ
    पोखरा

    [६]
    जीवन
    भोगाइ एक
    हेर्ने दृष्टिकोण फरक !
    🌑दुर्गा भट्टराई

    [७]
    दृश्य
    केवल भ्रम
    वास्तविक यथार्थ चित्रण !
    🌑लक्ष्मी अर्याल
    काठमाडौँ

    [८]
    परिदृश्य
    गहन विश्लेषण
    हेर्ने आफ्नै दृष्टिकोण !
    🌑भगवती दवाडी
    झापा

    [९]
    सच्चाई
    मात्र एक
    तर बुझाई अनेक !
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [१०]
    दृश्य
    झुट मञ्चन
    देखियो दिव्य कञ्चन !
    🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे

    [११]
    बुझाइ
    फरक परिवेश
    फरक सत्य यथार्थ !
    🌑सुभद्रा अधिकारी

    [११]
    जीवन
    सत्य एक
    हेराइ भोगाइ अनेक !
    🌑म्यामराज राई
    भोजपुर ।

    [१२]
    सुझबुझ
    आफ्नै भाेगाइ
    अर्काकाे हस्तक्षेप निरर्थक !
    🌑निरज कोइराला

    [१३]
    सत्य
    आफ्नो ठाउँमा
    कोलाहल हाम्रो गाउँमा !
    🌑योगेन्द्र भट्टराई
    खोटाङ

    [१४]
    यथार्थ
    दुवै पक्षको
    बाटो निस्केन लक्ष्यको !
    🌑सरिता सेढाई
    धादिङ

    [१५]
    जीवन
    भोगाइमा फरक
    हेराइ आ-आफ्नै किसिमको !
    🌑सरस्वती श्रेष्ठ
    इटहरी

    [१६]
    सत्यता
    पत्ता लगाऊ
    त्यसपछि विरोध गर !
    🌑साहित्य प्रेमी सलिन

    [१७]
    सत्य
    मान्छेले नचिन्दा
    घमासान अनि मारामारी !
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा- ६ संखुवासभा

    [१८]
    सत्य
    स्थिर सधैँ
    दृष्टिभ्रम फरक फरक !
    🌑Ram Neupane

    [१९]
    बुझाइ
    यथार्थ एक
    तर्क बितर्क अनेक !
    🌑ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।

    [२०]
    दृष्टिकोण
    सही उपयोगी
    उही सुन्दर भोगी ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [२१]
    दृष्टिकोण
    एउटै दृश्य
    आफ्नै विचार सही !
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [२२]
    मान्छे
    सङ्घर्षशिल प्राणी
    विचार विमर्श अनेक !
    🌑धनमाया चौधरी
    कैलाली

    [२३]
    स्वार्थ
    आफ्नो आफ्नो
    लुट्न खोज्छ मान्छे !
    🌑अमृत सुवेदी
    रुपा सात कास्की

    [२४]
    सत्य
    आफैँले देखेको
    हुनसक्छ त्यो असत्य !
    🌑रमेश मानन्धर, येँ

    [२५]
    दृष्टिभ्रम
    जिद्दिपनको पराकाष्ठा
    कार्यकारी व्यवहारमा फरक !
    🌑बिबस पारदर्शी
    झापा,

    [२६]
    अठार
    आफ्ना जुँगा
    आफैँ आफैँले बटार ।
    🌑होम प्रसाद
    धरान,सुनसरी ।

    [२७]
    बुझाइ
    दृश्य एक
    व्यक्ति बिचार अनेक !
    🌑घनश्याम पौडेल
    गौरीगंगा ९, कैलाली

    [२८]
    सत्य
    दुवै देख्छन्
    फरक हेराइ भित्र !
    🌑समुन्द्रा शर्मा
    सुनसरी

    [२९]
    सत्य
    व्यक्ति अनुसार
    व्यवहार ठाउँ अनुसार !
    🌑शिव खनाल जीवम
    गल्याङ ९ स्याङ्जा !

    [३०]
    यथार्थ
    अटल सत्य
    मूल्य मान्यता परिस्थितिजन्य !
    Gopal Prasad Paudyal

    [३१]
    हेराइ
    अठार एकासी
    भिन्न भिन्नै परिस्थिति !
    🌑अच्युत घिमिरे
    भुटानबाट🇧🇹

    [३२]
    मान्छे
    बुझाइ भ्रम
    भन्छ ध्रुव सत्य !
    🌑पशपती राई खोटाङ

    [३३]
    अधुरो
    अनेक बुझाइ
    दृष्टिले मन रुझाइ !
    🌑सविता के.सी.
    काठमाडौँ ।

    [३४]
    सचित्र
    सत्यमा जिद्दी
    मानव स्वभाव बिचित्र !
    🌑सावित्री अधिकारी
    काठमाडौ

    [३५]
    सत्य
    एकै हुन्छ
    रहन्छ विचार फरक !
    🌑रिता खराल
    रुपन्देही

    [३६]
    दृष्टि
    उल्टो सुल्टो
    हेर बालेर पुल्ठो !
    🌑रामप्रसाद पुरी
    बादेल खोटाङ

    [३७]
    दृष्टि
    स्वार्थ अनुकूल
    कलङ्कित मानवको सोँच !
    त्रिलोक रामदाम
    सिद्धार्थनगर-८ ,रुपन्देही ।

    [३८]
    दृश्य
    सुल्टाे उल्टो
    बुझाइ फरक फरक !
    🌑केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [३९]
    फरक
    हेर्ने दृष्टिकाेण
    बुझाइ सबैकाे आफ्नै !
    🌑राेशन पराजुली
    धरान।

    [४०]
    सत्य
    अर्थको अनर्थ
    ग्यारेन्टीमा पुर्ण समर्थ !
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [४१]
    शक्ति
    पाखुराकाे बल
    विधिहिन अनेक पद्धति !
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [४२]
    दृष्टि
    अनेक किसिम
    पृथक तीतो सत्य !
    🌑कविता आचार्य
    कैलाली

    Leave a Reply