साउदीमै अस्थाए पदम।

  • १ बैशाख २०८०, शुक्रबार १७:२६ मा प्रकाशित
  • पारिवारिक सुखको सुन्दर सपना बोकेर साउदी अरब आएका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का ३९ वर्षीय पदमबहादुर बुढाथोकीको हृदयघातका कारण सुतेकै अवस्थामा मृत्यु भएको छ ।

    उनी डेढ वर्ष अघि नेशनल कन्टेनर टर्मिनल (एन.टि.सि.) कम्पनीमा साउदी अरब आएका थिए भने चैत २८ गते दिउँसो काम सकेर आफ्नै कोठामा आएर खानपिन गरी सुतेका पदम नाइट डीउटी बाट बिहान 8 बजे फर्किएका रूम का साथीहरू कोठामा आइपुग्दा मृत भेटिएका थिए । बुढाथोकीको शवलाई नेपाल ल्याउने नेपाली दूतावास मार्फत पहल भइरहेको बताईएको छ । पदमका श्रीमती तथा २ छोरा हरू रहेका छन ।

    Leave a Reply