
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३८ [अठतिसौँ] ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१२/२० गते समय :- साँझ ८ बजे
……………………………………………………………………
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- आफूखुसी
………………………………………………
पञ्चाङ्ग संरचना
…………………
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
कसरी लेख्न सकिन्छ ?
—————-
पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
जस्तै :-
उठान:-
✍️फेरि कोट लाउनेको लर्को थपिएछ [०१]
✍️श्रोतागणहरूलाई झर्को थपिएछ [०२]
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
———————————-
💢आज बन्छ भोलि ढल्छ बिना ठेगानको [०३]
माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
———————————
१,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
✍️सालसङ्गै मन्त्री फेर्ने धर्को थपिएछ [०४]
✍️चाहिएको यौटा थियो अर्को थपिएछ [०५]
४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
…………………………………………………………
उदाहरण पञ्चाङ्ग
………………………
✍️फेरि कोट लाउनेको लर्को थपिएछ [०१]
✍️श्रोतागणहरूलाई झर्को थपिएछ [०२]
💢आज बन्छ भोलि ढल्छ बिना ठेगानको [०३]
✍️सालसङ्गै मन्त्री फेर्ने धर्को थपिएछ [०४]
✍️चाहिएको यौटा थियो अर्को थपिएछ [०५]
✍️घनश्याम पौडेल, पोखरा ।
…………………………………………………………
पञ्चाङ्ग [०१]
[०१]
यहाँ त सधैँ अप्रिल फूल हुन्छ।
जनता, मात्र नेताको टुल हुन्छ।
आजको दिनमात्रै के फूल पार्नू,
जब सबैमा एउटै रूल हुन्छ।
तबमात्र हाम्रो मन कुल हुन्छ।
[०२]
फेरि कोट लाउनेको लर्को थपिएछ।
श्रोतागणहरूलाई झर्को थपिएछ।
आज बन्छ भोलि ढल्छ बिना ठेगानको,
समालसँगै मन्त्री फेर्ने धर्को थपिएछ।
चाहिएको यौटा थियो अर्को थपिएछ।
[०३]
धर्तीबाट हेर्दा जून तारा उस्तै उस्तै।
नयाँ अनि पुरानाको पारा उस्तै उस्तै।
छान्ने अब जनताले कसो गरी होला,
हेर्दाखेरि बिष अनि चारा उस्तै उस्तै।
सोझालाई फसाउने नारा उस्तै उस्तै।
✍️घनश्याम पौडेल, पोखरा ।
………………………………………
पञ्चाङ्ग [०२]
[०१]
हेर्दाहेर्द बोलेर ढाल्यो कसैले आज ।
गोटी पनि कसरी चाल्यो कसैले आज ।
कसैले बोलेर बोल्ने ठाउँ छैन यहाँ ,
आगोमा घ्यू थपेर बाल्यो कसैले आज ।
समातेर कसरी फाल्यो कसैले आज ।
[०२]
त्रेता युगका रामको काम राम्रो भयो।
द्वापरमा श्रीकृष्णको नाम राम्रो भयो।
श्रीकृष्ण अर्जनका भएका हुन् सारथि,
युग बितेपनि तिनै राम राम्रो भयो।
अयोध्या र जानकीको गाम राम्रो भयो ।
[०३]
त्रेता युगका रामको काम राम्रो भयो।
द्वापरमा श्रीकृष्णको नाम राम्रो भयो।
श्रीकृष्ण अर्जनका भएका हुन् सारथि,
युग बितेपनि तिनै राम राम्रो भयो।
अयोध्या र जानकीको गाम राम्रो भयो ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
………………………………………………………
पञ्चाङ्ग [०३]
[०१]
तिमी नै भगवान् हौ भनेर माया माग्नेलाई ।
भेट्दा शीतल हेर्दा राम र कृष्ण लाग्नेलाई। जोगी रुपी रावणको शिकार भए म पनि ,
के नै भनूँ रस चुसी रुवाएर भाग्नेलाई ।
प्रगति होस् एक्लै बनाई जन्जिर झाग्नेलाई ।
[०२]
भनेका थियौ तिमी धड्कन तिमी जीवन श्वास मेरो ।
झुठो बोल्यौ मायाले जलाएर अझै मास्नु दास मेरो ।
अभागी रैछु तिम्रै भरमा सारा जीवन कुरी रहेँ ,
घाती रैछौ चिरायौ छाती माया गर्छौ भन्ने आश मेरो ।
झूठो भयो माया नि अन्तिम संस्कार गर्नु लास मेरो ।
✍️आरती कुमारी सिंह
पुर्नवास कालिका ५ कन्चन्पुर
हाल:- विरेन्द्र अस्पताल छाउनी काठमाडौं ।
……………………………………………………………
पञ्चाङ्ग [०४]
[०१]
यस्तै सुविचार भावनाको दियो नियतिको।
हेर वास्तवमै अर्कै मोड लियो नियतिको।
सहयात्रा थियो हातेमालो गरी हिँडि रहेँ,
इतिहासको पानामा रच्दै थियो नियतिको।
अचलमै धडकिने मुटु फियो नियतिको।
[०२]
उत्तर लुकायौ मुल्यवान छट्टु भएर के हुन्छ।
दन्किए ज्वार भाटा मनको जट्टु भएर के हुन्छ।
सपना तिमीलाई जोकर लाग्छ ज्वालाभित्र कठै,
टुङग्याऊ विश्राम फुटाले गट्टु भएर के हुन्छ।
छ्टा यि छायो फुस्काई दिने कट्टु भएर के हुन्छ।
✍️डिल्ली राज घिमिरे, अर्घाखाँची ।
………………………………………………………
पञ्चाङ्ग [०५]
[०१]
सवै मान्छेका आ-आफ्नै रङ्ग हुन्छन् ।
सफलता पाएमा नै दङ्ग हुन्छन्।
हातेमालो गर्दै सबै खुशी बाँड्दै ,
खुशीका उमंगसँग सङ्ग हुन्छन् ।
सुवासले नछाउँदा भङ्ग हुन्छन् ।
[०२]
आजकाल तिमी अन्तै रमाउन थाल्याै कि।
पराइकाे हात नै पाे समाउन थाल्याै कि।
अझैपनि पर्खी बसेकी छु म तिमीलाई ,
तिम्राे मायाँ अरुतिर जमाउन थाल्याै कि।
धन नि उसकै लागि कमाउन थाल्याै कि।
✍️उर्मिला के.शी. , धनकुटा ।
……………………………………………
पञ्चाङ्ग [०६]
किन होला मुटु मेरो धिमी गतिले चल्यो हजुर।
सारा शरीर हरुपनि फतक्क भै गल्यो हजुर।
मेरो खानपानमा कमी कमजोरी भएर पो हो कि,
नत्रभने यो शरीर किन एसरी ढल्यो हजुर।
तनमन सबै यसरी किन दनदनी बल्यो हजुर।
✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
बिर्तामोड झापा ।
………………………………………………………
पञ्चाङ्ग [०७]
आफ्नै छायाँले छल्छ यहाँ।
जिन्दगी आफै चल्छ यहाँ।
बाँचुन्जेल मेरो भन्ने हो
मानिस आफै गल्छ यहाँ।
मुर्दा आगोमा जल्छ यहाँ।
✍️सुशीला पौडेल ।
…………………………………
पञ्चाङ्ग [०८]
म त यसैपनि मरेको छु ।
स्वार्थीलाई माया गरेको छु ।
सधैँ तिम्रो मिठो सम्झनामा,
याद जताततै छरेको छु ।
खोज्दै एकान्तमा सरेको छु।
✍️दस्ता कौशिक, पाँचथर।
………………………………………
पञ्चाङ्ग [०९]
[०१]
आफ्नै छायाले पनि छल्ने गर्छ।
जीवन दुःख, सुख चल्ने गर्छ।
जसरी नि अगाडि बढ्नै पर्छ,
साेचाईले पनि मन जल्ने गर्छ।
आखिर जाेर दियो नै बल्ने गर्छ।
[०२]
जीवनका दु:ख सुखका यी रङ्ग हेर्दैछु।
आईरहने जीवनरुपी ढङ्ग हेर्दैछु।
परिवर्तनशील याे जीवनलाई हेर्दा,
रहरहरू कति परेर दङ्ग हेर्दैछु।
यसै आउँने उमंगका तरङ्ग हेर्दैछु।
[०३]
आकाश र धर्ती एक हुन्थ्याे र कहिले।
हिमाले पनि ब्रहाण्ड छुन्थ्याे र कहिले।
यी प्राकृतिक तत्व सुन्दर, शान्त कति,
पानी बर्सिने बादल रुन्थ्याे र कहिले।
एक अर्कोकाे त्यो पीडा सुन्थ्याे र कहिले।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
………………………………………………
पञ्चाङ्ग [१०]
तिमीसँग तिम्रै आफन्त छुट्दै जाने छन् ।
हेर बिस्तारै सबै सम्बन्ध टुट्दै जाने छन् ।
आज तिमीले प्रेमीको ज्यान लिए जसरी ,
भोलि तिम्रो पनि इज्जत लुट्दै जाने छन्।
आफन्त पनि दुस्मन बनी जुट्दै जाने छन्।
✍️रेणु चन्द ठकुरी, डोटी ।
……………………………………………………
पञ्चाङ्ग [११]
मेरो हातले तिम्रो सिउँदो भरी दिन्छु ।
नत्रभने जीवनलाई अन्त गरी दिन्छु ।
मायाको लागि माया अर्पण तिम्रो लागि
मेरो आत्माबाट बग्ने माया छरी दिन्छु ।
दु:खको भुँवरी साँच्चै मैले हरि दिन्छु ।
✍️कला ढकाल , झापा ।
…………………………………………………
पञ्चाङ्ग [१२]
मायाको समयमा माया पनि गर्दा हुन्छ । सत्यता छ भने मायाको भर पर्दा हुन्छ ।
दोबाटोमा बसी कुर्नेको माया हुन्छ राम्रो,
चोखो माया हो भने उतैतिर सर्दा हुन्छ।
मायालुका चोटहरू मायाले भर्दा हुन्छ ।
✍️संगिता शर्मा , सिन्धुली ।
………………………………………………
पञ्चाङ्ग [१३]
[०१]
मनभरी अनौठो त्यो रङ्ग चलायौ ।
सप्तरङ्गी सुनौलो यि रङ्ग चलायौ ।
बुन्दै बसेकी थेँ विशाल सपनाहरू,
छाडी गयौ निष्ठुरी भरङ्ग चलायौ ।
एकादेशको कथाझैँ दङ्ग चलायौ ।
[०२]
हजुरलाई दिलको राजा मान्न पाए हुन्थ्यो।
भित्री दिलको कुना कुना जान्न पाए हुन्थ्यो।
बेरिएर बस्न मन छ अँगालोमा बाँधी,
लुकीलुकी प्रेमको वाण हान्न पाए हुन्थ्यो।
मनको सबै प्रेमजति तान्न पाए हुन्थ्यो।
✍️सरिता सेढाई, धादिङ।
………………………………………
पञ्चाङ्ग [१४]
[०१]
सत्ते युगमा चैं भू-मनुहरूको ठाम भयो।
द्वापर युगमा दशरथ पुत्र राम भयो।
मित्रता बन्धनमा अर्जुन सारथि श्रीकृष्ण ,
त्रेतामा यशोदा नन्दका ति पुत्र नाम भयो ।
कलीमा आई घुस खोर दलाल काम भयो ।
[०२]
किन आज मेरो मुटुको धड्कन सुस्त चल्छ किन।
मेरो शरीरका यी नशा फतक्क भइ गल्छ किन।
शरीरमा पौष्टिक तत्वको कमी भएकोले गर्दा ,
किन यो शरीर एक्कासी खोजी रहेछ ढल्न किन।
सम्झँदै मेरो तनमन खोजी रहेछ जल्न किन।
✍️बेदु न्यौपाने ,काठमाडौ ❤️।
…………………………………………………
पञ्चाङ्ग [१५]
कुराको बतास चल्यो यहाँ ।
निभेको दिप जल्यो यहाँ ।
खाँचो हुदा चाहिन्छ मान्छे,
जिउँदो व्यक्ती ढल्यो यहाँ ।
नहुँदा साह्रै खल्यो यहाँ ।
✍️जानुका गौतम, काठमाडौं ।
……………………………………………………
पञ्चाङ्ग [१६]
आफू बसेर खाने ।
घुँडा धसेर खाने ।
काम भएन भन्दै,
भित्र पसेर खाने ।
धरो कसेर खाने ।
✍️आर्त अकुलीन, कैलाली ।
……………………………………………
//पञ्चाङ्ग [१७]
विरक्त छ मन सबै थोक छोडेर बसेको ।
सद्व्यवहार पक्री घचारो मोडेर बसेको ।
समाजमा उपकार गर्ने नभेटिए पनि,
भेदभावलाई मनले नै तोडेर बसेको।
टुक्रिएका ज्ञानका सद्गुण जोडेर बसेको।
✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹 ।
…………………………………………………
पञ्चाङ्ग [१८]
सत्पथ फिर्छ रागमा दङ्ग पर्दैछु अहिले ।
इन्द्रेणी रङ्ग घुस्दैछ चङ्ग पर्दैछु अहिले ।
खुसीका दिन दुखमा फिर्छ जीवन्त कठाेर,
भराेषा तिम्राे प्यालामा अङ्ग पर्दैछु अहिले।
तृप्तिकाे दियाे आभाष भङ्ग पर्दैछु अहिले।
✍️सुरेश चन्द्र घिमिरे, लमजुङ ।
………………………………………………
पञ्चाङ्ग [१९]
बिना धन दानी हुँदैन ।
राजा बिना रानी हुँदैन ।
वृद्ध वृद्धा भएको मान्छे,
फेरि पनि सानी हुँदैन ।
चिसो खाने बानी हुँदैन ।
✍️भगवती दवाडी , झापा ।
………………………………………
पञ्चाङ्ग [२०]
पीडितलाई मार्न भनि थुनेको छ यहाँ ।
निर्दोषलाई तानाबाना बुनेको छ यहाँ ।
कोशिश गर्छ उम्कन सक्दैन त्यस्ले पनि,
उम्कनलाई सधैँ कुरा गुनेको छ यहाँ ।
सहयोग गर्नेलाई नै चुनेको छ यहाँ ।
✍️गीता रिजाल, धरान ।
………………………………………………
पञ्चङ्ग [२१]
यमराज जी आएपछि जाने हो ।
बाधा अड्चन पारगरि लाने हो ।
मृत्यु त एक आउँने छ त्यो सत्य ,
बाँच्दासम्म राम्रोसँग नै खाने हो ।
यहि जिन्दगीको असल माने हो।
✍️प्रविणा पल्लवी , महोत्तरी ।
………………………………………
पञ्चाङ्ग [२२]
हातमा हात समाएर हिँड्न मन छ।
जिन्दगी भर रमाएर हिँड्न मन छ।
दुश्मन जे सुकै भनून् फरक पर्दैन,
यस्ताको लागि कमाएर हिँड्न मन छ।
कतै त नाम जमाएर हिँड्न मन छ।
✍️ह्यारिस, काठमाडौं ।
………………………………………………
पञ्चाङ्ग [२३]
नेताले महिनै पिच्छे सरकार फेर्दो रैछ लोकतन्त्रमा।
जनताले चैं टुलुटुलु फेरेको हेर्दो रैछ लोकतन्त्रमा।
बलियो छु भनेर निमुखा जनतालाई मनपरी गर्छन् ,
शक्तिशालीले कानुनलाई कहाँ टेर्दो रैछ लोकतन्त्रमा।
फेरि विदेशी सामु चाहिँ कट्टुमै छेर्दो रैछ लोकतन्त्रमा।
✍️पशपती राई, खोटाङ ।
………………………………………………………………
पन्चाङ्ग [२४]
मलाई एक्लै छोडी गयौ।
बाटो अन्तै नै मोडी गयौ।
तिमी मेरो संसार भने,
नाता सबै नै तोडी गयौ।
मुटुको अंश खोडी गयौ।
✍️सुमित्रा पोखरेल, काठमाडौं ।
…………………………………………………
पञ्चाङ्ग [२५]
राजा तिम्रो दिलमा, प्रीतिको अमृत भर्दैछु म ।
तिमी टाढा भएपनि , तिम्रै नजिक सर्दैछु म ।
प्रेममा जति नै सम्झ्यो उति नै याद आउदा,
बाध्यता भएर तिमी सामु ,सकस गर्दैछु म ।
तिम्रै नाउँको अमर ,पत्र लेखेर मर्दैछु म ।
✍️चित्रा भट्ट, धनगढी ५ कैलाली ।
………………………………………………………
पञ्चाङ्ग [२६]
पीडतलाई मार्न भनि थुनेको छ यहाँ ।
निर्दोषलाई तानाबाना बुनेको छ यहाँ ।
कोशिश गर्छ उम्कन सक्दैन त्यस्ले पनि,
उम्कनलाई सधैँ कुरा गुनेको छ यहाँ ।
सहयोग गर्नेलाई नै चुनेको छ यहाँ ।
✍️चेतना पोखरेल , बिराटनगर ।
………………………………………………
पञ्चाङ्ग [२७]
किन विकासको नाममा चाल हुन्छ ।
नेता मारामार प्रत्येक साल हुन्छ ।
जमिन धेरै भूमाफियाकै कब्जामा,
त्यसैले त देशमा मर्ने काल हुन्छ ।
सडक – सदन भ्रष्टको जाल हुन्छ।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
……………………………………………
पञ्चाङ्ग [२८]
[०१]
तिम्रा कुराहरू हिजोआज बुन्नै छाडेको छु ।
कति कति गल्तीहरू गर्यौ गुन्नै छाडेको छु ।
दिनहरू चक्रसरि घुम्छन् यसैगरि सँधै ,
जसरी गर माया र घृणा सुन्नै छोडेको छु ।
अचेलभरि प्रेमिल माला उन्नै छोडेको छु ।
[०२]
आफ्ना खुसिहरु थाती राख्दै अरुका पूरा गरिदिनु पर्छ। पीडालाई छोपेर खुसिले आफ्नो यो आङ भरिदिनु पर्छ। भन्न सबैलाई सजिलो छ तर पूरा गर्न कति कठिन , बसिरहेको ठाउँ अर्कोलाई खुसि पार्न सरिदिनु पर्छ। विडम्बना धेरै जसोले यहाँ किन जिउदै मरिदिनु पर्छ।
✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
……………………………………………………
पञ्चाङ्ग [२९]
निमुखा जनता फाटेको छ घर ।
जनताकै कुरा काटेको छ घर ।
असले त बनायो महल ठूलो ,
लिएर महल साटेको छ घर ।
भन्दछ होइन ढाँटेको छ घर ।
✍️होम प्रसाद नेउपाने, धरान सुनसरी ।
……………………………………………………
पञ्चाङ्ग [३०]
वसन्त ऋतु आएर मनमा उमङ्ग हाज्यो है ।
हरिया ती फाँट देखेर आज आलस्य भाग्यो है ।
ऋतुगरूको राजा वसन्तलाई सबैले मान्छन् ,
उमेरसँगै मानिसको समय अघि लाग्यो है ।
भावीले लेखेको भवको सुख पनि त माग्यो है ।
✍️सरस्वती श्रेष्ठ , इटहरी ।
……………………………………………………………
\पञ्चाङ्ग [३१]
फूल फुल्ने आशा राखी पुतली भुलेकाे हुन्छ ।
मौका छाेपी जुठो हाल्न भँमरा डुलेकाे हुन्छ ।
छैन चिन्ता आफ्नो दाउ आज अर्कोले लाउँदा,
बगैंचामा खुब मुस्कुराउँदै झुलेको हुन्छ ।
प्रकृति उपहारमा सहर्ष खुलेको हुन्छ ।
✍️भवानी घिमिरे, सर्लाही ।
………………………………………………………
पञ्चाङ्ग [३२]
मैले देख्ने हर सपनामा सानो सहर थियो ।
मायासँगै हात समाएर घुम्ने रहर थियो ।
तिमी पारि म वारि थियो तर्न नमिल्ने जंघार,
पीर थियो व्यथा थियो बाधा अनि कहर थियो ।
कसरी भन्नू मैले? हाम्रो मायामा जहर थियो ।
✍️पुष्पा नेपाल (सुवेदी), इलाम ।
…………………………………………………………
पञ्चाङ्ग [३३]
आजभोलि त कुरा गर्नै छोडेका छौ रे ।
देखेर मुख अन्तै हिँड्दै मोडेका छौ रे ।
मौसमझैँ छिनछिन बदल्ने गर्छौ नि ,
गाउँ त्यागी शहरलाई तोडेका छौ रे ।
मदनबाट माइकल जोडेका छौ रे ।
✍️धनमाया चौधरी, कैलाली जानकी १।
……………………………………………
पञ्चाङ्ग [३४]
डुली सारातिर यतै फेरि फर्किएर आएँ।
बाटो रोजी बिलाउनेसँग सर्किएर आएँ।
रोक्दापनि गलत गरि हिँडिरहेका काम,
छैन लौ मलाई योग्य भनि तर्किएर आएँ ।
अशुद्धमा शुद्ध सुनपानी छर्किएर आएँ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
…………………………………………………
पञ्चाङ्ग [३५]
स्देशमा बसेर जुटेका हामी ।
कुर्सीको खेलमा फुटेका हामी ।
सेवा गरे मेवा मिल्ने छ भन्दै ,
खुट्टा तान्नमा टुटेका हामी ।
भुलेर आफन्त छुटेका हामी ।
✍️प्रभा पोखरेल, अमेरिका ।
………………………………………