पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४० [चालिसौँ] ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०१/०६ गते समय :- साँझ ८ बजे
……………………………………………………………………
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- आफूखुसी
………………………………………………
पञ्चाङ्ग संरचना
…………………
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
कसरी लेख्न सकिन्छ ?
—————-
पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
जस्तै :-
उठान:-
✍️विकास निमित्त संघर्ष गर तर्केर हुँदैन [०१]
✍️संवादबाट निकाल निकास झर्केर हुदैन [०२]
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
———————————-
💢बन्नेछ याे घर स्वर्गकाे पुरी पसिना बगाए [०३]
माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
———————————
१,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
✍️चटक्क भुल्दैछौँ आमाको माया जर्केर हुँदैन [०४]
✍️एकता गरौँ माेति यहाँ लिन चर्केर हुँदैन [०५]
४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
…………………………………………………………
उदाहरण पञ्चाङ्ग
………………………
✍️विकास निमित्त संघर्ष गर तर्केर हुँदैन [०१]
✍️संवादबाट निकाल निकास झर्केर हुदैन [०२]
💢बन्नेछ याे घर स्वर्गकाे पुरी पसिना बगाए [०३]
✍️चटक्क भुल्दैछौँ आमाको माया जर्केर हुँदैन [०४]
✍️एकता गरौँ माेति यहाँ लिन चर्केर हुँदैन [०५]
✍️भवानी घिमिरे,सर्लाही ।
……………………………………………………
पञ्चाङ्ग [०१]
[०१]
विकास निमित्त संघर्ष गर तर्केर हुँदैन ।
संवादबाट निकाल निकास झर्केर हुदैन ।
बन्नेछ याे घर स्वर्गकाे पुरी पसिना बगाए ,
चटक्क भुल्दैछौँ आमाको माया जर्केर हुँदैन ।
एकता गरौँ माेति यहाँ लिन चर्केर हुँदैन ।
[०२]
लगायौ माया पगाली मन फर्केर आएनौ ।
जवानी चाेखाे पिएर गयौ तर्केर आएनौ।
विश्वास घात गरेर आज फसायौ मलाई ,
आत्माको भूत देखेर आज थर्केर आएनौ ।
युवामा हाेस गुमायौ सबै मर्केर आएनौ ।
[०३]
मानव भिड एक संस्कार तर्केर हुँदैन ।
परेको यहाँ व्यहोर्नैपर्ने झर्केर हुँदैन ।
नखाकाे बिष लागेको देख्छु जीवन धान्नमा
सक्दिनँ भन्दा घिस्रिनु पर्ने थर्केर हुँदैन
सहास गरे तरिन्छ नदि फर्केर हुँदैन ।
✍️भवानी घिमिरे,सर्लाही ।
……………………………………………………
फञ्चाङ्ग [०२]
कति बाटो कुरी बस्नु तर्केर जानेको।
मूल ढोकासम्म आई फर्केर जानेको।
आजसम्म विश्वासमा परियो त्यतिकै,
छैन भर अब ऑखा कर्केर जानेको।
सम्हालेर भन्दा पनि झर्केर जानैको।
✍️घनश्याम पौडेल, पोखरा ।
………………………………………………………
पञ्चाङ्ग [०३]
[०१]
मेरा गल्ती होला कति फर्केर नहेर मलाई।
कमजोरी भएहोला तर्केर नहेर मलाई।
ब्राह्मणको प्राणी हुँ शुभकामना व्यक्त गर्दछु ,
मायाले बाँध्नेछु सधैँ झर्केर नहेर मलाई।
दिलमा राखेर अझै कर्केर नहेर मलाई।
[०२]
सिमाना रक्षा गर्न काँडे तार लगाउनु पर्छ ।
हल्लने होइन बलियो बार लगाउनु पर्छ ।
हेपेर नै सीमा मिच्ने सानो देश ठानेर होला,
नेपाली दशगजा सीमा पार लगाउनु पर्छ ।
वैरी रहेछ खुकुरीमा धार लगाउनु पर्छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
……………………………………………………
पन्चाङ्ग [०४]
तास पत्तीमा भोटे एक्का पेल्न थाले यहाँ ।
कुसंस्कारी फोहोरी खेल खेल्न थाले यहाँ ।
शिक्षाको दाइजोमा अबरोधका जाला यी ,
उदाहरण कमिलाले झेल्न थाले यहाँ ।
लठ्ठी छ्न साहरा यिनै ठेल्न थाले यहाँ।
सम पञ्चाङ्ग
वसन्त ऋतु अनौठो भावले फर्केर आयो।
प्रभातका सुनौला किरण ति चर्केर आयो।
सौन्दर्य आस्था बाट यिनै सुमधुर झल्किने,
चुम्ने तिनै कालो केश हातमा लर्केर आयो।
लजालु ती तिम्रो मधु मुस्कान झर्केर आयो।
बाताबरणमा तिम्रो प्रतीक भर्केर आयो।
जिबन मिठासका अनुप्रास मर्केर आयो।
प्रती ध्वनी भएछ प्रेमको त्यो उपवनमा,
ग्रीष्म ऋतुझै पालुवामा पानी दर्केर आयो।
घुमाउरा छ्न पहाड तिनै तर्केर आयो।
✍️डिल्ली राज घिमिरे, अर्घाखाँची ।
……………………………………………………
पञ्चाङ्ग [०५]
याे अमुय मानव अवतार प्रभु चरण छुने छ ।
थाहा छैन फेरि यहाँ जन्म नहुने कि हुने छ ।
अवसर ठानेर यसलाई सत्यकाे बाटाे राेजेको,
नजाने पनि फरक पर्दैन धेरै किन रूने छ ।
आज प्रभुकाे कृपा भए छ म मा यहि गुने छ ।
✍️मिना देबकाेटा , सर्लाही ।
……………………………………………………
पञ्चाङ्ग [०६]
नयाँ वर्षको नयाँ तस्बिर केरिएर आयो,
अनगिन्ती उतार चढाव घेरिएर आयो,
अाउने छन् सुखका दिन प्राप्त हुनेछ शान्ति।
अाशाका किरण मनभरि बेरिएर आयो,
उहि नामको पात्रो दिनाङ्क फेरिएर आयो।
✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
………………………………………………
पञ्चाङ्ग [०७]
मिचिँदैछन दिनरात सिमाना काँडे तार लगाउनु पर्छ।
कोहि नछिर्ने गरि वरिपरि बलियो बार लगाउनु पर्छ।
कति सहने हो अन्याय र अत्याचार जहिले सानू भएर,
टेरदै नटेरेमा हतियारमा तिखो धार लगाउनु पर्छ ।
सबै मिली आमाको संरक्षणमा सत्रु पार लगाउनु पर्छ।
✍️अम्बिका दाहाल, मोरङ्ग ।
……………………………………………
पञ्चाङ्ग [०८]
एकादेशमा बसेर कही नमरेको दुई लाइन कोर्नु छ।
साहित्यले चिनाएको उपाहारमा यिनै दुई हात जोर्नु छ।
‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ गुनगुनाई,
तड्पिएको आफ्नै मन विभाजित टुक्रा टुक्रा पारेर फोर्नु छ।
निथ्रुक्क हृदय झन् छट्पटाइ हारै हार खाएर मोर्नु छ।
✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹
………………………………………………………
पञ्चाङ्ग [०९]
नयाँ वर्षमा नयाँ जोस लर्केर आए हुन्थ्यो।
नराम्रा छोडी राम्रा जति फर्केर आए हुन्थ्यो।
समय र परिस्थिति संग लड्डडि गर्दै जीवन,
विकृति र विसंगति देखि तर्केर आए हुन्थ्यो ।
हरि ॐ भन्दै गङ्गाजल छर्केर आए हुन्थ्यो।
✍️सरस्वती श्रेष्ठ, इटहरी ।
………………………………………………………
पञ्चाङ्ग [१०]
पैसा कमाउन खाटबाट तल झर्नु पर्छ।
काम खाेज्नलाई भने यताउता सर्नु पर्छ।
धनसम्पत्ति जाेड्न हेर हुँदैन नि सजिलाे,
काम ठुलाे वा सानाे जे पाए पनि गर्नु पर्छ।
पैसा कमाउन त सातसमुद्र तर्नु पर्छ।
✍️नवराज भट्ट, कञ्चनपुर ।
……………………………………………………
पञ्चाङ्ग [११]
बृद्धाश्रममा पुगेर आँमा बाबाको मुहार हेर्छन् यहाँ ।
जीवनभरिको बदलमा एकदिन प्यार बेर्छन् यहाँ ।
वाह रे ! सन्तान मात्रृत्व प्रेमको ओपचारिकता मात्र,
वर्षदिनमा एकदिन आफ्नो उनि सन्सार फेर्छन् यहाँ ।
जन्माएर हुर्काए कुन नियत सन्तानले घेर्छन् यहाँ ।
✍️सुरेशकुमार पाण्डे, दाङ घोराही१८।
………………………………………………………………
पञ्चाङ्ग [१२]
[०१]
आँसु झारेर गयौ ।
माया मारेर गयौ ।
कति निष्ठुरी मन,
व्यर्थै टारेर गयौ ।
एक्लो पारेर गयौ ।
[०२]
तिमीले छाडेर जाँदा ।
आफ्नो मानेर जाँदा ।
मन मेरो रोई रह्यो ,
डाँडा काटेर जाँदा ।
एकल पारेर जाँदा ।
✍️गुणनिधि घिमिरे, अमेरिका ।
…………………………………
पञ्चाङ्ग [१३]
फलाम पनि सुन बन्थ्यो डढाएर मात्रै हुने भए ।
कोहि साना हुने थिएनन् बढाएर मात्रै हुने भए।
म आफैं भित्र केही बन्छु भन्ने जागर त हुनुपर्छ ,
सप्पै विद्वान बन्ने थियो पढाएर मात्रै हुने भए।
सप्पै तेन्जिङ बन्ने थियो चढाएर मात्रै हुने भए।
✍️पशपती राई, खोटाङ ।
………………………………………………………
पञ्चाङ्ग [१४]
छन्द: मदकलनी ( २०।५०६८८० पिङ्गल)
लक्षण: मदकलनी नजनमसा नलगाश्छिन्ना शराङ्गवाणाङ्गैः।
गण: न ज न म स न ल गु
सङ्केत : ।।। ।ऽ। ।।। ऽऽऽ ।।ऽ ।।। । ऽ
वर्ण:२० , यति: ५/५ अक्षरमा ।
रचना: राजेन्द्रकुमार बज्राचार्य
नजर गयो, रहर भयो, तिम्रो तन नै मलम भयो ।
कहर गयो, प्रहर भयो, तिम्रो मन नै, मलम भयो ॥
समय कतै, फरक भयो, कस्तो पलमै,उदित हुँदा,
जहर गयो, कहर गयो,तिम्रो धन नै मलम भयो ।
डगर भई,शहर गयो, तिम्रो जन नै, मलम भयो ॥१॥
[०२]
उदक पसी, प्रहर रही, भो स्नान कतै, जलन अहो !
सडक हिँडी, डहर घुमी, भो शीतल नै,चलन अहो !
प्रणय रह्यो, नजर घुमे, भो ग्रीष्म अझै,वदन यहाँ,
विजय भयो, हजम भयो, लौ पूर्व झनै, गलन अहो !
सदर भयो, अजर भयो, यो जीवनको, फलन अहो !!२॥
[०३]
प्रियतमको, मदन लिई, लाली मनको, विमल भयो ।
झरझरको, सुखद लिई, गर्मीपनको, सिमल भयो ॥
छ खुलदुली, मनमुटुमा, कस्तो मनको, जहर जसै,
अगल गयो, बगल गयो,साह्रै तनको, भिमल भयो ।
प्रियतमको, नवरसमा, बित्यो वय यो, छिमल भयो ॥३॥
✍️राजेन्द्रकुमार बज्राचार्य, काठमाडौं ।
………………………………………………………………
पञ्चाङ्ग [१५]
तिमी खुशी हुन्छौ भने नाच्न तयार छु।
अतृप्त नयन लिइ बाँच्न तयार छु।
तिम्रो लागि त यो ज्यान बलिदान हो नि ,
थोपा थोपा पानी भरी साँच्न तयार छु।
काँडै काँडा बिच फूल भाँच्न तयार छु।
✍️धनमाया चौधरी, कैलाली ।
………………………………………………
पन्चाङ्ग [१६]
सफलता पाउन दुःख नै गर्नुपर्छ।
बसि काम पाइन्न बाहिर चर्नुपर्छ।
सानाे र ठुलाे छ त केबल हाम्रो सोच,
खान त्यसै पाइदैन बीउ छर्नुपर्छ।
घमण्ड के काे यस्तो सबले मर्नुपर्छ।
✍️मनिषा विष्ट कटुवाल, बिराटनगर ।
…………………………………………………
झ्याउरे लयमा पञ्चाङ्ग [१७]
मानिस किन सबैको सामु धनले प्यारो छ ।
बुझेमा खास दिलको भाव मनले प्यारो छ ।
विकास कार्य गरेर सारा सजाए दुनियाँ,
गाउँ र घर समाज मेरो जनले प्यारो छ ।
आखिर सौम्य संसार आफ्नो पनले प्यारो छ ।
✍️आर्त अकुलीन, कैलाली ।
……………………………………………………
सम पञ्चाङ्ग [१८]
विश्वास गर्न सकिन्न अब तर्केर जानेकाे ।
नकारात्मक रहेछ भाव झर्केर जानेकाे ।
मान्दछ अर्ती घर्तीले पनि उसले मान्दैन,
भन्केछ झिँगा अहम् काे गन्ध छर्केर जानेकाे ।
अवश्यम्भावी टुट्नेछ दिल धर्केर जानेकाे ।
ईश्वर दायाँ बन्नेछ नित्य फर्केर हिँड्नेकाे ।
जीवन तिम्रो उत्कृष्ट बनाेस् कर्केर हिँड्नेकाे ।
नम्र छ बाेली दृष्टान्त दिन्छाै सकल जनमा,
समाज सारा प्राण झैँ बनुन् जर्केर हिँड्नेकाे।
सुक्खामा तन छहारी बनाेस् दर्केर हिँड्नेकाे।
✍️सुरेश चन्द्र घिमिरे, लमजुङ ।
…………………………………………………
पञ्चाङ्ग [१९]
मायाले बोलायौ आश लाग्यो।
भोकको पहिलो गाँस लाग्यो।
दु:ख र कष्टमा साथ दिन्छौ,
मन बिसाउँने बास लाग्यो।
हजारौंमा एक खास लाग्यो।
✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।
……………………………………………
पञ्चाङ्ग [२०]
आफ्नो देशको सिमानामा खबरदार गर्नुपर्छ ।
देशमा ति बैरी आएभने सिमादार गर्नुपर्छ ।
देशको सिमा मिच्नेलाई कसैले नि छोड्ने होईन,
यो देशको सिमा रक्षा गर्न बफादार गर्नुपर्छ।
एकताको जमात हुँदै समझदार गर्नुपर्छ ।
[०२]
हिजोआज प्रदुषणले घामलाई छेलेको छ।
राजनीतिज्ञहरूले जनतालाई जेलेको छ ।
जनता हामी जाग्नु पर्छ चुप लागी बस्नु हुन्न ,
कानुनी कुराले नचाहिने नियम पेलेको छ ।
हाम्रो देशको राजनीति बच्चा जस्तो खेलेको छ ।
[०३]
मेरो यो चोखो माया तिमीलाई सुहाएन ।
चुडायौ दिल बायाँ तिमीलाई सुहाएन ।
अहङ्कार गर्नेलाई आत्मामा बास छैन ,
राखेको थिएँ दायाँ तिमीलाई सुहाएन ।
मेरो सुन्दर छायाँ तिमीलाई सुहाएन ।
✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
……………………………………………
पञ्चाङ्ग [२१]
आफ्ना खुसिहरु थाती राख्दै अरुका पूरा गरिदिनु पर्छ।
पीडालाई छोपेर खुसिले आफ्नो यो आङ भरिदिनु पर्छ।
भन्न सबैलाई सजिलो छ तर पूरा गर्न कति कठिन ,
बसिरहेको ठाउँ अर्कोलाई खुसि पार्न सरिदिनु पर्छ।
विडम्बना धेरै जसोले यहाँ किन जिउदै मरिदिनु पर्छ।
✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
……………………………………
पञ्चाङ्ग [२२]
[०१]
रिक्त यो मनलाई तिमीआई भरिदियौ।
प्रेमको बिजलाई तिमीआई छरिदियौ ।
दुवै मिली गरौं भन्थ्यौ पिरतिको यो खेती,
अप्ठेरो यो मोडमा तिमीआई सरिदियौ ।
यो मनको चाहना तिमीआई हरिदियौ ।
[०२]
नौ नौ महिना पेटमा राखी जन्म दियौ आमा।
सारा दु:ख कष्ट तिमीले सहेकी थियौ आमा।
मेलापात गरिकन हुर्काई बढाई गर्यौ,
हाम्लाई दुध पिलाई आफू पानी पियौ आमा।
हामीलाई सुख दिइ आफु पीडा लियौ आमा।
✍️सरिता सेढाई, धादिङ ।
…………………………………………………
पञ्चाङ्ग [२३]
धुवाॅ धुवां योज़िन्दगी बाॅच्न यहाँ गाह्रो भो।
जताततै छ गन्दगी नाच्न यहाँ गाह्रो भो।
कागजि फूलहरले वास्ना यहाँ छर्छ र,
ऊर्जावान ज़िन्दगीलाई भाॅच्न यहाँ गाह्रो भो।
रोगीको राष्ट्र हो हेर जाॅच्न यहाँ गाह्रो भो।
✍️निला घिमिरे , महोत्तरी ।
…………………………………………………
पञ्चाङ्ग [२४]
मुटुमै किला ठोकेर गयौ ।
भन्नु नभन्नु खोकेर गयौ ।
चुपचाप हेरिरहेँ मैले,
टन्न मदिरा धोकेर गयौ ।
सन्तान सब बोकेर गयौ ।
✍️वसन्त अनुभव, घोराही दाङ ।
……………………………………………
पञ्चाङ्ग [२५]
आहा ! कति राम्रो गुलाफ फूल हेर।
गर्न नपराेस् जीवनमा भुल हेर।
जीवन अविरल बग्ने नदि जस्तै हाे,
आँखा विजाउने बन्नु छैन धुल हेर।
माया कति सागर रुपी त्यो मुल हेर।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
………………………………………………
पञ्चाङ्ग [२६]
राजनीति मा नयाँ नयाँ पाटा फेरियो ।
नेताहरू हिड्ने धेरै बाटा फेरियो ।
सबै सम्पत्तिको विवरणहरू हेर्दै ,
आफ्नै देशलाई लागेको घाटा फेरियो ।
सडक छेउको पेटिमा भाटा फेरियाे।
✍️प्रविणा पल्लवी, महाेत्तरी ।
……………………………………………
पञ्चाङ्ग [२७]
देश डुब्न लाग्यो बचाउन उठ युवा।
हाम्रो मातृ शक्ति जगाउन उठ युवा।
वैरीको छायासम्म पर्नु हुन्न माटोमा ,
वीरताको पाठ पढाउन उठ युवा।
रुँदा हाम्री आमा हँसाउँन उठ युवा।
✍️वीणा रोका, घोराही दाङ ।
………………………………………………
पञ्चाङ्ग [२८]
माया गर्ने टाढा भएपनि बाँचेकै छु ।
पछिलाई तिमी गएपनि साँचेकै छु ।
हिंसा बोध हुनेकुरा भएन कहिले ,
आशावादी सबै लएपनि नाँचेकै छु ।
कुर्मलाई हेर्दै सहेपनि भाँचेको छु ।
✍️सहयात्री शोभा अर्याल , रुपन्देही बुटवल।
……………………………………………………
पञ्चाङ्ग [२९]
मेरो मनलाई बुझेर साट्नेको होला ।
कुरा गलत भयो भनी काट्नेको होला ।
दिलमा बस्ने एउटा माया गर्ने आर्कै ,
मेरो स्थितिलाई हेरेर आँट्नेको होला ।
धेरे मध्यमा मलाई नै छाट्नेको होला ।
✍️कला ढकाल , झापा ।
……………………………………………
पञ्चाङ्ग [३०]
आर्थिक मन्दीले गतिशीलता पाओस् शुभकामना।
दुखी गरिबहरुको अन्त्य भै जाओस् शुभकामना।
दिनहुँ आत्महत्या गर्नेको संख्या बढ्दै आएको छ,
अब आत्महत्या विरुद्ध अन्त्य छाओस् शुभकामना।
सबैकाे मनमा सद्भाव प्रेम आओस् शुभकामना।
✍️सुशीला पौडेल ।
…………………………………………………………
पञ्चाङ्ग [३१]
पाखा बारी त खडेरीले खायो हेर।
पाखामा पानीकै खडेरी लायो हेर।
छैन रहेछ पहाडमा पनि पानी,
सुख्खाले मौसम गाउँमा छायो हेर।
कसैले पाएन कसैले पायो हेर।
✍️सुमित्रा पोखरेल, काठमाडौं ।
………………………………………………
पञ्चाङ्ग [३२]
जिन्दगी त चलिनै रहन्छ हार मान्न हुँदैन।
हाँसाे,आँसुकाे सँगमनै हाे भार मान्न हुँदैन।
राम्रो मात्रै कहाँ खाेजेर पाइन्छ र याे धर्तीमा,
गाेडमेल गरे फल मिल्छ झार मान्न हुँदैन।
सुख,दुख चल्छ खुकुरीकाे धार मान्न हुँदैन।
✍️उर्मिला के.शी., धनकुटा ।
…………………………………………………
पञ्चाङ्ग [३३]
मिठो सम्झना पठाएँ मनैबाट ऐले।
सुम्पिने छु माया भेट्दा तनैबाट ऐलै।
हामी टाढा भएर शङ्का नगरौँ मित्र,
निस्क्यौँ अब आरोपको वनैबाट ऐले।
बाँचिन्छ जान्दा प्रेमको धनैबाट ऐले।
✍️प्रभा पोखरेल, हाल अमेरिका ।
………………………………………………