पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग-३९

  • १ बैशाख २०८०, शुक्रबार ०६:१८ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३९ [उनन्चालिसौँ ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    नयाँ वर्ष २०८० सालको पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण सहित्यकर्मी मा हार्दिक शुभकामना व्यक्त गर्दछौँ साथै नयाँ वर्षको बारेमा आफ्नो भनाई पञ्चाङ्ग मार्फत सन्देश दिनहुन पनि अनुरोध गर्दछौँ ।

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१२/२८ गते  समय :- साँझ ८ बजे
    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️फेरि  पनि फर्किएर  नयाँ  वर्ष आयो हेर [०१]
    ✍️आँगनीमा उमङ्गको  राग मिठो छायो हेर [०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    💢रौसिएर  प्रकृतिले  भाका  फेरि  हेर्दा हेर्दै[०३]

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️कोइलीले गीत भित्री मन छुने   गायो हेर [०४]
    ✍️झरनाको धून उर्ली  प्रित गाढा लायो हेर [०५]

    ४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  
    ………………………

    पञ्चाङ्ग

    ✍️फेरि  पनि फर्किएर  नयाँ  वर्ष आयो हेर [०१]
    ✍️आँगनीमा उमङ्गको  राग मिठो छायो हेर [०२]
    💢रौसिएर  प्रकृतिले  भाका  फेरि  हेर्दा हेर्दै[०३]
    ✍️कोइलीले गीत भित्री मन छुने   गायो हेर [०४]
    ✍️झरनाको धून उर्ली  प्रित गाढा लायो हेर [०५]

    ✍️प्रभा पोखरेल, हाल अमेरिका ।
    …………………………………………………………

    पञ्चाङ्ग   [०१]

    फेरि  पनि  फर्किएर  नयाँ  वर्ष आयो हेर ।
    आँगनीमा उमङ्गको राग मिठो   छायो हेर ।
    रौसिएर  प्रकृतिले  भाका  फेरि  हेर्दा हेर्दै ,
    कोइलीले गीत भित्री मन छुने   गायो हेर ।
    झरनाको धून उर्ली  प्रित गाढा लायो हेर ।

    ✍️प्रभा पोखरेल, हाल अमेरिका ।
    …………………………………………………

    पञ्चाङ्ग   [०२]
    [०१]
    अन्धकार चिर्दै आयो फेरि बिहानी यो।
    सबै जना खुशी रहुन्  हेरी बिहानी यो।
    पूर्वबाट उदाउने उषा लाली जस्तै,
    मनैदेखि  भन्न पाउॅ मेरी बिहानी यो।
    उपयोग गरौॅ  केही  केरी बिहानी यो।
    [०२]
    व्यङ्गबाण हाने पनि पचाउॅछन् नेताले।
    भ्र्ष्टाचारीहरू स्वयम् बॅचाउछन्  नेताले।
    आखिरीमा जसै पनि सत्तामा जानु पर्यो,
    रूघा लाग्दा विदेशमा जॅचाउॅछन् नेताले।
    नाना भाॅती तानाबाना रचाॅउछन् नेताले।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ………………………………………………

    पञ्चाङ्ग   [०३]

    नव  वर्षको  उपलक्ष्यमा  काम  थाले    हुन्छ ।
    विभिन्न  नयाँ  सोँच  गर्छु  भनेर   पाले  हुन्छ ।
    दुई हजार असीमा सबैको आकाङ्क्षा पुगोस् ,
    अनैतिक  काम  सबै  मिलेर  नै  फाले   हुन्छ ।
    विकास  अनि  उन्नतिको  ज्योति बाले  हुन्छ ।

    त्रि पञ्चाङ्ग  [०१]
    ………………………

    नराम्रो कुरालाई   बार्न आऊ तिमी ।
    राम्रो बानीलाई नै सार्न आऊ तिमी ।
    मेरोलागी   आऊ   सम्झेर   फर्कदै,
    सदैव  वरिपरी    चार्न आऊ तिमी ।
    झगडा हैन  झाँको झार्न आऊ तिमी ।

    अमूल्य वस्तुलाई पार्न आघ तिमी ।
    जित मात्र होइन  हार्न आऊ तिमी ।
    जिन्दगीको हिसाब  मिलाउने गर्नू,
    दु:खद दिनलाई   टार्न आऊ तिमी ।
    विपरीत भएमा   दार्न आऊ तिमी ।

    दाउरा चिरे जस्तै  फार्न आऊ तिमी।
    हल  गोरु भएमा  नार्न  आऊ तिमी।
    हरेक  विपत्ति   तिमी   मिलाइिदनु,
    बढी बोल्नेलाई नै खार्न आऊ तिमी।
    विद्रोह गर्नेलाई    मार्न आऊ तिमी।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०४]
    [०१]
    घुम्दै दुई हजार असी साल आँगनमा आउँदै छ।
    बिहानी मिर्मीरेमा कोइलीले मीठो गीत गाउँदै छ।
    आउने नयाँ वर्षले सबैको घरघर  खुसी छावोस् ,
    नयाँवर्षले हामी सबैमा शुभकामना छाउँदै छ।
    वसन्त ऋतुसँगै नयाँवर्षले पालुवा लाउँदै छ।
    [०२]
    किन आज मेरो मुटुको धड्कन सुस्त चल्छ किन।
    मेरो शरीरका यी नशा फतक्क भइ गल्छ किन।
    शरीरमा पौष्टिक तत्वको कमी भएकोले गर्दा , 
    किन यो शरीर एक्कासी खोजी रहेछ ढल्न किन ।
    सम्झँदै मेरो तनमन खोजी रहेछ जल्न किन ।  

    त्रि पञ्चाङ्ग  [०२]
    …………………………

    ती कुरा काट्नेलाई खार्न आऊ । 
    विद्रोहीहरूलाई  मार्न  आऊ । 
    आइलाग्ने  विपत्ति  सुल्झाउने , 
    बारीमा  लगे गोरु  नार्न  आऊ ।
    सालको  मुढालाई फार्न आऊ। 

    सुनचाँदी चिट्ठामा पार्न आऊ ।        
    जितमात्र  होइन  हार्न आऊ। 
    सबैलाई   समान   भाव  गर्नू ।
    उदारो  माग्नेलाई टार्न आऊ ।
    गर्मीमा  फलफूल  दार्न  आऊ । 

    खेतको कुलोलाई बार्न आऊ ।  
    राम्रा बिरुवालाई सार्न आऊ । 
    कर्म   गर   मानव   जीवनमा । 
    तिमी सधैँभरि नै  चार्न आऊ ।
    शत्रु हरुको झाँको झार्न आऊ । 

    त्रि पञ्चाङ्ग   [०३]
    …………………………

    खोला तार्न जाऊ।
    गला खार्न जाऊ।
    अब  आफैं  बुझ ,
    माया मार्न  जाऊ।
    आफैं हार्न जाऊ।

    च्याँखे पार्न जाऊ।
    झाँको झार्न जाऊ।
    हरपल    मील ,
    गोठ  सार्न  जाऊ।
    हलो  नार्न  जाऊ।

    बारी  बार्न  जाऊ।
    आपत टार्न जाऊ।
    आफैं   कर्म   गर ,
    सधैँ  चार्न  जाऊ।
    रिस  दार्न  जाऊ।
        बेदु न्यौपाने
         काठमाडौ ❤️

    ✍️बेदु न्यौपाने , काठमाडौ ❤️ ।
    ………………………………………

    पञ्चाङ्ग    [०५]

    गुमेका सबै खुशी लिएर आऊ नयाँवर्ष।
    कोइलीको  भाका झिकी गीत गाऊ नयाँवर्ष।
    धेरै खेल्यौ खेल आफनैसँग, फुट्ने फुटाउने,
    दुखेको मनलाई मल्हम लाऊ नयाँवर्ष ।
    तितो बिर्सेर सफा दिलले धाऊ नयाँवर्ष ।

    ✍️पुष्पा नेपाल (सुवेदी), इलाम ।
    ……………………………………………

    पञ्चाङ्ग   [०६}
    [०१]
    फेरिपनि उहीँ नयाँ साल आयाे,
    खै  कुन्नि कस्तो लिएर चाल आयाे,
    कति वसन्त गयाे  नि यसै गरी,
    हेराैँ पिडडितकाे कति माल आयाे,
    रङ्गिन या वेरङ्गकाे छाल आयाे।
    [०२]
    जस्तो आवोस् नयाँवर्ष  स्वागत गर्ने छु ।
    उमङ्ग, खुसीका कलमले कपी भर्ने छु।
    नयाँ साल राम्रो आवोस् राेग व्याध हटाेस्
    खुसी साट्दै  यहाँ, सबैसँग‌ दु :ख हर्ने छु।
    जस्तो आवोस् याे  साल नि हाँसेरै तर्ने छु।
    [०३]
    फेरि याे साल मिति फेरिएर आउँनेछ,
    दु :ख हटेर सुख घेरिएर  आउँनेछ,
    आशाहरू  हामी राम्राे कुराकाे नै राखिन्छ,
    खुसीका रङ्गहरू बेरिएर आउँनेछ।
    सम दृष्टिले एकै हेरिएर आउँनेछ।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ………………………………………………

    पञ्चाङ्ग   [०७]
    [०१]
    रोग कष्ट सबै हरोस् यो नयाँवर्षले।
    पिर व्यथा पार गरोस् यो नयाँवर्षले।
    छुट्टिएका जुटाईदेउ हे भगवान,
    शत्रुता बैरी  नपरोस्  यो नयाँवर्षले।
    उमङ्गको बर्षात्  भरोस्   यो नयाँवर्षले।
    [०२]
    मेरो प्रिय चोखो माया सार्न आई देउन ।
    भित्री मेरो अन्तर्मन चार्न आई देउन ।
    सुम्पिदिएँ तनमन तिम्रै नाउँमा मैले,
    तिम्रो चाह नभयमा मार्न आई देउन।
    वाचा तोडे मर्छु नुन बार्न आई देउन।

    ✍️सरिता सेढाई, धादिङ ।
    ……………………………………………

    पञ्चाङ्ग   [०८]
    [०१]
    दियो मजनुले   यिनै हात खालीका    कुरा के गर्नु।
    जिस्किदै हिँडने भेना छ्न्  सालीका   कुरा के गर्नु।
    स्मरण  भए   सपनामा    गुन्जिन्छ्न्   मनमा यिनै,
    यो चाडपर्वमा   बझाउने  झालीका   कुरा के गर्नु।
    प्रसिद्ध उस्तै त्यो बाग्लुङको कालिका कुरा के गर्नु।
    [०२]
    प्राकृतिक   श्रोत   साधन   दोहन    गर्दै  सारे  हुन्छ।
    आम   उपभोक्ता   जनताहरु  अब   यतै  मारे  हुन्छ।
    वैरभावको    अंहकार   यो   लोभी  मह  भ्रष्ट  माथि ,
    स्वाधिन्ता बिच धक्का लाग्यो यिनले बोली बारे हुन्छ।
    खेतबारीमा  खोजी   हलो  समाई  अब  नारे  हुन्छ।
    [०३]
    हात जोडी बिन्ती गर्ने सत्कर्ममा धायो चर्को लागेर ।
    फक्रिने यो जगतको  हरणमा  छायो झर्को  लागेर ।
    छ है  शुभकामना फेरि दुई  हजार  असी  सालको,
    सौभाग्यमा अटल  भै संजिवनी खायो अर्को लागेर ।
    हितकारी  बुद्धि विवेक  सधैँ  पलायो लर्को लागेर ।

    ✍️डिल्ली राज घिमिरे (मन मुटु), अर्घाखाँची ।
    ………………………………………………………………

    पञ्चाङ   [०९]

    दु:ख बिच मुस्कुराउन सक्नू जिन्दगी।
    महङ्गी,भोकमरिबिच तक्नु जिन्दगी।
    मर्दा लानु केही छैन भन्छन् भन्नेले त,
    भोको पेट नै प्राण धान्न सक्नु जिन्दगी।
    मनभरि पीडा बोकेर बक्नु जिन्दगी।

    ✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।
    ………………………………………………

    पञ्चाङ्ग    [१०]

    कर्मिहरु विछिप्त छन् रानु हरायाे।
    गरिबी निभाउँदा झन्  छानु हरायाे ।
    युवा खाडी  वारि झाडिी गाउँ उराठ,
    के खानु ती बाला बृद्धाले दानु हरायाे।
    बयान यानका यहाँ मुठी मानु हरायाे।

    ✍️मीना देवकोटा , सर्लाही ।
    ……………………………………………………

    पञ्चाङ्ग   [११)
    [०१]
    कति गरूँ मानाकाे कुरा ।
    धेरै भयो छानाको कुरा ।
    मूर्ति छ संस्कार आज , ब
    सुन्दैनन् याे सानाका कुरा ।
    भाेकाे पेट दानाका कुरा ।
    [०२]
    अरुको खुसीमा हरपल रमाउँन जाने आज ।
    विश्व भरका प्राणी एकै भन्ने मनमा ठाने आज ।
    बन्द हुन्थ्यो अदालत आधुनिक अस्त्र खानी यहाँ ,
    घर घरमा बुद्ध जन्मिन्थे साेच राम्रो छाने आज ।
    भ्रष्टाचारी हराउथ्याे नहुन्थे है घुस खाने आज ।
    [०३]
    निम्ताे हाे याे समयकाे साल फेरिदैन ।
    सक्दाे कुदे रातदिन काल फेरिदैन ।
    बेला गएकाे पत्तो छैन  नयाँबर्षमा
    बाल,युवा बृद्ध हुने चाल फेरिदैन ।
    केश सेता गाला सुके खाल फेरिदैन ।
    [०४]
    सुख पाउने आसले गर्दा दुःख झेलेका छन्  ।
    रुँदै हाँस्दै नित्य दिन आफ्नै खेल खेलेका छन् ।
    छाेराछाेरी इष्टमित्र देश मेरो भन्दै यहाँ ,
    संकुचित दायरा छ माया भन्दै जेलेका छन् ।
    शान्ति भाव हरायो अशान्तितिर ठेलेका छन् ।
    [०५]
    शुभकामना भन्दैछन् नयाँ बर्षमा ।
    बर्ष उमेर गन्दैछन् नयाँ बर्षमा ।
    समयकाे चक्रमा घुम्दा घुम्दै आज ,
    उन्नति मार्ग खन्दैछन् नयाँ बर्षमा ।
    कति मानव बन्दैछन् नयाँ बर्षमा।

    ✍️भवानी घिमिरे , सर्लाही ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१२]

    उनले लगाउँने मखमली चाेली राम्राे छ
    अरु त के कुरा गर्नु र झन् बाेली राम्राे छ
    घायल भएँ हजुर उनकाे रुप देखेर
    के भनूँ म उनकाे काेशेलीकाे झाेली राम्राे छ
    चन्चले त्याे हेर्ने नजरकाे त गाेली राम्राे छ

    ✍️उर्मिला के.शी., धनकुटा ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१३]

    सबैले यहाँ आफ्नै नाफा हेर्ने रहेछन्
    पैसा पाउँदा नयाँ लुगा फेर्ने रहेछन्
    जसरी पैसा आउँछ खर्च पनि त्यस्तै
    मान्छेले पनि तिनलाई टेर्ने रहेछन्
    र गरीबलाई धनीले घेर्ने रहेछन्

    ✍️नवराज भट्ट, कञ्चनपुर ।
    …………………………………………………

    पञ्चाङ्ग   [१४]
    [०१]
    हर्ष उमङ्ग छाओस् नयाँवर्षमा।
    देशमा शान्ति आओस् नयाँवर्षमा।
    सु स्वास्थ्य र दीर्घायुको कामना छ,
    आर्थिक गति पाओस् नयाँवर्षमा।
    पीडा हटेर जाओस् नयाँवर्षमा।
    [०२]
    प्यास लाग्दा पिउने पानी बन्नु पर्छ प्रिय।
    सधैंभरि आँखाको नानी बन्नु पर्छ प्रिय।
    भन्नेले जे सुकै भनोस्  मतलब नगर्नू,
    मायामा रम्न सक्ने बानी बन्नु पर्छ प्रिय।
    क्षमा याचना गर्ने  दानी बन्नु पर्छ प्रिय।

    ✍️सुशीला पौडेल  ।
    ………………………………………………

    पञ्चाङ्ग   [१५]
    [०१]
    फूल बुट्टे नै चाेली राम्रो छ।
    मायालुकाे नै बाेली राम्रो छ।
    हेर्दा राम्रो देखिने खालको ,
    सिंगारिएकाे डाेली राम्रो छ।
    भरि भएको झाेली राम्रो छ।
    [०२]
    पुरानो साल नै अर्को फेरियाे नयाँवर्षले।
    सबैलाई सद्भाव गरियो नयाँवर्षले।
    खुशी भाइचाराकाे सम्बन्ध सबैमा जगाइ,
    मनमा धेरै उमङ्ग भरियाे नयाँवर्षले।
    भय दुःख कष्ट सबै हरियो नयाँवर्षले।
    [०३]
    उमंग र उत्साह जागाेस्२०८० सालमा ।
    चिन्ता पिरहरू नै भागाेस् २०८० सालमा।
    सबैकाे मनको इच्छा पूरा हाेस् नयाँवर्षमा,
    खुशीकाे वरदान मागाेस् २०८० सालमा।
    नयाँवर्ष कै साल लागाेस् २०८० सालमा ।

    ✍️प्रविणा पल्लवी, महाेत्तरी ।
    ………………………………………………

    पञ्चाङ्ग   [१६]

    चितामाथिको लास जलाऔ न छिटो।
    अङ्ग प्रत्यङ्ग सबै गलाऔ न छिटो ।
    जो प्रेत बनेर बौलाहाझैँ छन्  आज ,
    यस्ता नरपिशाचलाई चलाऔं न छिटो ।
    विजयको एकतालाई फलाऔ न छिटो ।

    ✍️रामचन्द्र पौडेल, महोत्तरी ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१७]

    घुमी घुमी दौडिएर नयाँवर्ष आयो फेरि।
    ढकमक्क बागभरि फूलैफूल छायो फेरि।
    ऋतुराज वसन्त आगमनले सजिएर अनि,
    वनस्पति  जताततै  हरियो  पलायो फेरि।
    कोदालो लिई किसान कर्ममा धायो फेरि ।

    ✍️भगवती दवाडी, दमक, झापा ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१८]

    वैरागीको  मन भुल्ने कसरी ।
    निष्पक्षको मन डुल्ने कसरी।
    औडाहाले  मन  भयो टुहुरो,
    निर्दयीको मन सुल्ने कसरी।
    कपटीको मन खुल्ने कसरी।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹 ।
    …………………………………………………………

    पञ्चाङ्ग   [१९]

    नव वर्ष  दुइहजार  असीको   सबैलाई शुभकामना।
    देश  विदेशमा रहनुभएका दाजु-भाई  शुभकामना।
    साहित्यकार लेखकहरूले देशको हित मै लेख्नुपर्छ,
    प्रगतिशील       रचनासँग  गीत नै गाई शुभकामना।
    अञ्जानहरूलाई समेत नवको नै हाइ शुभकामना।

    ✍️सुरेशकुमार पान्डे दाङ, घोराही १८।
    …………………………………………………

    पञ्चाङ्ग   [२०]

    देशको कुना कुना  घुमेर आऊ नयाँवर्ष।
    सबैको मन र मस्तिष्कमा छाऊ नयाँवर्ष।
    शुभकामना  छ दुई हजार असी सालको,
    जर्जर जमिन हराभरा बनाऊ नयाँवर्ष।
    कोइली लयमा मीठो गीत गाऊ नयाँवर्ष ।

    ✍️सरस्वती श्रेष्ठ,  इटहरी ।
    …………………………………………………

    पञ्चाङ्ग   [२१]

    नयाँवर्षको नयाँ तस्बिर केरिएर आयो,
    अनगिन्ती उतार चढाव घेरिएर  आयो,
    आउने छन् सुखका दिन  प्राप्त  हुने छ शान्ति।
    आशाका किरण मनभरि बेरिएर  आयो,
    उही नामको पात्रो दिनाङ्क फेरिएर आयो।

    ✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
    ………………………………………………

    पञ्चाङ्ग   [२२]
    [०१]
    वनभरि लाली गुराँस फुलेका छन् हेर ।
    फूल वरिपरी भँमरा  भुलेका छन्  हेर ।
    लालीले सृङ्गारिएर नव वधूझैँ देख्दा ,
    हाँगा हाँगामा चराहरू डुलेका छन् हेर,
    कोइलीको मधुर बोली खुलेका छन् हेर।
    [०२]
    नयाँ हर्ष नयाँ उमङ्ग लिएर आयो नयाँ वर्ष ।
    यहाँ भातृत्वको सन्देश दिएर आयो नयाँ वर्ष ।
    धनी गरिब छुट्टाउदैन कहिल्यै पनि यसले ,
    च्यातिएका ती लाल पूर्जा सिएर आयो नयाँ वर्ष ।
    झुपडीका आँसु आफैले पिएर आयो नयाँ वर्ष ।

    ✍️वीणा रोका, घोराही दाङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [२३]

    हर्ष उमङ्ग छाओस् शुभकामना ।
    खुसीको दिन आओस् शुभकामना ।
    डालीमा आफैँ बोलेर कोइलीले,
    शान्तिको गीत गाओस् शुभकामना ।
    वसन्तसँग प्रेम लाओस् शुभकामना ‌।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ……………………………………………

    पञ्चाङ्ग    [२४]

    काठमाडौं विस्तारै प्रदेश लाग्न थाल्यो ।
    भ्रष्टाचारी देखेर इमानी भाग्न थाल्यो।
    जनताको रगत र  पसिना चुसेर ,
    मोटाएपछि,  काठमाडौं  त्याग्न थाल्यो ।
    पी आर पनि विदेशीसँग माग्न थाल्यो।

    ✍️देवी पन्थी, बिराटनगर ।
    …………………………………………………

    पञ्चाङ्ग   [२५]

    नयाँबर्षसँगै आऊ तिमी ।
    ज्ञान गुण गाठा गाऊ तिमी ।
    धनी गरिब भाव नराखी ,
    हर्ष सुख चारै छाऊ तिमी ।
    रिस राग त्यागी जाऊ तिमी

    ✍️धनमाया चौधरी ,  कैलाली ।
    …………………………………………

    पञ्चाङ्ग   [२६]

    शुभकामना  भरिभरि  नयाँवर्ष   शुरु  चरणमा सबैलाई।
    जगाऊ आउँदो सालको यस हर्ष शुरु चरणमा सबैलाई ।
    नकारात्मक काम उर्जा ध्यान सारा हटाएर कुकृति धारणा ,
    दिँदैदिँदै  जाऊ खात खुशी उत्कर्ष शुरु चरणमा सबैलाई ।
    बनाई  राख सघन ध्यान निष्कर्ष  शुरु चरणमा सबैलाई ।

    ✍️जमुना आचार्य,  सिन्धुपाल्चोक ।
    ……………………………………………………………

    पञ्चाङ्ग    [२७]

    तिमीले मलाई  माया गरेनौ भने ।
    साँच्चै रिसाएर  दिल भरेनौ भने ।
    मेरो दिल टुक्रा टुक्रा हुनेछ राजा,
    मरेतुल्य हुन्छु  दु:ख  हरेनौ भने ।
    ग्लानी  हुनेछ  मतिर सरेनौ भने ।

    ✍️कल्पना भण्डारी , काठमाडौं ।
    ………………………………………………………

    पञ्चाङ्ग   [२८]

    आयो नयाँवर्ष नयाँ योजना थाल्नु पर्छ।
    विगतका रिसराग वैमनस्यता फाल्नु पर्छ।
    जस्तो परिस्थिति आएपनि सकरात्मक सोचौँ,
    आजैबाट कम्मर कसरी चाल्नु पर्छ।
    कपटी जोडीले मनको मैलो छाड्नु पर्छ।

    ✍️कला ढकाल, झापा  ।
    ……………………………………………

    पञ्चाङ्ग    [२९]

    इन्द्रबज्रा छन्द ११ अ०
    ssl.ssl.lsl.ss ( ततज गु०गु०)

    घुम्दै  नयाँवर्ष  ल  हेर  आयो,।
    सम्पूर्ण  संघर्ष   थमेर  आयो।
    कल्याणकारी सुखशान्ति छर्दै,
    उत्त्साह  उत्त्कर्ष   रमेर   आयो।
    सौहाद्रता  हर्ष   जमेर  आयो ।

    ✍️बिबस पारदर्शी,  झापा ।
    ……………………………………

    पञ्चाङ्ग    [३०]
    ( नयाँ बर्षको शुभकामना)
                                            
    घुम्दै फिर्दै र थपिदै आउनु नयाँवर्ष तिमी।
    सुख शान्त्ति पनि खाेज्दै धाउनु नयाँवर्ष तिमी।
    दुईहजार असी सालकाे  शुभकामनासँगै,
    सधैँ हर्ष र उमङ्ग छाउनु  नयाँवर्ष तिमी।
    देश भक्तिको गीत नै गाउनु नयाँवर्ष तिमी।

    ✍️नानीबाबा अधिकारी, हालअस्ट्रेलिया ।
    ………………………………………………

    पञ्चाङ्ग    [३१]

    तिम्रो मनले किन होला आज सम्झिँदै छ।
    आउन  छिट्टै  यो  मुटुले  पनि  पर्खिँदै छ।
    बेला-बेला लाग्छ धड्कन रोकियो नै जस्तो ,
    मेरो  मनपनि  यादमा  धेरै  तड्पिँदै छ।
    तिम्रोलागि मात्र यादमा  मुटु चर्किँदै छ।

    ✍️दस्ता कौशिक, झापा ।
    ………………………………………………………

    पञ्चाङ्ग     [३२]

    सुख अनि शान्तिको गीत बनोस् नयाँ बर्ष ।
    शोषित पीडितको हित बनोस् नयाँ वर्ष ।
    विकासमा प्रत्येक जनको पहुँच पुग्दै,
    विधि र विधानको रित बनोस् नयाँ वर्ष ।
    हरेक नेपालीको जित बनोस् नयाँ वर्ष ।

    ✍️त्रिलोचन भण्डारी , मेचीनगर झापा ।
    …………………………………………………

    पञ्चाङ्ग   [३३]

    रुदै रुदै जन्मेको मान्छे खुशी मात्रै खोजी हिड्छ।
    आधालाई भर्न जान्दैन झुसी मात्रै खोजी हिड्छ।
    आफैंभित्रको  मगमगाउने  खुशी  छाडी  मान्छे ,
    बाहिर  गनाइरहेको  ढुसी  मात्रै  खोजी  हिड्छ।
    सोझोलाई हेर्दैन मान्छे छुसी मात्रै खोजी हिड्छ।

    ✍️पशपती राई, खोटाङ ।
    …………………………………………………………

    पञ्चाङ्ग   [३४]
     
    हर्ष उत्साह लिएर आउ नयाँ बर्षमा।
    घर आँगनमा खुसी छाउ नयाँ बर्षमा।
    आउदै गर्ने नयाँ बर्षको शुभकामना ,
    सङ्कट हरु हटाई पाउ नयाँ बर्षमा।
    सबैसंग मआत्मियता लाउ नयाँ  बर्ष।

    ✍️दुर्गा आचार्य , मोरङ ।
    ………………………………………

    पञ्चाङ्ग   [३५]

    सबैतिर खुसियालि लिएर आउँ ।
    गरिब दु:खीको आँसु पिएर आउँ।
    भोकै नाङ्गै पेटिमा सुत्न नपरोस,
    फाटेका तनका लुगा  सिएर आउँ।
    ज्ञ्यानको ज्योति सबेमा दिएर आउँ।

    ✍️सीता शर्मा  पन्थी,  बिरगंज ।
    …………………………………………

    Leave a Reply