‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ७८

  • २२ चैत्र २०७९, बुधबार २०:५८ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७८ औँ शृङ्खला यही चैत १८ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ५३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७८औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    छोराछोरी गेममै व्यस्त, बुढी टिकटकमा,
    आफू परियो सिधा मान्छे, डिस्को अनि पबमा ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    कति सिधा मान्छे म, कसलाई होला र थाहा,
    मौका मिले गरिन्छ दैनिक तरुनीको चाहा ।
    🌑राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    हाल- प्रवास

    [२]
    व्यस्त सबै घर परिवार वास्ता कसले गर्ने ?
    आफ्नाे मनकाे मालिक भइयाे आफैँ रङ्ग भर्ने ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [३]
    समय पनि के साह्रै भयो सतायो नेटले,
    आकाश धर्ती भएको हेर प्रत्यक्ष भेटले !
    🌑आर्त अकुलीन
    कैलाली

    [४]
    के जमाना आयाे यस्तो, छाेरा छाेरी व्यस्त तालमा,
    म पनि के कम हजुर ! जान्छु जुवाकाे खालमा ।
    🌑शाेभा आचार्य गाैतम
    काठमाडौँ

    [५]
    के वाल, के युवा, वृद्ध सब, मोबाइलमै झुले,
    टिकटक र गेमले गर्दा, खान पिउन भुले,
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [६]
    यस्तै बानी भएकाले घर समाज ,देश बिगार्ने हाेला,
    सबैजना झुमेपछि गृहस्थीमा बाेक्नु पर्ला फेरि झाेला।
    🌑धन कुमारी रेग्मी
    भरतपुर चितवन

    [७]
    छक्कापञ्जा हेर्दैन, डण्डिबियो खेल्दैन,
    जसले जे गरुन्, गणतन्त्रले पेल्दैन ।
    🌑होमप्रसाद
    धरान,सुनसरी ।

    [८]
    प्रविधिको उपहार हो मोबाइल फोन चलाउनु पर्छ,
    युवा देखि वृद्ध सबमा एकनासको उद्वेग सर्छ।
    🌑अच्युत घिमिरे
    भुटानबाट🇧🇹

    [९]
    बालकदेखि वृद्धसम्म सञ्जालमै झुले,
    गर्नैपर्ने मुख्य काम त एकाएक भुले ।
    🌑त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    [१०]
    भात तिहुन डढाई सखाप पारिन् आमाले,
    पूजापाठ नै भूल्छन् मोबाइल हेर्दै बाबाले ।
    🌑भगवती दवाडी
    झापा

    [११]
    फ्री फायर पब्जी र टिकटक नचलाउँ भन्दा,
    टिकटक पो भा’छ आजभोलि कमाउने धन्दा ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [१२]
    संसार जता नि नजिक भयो सञ्चारको विकासले,
    घर कलहको सामाधान गरौँ उचित निकासले ।
    🌑टिकाराम पुन टिपु
    सल्यान, छत्रेश्वरि गाँउपालिका २

    [१३]
    यो टिकटक र गेमले गर्दा कतिले गर्नै बिर्से घरको काम,
    सुन्न नपरोस् पाइएन भनी बाल, युवा र वृद्धाले जाने ठाम।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,म्यासाचुसेट्स बोस्टन।

    [१४]
    यो कस्तो जमाना आयो, ब्यस्त छन् हर कोही जानी नजानी,
    भोक प्यास त्यागी लागिपरेका छन् यहाँ आफ्नै मनोमानी ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [१५]
    काम छैन तर व्यस्त समाज सुक्यो खेतबारी,
    यही चालाले निम्ताउँछ अनिकाल महामारी ।
    🌑सुरेशकुमार पान्डे
    दाङ घोराही १८

    [१६]
    देखासिकी गरी खा आरिसे मरी जा भन्दामा,
    सञ्चारकाे प्रयाेगमा मस्त परी जा फन्दामा ।
    🌑निरज कोइराला
    बेलका १

    [१७]
    जमाना नै खराब होकी समय आयो कस्तो,
    नेपालीको चाला देख्छु दुरुस्त फटाहा जस्तो।
    🌑योगेन्द्र भट्टराई
    खोटाङ

    [१८]
    छोराछोरी पढ्न छाडे, नेटमै झुन्डी बस्छ्न्,
    आफू बस्छु लाइभतिर बुढा डिस्को पस्छन् ।
    🌑सरिता सेढाई
    धादिङ

    [१९]
    कोही टिकटकमा कोही गेम कोही तासमा झुल्ने,
    एकाइसौँ शताब्दीको धमाका सबै नेटमा भुल्ने।
    🌑सरस्वती श्रेष्ठ
    इटहरी

    [२०]
    टिकटक बनाएर हेर्नुस् टन्न खुसी लिन्छु,
    रिस उठ्यो भने त श्रीमतीलाई लात दिन्छु ।
    🌑विक्रम तिरूवा सलिन
    जुम्ला

    [२१]
    प्रविधि नि अचम्मको आयो इन्टरनेट बिना सक्दैन कि बाँच्न,
    कमाउन त परै जाओस् पैतृक सम्पत्ति पनि नजान्ने भो साँच्न ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [२२]
    छोराछोरी डेटिङमा, आमा बाबु पनि च्याटिङमा,
    विकृति छायो साह्रै नै उत्रिनु पर्ला हो ब्याटिङमा।
    🌑दीपक ठटाल जलन,१.४.२३

    [२३]
    छाेराछाेरी खेलमा ,श्रीमतीज्यू टिकटकमा व्यस्त,
    कोही सँग कोही बोल्दैनन् सबै आफ्नै धुनमा मस्त ।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।

    [२४]
    यन्त्र यो के के आयो सबैलाई भुलायो,
    छुन छैन त्यो हेर्‍यो मनलाई डुलायो।
    🌑साँग्रीस जि

    [२५]
    उम्रेदेखि खुम्रेसम्म मोबाइलमै ध्यान गर्ने,
    बर्बाद हुँदैछ भविष्य यो बानी त हट्नु पर्ने।
    🌑शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर

    [२६]
    नानी बाबु गेम, आमा बाबा टिकटक र डिस्को पब तक,
    पहिले जे जे बोल्यो अहिले त्यसले पोल्यो किन मान्छौ धक ।
    🌑बिबस पारदर्शी
    झापा

    [२७]
    सबैका परिवार उस्तै को को सँग गर्नु दाँजो,
    एकैछिन म पनि मिलाउँछु आफ्नै चाँजोपाँजो ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [२८]
    प्रविधिले मानिसलाई खेलौना बनायो,
    दुःख बिमार भयौ भनी बिलौना खनायो ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [२९]
    टिकटक र फेसबुकले मान्छे एक्लो भयो,
    दु:खसुख गर्ने बानी आजभोलि टाढा गयो ।
    🌑बाबुराम पाण्डे
    शीतगंगा अर्घाखाँची

    [३०]
    पाएकाे केरा नताछी बोक्राे निलेझैँ कुप्लुक्क,
    सबैका साथ आनन्द दिँदै सर्वस्व खुप्लुक्क ।
    🌑निरज कोइराला
    बेलका १ उदयपुर

    [३१]
    आज प्रविधिको नविनतम् दुनियाँमा झुम्मिएँ,
    बाल वृद्ध सबै आफ्ना कोठामा व्यस्त भै रल्लिएँ ।
    🌑कमला देवकोटा
    पाल्पा

    [३२]
    बाबा आमाले भन्ने गर्छन् सधैँ छोरी नजा,
    उहाँलाई के थाहा टिकटकमै छ मजा ।
    🌑हिमा रोका
    मेहेलकुना सुर्खेत

    [३३]
    बाटो लाग्नु पर्‍यो साहुँको ऋणमा डुबेर,
    जमाना आयो भन्छन् टिकटकमा उडेर ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [३४]
    थुतुने किताब पढ्दा पढ्दै समय गा’को पत्तै पाउन्निन्,
    टिकटकको व्यस्तताले गर्दा समयमा खाना ख्वाउन्निन् ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [३५]
    भ्याइनभ्याइ पब, डिस्कोबाट थाकेर घरमा आउँदा,
    मुड्काइदिउँ जस्तो रिस उठ्छ उनले वचन लाउँदा ।
    🌑मित्र `उराठी´ गाैतम
    अमरपुर,गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही

    [३६]
    समयले जे गराउँदछ त्यहीँ सन्तोष मनमा भरुँ,
    आइरहन्छ आँधिहुँरी जीवनमा त्यसमै मन छरुँ।
    🌑सुरेखा चाम्लिंग
    भक्तपुर (२)

    [३७]
    अहिलेका हरकाेही मान्छेलाई माेबाइल नभै नहुने,
    के चाला हाेला यस्तो एकचाेटी बोलाउँदा बोलीले नछुने ।
    🌑उर्मिला के.शी.
    धनकुटा

    [३८]
    भावनाले हैन, परिवार इन्टरनेटले जोडिन्छ,
    कोही प्याच्च बोले सम्बन्ध पारपाचुकेतिर मोडिन्छ।
    🌑म्यामराज राई
    भोजपुर ।

    [३९]
    मलाई त फेसबुक अनि टिकटक प्यारो लाग्छ,
    सन्जाल अनि मोबाइल भए भोक तिर्खा नि भाग्छ।
    🌑नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [४०]
    डिस्को जाने, गेम खेल्ने, टिकटक बनाउने भए नामी,
    एक्लो भएँ, हुनैपर्‍यो आफू पनि त, परिवर्तन कामी ।
    🌑रामप्रसाद पुरी
    बादेल खोटाङ

    [४१]
    श्रीमानको त अरूसँग च्याट गर्ने बानी छुटेन केही गरी,
    श्रीमतीको हातमा पनि मोबाइल छ के को कम सधैँभरि ।
    🌑पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [४२]
    आजकाे युगलाई ढाकेकाे छ प्रविधि र विज्ञान,
    समय अनुरूप जीवन नचलाए जान्छ ज्यान ।
    🌑प्रद्युम्न चालिसे
    कटुञ्जे भक्तपुर ।

    [४३]
    अँध्यारो कुनामा बित्यो जिन्दगानी,
    लताका मुना झैँ पलायो जवानी ॥
    🌑गुणनिधि घिमिरे
    अमेरिका

    [४४]
    समय अनुसार चल्दै जाने मानिसको हो है काम ,
    प्रविधिलाई सदुपयोग नगर्ने के हो तिम्रो नाम ?
    🌑बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [४५]
    बुढापाका पनि व्यस्त हुन्छन् प्रविधिको सुनौलो जालमा,
    अनेकौँ लीला हेर्दाहेर्दै लट्ठै पर्छन् आफ्नै सुर तालमा ।
    🌑सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही

    [४६]
    व्यस्त छन् छोराछोरी मोबाइल अनि इन्टरनेटमा,
    अर्काको बुढी, अर्काको बुढा टाप कसे एकै भेटमा ।
    🌑राजेन्द्र प्रधान ‘पासा’
    दार्जीलिङ ।

    [४७]
    बालकदेखि वृद्ध नै सबैलाई भुलायो
    आधुनिक जमानामा खै के फूल फुलायो ।
    🌑चन्द्रकली राना मगर

    [४८]
    प्रविधिले सबैलाई बनाको छ व्यस्त,
    त्यत्नाविधि हुनुहुन्न कोही पनि त्रस्त।
    🌑महेन्द्र मान बलामी

    [४९]
    जमाना पनि कस्तो आयो, बच्चालाई भन्न डर,
    बोल्यो कि उनै कराउँछन्, नबोलेर बस्न कर !
    🌑रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [५०]
    एउटा हातमा मोबाइल अर्को हातमा पन्यू हुन्छ,
    खाना मीठो भएन भने परिवारै म माथि खनिन्छ ।
    🌑पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    [५१]
    व्यस्त नै छन् घरपरिवार कस्ले वास्ता गर्ने ,
    आफैँ परियो घर मालिक किन पछि पर्ने ।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [५२]
    आधुनिक जमाना यो सुविधा छन् थरी थरी,
    सबै व्यस्त सबै मस्त चल्छ खै घर के गरी?
    🌑रामशरण न्यौपाने
    भक्तपुर

    [५३]
    ल्याइदिएको छ समयले नमुना बनेर,
    प्रविधिको सदुपयोग गर्नुपर्छ गनेर ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    Leave a Reply