
(१)
मानिस विचारमा सधैं नै महान् हुनुपर्छ
नीच सोच्नेलाई एक दिन पक्कै रुनुपर्छ ।।
(२)
विचार नै हो मानिसको पहिलो परिचय
दरिद्र सोच राख्नेसँग मान्नुपर्छ संशय ।।
(३)
मुखमा ठिक्क मनमा भने दिक्क मान्नेसित
तर्किएकै म राम्रो देख्छु लाउनु भन्दा मित ।।
(४)
मान्छेहरू पनि भेटिन्छन् यहाँ थरीथरीका
कुरा गर्छन् चाहिने नचाहिने धर्ती भरिका ।।
(५)
मनमा इमान छैन , बोलीमा छैन विश्वास
कसरी गर्न सकिएला त्यस्ता मान्छेको आस ??
बाबुराम पाण्डे
अर्घाखाँची