लघुकथा : आदर्श श्रीमान्

✍️कल्पना भण्डारी
मीना बिहान जुरुक्क उठेर बाथरुममा नुहाउन गएकी थिइन् । साबुनमा चिप्लेर लडिन्।
“आमा म त मरेँ´´ भनेकाे आवाज आयाे ।
बलरामले “के भयाे?´´ भन्दै बाथरुम पुगेर हेर्दा मीनाकाे अवस्था गाह्रो भइसकेको रहेछ – एक पाटाे नचल्ने । बलराम तनाबमा परे र मनमनै भने-“अब मलाई कसले पकाएर खान दिन्छ? श्रीमतीकाे एक पाटाे नचलेपछि कसले स्याहारसुसार गर्छ ।´´ तीन महिना हस्पिटल बसेर घरमा लगे ।
अब बलरामलाई तनाब भयाे । सरल बिहानै आए । किन आएकाे हाेला भनेर बलराम दङ्ग परेकाे थिए । श्रीमतीलाई हस्पिटलमा दिएकाे पैसा माग्न आएकाे हाेला भनेर अँधेराे मुख पारेर बसेकाे थिए ।
सरलले भने – “बले अब तँ के गर्छस् ? श्रीमती अपाङ्ग भइन् । घरमा कसले हेर्छ ? स्याहारसुसार कसले गर्छ ?´´ भन्दै अब अर्काे बिवाह गर्न अनुराेध गरे ।
बलरामले भने -“दाइ’ बिचरी यी मीनालाई यत्राे चाेट पीडा छ । मैले यस्ताे कुरा गरेँ भने झन् मानसिक समस्या हाेला । भयाे दाइ, यस्तो कुरा नगराैँ अहिले।´´
“कस्तो नामर्दा रछस्´´ भन्दै सरल आफ्नाे बाटाे लागे । याे सबै कुरा मीनाले ओछ्यानमा सुनेर बसेकी थिइन् । बलरामले मीना भएकाे ओछ्यानमा खाना लिएर गए ।
मीनाले गहभरी आँसु बनाएर भनिन्-“हजुरलाई मेरो रेखदेख गर्न धेरै गार्हो भयाे । अब अर्को विवाह गर्नोस्´´भनिन्।
बलरामले भने -“मीना अहिले तिमी यस्ताे अवस्थामा छाै । म कसरी विवाह गरूँ? । मैले विवाह गरेँ भने तिमिले दु:ख पाउँछ्यौ । हाेस्, म गर्दिन ।´´ भनेर भान्सामा गए ।
मीनालाई बलरामको आफूप्रतिको समर्पण भाव र अगाध प्रेम्को कुरा सुनेर खुसी लाग्याे । बलरामले जीवनभर श्रीमती मीनालाई खुसी बनाएर राखे । सरल दङ्ग परे । “बलराम बलवान् नै रछ´´ भनेर गाउँमा हल्ला गर्दै हिँडे।
भोलिपल्ट बिहान गाउँभरि हल्लाखल्ला र खैलाबैला सुनियो। मीनाकी सानीमाले आश्चर्यमिश्रित स्वरले मीनालाई सुनाइन् -“हेर त मीना! त्यति राम्री र बत्तिस लक्षणकी श्रीमती हुँदाहुँदै ठुलाघरेले पल्लो गाउँकी मुखियाकी स्वास्नी भगाएर ल्याएछ्न्´´ मीनाको मन एकचोटि सिरिङ्ग भयो अनि बलरामलाई सम्झिन् र भनिन् -“धन्य मेराे श्रीमान् ।
✍️कल्पना भण्डारी
छथरजाेरपाटी -३ धनकुटा
वास्तवमा जीवनको गहराइमा पसेर आफ्नो मनबाट उब्जेका कुराहरूलाई यसरी सम्पादन गरेर लेख्नु भएकोमा हजुरल्लाई हार्दिक बधाई अर्पण गर्दछु । हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु ।