साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९६औँ भाग शनिबार सम्पन्न

  • १२ चैत्र २०७९, आईतवार ०८:२९ मा प्रकाशित
  • काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास – ९६ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    प्रकृति
    अनौठो फल
    पहिचानमा भो अलमल !

    • वसन्त अनुभव, दाङ

    [२]
    जीवन
    बाँच्ने आधार
    रङ्गग विरङ्ग आहार !

    • राेशन पराजुली, धरान

    [३]
    प्रकृति
    फलको नाममा
    अनौठो चित्र बुन्दै !

    • प्रदिप नेपाली, बिहादी-५, उराम, पर्वत

    [४]
    बोट
    सिङ्गो आफू
    झुन्डिनु लाखौँ फल !

    • योगेन्द्र भट्टराई, खोटाङ

    [५]
    वृक्ष
    प्रकृतिले रचेको,
    अनौठो फल फलेको !

    • भुपेन्द्र राना मगर, धादिङ

    [६]
    प्रकृति
    अद्भुत छटा
    चरो जस्तै पखेटा !

    • जमुना कायस्थ,पोखरा

    [७]
    वनस्पति
    प्रकृतिको उपहार
    सुन्दर अनि सदावहार।
    -पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे

    [८]
    प्रकृति
    अनौठो बोट
    फल पहिचानमा अलमल !

    • बेदु न्यौपाने, काठमाडौँ

    [९]
    लोक
    भन्छन् मांसाहारी
    बिरूवा हो शाकाहारी !

    • अमृत सुवेदी, रुपा सात, कास्की

    [१०]
    वनस्पति
    विभिन्न प्रकार
    प्रकृतिको अनुपम उपहार !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      पाल्पा, हाल:बर्दिया

    [११]
    अनौठो
    फलेका फल
    भएका विचार अलमल !

    • सरिता सेढाई, धादिङ

    [१२]
    प्रकृति
    सुन्दर उपहार
    देखिए पातहरू हराभरा !

    • डुकछिरिङ लेपचा, मिरिक, डुपटिन

    [१३]
    वृक्ष
    सौम्य प्रकृति
    एकमा अनेक आकृति !

    • आर्त अकुलीन, कैलाली

    [१४]
    बिरुवा
    प्रकृतिको देन
    सबैको तान्यो ध्यान !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा

    [१५]
    तरु
    चराचर आबरु
    चरीचुच्चे वन जुझारु !

    • राजेन्द्रकुमार बज्राचार्य, काभ्रे

    [१६]
    पहिचान
    फूल देखोस्
    सुन्दर चरा भनोस् !

    • म्यामराज राई, भोजपुर

    [१७]
    विचित्र
    फलकाे प्रकृति
    देखेर अनौठो आकृति !

    • सुभद्रा अधिकारी

    [१८]
    प्रकृति
    वृक्ष एक
    स्वरूप दियौ अनेक !

    • इन्दिरा देवकोटा, कपिलवस्तु

    [१९]
    वृक्ष
    प्रकृतिको उपहार
    फल्छ अनौठो फल !

    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर

    [२०]
    भ्रम
    खासमा एउटा
    तर देखिन्छ अर्कै !

    • घनश्याम पौडेल, पोखरा

    [२१]
    प्रकृति
    अद्भुत शक्ति
    महिमा छ अपरम्पार !

    • लक्ष्मी अर्याल, काठमाडौँ

    [२२]
    सिर्जना
    चराको जस्तै
    फलेका फलहरू सस्तै !

    • तेजप्रसाद खनाल, लमही, दाङ

    [२३]
    अनौठो
    विचित्र प्रकृति
    चराको देखिने आकृति !

    • भगवती दवाडी, झापा

    [२४]
    प्रकृति
    अद्भुत कला
    हरा भरा विचित्रता !

    • विवस पारदर्शी

    [२५]
    प्रकृति
    अचम्मको उपहार
    ल्याउँछ धर्तीमा बहार !
    तोयानाथ चापागाईं, दमक, झापा

    [२६]
    अनौठो
    छटा प्रकृति
    बन्यो चराको आकृती !

    • सावित्री अधिकारी, काठमाडौँ

    [२७]
    प्रकृति
    सोहावन तस्बिर
    मोहन्याइल सारा मनुष्य !

    • सागर कुस्मी, कैलाली

    [२८]
    प्रकृति
    अचम्मको सौरब
    संसार जगतको गौरव !

    • टीकाराम पुन ‘टिपु’, सल्यान

    [२९]
    सुन्दर
    वनस्पति एक
    कलाले भरिपूर्ण अनेक !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [३०]
    सिर्जना
    अनौठो लाग्ने
    प्रकृतिको अमूल्य उपहार !

    • समुन्द्रा शर्मा, सुनसरी

    [३१]
    प्रकृति
    विविध आकृति
    नीर पृष्ठभूमिमा कलाकृति !

    • कमला देवकोटा, पाल्पा

    [३२]
    वृक्ष
    मौलिकता आफ्नै
    अद्भूत कलाको नमुना !

    • देवकी केसी, काठमाडौँ

    [३३]
    वर्षात्
    चैत्र महिना
    चौतर्फी हरियाली वृक्ष !

    • चक्र शाही, कैलाली

    [३४]
    प्रकृति
    मनलाई सौर्न्दर्य
    संसारमा अनौठा उत्पति !

    • सरस्वती वली, बर्दिया

    [३५]
    मान्छेहरू
    टुप्पो नहाेउला
    आफैबाट रङ्गिन बिरुवा !

    • मनोज थापा, कैलाली

    [३६]
    रुख
    अनेक प्रकार
    चराकाे जस्तै रूप !

    • उर्मिला के.सी., धनकुटा

    [३७]
    प्रकृति
    आफैँमा कलाकृति
    आहा! आनन्दको अनुभूति !

    • केन्द्रप्रकाश बराल, इलाम

    [३८]
    प्रकृति
    थरीथरीका आकृति
    सौम्य उपहार धर्ती !

    • पशपति राई, खोटाङ

    [३९]
    कृत्रिमता
    अनाैठाे वृक्ष
    मनै लाेभ्याउने आकृति !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [४०]
    प्रकृति
    विविध बिरुवा
    देखिन्छ चरा आकृति !

    • सुरेश चन्द्र घिमिरे, काठमाडौँ

    [४१]
    प्रजाति
    सुगाको रहेछ
    फूल बन्न गएछ !

    • पुस्पा शायरा, विराटनगर

    [४२]
    पृथ्वी
    विज्ञानको रसपान
    प्रकृतिको अतुलनीय वरदान !

    • ऋजु दिल्पाली, इटहरी-१, सुनसरी

    [४३]
    प्रकृति
    साैम्य वृक्ष
    मन लाेभ्याउने आकृति !

    • श्रद्धा आचार्य, पोखरा

    [४४]
    वृक्ष
    अचम्मको देखियो
    चराको जस्तै भेटियो !

    • रिता खराल, रुपन्देही

    [४५]
    आकर्षक
    प्रकृतिको सिर्जना
    सुन्दर सौम्य अर्चना !

    • शारदा गौतम आचार्य, ललितपुर

    [४६]
    बिरुवा
    अनेक थरीका
    सन्तुलन राख्ने प्रकृतिका !

    • मङ्गला उपाध्याय, बारा

    [४७]
    प्रकृति
    विचित्रको आकृति
    ईश्वरको लीला अनुपम !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    [४८]
    प्रकृति
    अद्भूत लीला
    देखियो वृक्षमा कला !

    • धनमाया चौधरी, कैलाली

    [४९]
    बोट
    भ्रमित आकृति
    होइन सत्यको प्रकृति !

    • सुमित्रा पोखरेल, काठमाडौँ

    [५०]
    अनौठो
    चराको आकृति
    धन्यवाद हाम्रो प्रकृति !

    • इश्वरी अधिकारी, लमजुङ

    [५१]
    अचम्म
    हुने प्रकृति
    बुझ्नै सकिँदैन सितिमिति !

    • बालकृष्ण खनाल, टीकापुर

    [५२]
    अलौकिक
    पूर्ण पछी
    नीलक्रान्ता प्रकृतिको उपहार !

    • कण्ठराज गिरी, टीकापुर, कैलाली

    [५३]
    कल्पना
    मानिसमा भण्डार
    मीठो भावना अपार !

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [५४]
    वृक्ष
    अनेकौँ प्रकार
    प्रकृतिको अनुपम उपहार !

    • दुर्गा भट्टराई, मोरङ

    [५५]
    प्रकृति
    अनौठो बिरुवा
    बनेका चराको आकृति !

    • सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल

    [५६]
    पुष्प
    प्रकृतिको उपहार
    देखिने अति विशिष्ट !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [५७]
    प्रकृति
    अनौठो फल
    देखिने चराको आकृति !

    • दुर्गा आचार्य, मोरङ

    [५८]
    संसार
    सुन्दर विचित्र
    मनकाे आँखाले बुझाइ !

    • टीकाराम जाेशी, इमाडाेल

    [५९]
    मन
    भरासिलो बोटझैँ
    खाली भएको भाग्य !

    • चक्र आले ‘लाफा’, कैलाली

    [६०]
    वृक्ष
    अनौठा अपरिचित
    प्रकृति मनमोहक दृश्य !

    • अम्बिका अधिकारी, झापा, विर्तामोड

    [६१]
    बिरूवा
    प्राकृतिक उपज
    अनुपम जीवन दृष्टि !

    • कविता आचार्य, कैलाली

    ६२.
    अनौठो
    चरिपाते बिरुवा
    सुन्दर प्राकृतिक रचना !

    • गुणनिधि घिमिरे, अमेरिका

    Leave a Reply