काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
[१]
सहानुभूति
मानवता जनियाे
उदार हृदय खनियाे ।
- ताराप्रसाद चापागाईँ, धुनिबेसी
[२]
मानवीयता
समान बिचार
एकात्मक सुन्दर उद्धार !
- बेदु न्यौपाने, काठमाडौँ
[३]
मानवता
आत्मा परमात्मा
सम भावकाे जग !
- भवानी घिमिरे, सर्लाही
[४]
मानवीय
आत्मिक भावना
देखियो राम्रो समानता !
- सरस्वती श्रेष्ठ, इटहरी
[५]
सेवा
सेवकको सहारा
आफ्नै जिन्दगीलाई टेवा !
- मनोज थापा, कैलाली
[६]
मानवता
अझै पनि
सम्झिएँ रहेछ भनी !
- सरिता सेढाई, धादिङ
[७]
सतकर्म
दुबैजनामा बास
मानवताको ठूलो रास !
- डुकछिरिङ लेपचा, डुपटिन, भारत
[८]
मानवता
सुखमय संसार
भगवान्को अमूल्य उपहार !
- म्यामराज राई, भोजपुर
[९]
मानवता
उदार दिल
दयाको सुन्दर झिल !
- वसन्त अनुभव, घोराही, दाङ
[१०]
चरित्र
भन्नु पर्दैन
व्यवहारमा देखिन्छ स्पष्ट !
- घनश्याम पौडेल, पोखरा
[११]
मानवता
यस्तै सद्भाव
हट्नेछ सारा तनाव !
- प्रेम थापा “मन”, बागलुङ
[१२]
जिन्दगी
एक रथको
हुने दुई पांग्रा !
- डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
[१३]
सहयात्रा
परेवाको जोडी
नङ मासुको सम्बन्ध !
- आर्त अकुलीन, कैलाली
[१४]
दया
अन्तर्निहित सद्गुण
मानवियताको साक्षात उदाहरण !
- राजाराम रत्गैंया, अमौरा, कैलाली
[१५]
मानवता
घाम छाया
देखियो आपसमा माया !
- धनमाया चौधरी, कैलाली
[१६]
मानवता
देखियो चालमा
खुसी भेटियो हालमा !
- सविता के.सी., काठमाडौँ
[१७]
मानव
सबैको सहारा
गर्नैपर्ने खान आहारा !
- टीकाराम पुन ‘टिपु’, सल्यान
[१८]
मानव
जिन्दगी चल्दै
एकअर्काको बलियो सहारा !
- सावित्री अधिकारी
[१९]
मानवता
आपसी सदभाव
आत्मियताले बेरेको व्यवहार !
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[२०]
मानवता
परिस्थितीलाई हेरेर
गर्नपर्छ अरूलाई सहयोग !
- प्रदिप नेपाली
बिहादी-५, उराम, पर्वत
[२१]
नारी
देखाउँदै परोपकार
मानवको भित्रको संस्कार !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[२२]
जिन्दगी
चल्ने चलाउने
यही हो काइदा !
- अमृत सुवेदी
[२३]
सहयात्रा
सुख दु:ख
जीवनका तितामिठा अनुभव !
- चक्र आलेमगर “लाफा”, कैलाली
[२४]
मानव
चेतनाको वाहक
प्रगतिशील बिशिष्ट प्राणी !
- विवस पारदर्शी
[२५]
दया
सहयोगी भावना
हुनुपर्छ जरूर मानवमा !
- प्रयासी प्रविना पौडेल
[२६]
नारी
ममताकी खानी
कोमलताको आदर्श बानी !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२७]
मानव
परोपकारी स्वभाव
ढुङ्गाको भर माटो !
- कमला देवकोटा, काठमाडौँ
[२८]
यात्रु
रिक्सा चालक
वर्षा हुदैछ बाधक !
- बालकृष्ण खनाल, टीकापुर
[२९]
गरिब
खुट्टामा घाउ
परिवार पाल्ने साहस !
- श्रद्धा आचार्य, पोखरा
[३०]
सम्वन्ध
फूलको जस्तो
दुई मुटुको धड्कन !
- कविता आचार्य, कैलाली
[३१]
भरोसा
आफ्नै नहुने
अरुको के विश्वास ?
- कृष्ण जोशी, मेरिल्याण्ड
[३२]
संर्घष
सहयात्री जीवन
मिलेर एकअर्काको साहारा !
- सरस्वती वली, बर्दिया
[३३]
यात्रा
बाधक वर्षा
दुबैकाे आ-आफ्नै बाध्यता !
- नारायणप्रसाद उपाध्याय, कैलाली
[३४]
सहयोग
यात्रारत नारी
बाधा बनेको झरी !
- खेमराज पुरी, कैलाली
[३५]
करुणा
नारी विशेषता
सहज गतिशील सांसारिकता!
- टीकाराम जाेशी, इमाडोल
[३६]
यात्रा
हाम्रो सहयोग
परस्पर एकले अर्कालाई !
- मङ्गला उपाध्याय, बारा
[३७]
साथ
यात्रामा रथ
गुडिरहेको जीवन पथ !
- रामप्रसाद पुरी, बादेल, खोटाङ
[३८]
मान्छे
बुझ्ने मर्म
सबैको कल्याण कर्म !
- योगेन्द्र भट्टराई, खोटाङ्ग
[३९]
मानव
अटुट सम्बन्ध
सहयोगको अतुलनीय उदाहरण !
- समुन्द्रा शर्मा, सुनसरी, इटहरी
[४०]
मानवता
हृदयमा बास
समाजमा छायाे उल्लास !
- प्रद्युम्न चालिसे, भक्तपुर
[४१]
जीवन
सङ्घर्षै सङ्घर्ष
कारुण क्रन्दन महाप्रस्थान !
- योगेन्द्र जोशी
[४२]
मान्छे
कर्तव्यमा भिजेर
मानवताको छाता ओढाउँदै !
- पशपती राई, खोटाङ
[४३]
संवेदना
मानवीय पुकार
परिपक्व चेतनशील संस्कार ।
- होमप्रसााद, धरान, सुनसरी
[४४]
यात्री
नारी पुरुष
सुखदुःखमा अनन्त सहयात्री !
- दुर्गा अधिकारी ‘भमरकोटे’, काठमाडौँ
[४५]
करुणा
नाता मानवको
सङ्घर्षमय जीवन यात्रा !
- कण्ठराज गिरी, टीकापुर, कैलाली
[४६]
मजदुर
नाङ्गो आङ
नारी दिवसलाई सम्मान !
- कोमलप्रसाद अधिकारी, कैलाली
[४७]
मानिस
खुला यात्रा
जिम्मेवारीको गहन पात्र !
- पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे
[४८]
मानव
कठोर यात्रा
पीडित जीवनको पराकाष्ठा !
- अम्बिका अधिकारी, झापा, विर्तामोड
[४९]
सहयोग
मानवताको नाता
इतिहासले गाउने गाथा !
- सरस्वती श्रेष्ठ, रूपन्देही, बुटवल
[५०]
यात्राको
ठेगाना नहुने
दौडिने उद्देश्यको खोजीमा !
- नारायण कोइराला, तानसेन, पाल्पा
[५१]
सहयोग
आपसमा माया
सुन्दर शितल छाया !
- शारदा गौतम आचार्य
[५२]
पात्र
मनाेभावमा एक
मित्रताकाे सुन्दर सचित्र !
- राेशन पराजुली, बरगाछी, धरान
[५३]
वर्षात्
ओढाएर छाता
मानवताको एक उदाहरण !
- धर्मी शाक्य, बुटवल, रुपन्देही
[५४]
मानवता
अनुपम नमुना
परिवारमा दृढ मित्रता !
- इन्दिरा देवकोटा, कपिलवस्तु न.पा.-३
[५५]
चिन्ता
आफ्नो नहुने
सहयोगी यात्रुको भावना !
- सोमनाथ लुइटेल “रवि पाल्पाली”, पाल्पा
हाल: बर्दिया
[५६]
साथी
एक अर्काको
दुःख सुखको सहयात्री !
- सुमित्रा पोखरेल, काठमाडौँ
[५७]
मानव
सहयाेगी मन
एकअर्कामा दृढ विश्वास !
- सुरेशचन्द्र घिमिरे, काठमाडौँ
[५८]
भलाइ
आफूलाई कष्टकर
ओढाएर छाता सुन्दर !
- जमुना कायस्थ, पोखरा
[५९]
मानवता
सङ्घर्षरत प्राणी
सहयोगी भावनाको एकता !
- दुर्गा आचार्य, मोरङ