
काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
[१]
मान्छे
लोभको चाल
पछिपछि अदृश्य काल !
- वसन्त अनुभव, घोराही, दाङ
[२]
मानव
नबन लोभी
आउँदै पछ्याउँदै काल !
भगवती दवाडी, दमक, झापा
[३]
काल
लखेट्दै आउने
मान्छे पैसा समाउने !
- डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
[४]
मान्छे
लोभमा फस्ने
काल फिलाउने जाल !
- भवानी घिमिरे, सर्लाही
[५]
लोभ
पैसाको ल्याउने
सबैको पछाडि महाकाल !
- डुकछिरिङ लेपचा, भारत
[६]
मानव
लोभको घर
दौडिन्छ वरपर काल !
- सरस्वती श्रेष्ठ, सुनसरी
[७]
लोभ
धनपछि मानव
मानवपछि अदृष्य काल !
- इन्दिरा देवकोटा, कपिलवस्तु
[८]
काल
छुटाइ दिने
लाेभ लालचकाे घर !
- राेशन पराजुली, धरान
[९]
मान्छे
लोभको जाल
पछिपछी आयो काल !
- सरिता सेढाई, धादिङ
[१०]
काल
लोभको भाँडो
पैसाले कहिल्यै नभरिने !
- आर्त अकुलीन, कैलाली
[११]
समय
पैसाको पछी
काल बस्छ हेरी !
- रमा पन्त, पाल्पा
[१२]
लोभ
अगाडि दौडन्छ
पछ्याउँदै कालले खेद्छ !
- समुन्द्रा शर्मा, सुनसरी
[१३]
मान्छे
लोभ जहिल्यै
धनले अघाउदैन कहिल्यै !
- रतन बिष्ट, आलिताल, डडेल्धुरा
[१४]
जिन्दगी
लोभले भर्यो
अन्तिममा कालले मार्यो !
- हीरा तामाङ, काभ्रे
[१५]
मान्छे
पैसाको भान्से
कतिबेला कालले खान्छे !
- सविता के.सी., काठमाडौँ
[१६]
जीवन
लाेभ गर्दागर्दै
सकिन्छ भेटिदैन लक्ष्य !
- शाेभा आचार्य गाैतम, काठमाडौँ
[१७]
काल
हान्दैछ फाल
लक्ष्य बिना अनिकाल !
- मिलन के. सी.(थापा)
[१८]
लोभ
लक्ष्य पैसाको
हेरन काल आएको!
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६, संखुवासभा
[१९]
मानव
जिवनभर अपुरो
पैसामा लोभकै कुरो !
- प्रेम थापा ‘मन’, बागलुङ
[२०]
काल
पछ्याइ रहेछ
छोडदैन मान्छे धन !
- अमृत सुवेदी, रुपासात, कास्की
[२१]
संसार
सुन्दर दलदल
तरीका आफू अन्सार !
- शारदा गौतम आचार्य
[२२]
भेटिने
लोभको लाभ
लाभले पार्दछ विलाप !
- होमप्रसाद नेउपाने
धरान, सुनसरी
[२३]
मानव
दौडिन्छ लोभमा
कालले बनाउँछ शोकमा !
- सरस्वती वली, बर्दिया
[२४]
नभरिने
लोभको भाँडो,
उमेरले काटेर डाँंडो !
- भुपेन्द्र राना मगर, धादिङ
[२५]
लोभ
होला लाभ
पछि फेरि बिलाप !
- दुर्गा भमरकोटे, काठमाडौँ
[२६]
लक्ष्य
दौडदै मानव
कालले हेर पछ्याउँदै !
- धर्मी शाक्य, बुटवल, रुपन्देही
[२७]
जीवन
समाप्तिको बाटोमा
धन सोहोर्ने दौडमा !
गोपाल प्रसाद पौड्याल, विराटनगर
[२८]
स्वार्थ
चेतनाको अनिकाल
लोभले निम्ताउँछ महाकाल !
- ऋजु दिल्पाली,इटहरी-१, सुनसरी
[२९]
मान्छे
अदृश्य काल
पैसामा काढ्छ राल !
- पशपती राई, खोटाङ
[३०]
काल
अन्तिम सत्य
जिउन आवश्यक धन !
- नारायणप्रसाद उपाध्याय, कैलाली
[३१]
मानव
भौतिकताको दौडमा
असामयिक कालको ढोकामा !
- एस बी देशभक्त, लमही, दाङ्ग
[३२]
मान्छे
लोभले भरिएको
कलियुगको प्रभाव झल्किएको !
- रिता खराल,रुपन्देही
[३३]
दौड
धन प्राप्तिको
लखेट्दै अदृष्य काल !
- कण्ठराज गिरी, टीकापुर, कैलाली
[३४]
अदुरदर्शिता
लोभको हुत्याइमा
पुगिन्छ मृत्युको मुखमा !
- रामप्रसाद पुरी, बादेल, खोटाङ
[३५]
लोभ
भासियो स्याल
सम्पतिमा चुहायो राल !
- अम्बिका अधिकारी, झापा, बिर्तामोड
[३६]
मान्छे
पैसाको पछि
साथमा काल पनि !
- प्रदिप नेपाली
बिहादी-५, उराम, पर्वत
[३७]
मानव
लोभमा लिप्त
हुनेछ मरेपछि तृप्त !
- टीकाराम पुन ‘टिपु’
छत्रेश्वरी गाँउपालिका-२, सल्यान
[३८]
मानव
सम्पन्नताको दौडमा
काल आउँदैछ प्रहारमा !
- त्रिलोक रामदम
[३९]
परिस्थिति
दौडिरहेका मानिस
ज्यानको प्रवाह नगरी !
- खेमराज पुरी, कैलाली
[४०]
उपभोक्तावाद
राजाको चाहना
चपरी मुनिको बास !
- कोमलप्रसाद अधिकारी, कैलाली
[४१]
मानिस
लोभको भाँडो
काल खोज्दैछ चाँडो !
- पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, काभ्रे
[४२]
नदौडे
धनको पछि
जानुछ एकदिन मरेर !
- मङ्गला उपाध्याय, बारा
[४३]
मानव
प्रगतिको निम्ति
जीवन सुम्पदै गरेको !
- योगेन्द्र भट्टराई, खोटाङ्ग
[४४]
निल्दै
कालले चपाउँदै
यद्यपि लोभलालचमा दौडँदै !
- उर्मिला पन्त पाण्डेय, ज्ञानेश्वर, काठमाण्डौँ
[४५]
मृत्यु
तितो सत्य
तैपनि लोभको लक्ष्य !
- सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल
[४६]
मानव
लोभको भाँडो
बनिरहेको माटाको भाँडो !
- म्यामराज राई, भोजपुर
[४७]
उदक/
जिन्दगी
भागदौडकै नालले
सोच्दैन पछ्याएछ कालले!
- जमुना आचार्य, सिन्धुपाल्चोक
[४८]
मानव
लोभी दानव
पछ्याउँदै हिड्छ काल !
- धनमाया चौधरी, कैलाली
[४९]
मानिस
लोभको घर
जीवन पैसाको भर !
- कविता आचार्य, कैलाली
[५०]
जीवन
दाउ लगाई
राखेका बिटो कमाई !
- जमुना कायस्थ,पोखरा
[५१]
दौडिँदै
कमाउने लोभमा
सकिन्छ यहाँ जिन्दगी !
- बाबूकाजी सुवाल
[५२]
धन
माहदेवका त्रिनेत्र
कमाउने तरिका विचित्र !
- प्रद्युम्न चालिसे, भक्तपुर
[५३]
मान्छे
धेरै आसक्ति
सधै पैसाको भक्ति !
- दुर्गा भट्टराई, मोरङ
[५४]
गाँठ
मान्छेको ताक
बुझ्दैन कालको हाँक !
- केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
सम्पुर्णलाई हार्दिक बधाई
हिमालयन दृस्टी साथै बसन्त अनुभव प्रति हार्दिक आभार