
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७५ औँ शृङ्खला यही फागुन २७ गते शनिबार सम्पन्न भएको थियो।
अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७५औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
काम होइन महोदय ! कुरा ठूला गरे हुन्छ,
दुनियाँ छ यस्तै सारा, कामचोरकै कुरा सुन्छ ।
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
गफाडिकै दिन छ हजुर, गफ लाए हुने,
काम गर्ने मेहनती त पर्छ जहिल्यै रुने ।
🌑वसन्त अनुभव
घोराही, दाङ
[२]
काम हैन हजुर कुरा बिक्ने सहर याे हाम्राे,
फटाहा र कामचाेरलाई देख्छन् सबले राम्राे ।
🌑ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[३]
दुरदृष्टि देखाउँदै सबै ठूला कुरा गर्छन् ,
राज्यको धन भेटेपछि यि आफ्नै भुँडी भर्छन् ।
🌑बेदु न्यौपाने
काठमाडौ
[४]
गफ मात्र गर्नेको दिन गएन कहिल्यै पनि,
कम्मर कसौँ सब दुःखीको दिन ल्याउॅंन भनी ।
🌑अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,म्यासाचुसेट्स बोस्टन।
[५]
काम गर्नु फिटिक्कै होइन, गफ लगाउँदै बस्छन्,
यी कामचोरहरू एकदिन, दुई बल्ड्याङ खस्छन् ।
🌑कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[६]
जसले बोल्छ झुठा कुरा उही पुग्छ माथि,
काम गर्ने होइन है यी अल्छे तिघ्रे साथी ।
🌑सरिता सेढाई धादिङ
[७]
कति वर्ष कटिसके देशमा रोजगारी र विकास छैन,
गरिब दु:खी जनतालाई खै त देशमा शान्ति अनि चैन ।
🌑तेजप्रसाद खनाल
लमही दाङ।
[८]
जो चोर उसैका हुन्छन् ठुल्ठुला कुरा,
आफू बाहेक अरू, देख्छ साना भुरा ।
🌑बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[९]
गफले बाँचेका छन् गफैले टिक्दैछन्,
त्यस्तो ठालुबाट अरूले के सिक्दैछन्?
🌑म्यामराज राई
भोजपुर।
[१०]
देशको लागि दिलो ज्यान दिन्छु त भन्छन् कामभन्दा कुरा ठूलो गर्छन्,
देश कता तिर गयो थाहा छैन । हरे ! खाली आफ्नै मात्र थैलो भर्छन् ।
🌑सरस्वती श्रेष्ठ इटहरी
[११]
कामचोरकै पो जमाना छ साना कुरा कसले सुन्छ,
जसले बोल्छ सत्य वचन उही यहाँ जहिल्यै रुन्छ ।
🌑त्रिलोचन भण्डारी
मेचीनगर,झापा
[१२]
जानेदेखि सानो हुन्न कुनै पनि काम,
कुराले फल्छ कहाँ सुक्का मोहर दाम ?
🌑बिके माकजु
भक्तपुर ।
[१३]
सधैँभरि कुराले टार्न खोज्छ हुदैन काम कहिले पनि,
विश्वास गर्नु मुर्खता हो चोरहरूले विकास गर्लान भनि।
🌑शंकर कार्की
थाहा ३ मकवानपुर
[१४]
चाेरलाई चाैताराे साधुलाई सुली चरितार्थ भयाे,
देखाउने नेपाली दाँत चपाउने अर्कै देश गयाे ।
🌑निरज कोइराला
बेलका १ उदयपुर, हालः इटहरी
[१५]
गर्नु केही छैन गरेको छु भन्दै कुकुर जस्तो भुक्छन्,
हे दैव जनता किन भेडा भए तिनैको सामु झुक्छन् ।
🌑प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
[१६]
अस्थिरताको हुरी चलाएर मपाइत्वले चढ्यो,
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर बढ्यो ।
🌑प्रेम थापा “मन”
बागलुङ
[१७]
बेकाम जन अगाडि बढे कुरा नै गरेर,
जन्मेको भूमि छोडेर गए समुद्र तरेर !
🌑आर्त अकुलीन
कैलाली
[१८]
बिचरा दुखी गरिब सधैँ मर्छन्,
कसैले भने ठगेर खाने गर्छन् ।
🌑हिमा रोका
मेहेलकुना सुर्खेत
[१९]
आएको बजेट आधा नै छिनिदिन्छ,
सोध्यो भने नदेखेको झैँ गरिदिन्छ ।
🌑अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
[२०]
धाक धम्की कुरा ठूला अरे,
काम गर्दा खुट्टा लुला गरे !
🌑बिबस पारदर्शी ,
[२१]
कामचोर कुरौटेका दिन आए हेर,
कर्म गर्ने मेहनती खेरा गए केर !
🌑कमला देवकोटा, पाल्पा
[२२]
लुकिचोरीमा काम ठग्नेको मिलेमतो कुरा ,
गतिविधि ठप्प राखेर बजेट झ्वाम पूरा ।
🌑जमुना आचार्य सिन्धुपाल्चोक
[२३]
बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन,
त्यसैले त यो ठाउँमा सिधासाधाको काम छैन ।
🌑रत्ना पुन मगर
[२४]
नेपालीमा उखानै छ, बोल्नेको पिठो बिक्छ,
गफाडिको अगाडि खै !, को मेहनती टिक्छ ?
🌑पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[२५]
कामचोरले कुरा गर्छन्, पुरै तारा झार्ने,
ठगी खाने अघि लाग्छन्, मेहनतीले हार्ने।
🌑मन्दिरा सेढाई
मलेखु,धादिङ
[२६]
ठूला कुरा गरेर पेट भर्नु पनि धन्दा नै भयो,
यस्तै दुर्मतिले त राज्यको कोष पनि खेर गयो।
🌑दीपक ठटाल जलन,११.०३.२३
[२७]
काम छैन जस्को किन हो उस्कै कुरा बिक्ने,
कैले होला राम्रा कुरा हाम्रो देशमा सिक्ने !
🌑दुर्गा आचार्य
मोरङ
[२८]
काम होइन कुरा मात्रै गर्ने,
मिलिजुली सबैले पेट भर्ने ।
🌑योगेन्द्र भट्टराई खोटाङ्ग
[२९]
जाओस् काम जतासुकै, झुठो बोल्दा बढ्छ सान,
समृद्ध नेपालको प्रगति, बढ्न सक्छ मान।
🌑होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[३०]
कामकाे पछि किन पर्ने ? बाेल्न अघि सर्ने,
लुटेराले कुम्ल्याई हाल्याे अब कसाे गर्ने ?
🌑रामकृष्ण दुवाडी
पाेखरा
[३१]
केका कामको मुल्याङ्कन भो र,
यहाँ सबै जना छन् कामचोर ।
🌑साँग्रीस मानन्धर मोती
[३२]
कामभन्दा धेरै अचेल गर्ने गर्छन् कुरा,
मुखमा ठिक्क पार्नेको मनमा हुन्छ छुरा ।
🌑बाबुराम पाण्डे
शीतगंगा अर्घाखाँची
[३३]
अल्छे तिघ्रो स्वादे जिब्रो उखान गर्थे बुढापाका,
जसले काट्छ मौरीको घार उसले खान्छ चाका।
🌑नवशिला,
बेलबारी-२,लालभित्ती,मोरङ।
[३४]
काम भने सिन्काे छैन गफ लगाउँछन् ठूला,
हाम्रो देशका फटाहा सामन्त हुँ भन्ने मुला ।
🌑केसर बाेहरा (सङ्घर्ष )
सुदुरपशश्चिम अछाम ।
[३५]
सोझा-साझा जेल पर्ने काम गर्छन् हेर,
स्याबासी पाउने झोलेहरू हुन्छन् धेर।
🌑परिक्रमा श्रेष्ठ
धरान- १५, सुनसरी ।
[३६]
कानुन के कामका लागि भन्नेहरूको के भर,
इमान्दारिताले संसार कहाँ नै चलेको छर ।
🌑अम्विका अधिकारी
झापा विर्तामोड
[३७]
कामभन्दा कुरा गर्नु बढी आनन्द मिल्छ
मिठा मिठा कुराहरू बढी उसैले निल्छ।
🌑रचना शर्मा प्रतीक्षा
इमाडोल, ललितपुर ।
[३८]
देश विकासको मीठो मीठो सपना भर्छन्,
कामको भन्दा नि भाषणको विश्वास गर्छन्।
🌑भुपेन्द्र राना मगर
धादिङ
[३९]
गफ कै खेलो फड्को छ सारा, दुनियाँमा चकित कुराले पार्छु,
जे बोले हुन्छ लोकतन्त्रमा, अरुले फुकाउँछन् गोरु म नार्छु ।
🌑रामप्रसाद पुरी
बादेल खोटाङ
[४०]
कुरामात्र ठूलाठूला काम धाम छैन,
कुरा मात्र गरेर नि हुने रै’छ चैन ।
🌑शाेभा अाचार्य गाैतम
काठमाडौँ
[४१]
कामको खोजी कसलाई छ, गफ दिए हुन्छ,
गफाडीले नै आजकल हेर शिखर छुन्छ।
🌑राजेशराज गड्तौला
कॅाडाधारी, काठमाण्डौ
हाल- प्रवास
[४२]
कुरा त ठूला अरुका हुन् मैले काम गर्छु,
सुनिश्चित मेरा कुरा पाउमा शिर धर्छु ।
🌑धन कुमारी रेग्मी
चितवन
[४३]
चुनाव आयाे सबै दलकाे विकासको नारा घन्कियाे,
चुनाव जिती गयाे विकास बजेट गाेजीमा थन्कियाे।
🌑प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[४४]
विकास छ ठप्प यहाँ नेता हुँदा हरामखोर,
कहिल्यै माखो मार्ने हैनन् अल्छी अनि कामचोर ।
🌑बाबुराम गौतम, गुल्मी
[४५]
रीत नै यस्तो बसेपछि कसको के लाग्छ,
कामचोरको अगाडि नैतिकता नि भाग्छ।
🌑गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ
[४६]
यस्तो गर्छु उस्तो गर्छु भनेर ठूला कुरा गर्छन् ,
देशको ढुकुटी रित्याएर आफ्नै भकारी भर्छन् ।
🌑सहयात्री शाेभा अर्याल
बुटवल , रुपन्देही
[४७]
काम बन्दैन पैसामा, बिक्ने मान्छे ठूला भए,
दूध के मिल्छ गोठालो, साँढेका गोठमा गए।
🌑रामशरण न्यौपाने,भक्तपुर
[४८]
जाली फटाहाको भनाइ कसले सुन्छ,
आफ्नो मनले जे देख्छ त्यही गरे हुन्छ ।
🌑सुशीला पौडेल
[४९]
गफैले सम्मान मिल्छ दाम अनि नाम,
सिको उनकै गर्दछु म को गर्छ काम ।
🌑शान्ति चन्द पाल
धनगढी कैलाली
[५०]
सधैँ झुठा भाषणले मात्र देश चलाउनेले
के गर्लान् र राष्ट्रकाे हित जनता ढलाउनेले ।
🌑दुर्गा भट्टराई
मोरङ
[५१]
राजनीतिलाई पेसा बनाए लुटेर खाने,
जनताले पनि सधैँभरि उस्तैलाई छाने ।
🌑सुरेशकुमार पान्डे
दाङ घोराही १८
[५२]
कुरो र कुलोलाई त जता लगे पनि हुन्छ,
कामभन्दा तिम्रा गफले आकाश पनि छुन्छ ।
🌑डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[५३]
यस्तो तालले नि सबै निमुखा गरिब जनताका चुलामा आगो बल्छ ?
जसलाई केही गर्लान् कि भनेर पदमा पठायो उसैले बढी छल्छ !
🌑पवन कुमार बुढाथेाकी
काठमाडौं
[५४]
काम गर्ने होइनन् ती कुरा गर्छन् ठूला,
जुन जोगी आएपनि उहीँ ड्याङ्का मुला ।
🌑कोपिला अधिकारी
गोरखा सिरानचोक
[५५]
लुटेरा नेताले देश कङ्गाल बनाएका,
सत्ताकाे लागि छन् विदेशीलाई कनाएका ।
🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।