पञ्चाङ्ग लेखन शृङ्खला भाग-३३

  • १८ फाल्गुन २०७९, बिहीबार २०:०२ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३३ [तेत्तिसौँ ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/११/१६ गते  समय :- साँझ ८ बजे
    …………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-
    माैरिले  फूलको  रस  चुसेर  सारेको  छ त्यहाँ [०१]
    वाैरिले उसैकाे गुडकाे  चाका झारेको छ त्यहाँ [०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-
    मिहिनेत  नै   गरेर   सजाएकाे   थियोे  उसले [०३]

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    निचाेरेर  नै  खाेष्टा  बनाएर  खारेकाे छ त्याहाँ [०४]
    आफ्नै घर भेटाउँछु कि भन्दै चारेकाे छ त्यहाँ [०५]
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  
    …………………………

    माैरिले  फूलको  रस  चुसेर  सारेको  छ त्यहाँ [०१]
    वाैरिले उसैकाे गुडकाे  चाका झारेको छ त्यहाँ [०२]
    मिहिनेत  नै   गरेर   सजाएकाे   थियोे  उसले [०३]
    निचाेरेर  नै  खाेष्टा  बनाएर  खारेकाे छ त्याहाँ [०४]
    आफ्नै घर भेटाउँछु कि भन्दै चारेकाे छ त्यहाँ [०५]

    प्रविणा पल्लवी, महोत्तरी ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०१]

    माैरीले  फूलको  रस  चुसेर  सारेको  छ त्यहाँ ।
    वैरीले उसैकाे गुडकाे  चाका झारेको छ त्यहाँ ।
    मिहिनेत  नै   गरेर   सजाएकाे   थियोे  उसले ,
    निचाेरेर  नै  खाेष्टा  बनाएर  खारेकाे छ त्यहाँ ।
    आफ्नै घर भेटाउँछु कि भन्दै चारेकाे छ त्यहाँ ।

    ✍️प्रविणा पल्लवी, महोत्तरी ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०२]
    [०१]
    आफ्नो छोडी अर्कालाई सेपेको मन पर्दैन ।
    कसैले   नि   कसैलाई   चेपेको  मन पर्दैन ।
    बराबरी   सबैलाई   हेर्ने   बानी  गर्दा राम्रो ,
    मुहारमा   काली  पोतो   लेपेको मन पर्दैन ।
    सानो  छ  भन्दैमा  कैले  हेपेको मन पर्दैन ।
    [०२]
    राजनीति  होइन   लाज  नीति गर्‍यौ तिमी ।
    सधैँ  खाएर  भत्ता खाज नीति गर्‍यौ तिमी ।
    जनता  झुक्काउने  नेता  पालेका   रहेछौँ ,
    खोसेर खाने कस्तो बाज नीति गर्‍यौ तिमी ।
    आफै पहिरने  त्यो ताज  नीति गर्‍यौ तिमी ।

    ✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “
    …………………………………………………

    पञ्चाङ्ग   [०३]

    साहित्यबाटै विकृतिको नास गर्नु पर्छ।
    काला कार्य सबै नियालेर नै छर्नु पर्छ।
    देशको विकास गर्ने जमात जम्मा गरौं,
    देश बर्बाद सम्झी सारा कुरा भर्नु पर्छ।
    अरिङ्गाल झैँ भ्रस्ट माथि हामी पर्नु पर्छ।

    ✍️शिव कुमार रेग्मी, पोखराथोक पाल्पा ।
    ………………………………………………………

    पञ्चाङ्ग   [०४]

    बिहानी मिर्मिरेसँग जागेर हेर्दा।
    संसारी  जीवनसँग भागेर हेर्दा।
    कहिलेकाहीँ एकान्त नि प्यारो लाग्छ,
    केही पल आफैसँग मागेर हेर्दा।
    आफ्नाे त्यो शान्त आफू नै झागेर हेर्दा ।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ……………………………………………………
    पञ्चाङ्ग   [०५]

    देश  डामाडोल  हुँदा   सरकार  वेखबर भयो।
    रोजगार  भएन  देशभित्र  युवा वेघर  भयो।
    चुनावकै बेला मात्र लाग्छ  गाउँघर भित्र मेला,
    जीवन   नटुङ्गिने  संघर्ष  अनि बेअसर  भयो।
    अमृत सम्झी दिएको भोट आज मेहतर भयो।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०६]

    वसन्तको  बहार आएर धरा हेर्न थाल्यो ।
    बाेट बुट्यानमा रङ्ग चढी रूप फेर्न थाल्यो ।
    रमाए डालीमा चरा बचेरा आफ्नो लाेलीमा ,
    प्रेमिल भावमा लहराले रूख बेर्न थाल्यो ।
    मसी चाेपेर कवि मन कविता केर्न थाल्यो ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ………………………………………………………

    पञ्चाङ्ग   [०७]

    मनपरि गरेका छन् राजनीति भनेका छन्।
    बाटो अवरोध गरेर खोइरो खनेका छन् ।
    देश समाजलाई सुमार्ग देखाउनु पर्थ्यो,
    नेता हुँ भनेका छन् अर्कोको गोटी बनेका छन् ।
    देश जनता देख्दैनन् खाली कुर्सी गनेका छन् ।

    ✍️पशपती राई, खोटाङ ।
    ………………………………………………………………

    पञ्चाङ्ग     [०८]
                             
    बधाई को लर्को खानेलाई  के थाहा जनताको नुनको पीडा यहाँ।       
    शीतलहरको बेला कम्मल खातमा के थाहा उनको पीडा यहाँ ।                  
    अचानोको पिरलाई खुकुरीले कहिले पो बुझेको हुन्छ आखिर ?                 
    थुनिलो हुँदाको दुखाई दुवारेलाई के थाहा थुनको पीडा यहाँ।       
    चम्किलो खाध्य खानेले के थाहा गरिबले खाना घुनको पीडा यहाँ।     

    ✍️दुर्गा आचार्य, मोरङ ।
    ……………………………………………………………………

    पञ्चाङ्ग   [०९]

    पन्चकाे भेला भन्थे ।
    त्याे बेला देला भन्थे।
    अव ति दिन छैन,
    ऐले अवेला भन्थे।
    नेता त हेला भन्थे।

    ✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।
    ………………………………………………

    पञ्चाङ्ग   [१०]

    टहक  फूलमा  झुलेर  भमरा ।
    कृत्यको सिमाना पुलेर भमरा ।
    कर्तव्य  निभाई  रहने सजीव,
    फूलको  रसमा  भुलेर भमरा ।
    बगैंचा  बगैंचा  डुलेर  भमरा।

    ✍️अच्युत घिमिरे , भुटान ।
    ………………………………………

    पञ्चाङ्ग   [११]

    योग त सबै श्वासको चाला हो।
    योग चलेको पुर्खाको पाला हो।
    पहिला  खेतबारी  काम गर्थे,
    अहिले त बसिबसाउ छाला हो।
    शरिर त्यो  कुँजिएर जाला हो ।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ……………………………………

    पञ्चाङ्ग   [१२]

    बेलैमा सही र गलत छानेनौ तिमीले।
    कहाँ  कसरी हान्नु पर्थ्यो जानेनौ तिमीले।
    मौका हेरी समयमै निर्णय गर्ने पर्थ्यो,
    सल्लाह सुझावमा सही ठानेनौ तिमीले।
    पहिले मानेनौ अहिले जानेनौ तिमीले ।

    ✍️रामप्रसाद पुरी बादेल, खोटाङ ।
    ………………………………………

    पञ्चाङ्ग   [१३]

    मनको   कुरा सारालगि छर्न पाए हुन्थ्यो।
    सागर होस् या महासागर तर्न पाए हुन्थ्यो।
    अभावले   जेलिएका  र   असहयोगीका ,
    सेवाभावले मस्तिष्क नै भर्न पाए हुन्थ्यो।
    राम्रा मात्र काम छानेरेै  गर्न पाए हुन्थ्यो ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    ………………………………………………

    पञ्चाङ्ग   [१४]

    अप्ठ्यारोमा जङ्घार तरेर नआऊ ।
    अन्तै माया जालमा परेर नआऊ ।
    तिम्रै बाटो कुरिरहेछु आज पनि,
    यो मुटु झस्काउने गरेर नआऊ।
    अन्यत्र बसाइँ नि सरेर नआऊ ।

    ✍️मन्दिरा सेढाई,  मलेखु धादिङ ।
    ……………………………………………

    पञ्चाङ्ग    [१५]
                      
    यहाँ गणतन्त्रको रात भयो ।                  
    अब प्रजातन्त्रको खात भयो ।                       
    यहाँ देशभक्त नै जाग्नु पर्छ ,                  
    देश विकास मात्र बात भयो।                            
    अबको स्वतन्त्र कै हात भयो ।   
         
    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    ……………………………………………

    पञ्चाङ्ग   [१६]

    जरैदेखि न‌ै विकृतिको विनास गर्नु छ।
    ठाउँ-ठाउँमा राम्रो  कार्य  गरेर मर्नु छ।
    राम्रो भन्दा आफ्नो मान्छेको जमात बढायौ,
    देश निम्ति असल कामको भर पर्नु छ।
    भ्रष्टहरूलाई राक्षसझैँ आँखा तर्नु छ।

    ✍️सहयात्री शोभा अर्याल , बुटवल रुपन्देही ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१७]

    नहुने के रहेछ र गर्याे भने यहाँ ।
    सुन फल्छ रे पसिना छर्याे भने यहाँ।
    भत्काउने हाेइन बनाउँनु चै पर्छ,
    परिश्रम गर्नु पर्छ पर्याे भने यहाँ।
    सफलता मिल्छ अगि सर्याे भने यहाँ ।

    ✍️उर्मिला के.शी., धनकुटा ।
    …………………………………………

    पञ्चाङ्ग   [१८]

    हाेलीकाकाे दाेहन भएकाे विजय पर्व हाेली।
    सनातन हिन्दूधर्म भित्रमानेकाे गर्व हाेली।
    साथीभाई इष्ट मित्र बिच बाड्नुछ खुशीयाली,
    पहाड तराईमा  खुशी छायाे आज सर्व हाेली।
    असङ्ख्य महत्व राख्ने हाम्राे याे हाे खर्व हाेली।

    ✍️धन कुमारी रेग्मी, चितवन ।
    …………………………………………………

    पञ्चाङ्ग    [१९]

    हामी चाँडै भेटौँला अब ।
    भयो न्यास्रो मेटौँला अब ।
    टाढा हुँदाको दु:ख भुल्दै
    आँखा भित्र लेटौँला अब ।
    प्रेम मिठो रेटौँला अब ।

    ✍️प्रभा पोखरेल, अमेरिकाबाट ।
    ……………………………………

    पञ्चाङ्ग   [२०]

    छोटो भयो सिलेको जामा लाउन जानिनँ।
    मिलाई  कसरी  हो आमा लाउन जानिनँ।
    इच्छा  भए  उपाय  हजारौं  हुनेछन् हाम्रो ,
    ल्याइदिएको के भो मामा लाउन जानिनँ।
    कसरी मनाउँ  भयो धामा लाउन जानिनँ।

    ✍️कला ढकाल , झापा ।
    ………………………………………………

    पञ्चाङ्ग   [२१]

    मनको भारी बिसाउने ठाउँ कहाँ होला।
    बस्नै मन त छैन यहाँ जाउँ कहाँ होला।
    सोच्दा सोच्दै जीवनको आधा उमेर गयो,
    अभावको जिन्दगी हो यो भाऊ कहाँ होला।
    मुठी श्वास लिएर यहाँ धाउँ कहाँ होला।

    ✍️सरिता सेढाई धादिङ ।
    ……………………………………………

    पञ्चाङ्ग   [२२]

    देश मनमा छ ।
    आफ्नो पनमा छ ।
    माटोको सौन्दर्य,
    सबै जनमा छ ।
    सौम्य वनमा छ ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    …………………………………………

    पञ्चाङ्ग   [२३]

    तिम्रो रुपमा होलिको रङ्ग भर्न मन छ।                           

    जहाँ जान्छौ उतै सँगसँगै सर्न मन छ ।
    मायाले  दिएको उपहार माया  हुनेछ ,                                  दुई  हात  समाएर खोली तर्न मन छ ।                       

    मायाकै विश्वासमा नै भर पर्न मन छ ।

    ✍️जानुका गौतम, काठमाडौं ।
    ………………………………………………

    पञ्चाङ्ग   [२४]

    ओहो ! गाउँ जस्तो राम्रो सहर देखिन।
    ठूला नदि सुन्दर त नहर देखिन।।
    गाउँमा समाज राम्रो सहरमा छैन।
    एकलो जिन्दगिको नै रहर देखिन।
    मेहनेति या खुसिको पहर देखिन।

    ✍️कमला पाण्डे पराजुलि, झापा चारआलि ।
    …………………………………………………

    पञ्चाङ्ग   [२५]

    निर्दोष जेल जान्छ अपराधी छुट्छ किन ?
    भोकमरी गरिबीले सदैव भुट्छ किन ?
    यस्ता देशका जनता रहेछौँ हामीलाई,
    जहाँ पुलिस लाएर जनता कुट्छ किन ?
    भ्रष्ट यहाँ जनताको सम्पत्ति लुट्छ किन ?

    ✍️रतन बिष्ट _ आलिताल, डडेल्धुरा ।
    …………………………………………

    पञ्चाङ्ग   [२६]

    खुसी खोज्न जान्छौ बाहिर ।
    नखाने कुरा खान्छौ बाहिर ।
    घर  आउँदा  मुहार  बेग्लै ,
    सबैको  कुरा  मान्छौ बाहिर ।
    सबै आफन्त ठान्छौ बाहिर।

    ✍️सन्जना शर्मा, लमही दाङ ।
    …………………………………

    Leave a Reply