
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३७ [सैँतिसौँ] ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१२/१४ गते समय :- साँझ ८ बजे
……………………………………………………………………
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- आफूखुसी
………………………………………………
पञ्चाङ्ग संरचना
…………………
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
कसरी लेख्न सकिन्छ ?
—————-
पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
जस्तै :-
उठान:-
✍️टाढा भएपनी हृदयको नाता फेर्न मिल्छ [०१]
✍️पुरानो भएसि किताबको गाता फेर्न मिल्छ [०२]
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
———————————-
💢मायालाई नि सस्तो बनायो नबुझ्ने साथिले [०३]
माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
———————————
१,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
✍️आफू अनुकुल नसोच्नेले खाता फेर्न मिल्छ [०४]
✍️मिल्ने भएदेखि साच्चै आफ्नै दाता फेर्न मिल्छ [०५]
४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
…………………………………………………………
उदाहरण पञ्चाङ्ग
………………………
✍️टाढा भएपनी हृदयको नाता फेर्न मिल्छ [०१]
✍️पुरानो भएसि किताबको गाता फेर्न मिल्छ [०२]
💢मायालाई नि सस्तो बनायो नबुझ्ने साथिले [०३]
✍️आफू अनुकुल नसोच्नेले खाता फेर्न मिल्छ [०४]
✍️मिल्ने भएदेखि साच्चै आफ्नै दाता फेर्न मिल्छ [०५]
💢सोमनाथ लुइटेल “रवि पाल्पाली”
……………………………………………………………
पञ्चाङ्ग [०१]
धर्तीको खुसी हेर्ने मन छ ।
सुखको श्वास फेर्ने मन छ ।
मुटुमा देश राखेर साथी,
सौम्य तस्बिर केर्ने मन छ ।
चोखो मायाले बेर्ने मन छ ।
✍️आर्त अकुलीन, कैलाली ।
…………………………………………
पझ्चाङ्ग [०२]
सपनीमा भए पनि खाए जस्तो भयो।
नपाउनेहरूले नि पाए जस्तो भयो।
बिपनीमा त्यतिको हो चित्त बुझाउनु,
भाग्य पनि चम्किएर आए जस्तो भयो।
सुन्ने कोही नभए नि गाए जस्तो भयो।
✍️घनश्याम पौडेल,पोखरा ।
……………………………………………………
पञ्चाङ्ग [०३]
[०१]
पवित्र स्वर्ग भन्ने ठाउँ छ भने त्यो नेपाल हो।
हरियाली भएको नाउँ छ भने त्यो नेपाल हो।
हिमाल पहाड तराई नदीनालाले सम्पन्न,
आनन्दले बसेको गाउँ छ भने त्यो नेपाल हो।
बुद्धले नै टेकेको पाउ छ भने त्यो नेपाल हो।
[०२]
टाढा भएपनि हृदयको नाता फेर्न मिल्छ ।
पुरानो भएसि किताबको गाता फेर्न मिल्छ ।
मायालाई नि सस्तो बनायो नबुझ्ने साथीले ,
आफू अनुकुल नसोच्नेले खाता फेर्न मिल्छ ।
मिल्ने भएदेखि साँच्चै आफ्नै दाता फेर्न मिल्छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा।
………………………………………………………
पञ्चाङ्ग [०४]
तिम्रा कुराहरु हिजोआज बुन्नै छाडेको छु। कति कति गल्तीहरु गर्यौ गुन्नै छोडेको छु। दिनहरु चक्रसरि घुम्छन् यसै गरी सधैँ, जसरी गर माया र घृणा सुन्नै छोडेको छु । अचेलभरि प्रेमिल माला उन्नै छोडेको छु ।
✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
…………………………………………………………
पञ्चाङ्ग [०५]
[०१]
एक अर्काका हातहरू समाएर जिउँला यहाँ ।
हाम्रो चोखो सम्बन्धलाई जमाएर जिउँला यहाँ ।
दिलबाट आफ्नैमा रमाउनु पर्छ सदैव हामी,
श्रम सीप आफ्नै देशमा रमाएर जिउँला यहाँ ।
धेरै माया प्रयाप्त धन कमाएर जिउँला यहाँ ।
[०२]
नेपालमा रोग आयो कोरानो भन्ने नाउँको यहाँ । चुरापनि तिम्रै नाउँको पोते तिम्रै ठाउँको यहाँ । बासट्टी मा बाढी आयो रूप बिगार्यो गाउँ शहर,
सिंदुर नि तिम्रै नाउँको सारी तिम्रै नाउको यहाँ । प्रतितोला कति पुग्यो सुन र चाँदी भाउको यहाँ ।
✍️चित्रा भट्ट, कैलाली टिकापुर ।
………………………………………………………………
पञ्चाङ्ग [०६]
निमुखा जनता फाटेको छ घर,
जनताकै कुरा, काटेको छ घर,
उसले त बनायो महल ठुलो ,
लिएर महल साटेको छ घर,
भन्दछ होइन ढाँटेको छ घर।
✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
……………………………………………
पञ्चाङ्ग [०७]
पञ्चाङ्ग:दशैं विशेष
[०१]
खुसी र उमङ्ग आओस् चैते दशैमा।
सबैमा शान्ति छाओस् चैते दशैंमा।
सबैलाई दशैंको शुभकामना,
शरीर स्वस्थ पाओस् चैते दशैंमा।
मिठो मसिनो खाओस् चैते दशैंमा।
[०२]
हताेत्साहले छुदैन प्रगति पथमा।
दुख्दैमा मन रुँदैन प्रगति पथमा।
याैटा अठाेट लिइ बढ्नुपर्छ अगाडि,
आँसुले आँखा धुदैन प्रगति पथमा।
हिम्मत हार्नु हुँदैन प्रगति पथमा।
✍️सुशीला पौडेल ।
……………………………………………
पञ्चाङ्ग [०८]
मन्द मन्द मुस्कुराउँदै हेरेको हजुरलाई।
कल्पनामै अँगालोमा बेरेको हजुरलाई।
प्यारको उब्जनी भयो मनमा सुटुक्क,
आदेश माने जस्तै गरी टेरेको हजुरलाई।
मैले सामान्य चिठ्ठी केरेको हजुरलाई।
✍️रेणु चन्द ठकुरी, डोटी ।
……………………………………………………
पञ्चाङ्ग [०९]
अन्न आउँछ विदेशबाट देश कृषिप्रधान भनेका छन् ।
किसानलाई सधैँ हेपेर बोल्ने चैं आज नेता बनेका छन् ।
खेतबारी बाझिएको छ राजनीतिको खेती गरिएको छ,
एक चपरी माटो खन्नु छैन अर्काको खोइरो खनेका छन् ।
किसानको छोरो विदेश खेदी आफूले डलर गनेका छन् ।
✍️पशपती राई, खोटाङ ।
…………………………………………………………………
पञ्चाङ्ग [१०]
मनैदेखि मायाले हेर्न पराेस् मलाई ।
सधैँ नै अँगालोमा बेर्न पराेस् मलाई ।
बेला बेलामा कसम खान लाउने भए ,
माया झूटाे कि साँचो केर्न पराेस् मलाई ।
तिम्रै मुटुभित्र नै ठेर्न पराेस् मलाई ।
✍️प्रविणा पल्लवी, महाेत्तरी ।
…………………………………………
पञ्चाङ्ग [११]
तिम्रो यादले मेरो मुटु जलाएको थियो ।
पागल झैँ जिन्दगीलाई बनाएको थियो ।
त्यो दिनदेखि आजसम्म कुरेको छु प्यारी,
रातैभरि यो प्रेमीलाई सताएको थियो।
मिठो सन्देश तिमीले नै पठाएको थियो।
✍️दस्ता कौशिक,पाँचथर।
……………………………………………………
पञ्चाङ्ग [१२]
सानो सानो खुसीमा नि रमाउँनु पर्छ ।
सत्मार्ग अनि सत्बुद्दी समाउँनु पर्छ ।
ईर्ष्या डाहा गर्नुहुन्न कसैप्रति पनि
भावी पुस्ता राम्रो पाठ थमाउँनु पर्छ ।
आफृनो धर्म र संस्कार जमाउँनु पर्छ ।
[०२]
हजुरलाई दिलको राजा मान्न पाए हुन्थ्यो।
भित्री दिलको कुना कना जान्न पाए हुन्थ्यो।
बेरीएर बस्न मन छ अंगालोमा बांधी,
लुकीलुकी प्रेमको वाण हान्न पाए हुन्थ्यो।
मनको सबै प्रेमजती तान्न पाए हुन्थ्यो।
✍️सरिता सेढाई, धादिङ ।
…………………………………………………………
पञ्चाङ्ग [१३]
विवाहको त्यो बाचा बन्धन तोड्न सक्दिनँ। मातृभूमि नेपालको बाटो मोड्न सक्दिनँ । दुःखसुख हुर्किएकी नेपालकी छोरी हुँ , यी शाखा सन्तान रुवाएर छोड्न सक्दिनँ । कसैगरि पराईमा नाता जोड्न सक्दिनँ ।
✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
…………………………………………………
पञ्चाङ्ग [१४]
आफ्नै हुन्छन् साथी खुट्टा तान्ने यहाँ ।
बलिको बोकोलाई झैँ हान्ने यहाँ । दया छैन कसैको पिर परेकैछ ,
कस्ले हेर्छ अनि कस्ले धान्ने यहाँ ।
जान्ने सबै भनेको को मान्ने यहाँ ।
✍️कला ढकाल, झापा ।
…………………………………………………
पञ्चाङ्ग [१५]
वसन्त ऋतु आएर मनमा उमङ्ग जाग्यो है ।
हरिया ती फाँट देखेर आज आलस्य भाग्यो है ।
ऋतुहरुको राजा वसन्तलाई सबैले मान्छन्,
उमेर सँगै मानिसको समयअघि लाग्यो है।
भावीले लेखेको भवको सुखपनि त माग्यो है।
✍️सरस्वती श्रेष्ठ, इटहरी ।
…………………………………………………………
पञ्चाङ्ग [१६]
हिंसात्मक पाइलैपिच्छे कृपावादको समाज भयो।
सामाजिक विकृती थुपार्ने रिति यहाँ रिवाज भयो।
पर्खाई प्रेमको होइन प्रगति होस् सहयात्रामा,
देख्दा राम्रै छ्न् यिनै सखार आम्दानीको राज भयो।
चुनौतिको सामनामै अवसरको काम काज भयो।
✍️मन मुटु संगम घिमिरे, अर्घाखाँची ।
…………………………………………………………
पञ्चाङ्ग [१७]
आजभोलि त कुरा गर्नै छोडेका छौ रे ।
देखेर मुख मोडी हिँड्ने गरेका छौ रे ।
मौसमझैँ छिन् छिन् बदल्ने गर्छौ नि ,
गाउँघर त्यागी सहर पसेका छौ रे ।
मदनबाट माइकल बनेका छौ रे ।
✍️धनमाया चौधरी, कैलाली जानकी १ ।
………………………………………………
पञ्चाङ्ग [१८]
मलाई एक्लै छोडी गयौ।
बाटो अन्तै नै मोडी गयौ।
तिमी मेरो संसार भने,
नाता सबै नै तोडी गयौ।
मुटुको अंश खोडी गयौ।
✍️सुमित्रा पोखरेल काठमाडौं ।
………………………………………
पञ्चाङ्ग [१९]
[०१]
कसैले फेरि सरकार ढल्छ भन्छन्।
ढलेन भने यहाँ आगाे बल्छ भन्छन्।
एउटै मान्छे कहिले देव राक्षस,
राजनीतिमा सबै कुरा चल्छ भन्छन्।
व्यापार भन्दा बरु यही फल्छ भन्छन्।
[०२]
मानिसले सबैकाे कुरा सुन्नुपर्छ।
त्यसबाट असल कुरा चुन्नुपर्छ।
त्यसाे गर्दा निर्णय गर्न नै सजिलाे,
मजाले बसेर याेजना बुन्नुपर्छ।
गाेप्य कुराहरू मनमा थुन्नुपर्छ।
[०३]
जग्गाकाे कित्ताकाट गर्दैछन् मान्छे।
गाउँछोडि सहर सर्दैछन् मान्छे।
सहर भन्दा गाउँमा बस्नु राम्राे,
किन आज भ्रममा पर्दैछन् मान्छे।
आज गाउँमा किन डर्दैछन् मान्छे।
[०४]
पढेर पनि के गर्ने याे देशमा काम छैन।
बेराेजगार भएर खर्च गर्न दाम छैन।
बाध्यता छ यहाँ विदेश जानू पर्ने सबैलाई,
मर्ने र बाँच्नेकाे यहाँ कतैपनि नाम छैन।
याे दु:खसुनि दिने देवी देवता राम छैन।
[०५]
गहुँ काट्ने बेला असिना परेकाे छ।
बालाका दाना त चाेटले झरेकाे छ।
लौ भन्नुस किसानले अब के खाने,
खेतीमा लाग्ने सबै यस्तै मरेकाे छ।
पैसा हुनेले भने पेट भरेकाे छ ।
✍️नवराज भट्ट, कञ्चनपुर ।
………………………………………………
पञ्चाङ्ग [२०]
[०१]
हाली मुहालीका अनमोल खास थियो ।
सापेक्ष फटाहा रावणको लास थियो ।
गन्तव्य छिचोल्न गाह्रो देव दानवमा ,
गान्धारीको भक्ति कौमारीको सास थियो ।
चामुण्डा गोणत्री जमुनाको बास थियो ।
[०२]
हिंसात्मक पाइलैपिच्छे कृपावादको नै ताज भयो।
सामाजिक बिकृति थुपार्दै उड्ने यहाँ वाज भयो।
पर्खाई प्रेमको होइन प्रगति होस् सहयात्रामा ,
देख्दा राम्रै छन् यिनै कुरा अजमाउने राज भयो।
चुनौतिको सामनामै अवसरको काम काज भयो।
✍️डिल्ली राज घिमिरे, अर्घाखाँची ।
……………………………………………………………
पञ्चाङ्ग [२१]
चैते दशैँमा मन रमेको छ ।
भाव साटेर खुशी जमेको छ ।
चाडबाडमा त हो सास फेर्ने ,
शुभभाव देवीको थमेको छ ।
प्रसाद हो मनमा गमेको छ।
✍️प्रभा पोखरेल, हाल अमेरिका ।
…………………………………………
पञ्चाङ्ग [२२]
हिँडिरहेकाे बाटो हामीले अनायासै माेड्नु पर्ने । जन्म नाता सबै संसारमा नारीले छाेड्नु पर्ने । घर आँगन मझेरीका भित्ताहरु ताेड्नु पर्ने , खै कस्ताे रितीथिती बनायाै हे मेराे भगवान भइरहेका सबै सबै इष्टमित्र फाेड्नु पर्ने ।
✍️लक्ष्मी घिमिरे दाहाल, दमक ।
……………………………………………………
पञ्चाङ्ग [२३]
हामी जिन्दगी जमाएर बिताउँनु छ।
हातमा हात समाएर बिताउँनु छ।
दुःख र सुखलाई एकसाथ अङ्गाल्दै,
दुःख हुँदा नि कमाएर बिताउँनु छ।
सुखमा हामी रमाएर बिताउँनु छ।
✍️ह्यारिस, काठमाडौं ।
……………………………………………………
पञ्चाङ्ग [२४]
आजकाल तिमी अन्तै रमाउँन थाल्याै कि ।
पराईकाे हात नै पाे समाउँन थाल्याै कि ।
अझैपनि पर्खी बसेकी छु म तिमीलाई ,
तिम्राे माया अरुतिर जमाउँन थाल्याै कि ।
धन नि उसकै लागि कमाउन थाल्याै कि ।
✍️उर्मिला के.शी., धनकुटा ।
……………………………………………………
पञ्चाङ्ग [२५]
फूल फुल्ने आशा राखी पुतली भुलेकाे हुन्छ ।
मौका छाेपी जुठो हाल्न भँवरा डुलेकाे हुन्छ ।
छैन चिन्ता आफ्नो दाउ आज अर्कोले लाउँदा,
बगैँचामा खुब मुस्कुराउँदै झुलेको हुन्छ ।
प्रकृति उपहारमा सहर्ष खुलेको हुन्छ ।
✍️भवानी घिमिरे, सर्लाही ।
………………………………………………………
पञ्चाङ्ग [२६]
मैले देख्ने हर सपनामा सानो सहर थियो ।
मायासँगै हात समाएर घुम्ने रहर थियो ।
तिमी पारि म वारि थियो तर्न नमिल्ने जंघार,
पीर थियो व्यथा थियो बाधा अनि कहर थियो।
कसरी भन्नू मैले? हाम्रो मायामा जहर थियो ।
✍️पुष्पा नेपाल (सुवेदी)
इलाम
………………………………………………………
पञ्चाङ्ग [२७]
आकाश र धर्ती एक हुन्थ्याे र कहिले।
हिमालले पनि ब्रहाण्ड छुन्थ्याे र कहिले।
यी प्राकृतिक तत्व सुन्दर, शान्त कति,
पानी बर्सिने बादल रुन्थ्याे र कहिले।
एक अर्कोकाे त्यो पीडा सुन्थ्याे र कहिले ।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
………………………………………………
पञ्चाङ्ग [२८]
नभए निम्ता आफन्त भन्दै जानू नै नजाती।
बाेल्दछाै झुट कसम सत्य खानु नै नजाती।
इमान तिम्राे ताैलने गर्छन् समाज आफन्त,
उध्रेकाे दिल चुहुने प्रेम छानु नै नजाती।
दु:खमा बस्दा कृत्रिम हाँसाे लानु नै नजाती।
✍️सुरेश चन्द्र घिमिरे, लमजुङ ।
……………………………………………………
पञ्चाङ्ग [२९]
मायाले तिमीलाई बेर्न मन लाछ।
सुन्दर नजरले हेर्न मन लाछ।
झूटा कसमहरू कहिल्यै नखानू,
मीठा मीठा कविता केर्न मन लाछ।
मायाले अनुहार फेर्न मन लाछ ।
✍️सहयात्री शोभा अर्याल , बुटवल रुपन्देही ।
………………………………………………………
पञ्चाङ्ग [३०]
मान गर्छ पाउदैन चरण खोइ तिम्रो ।
सबै कुरा दिन्छ भन्छ भरण खोइ तिम्रो ।
बोलेर हुँदैन कामले पूरा गर्नुपर्छ ,
सोध्ने गर्छन् मलाई नै शरण खोइ तिम्रो।
भिराइ दिन्छु नै भन्छन् वरण खोइ तिम्रो ।
✍️जानुका गौतम, काठमाडौं ।
……………………………………………
पञ्चाङ्ग [३१]
घाम जस्तो पानी हुँदैन ।
ठूलो जस्तो सानी हुँदैन ।
राम्रो नराम्रो हेर्ने बानी ,
लोभी गर्ने दानी हुँदैन ।
सर्व गुण रानी हुँदैन ।
✍️संगिता शर्मा , सिन्धुली ।
……………………………
✍️पञ्चाङ्ग [३२]
चैते दसैं बिशेष
[०१]
वासन्तीको धुन बजाई आयो चैते दशैँ।
मनको मन्दिरमा खुशी छायो चैते दशैँ।
रामनवमी व्रत बसि राम धाम जाँदा,
रामनाम जपी प्रसाद खायो चैते दशैँ।
ईस्वरको भक्तीमा मन लायो चैते दशैँ।
[०२]
सस्तो ब्याजदर भनी कन ऋण लगानी गर्छन् याँहाँ।
ठूलाठालु मोजमस्तीमा गरिब जनता मर्छन् याँहाँ।
ऋणमै जन्मियो ऋणमै हुर्क्यो नेपालीको कथा ब्यथा,
जनतालाई सदनबाटै कड्के आँखा तर्छ्न् याँहाँ।
सरकार सँग न्याय माग्दा हतकडीमा पर्छन् याँहाँ।
✍️अम्बिका दाहाल, मोरङ्ग ।
………………………………………………
Congratulations all of you and me
बधाई छ बधाई छ