पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग – ३५

  • ३० फाल्गुन २०७९, मंगलवार २१:०७ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३५ [पैंतीसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/११/२२ र २३ गते  समय :- साँझ ८ बजे

    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️कहिले देवता त  कहिले धाम हराउँछ [०१]
    ✍️कंस भेटिन्छ कलियुगमा राम हराउँछ [०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    ✍️ज्यानै अर्पेर  जसले  बचायो देशलाई [०३]

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️नागरिकताबाट  उसैको  नाम हराउँछ [०४]
    ✍️कहिले देवता त  कहिले धाम हराउँछ [०५]
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  
    …………………

    उदाहरण पञ्चाङ्ग
    ………………………

    कहिले देवता त  कहिले धाम हराउँछ [०१]
    कंस भेटिन्छ कलियुगमा राम हराउँछ [०२]
    ज्यानै अर्पेर  जसले  बचायो देशलाई [०३]
    नागरिकताबाट  उसैको  नाम हराउँछ [०४]
    कहिले देवता त  कहिले धाम हराउँछ [०५]

    💢पुष्पा नेपाल (सुवेदी), इलाम ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०१]

    घरी जून  हराउँछ  घरी  घाम हराउँछ ।
    कंस भेटिन्छ कलियुगमा राम हराउँछ ।
    ज्यानै अर्पेर  जसले  बचायो देशलाई ,
    नागरिकताबाट  उसैको  नाम हराउँछ ।
    कहिले देवता त  कहिले धाम हराउँछ ।

    ✍️पुष्पा नेपाल (सुवेदी), इलाम ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०२]

    नजर  जुधाउन  आयौ  र  त ठाउँ  दिएँ मैले।
    इरादा  बुझाउन  आयौ  र  त  नाउँ दिएँ मैले।
    मेरो खुशी भन्नू नै तिम्रो  चाहना हो भन्ने बुझ,
    निवास  सुधाउन  आयौ  र त  गाउँ दिएँ मैले।  

    नसोचेको कुरा तिमीलाई त्यो  भाउ दिएँ मैले।

    ✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।
    ………………………………………………

    पञ्चाङ्ग    [०३]

    पढेर पनि   झरेको मान्छे हो ऊ ।
    छलेर अघि सरेको मान्छे हो ऊ ।
    खराब सङ्गतको तालमा नाच्दा ,
    आँशु पिएर मरेको मान्छे हो ऊ।
    दिनहुँ दु:ख गरेको मान्छे हो ऊ ।

    ✍️प्रभा पोखरेल, हाल काठमाडौं ।
    ………………………………………

    पञ्चाङ्ग   [०४]

    तिम्रो अहमताले उठिबास लाग्ने छ एकदिन।
    भएको धन दौलत सबै नै भाग्ने छ एकदिन।
    सम्झना रहोस् महोदय अरूलाई बोल्ने गरेका,
    त्यहि शब्दहरूले आफैँलाई दाग्ने छ एकदिन।
    मेरा  प्रश्नहरुले नि उत्तर माग्ने छ एकदिन ।

    ✍️सुशीला पौडेल ।
    ………………………………………………

    पञ्चाङ्ग   [०५]

    आँखाले  हेर्छु  तर  तिम्रो दिलमा राम रहेनछ ।
    खोजी  गर्दै  हिँडे  भेटिने  समय गाम रहेनछ ।
    माया गर्दा राम्रो बोलेर त विश्वास भएन हाम्रो,
    बिसाउन खोज्छु बिसाउने राम्रो ठाम रहेनछ ।
    टेक्ने थिएँ  राम्रोसँग त्यो  मसँग दाम रहेनछ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ………………………………………………

    पञ्चाङ्ग   [०६]

    लुटमार  गर्न जुटेका फुटेर जान्छन् ।
    घर भित्रकै ढुकुटी नै भुटेर  जान्छन् ।
    कसले  बुझ्ने व्यबहार उनीहरूको
    सबैको मन र मस्तिष्क लुटेर  जान्छन्।
    नालायकले आफ्नैलाई कुटेर जान्छन्।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    ……………………………………………

    पञ्चाङ्ग   [०७]

    मान्छे साँच्चै मान्छे हुने दिन कहिले आउँछ?
    दुखी  देख्दा  मन  छुने दिन कहिले आउँछ?
    दिनरात   नभनी   बटुली,  गाँठो  पारेको छ,
    चित्त  अघाइ  त्यो, फुने दिन कहिले आउँछ?
    अरुलाई  दुख्दा  रुने  दिन, कहिले  आउँछ?
                             
    ✍️चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०राँझा एयरपोर्ट बाँके ।
    ………………………………………………

    पञ्चाङ्ग   [०८]

    अशुभ समाचार सुन्छु, छानामा काग कराउँछ।
    जताततै अभावै अभाव  भोको राग कराउँछ।
    कराउँदैछ सडकमै न्याय अन्याय स्वरहरू,
    तेरो मेरो  पदमा असन्तुष्टका भाग कराउँछ।
    “कारबाही गर” अपराधी फाल्ने माग कराउँछ।

    ✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
    ………………………………………………

    पञ्चाङ्ग    [०९]

    अभ्यास गर्दै जादा अवश्य आउँछ यहाँ ।
    खोला होईन तिर्खा जहिले नि धाउँछ यहाँ ।
    जीवन भन्नु यस्तै नै रहेछ यहाँ के गर्ने ?
    हरेक कुरा जान्न,सुन्न, गर्न मन लाउँछ ।                 

    निमुखाको दु:ख पीडाले नै  छाउँछ यहाँ ।

    ✍️लक्ष्मी घिमिरे दाहाल, झापा ।
    ………………………………………………

    पञ्चाङ्ग   [१०]

    सारा बोट खाने किराहरू ।
    पाए नोट खाने किराहरू ।
    लेक बेंसी सबै सकेपछि,
    आफैँ चोट खाने किराहरू ।
    अनि खोट खाने किराहरू ‌।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ……………………………………

    पञ्चाङ्ग   [११]
    [०१]                                
    रातमा जून दिनमा घाम आउँछन्।
    देश संकट ले गर्दा राम आउँछन् ।
    धर्तीमा भगवान सधैं जन्मेको छन्,
    मन सम्झ सधैं देव धाम आउँछन्।
    स्वार्थी चुनावमा नेता गाम आउँछन् ।
    [०२]
    देशमा बर्बरता को अवस्थाले  राम आउँछन् ।
    चहकिला पूर्व उदाएर पश्चिम् घाम आउँछन् ।
    देशमा अस्थिरता ले गर्दा राम आउँन बाध्य ,
    सत्ता खिचातानी गर्छन् खै सुधार्न गाम आउँछन् ।
    जैले नि सत्ताको कुर्सीमा बस्न हराम आउँछन् ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    ……………………………………………

    पञ्चाङ्ग   [१२]

    हेर्दा  सुन्दर   देखिने  गाउँ  मेरो हो।
    मिलेर  बस्ने जनको   ठाँउ मेरो हो।
    हाम्रो नेपालको  वर्णन कस्तो  गरुँ,
    त्यही ठाउँमा खेलेको पाउ मेरो हो।
    काली  भनेर  बोलाए नाउँ मेरो हो।

    ✍️कला ढकाल , झापा ।
    ……………………………………………

    पञ्चाङ्ग   [१३]

    काँडाबिच जब  गुलाफ फुल्दछ धेरै ।
    प्रकाशमा  त्यो सूर्य फूल खुल्दछ धेरै ।
    कठिनाई र सहजताकाे  याे जीवन,
    सङ्घर्षकाे सफलतामा झुल्दछ धेरै
    परिश्रमको फलमा मन डुल्दछ धेरै।

    ✍️टीकाराम जाेशी, इमाडोल ।
    …………………………………………

    पञ्चाङ्ग   [१४]

    नानाथरि कुरा गरि  आगो  बनायौ मलाई ।
    तानेर छिनिने काचो धागो  बनायौ मलाई ।
    आपसी मतभेद  बढ्नाले द्वन्द सुरु भयो,
    जिस्काउने गर्नाले नै खागो बनायौ मलाई ।
    एकै ठाउँ उभिने त्यो टाँगो  बनायौ मलाई ।

    ✍️संगिता शर्मा , सिन्धुली  ।
    …………………………………………………

    पञ्चाङ्ग   [१५]

    निमूखाको लाठी बन्नु तिमी ।
    आफ्नै पाखा बारी खन्नु तिमी ।
    पसिना    बगाऊ   यही माटो ,
    यहीँको   कमाई  गन्नु   तिमी ।
    यहीँ अर्ती सबैलाई भन्नु तिमी ।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ………………………………………

    पञ्चाङ्ग   [१६]

    पत्र  लेखेर मात्र  हुँदैन नी   पठाउन  खाम चाहिन्छ।
    खामको दायाबाया पठाउने पाउनेको नाम चाहिन्छ।
    पत्रमा  बहुत  ईमर्जेन्सी कुरा   लेखिएको  भएपनि,
    हल्करा दाईलाई हिँडन पनि त तातो घाम चाहिन्छ।
    हिँडदा हिँडदा थकाई लाग्छ अनि खान माम चाहिन्छ।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार बिर्तामोड झापा ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [१७]

    नराख भो त्यो दिलभित्र भुले हुन्छ अब।
    डाली छानी छानी नि कतै डुले  हुन्छ अब।
    तिम्रो मेरो सम्बन्धमा धमिरा  लागे पछि,
    बादल फाटी अर्कैतिर खुले हुन्छ अब।
    अन्त कतै को  बगैंचामा फूले हुन्छ अब।

    ✍️चेतना पोखरेल, मोरङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [१८]
    [०१]
    नेताको घैंटोमा अब घाम लागे हुन्थ्यो।
    यदि घाम नलागे जनता जागे हुन्थ्यो।
    कति हो सहने राणा शासन यिनका,
    काम गर्न नसके त अन्तै भागे हुन्थ्यो।
    बाटो बाटो झोलीमा यिनले मागे हुन्थ्यो।
    [०२]
    सोच आउँछ नानाथरी घुरी बसेको छु।
    आला घाउका टाटाहरु पुरी बसेको छु।
    तिम्रै तस्बिर समाएर रुने बानी पर्यो,
    तिमी आउने दोबाटोमा कुरी बसेको छु।
    सम्झिँदै ति बितेका पल फुरी बसेको छु।

    ✍️सरिता सेढाइ, धादिङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [१९]

    आज न्यानो घाम लाग्यो।
    लुगा सुक्न काम लाग्यो।
    झरीले दिक्क लाएथ्यो,
    यो पारिलो ठाम लाग्यो।
    र  पवित्र धाम लाग्यो।

    ✍️बिबस पारदर्शी , झापा ।
    ……………………………………

    पञ्चाङ्ग   [२०]

    फाटेको  भए नि  टालो  लाउन   पर्छ ।
    बर्षदिन   भए   छानो   छाउन पर्छ ।
    बिचल्ली छौ हामी कहिले न्याय हुन्छ ,
    गरिब    भएसी   मानो   पाउनु  पर्छ ।
    बाँच्न  पनि  हामी  कति  धाउनु  पर्छ ।

    ✍️जानुका गौतम, काठमाडौं ।
    ………………………………………………

    पञ्चाङ्ग   [२१]
              
    अन्धकार रातपछि त उज्यालो हुन्छ यहाँ ।
    सत्कर्म गर्यौ भने सुखको बाटो छुन्छ यहाँ ।
    भाग्यमा छ भन्दैमा डोकोमा दूध अडिदैन,
    कर्मशील हातले ठुलो सपना बुन्छ यहाँ ।
    बुद्धि र विवेकले आफ्नो भविष्य चुन्छ यहाँ ।

    ✍️वीणा रोका , दाङ घोराही ।
    ………………………………………………

    पञ्चाङ्ग   [२२]

    बालपनकाे यो शुद्ध मन ।
    आध्यात्मिक हाे बुद्ध मन ।
    शिकार हुँदा कुसंस्कारकाे ,
    जानेछ बन्दै त्यो रुद्ध मन ।
    दबाएमा हुने युद्ध मन ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ………………………………………………

    पञ्चाङ्ग   [२३]

    हाँसेर बोल सधैं  मायाको के कुरा भयो।
    गर्मी बढेछ धेरै  छायाको के कुरा  भयो।
    बाटो उही हुन्छ सबैको लक्ष्य बोकी हिँड,
    गर केही त दायाँबायाँको के कुरा भयो ।
    पुरानै निति  राम्रो नयाको के कुरा भयो।

    ✍️सन्जना शर्मा, दाङ लमही ।
    ……………………………………………

    पञ्चाङ्ग    [२४]

    हजुरको बोली कति मीठो सुनुँ सुनुँ लाग्छ ।
    धेरै  बोली  रहनु भो  कान  थुनुँ थुनुँ लाग्छ ।
    मौका मिले हाँस्दै खेल्दै बस्न पाए हुने थियो ,
    सँगै बसी मीठा मीठा वार्ता बुनुँ बुनुँ लाग्छ।
    आँखा कान नाक मुख सबै तुनुँ तुनुँ लाग्छ ।

    ✍️गुणनिधि घिमिरे, अमेरिका ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२५]

    नारद जस्तो नबन्नू राम्रो हुन्न  हजुर।
    मानव हो तर पनि मन छुन्न हजुर।
    सदासयता सहयोग छैन कत्ति पनि,
    देख्दा त्यस्ता ब्यवहार मन रुन्न हजुर।
    सकिएला त फाटेेको मन तुन्न हजुर।

    ✍️तेजप्रसाद खनाल, लमही दाङ।
    ………………………………………………

    पञ्चाङ्ग   [२६]

    शीतल निवासले आफैँले मात्रै शीतल ताप्नु हुँदैन।
    सबैलाई समान दिने हो आफैँले  मात्र खाप्नु हुदैन।
    आशा भरोसा सबैले गरेका छन् शीतल निवास माथि,
    राखिराख्नु  पर्छ  जन विश्वास यसलाई हाप्नु हुँदैन।
    देशकोलागि खम्बा बनेर उभिदा खुट्टा काप्नु हुँदैन ।

    ✍️पशपती राई, खोटाङ ।
    …………………………………………………………………

    पञ्चाङ्ग   [२७]

    तिमीलाई बेहुलीमा बर्काे सजाउँला ।
    सिउँदाेमा सिन्दुरको धर्को सजाउँला।
    जिन्दगीभरि साथ दिने कसम खाई।
    बेण्ड बाजा बजाएर घर्काे सजाउँला।
    सुनको चुरा हातमा अर्को सजाउँला।

    ✍️प्रविणा पल्लवी, महाेत्तरी ।
    ………………………………………………

    पञ्चाङ्ग   [२२]

    बालपनकाे यो शुद्ध मन ।
    आध्यात्मिक हाे बुद्ध मन ।
    शिकार हुँदा कुसंस्कारकाे ,
    जानेछ बन्दै त्यो रुद्ध मन ।
    दबाएमा हुने युद्ध मन ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ………………………………………………

    पञ्चाङ्ग   [२३]

    हाँसेर बोल सधैं  मायाको के कुरा भयो।
    गर्मी बढेछ धेरै  छायाको के कुरा  भयो।
    बाटो उही हुन्छ सबैको लक्ष्य बोकी हिँड,
    गर केही त दायाँबायाँको के कुरा भयो ।
    पुरानै निति  राम्रो नयाको के कुरा भयो।

    ✍️सन्जना शर्मा, दाङ लमही ।
    ……………………………………………

    पञ्चाङ्ग    [२४]

    हजुरको बोली कति मीठो सुनुँ सुनुँ लाग्छ ।
    धेरै  बोली  रहनु भो  कान  थुनुँ थुनुँ लाग्छ ।
    मौका मिले हाँस्दै खेल्दै बस्न पाए हुने थियो ,
    सँगै बसी मीठा मीठा वार्ता बुनुँ बुनुँ लाग्छ।
    आँखा कान नाक मुख सबै तुनुँ तुनुँ लाग्छ ।

    ✍️गुणनिधि घिमिरे, अमेरिका ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२५]

    नारद जस्तो नबन्नू राम्रो हुन्न  हजुर।
    मानव हो तर पनि मन छुन्न हजुर।
    सदासयता सहयोग छैन कत्ति पनि,
    देख्दा त्यस्ता ब्यवहार मन रुन्न हजुर।
    सकिएला त फाटेेको मन तुन्न हजुर।

    ✍️तेजप्रसाद खनाल, लमही दाङ।
    ……………………………………………

    पञ्चाङ्ग   [२६]

    शीतल निवासले आफैँले मात्रै शीतल ताप्नु हुँदैन।
    सबैलाई समान दिने हो आफैँले  मात्र खाप्नु हुदैन।
    आशा भरोसा सबैले गरेका छन् शीतल निवास माथि,
    राखिराख्नु  पर्छ  जन विश्वास यसलाई हाप्नु हुँदैन।
    देशकोलागि खम्बा बनेर उभिदा खुट्टा काप्नु हुँदैन ।

    ✍️पशपती राई, खोटाङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२७]

    तिमीलाई बेहुलीमा बर्काे सजाउँला ।
    सिउँदाेमा सिन्दुरको धर्को सजाउँला।
    जिन्दगीभरि साथ दिने कसम खाई।
    बेण्ड बाजा बजाएर घर्काे सजाउँला।
    सुनको चुरा हातमा अर्को सजाउँला।

    ✍️प्रविणा पल्लवी, महाेत्तरी। ………………………………………………

    पञ्चाङ्ग   [२८]

    हाँस्दै वबोल्दै मायाँ लाउँने भावनाकाे गीत रहेछ।
    सुख,दुख मिल्नु,छुट्नु समयकाे रित रहेछ।
    शुन्दर शान्त तलाउझैँ कहाँ हुन्छ र जिन्दगानी,
    आशै आशमा जीवन काट्ने यही जीत रहेछ।
    कहिले टाढा कहिले नजिक हाम्रो हित रहेछ।

    ✍️उर्मिला के.शी. ,धनकुटा ।
    ………………………………………………

    पञ्चाङ्ग   [२९]

    माया गर्दा सबै थोका खाने भए यहाॅ।
    आफ्नै घर छोडी टाढा जाने भए यहाॅ।
    अचम्मको छ दुनियाॅ बयान के गर्नु,
    ऑफू जादा इज्यत नि लाने भए यहाॅ।
    बस्नेले त ठूलै धोका खाने भए यहाॅ।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    …………………………………………………

    पञ्चाङ्ग   [३०]

    बिकास निर्माणका ज्ञान सिक्न जानुन्।
    जन प्रतिनिधि ठुला याेजना झिक्न जानुन्।
    नेताकाे हैसियत  ताैलने बेला अाएकाे छ,
    गर्भ तुहिएझैँ हैन पुरै अवधि टिक्न जानुन्।
    जनताकाे मानस पटलमा बिक्न जानुन् ।

    ✍️सुरेश चन्द्र घिमिरे, लमजुङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [३१]

    के कति कदम चाल्यौ सिकाइ देउन मलाई !
    कसरी जिउन थाल्यौ सिकाइ देउन मलाई !
    म पनि तिमिलाई दिलबाट निकाल्न चाहन्छु ,
    तिम्ले कसरी निकाल्यौ सिकाइ देउन मलाई !
    टुक्रिएको मन टाल्यौ सिकाइ देउन मलाई !

    ✍️बुद्धिमान द्नुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा ।
    ………………………………………………

    Leave a Reply