पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- भाग ३४

  • २७ फाल्गुन २०७९, शनिबार ०५:२४ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३४ [चौतिसौँ ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/११/२२ र २३ गते  समय :- साँझ ८ बजे

       नेपालीको महान चाडपर्व मध्य एक फागु पुर्णिामा तथा होलि हिमाल , पहाड र  तराईमा मनाइने प्रमुख पर्व हो । त्यसैले फागु तथा होलिको बिषयमा आफ्नो बिचार पञ्चाङ्ग मार्फत परम्परा र संस्कृतिको बारेमा १/१ पञ्चाङ्ग लेख्न हुन अनुरोध गर्दछौँ ।
    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️प्रकृति र  संस्कृतिको रङ्ग बनाउँछु मैले [०१]
    ✍️यस् पर्वमा विभिन्न रङ्गले जनाउँछु मैले [०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    ✍️परम्परालाई जोगाउने हाम्रो  कर्तव्य हो [०३]

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️होलि  हो ! रङ्गै रङ्गले रङ्ग खनाउँछु मैले [०४]
    ✍️रङ्ग  अबिर  लगाई  होलि मनाउछु मैले [०५]
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  
    …………………………

    प्रकृति र  संस्कृतिको रङ्ग बनाउँछु मैले [०१]
    यस् पर्वमा विभिन्न रङ्गले जनाउँछु मैले [०२]
    परम्परालाई जोगाउने हाम्रो  कर्तव्य हो [०३]
    होलि  हो ! रङ्गै रङ्गले रङ्ग खनाउँछु मैले [०४]
    रङ्ग  अविर  लगाई  होलि मनाउछु मैले [०५]

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ……………………………………………………

    होलि विषेश पञ्चाङ्ग
    ***************

    पञ्चाङ्ग   [०१]
    [०१]
    प्रकृति र  संस्कृतिको  रङ्ग बनाउँछु मैले ।
    यस पर्वमा विभिन्न रङ्गले जनाउँछु मैले ।
    परम्परालाई जोगाउने हाम्रो  कर्तव्य हो ,
    होली  हो, रङ्गै रङ्गले रङ्ग खनाउँछु मैले ।
    रङ्ग  अविर  लगाई   होलि मनाउँछु मैले ।
    [०२]
    होलीमा विदेशी पनि दङ्ग हुने भए ।
    होलीमा त सबै कुरा भङ्ग हुने भए ।
    सबैको शरीर  रङ्गिन भएकोछ नै ,
    नचिनेको पनि आज सँङ्ग हुनेभए ।
    विभिन्न  रङ्ग  लगाई  तङ्ग हुनेभए ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ……………………………………………

    पञ्चाङ्ग   [०२]

    सप्तरङ्ग  घोलेर नै  होली मनाउनु पर्छ।
    सम्पूर्ण नेपालीको यो पर्व बनाउँनु पर्छ।
    पर्वै-पर्वलै  रङ्गिएको हाम्रो नेपाल बुझ्नु,
    इष्ट-मित्र बिच  प्रेम-भाव  जनाउँनु पर्छ।
    सोच  बिचार  गरेर  रङ्ग  खनाउनु  पर्छ।

    ✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा ।
    ………………………………………………

    पञ्चाङ्ग   [०३]

    विविध   रङ्गसँगै   मित्रताको  ढङ्गमा।
    मिलीजुली साथीसङ्गी  परेको दङ्गमा।
    संस्कृति  परम्परा   मनाउनु  बेश  हो ,
    एकताको  भावना  शान्तिपूर्ण रङ्गमा।
    राग द्वेश  मास्नु है होलिकाको सङ्गमा।

    ✍️गुणनिधि घिमिरे, सूर्यविनायक भक्तपुर ।
    ………………………………………………

    पञ्चाङ्ग   [०४]
    [०१]
    रङ्गको  पर्व  होली  कस्तो  होला ?
    सम्झेर आज भोलि कस्तो होला ?
    साँघुरो  सोच  राखी  बढ्ने तिमी,
    रक्तले  बग्ने  खोली कस्तो होला ?
    हृदय  छेड्ने  बोली  कस्तो होला ?
    [०२]
    जन्मेको धर्तीमा माटोको मायाले बेर्ने मन छ ।
    पुरानो र रुढी सारा परम्परा फेर्ने मन छ ।
    घरमा कुकुर बिराला रमिता गर्छन् आखिरी,
    फूलको आँखाले फूलको संसार हेर्ने मन छ ।
    सानो सुन्दर बागको तस्बिर केर्ने मन छ ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    …………………………………………

    पञ्चाङ्ग   [०५]

    रातै  भएर  हाेलीकाे  रङ्ग  लागेको  छ।
    फागुकाे  रङ्गकाे  उत्सव नै  जागेको छ।
    एक  आपसमा  सद्भाभ भै  राखी खेलौ
    भाङकाे नसा लुछालुछमा भागेको छ।
    सबै  मिलेर  खेल्न  समय  मागेको छ।

    ✍️प्रविणा पल्लवी, महाेत्तरी ।
    …………………………………………

    पञ्चाङ्ग   [०६]

    पहाडमा आज भयो  तराईमा भोलि होला।
    यतातिर फागु भन्दा  त्यतातिर होली होला।
    हिमाल  पहाड  तराई    चारैतिर     मानिने,
    कतै एक दुई  हुँदा  कतै जम्बो टोली होला।
    सिमसिम पानी परे इन्द्रेणीको खोली होला।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    …………………………………………………

    पञ्चाङ्ग   [०७]
    [०१]
    होलीले रङ्गियोस् चोली मेरो ।
    लालीत्य होस् सधैँ बोली मेरो ।
    जबर्जस्ती   दल्न  हुन्न   रङ,
    मित्रताको बन्यो टोली मेरो ।
    प्रेमले  भरियो  झोली  मेरो ।
    [०२]
    होलीले रङ्गाइ दियोस् चोली मेरो ।
    लालित्यले भरियोस् सधैँ बोली मेरो ।
    जबर्जस्ती दल्न हुन्न कसैले  रङ,
    प्रणयको प्रतीक बन्यो  टोली मेरो ।
    मनोत्सवले  भरियो  झोली  मेरो ।

    ✍️वीणा रोका, घोराही दाङ ।
    ……………………………………

    पञ्चाङ्ग   {०८}

    रमाइलाे गराै कर नगराैँ।
    अरुले खेल्ने भर नगराैँ।
    हाेली इच्छारुपि खेल हाे,
    रङ् खेल्न त रहर नगराैँ।
    नखेल्नेलाइ नि पर नगराैँ ।

    ✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।
    ……………………………………………

    पञ्चाङ्ग   [०९]

    जीवनमा  सप्तरङ्ग  घाेली  आओस् ।
    प्रेम   सद्भाव  बाेकेर  हाेली आओस् ।
    लानु   के नै   छ       र   मरेर   परम ,
    धाममा  धर्मकाे भरी झाेली आओस् ।    
    पाप पखाल्ने नै द्वार खाेली आओस् ।

    ✍️चन्द्रावती अधिकारी, बाँके कोहलपुर ।
    ………………………………………………

    पञ्चाङ्ग   [१०]

    होली पुर्णिामा मा ति थरीथरीका रङ्ग जनाउँ हामी ।
    संस्कार संस्कृति मान्दै जीवन  रङ्गिन बनाउँ हामी ।
    हिमाल पहाड तराई सबैमा होली खुसीले मनाउँदै छन् ,
    वसन्त ऋतु आगमन रङ्गिन होली मनाउँ हामी ।
    सबैमा सद्भावले प्रेमको होली रङ्ग खनाउँ हामी ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️❤️🙏 ।
    …………………………………………………………

    पञ्चाङ्ग   [११]

    आउ खेलौं मधेस पहाड कोस्यालि होली।
    मिलेर हामी सबै अखण्ड दिव्यालि होली।
    कुनै-कुनै बहाना   अवस्य हुन्छ खुसीका,
    सबै जाती मेलेर  खेलौं न सिँयाली होली।
    मनाउँ एकताको ज्वोत हो दियालि होली।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    ………………………………………………

    पञ्चाङ्ग   [१२]

    सधैं रङ मात्रै पो दल्न आउँछ होली।
    रङैरङ दलेर चल्न आउँछ होली।
    दलेर रङ बद्लेन जीवन कहिल्यै ,
    उही अग्नि ज्वालामा जल्न आउँछ होली।
    उस्तै अन्याय सधैं फल्न आउँछ होली।

    ✍️पशपती राई, खोटाङ ।
    ……………………………………………

    पञ्चाङ्ग    [१३]
    [०१]
    पर्व  हाेली  राम्रो ।
    रङ्ग  घाेली  राम्रो ।
    नाचौँ     रमाउदै,
    दिल खाेली राम्रो ।
    प्रित झाेली राम्रो ।
    [०२]
    वसन्त  तिमी  ओर्लेर आउँदा यहाँ ।
    शिशिर  लुक्छे  उमंग छाउँदा यहाँ ।
    असत्यको प्रतीक हाेलिका जलाई,
    हर्षका  गाथा  जनले गाउँदा यहाँ ।
    रङ्गियाे  जगत   पर्व  पाउँदा  यहाँ ।
    [०३]
    वसन्तको  बहार  आएर  धरा  हेर्न थाल्यो ।
    बाेट  बुट्यानमा  रङ्ग चढी रूप फेर्न थाल्यो ।
    रमाए डालीमा चरा बचरा आफ्नो लाेलीमा ,
    प्रेमिल  भावमा  लहराले  रूख बेर्न थाल्यो ।
    मसी चाेपेर कवि  मन  कविता केर्न थाल्यो ।

    ✍️भवानी घिमिरे,सर्लाही ।
    …………………………………………………

    पञ्चाङ्ग   [१४]

    वसन्तकाे  बहारसँगै हाेली  पर्वमा  रङ्ग  छायाे।
    साथी भाइ मेलमिलापमा अचम्मकाे ढङ्ग छायाे।
    यसरी   मनका  उरारेर    रमाउँदा    राम्रो हुन्छ,
    बर्षभरिकै  खुशी  दिवस  साथीहरू सँग छायाे।
    बाजा बजाई हाँसी खुशी मनाउँदामा दङ्ग छायाे।

    ✍️धन कुमारी रेग्मी, चितवन ।
    ………………………………………………………

    पञ्चाङ्ग    [१५]
    [०१]
    खेल्दै  सप्तरङ्गसभग होली मनाउँनु पर्छ।
    हामीले महत्वपूर्ण पर्व बनाउँनु पर्छ ।
    अनगिन्ती पर्वै-पर्वले पूर्ण हाम्रो देश हो ,
    आफ्ना अरु बिच प्रेम-भाव जनाउँनु पर्छ ।
    रङ्गको होली सोचेर नै रङ्ग खनाउँनु पर्छ  ।
    [०२]                      
    बधाईको लर्को खानेलाई  के थाहा जनताको नुनको पीडा यहाँ।
    सितलहरको बेला कम्मल खातमा के थाहा उनको पीडा यहाँ।               
    अचानोको पीरलाई खुकुरीले कहिले पो बुझेको हुन्छ आखिर ?                 
    थुनिलो हुँदाको दुखाई दुवारेलाई के थाहा थुनको पीडा यहाँ।       
    चम्किलो खाध्य खानेले के थाहा गरिबले खाना घुनको पीडा यहाँ।         

    ✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
    ……………………………………………………………………

    पञ्चाङ्ग   [१६]
    [०१]
    बर्षदिनको चाड हो होली रङ्ग खेल्नुपर्छ।
    आऊ हामीहरू साथै साथीसँग खेल्नुपर्छ।
    अङ्ग अङ्ग भिजाइ हामीले रमाउँनु पर्छ,
    त्यो तन यो मन रङ्गसँग अङ्ग  खेल्नुपर्छ।
    आऊ पारेर दुनियाँ पुरै दङ्ग खेल्नुपर्छ।
    [०२]
    रङ्गिन पल यो कमाउँन आऊ।
    पिच्कारी बेलुन समाउन आऊ ।
    चाड रङ्गको उमंगको यहीँ हो,
    होलीमा रङ्ग लौ जमाउन आऊ।
    मिली साथी सङ्गी  रमाउँन आऊ।

    ✍️रतन बिष्ट _ आलिताल , डडेल्धुरा ।
    …………………………………………………

    पञ्चाङ्ग    [१७]

    हाम्रो पर्व होली सबैले मनाऊँ।
    मधेँसीका भोलि सबैले मनाऊ।
    आफन्त मिलेर  रमाइलो  गर्दै,
    आ आफ्नो टोली सबैले‌ मनाऊ।
    रङ्गको   झोली   सबैले ‌‌ मनाऊ ।

    ✍️भगवती दवाडी, दमक झापा ।
    ………………………………………………

    “पञ्चाङ्ग   [१८]

    रङ र खुशी लिएर  आयाे   पर्व  होली आऊ।
    हिमाल,पहाड आज  तराईमा   भाेलि आऊ।
    सबै छन् दङ्ग  फागुपुर्णिमा  नै    आउँदछन् ,
    विभिन्न  रङ्गहरुले  भरेर     त्यो झोली आऊ।
    संस्कृति जोगाउँदै खेलौ है मन खोली आऊ।

    ✍️नानीबाबा अधिकारी, हाल अस्ट्रेलिया ।
    ………………………………………………

    पञ्चाङ्ग    [१९]

    सप्तरङ्ग घोली होली मनाउँनु पर्छ।
    फागु पूर्णिमा रङ्गीन बनाउँनु पर्छ।
    होलीको सबैलाई शुभकामना दिन्छु,
    आपसमा सद्भाव जनाउँनु पर्छ।
    आपसमा मिली रङ्ग खनाउँनु पर्छ।

    ✍️सुशीला पौडेल ।
    …………………………………………

    पञ्चाङ्ग   [२०]

    सद्भावका साथ रङ्गको हाेली मनाउँनु पर्छ ।
    आपसी मेलमिलापमा एक जनाउँनु पर्छ ।
    सधैभ सहज बनाउँनुपर्छ  संस्कार संस्कृति ,
    हिमाल पहाड तराई एकै बनाउँनु पर्छ ।
    ईच्छा हुनेलाई मात्रै यो रङ्ग खनाउवनु पर्छ ।

    ✍️दुर्गा भट्टराई, मोरङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२१]

    गर्नु भन्छन् सानैदेखि असल मान्छेको सङ्गहरु राम्रो।
    धेरै  फल  लिन  ठाउँ  बनाउँनुपर्छ  दङ्गहरू राम्रो ।
    बाली र सन्तान सपार्नलाई चाहिन्छ ठाउँ र सङ्गत,
    चाहान्छन् सबै भएका आफन्तहरूले ढङ्गहरू राम्रो।
    सानादेखि ठूला सम्मलाई मन पर्ने रङ्गहरु राम्रो ।

    ✍️रामप्रसाद पुरी बादेल,  खोटाङ ।
    …………………………………………………………………

    पञ्चाङ्ग   [२२]

    होली     पर्व  रमेर  मनाऊ  सबैले ।
    मैत्री  भावको  पर्व  जनाऊ   सबैले।
    आपसी सद्भाव बढाई एक अर्कामा,
    सोच विचार गरी रङ्ग खनाऊ सबैले।
    शुद्ध समृद्धिको सोच बनाऊ सबैले ।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    …………………………………………

    पञ्चाङ्ग   [२३]

    हाेली लाै अायाे रङ्गको पर्व याे।
    सबैले मान्ने खुसीको गर्व याे।
      विविध संस्कृति अनेक जाती,
    पुस्ता पुस्ता विच गराैँ सर्व याे।
    रङ्गको छ रङ्गिलाे अणर्व याे।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ……………………………………………

    पञ्चाङ्ग   [२४]

    विविध रङ्गसंगै रमाउँनु राम्रो ।
    आफ्नो परम्परा त समाउँनु राम्रो।
    संस्कृतिको नाममा छाडा बन्नु हुन्न,
    राष्ट्रिय स्वाभिमान कमाउँनु राम्रो।
    आपसमा मित्रता जमाउँनु राम्रो।

    ✍️सरिता सेढाई, धादिङ ।
    …………………………………………

    पञ्चाङ्ग   [२५]

    रमाइलो पर्व हाेली हजुर।
    तराईकाे पनि भाेलि हजुर।
    खुसी नै भएर मनाऊ हामी,
    खेलाैन दिल नै खाेली हजुर।
    विभिन्न रङ्ग त्यो घाेली हजुर।

    ✍️सहयात्री शोभा अर्याल , रुपन्देही बुटवल ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२६]
    [०१]
    रम्ने  हो  पर्व  होलीमा  अब ।
    जमौँ  गुनिलो  बोलीमा  अब ।
    भट्किलो शैली  छोडेर  हामी,
    खोजौँ संस्कृति झोलीमा अब।
    मिलेर   चढौँ   डोलीमा   अब।
    [०२]
    बाहिर ठिक्क भित्र दिक्क हुनु हुँदैन हामी।
    दु:ख पर्दा बसेर एक्लै रुनु हुँदैन हामी ।
    अनुपम सौन्दर्य हुन् सुखदु:ख जीवनका ,
    बुझ्दा बुझ्दै दु:खमा हात धुनु हुँदैन हामी ।
    अरुको प्रगतिको पर्दा छुनु हुँदैन हामी ।

    ✍️प्रभा पोखरेल, हाल अमेरिका ।
    ………………………………………

    पञ्चाङ्ग   [२७]

    सँधैभरिको माया उति नै मेरो  देशको ।
    जति हेर्यो उति  राम्रो सेरोफेरो देशको ।
    सबै कुरा हराउँदा बचियो जस्तो लाग्छ।
    काट्नु  पर्छ  अब   गएर  घेरो  देशको ।
    कर्तव्य सबैको हुँदैन मेरो  तेरो देशको ।

    ✍️सन्जना शर्मा, दाङ लमही ।
    ……………………………………………

    पञ्चाङ्ग   [२८]

    रङ्गको पर्व होली रे।
    नराख रङ्ग झोली रे।
    सबै मिली खेलिन्छ,
    नभन साथी भोली रे।
    खेलौ मन खोली रे।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    …………………………………

    पञ्चाङ्ग   [२९]

    पावन  यो मासमा  आउँने पर्व होली।
    पुर्व देखि पश्चिम  छाउँने  पर्व होली।
    देखिन थाल्योअब रङ्गको वर्षापनि ,
    गाला राता  बनाई गाउँने पर्व  होली ।
    सद्भाव , सदाचार पाउँने पर्व होली।

    ✍️सीता शर्मा पन्थी, बिरगंज ।
    ……………………………………

    पञ्चाङ्ग   [३०]

    भोलीको कुरा के हुन्छ ? आज होलि मनाइयो ।
    साच्चै यसपालि दिल खोली-खोली मनाइयो ।
    सङ्गी साथीसँग भेटघाट गरेर रम्दै छौँ ,
    भिजाउँदै रङ्गाउँदै रङ्ग घोलि मनाइयो ।
    असत्य मार्गि होलिकालाई पोलि मनाइयो ।

    ✍️कला ढकाल , झापा ।
    ………………………………………………………

    पञ्चाङ्ग   [३१]

    छोरीको बिवाहा भन्ने गरौँ  कन्याको दान हैन ।
    लैङ्गिक समानता व्यबहारमा होस्  ज्ञान हैन।
    आजैदेखि हामी  विभेद र  हिंसाको अन्त्य गरौँ ,
    सम्मान उच्च राखौँ नारीको शब्दमा मान हैन।
    नारी बिलासिता पुरुषको सृष्टि  बाहान हैन ।

    ✍️अम्बिका दाहाल, मोरङ्ग ।
    ………………………………………………………

    पञ्चाङ्ग   [३२]

    हटोस् रिसराग,होस् माधुर्यता बोलीमा।
    एकता कसेर बाधूँ, चौबन्दी चोलीमा।
    सप्तरङ्गी इन्द्रेणीको रङ्गमा रङ्गिदा,
    सङ्लियोस् मन,सङ्लै पानी बगोस् खोलीमा।
    दिन्छु सबैलाई शुभकामना होलीमा।

    ✍️पुष्पा नेपाल (सुवेदी), इलाम ।
    ……………………………………………………

    पञ्चाङ्ग   [३३]

    जीवन भर अन्यायको जाॅतो पिस्नु पर्छ ।
    काम बनाऊन ठूलाकै पाऊ मिच्नु पर्छ ।
    हुतिहारा धेरै  भो जताततै आजकल ,
    पेटभर खाना खानेले हैंन घिच्नुपर्छ।
    न्याय अन्यायको जीवन चक्र मिच्नु पर्छ।

    ✍️निला घिमिरे , झापा ।
    …………………………………………………

    Leave a Reply