‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ७४

  • १ चैत्र २०७९, बुधबार २२:१९ मा प्रकाशित
  • साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७४ औँ शृङ्खला यही फागुन २० गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ४७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    सदा कुर्सी मिलिरहोस् यसै गरी हरदम,
    चितामा नपुगुन्जेलसम्म कृपा नहोस् कम ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    साम, दाम, दण्ड र भेद, गरिराख झेल,
    मरेपनि कुर्सी लैजाऊ, उतै खेल्नु खेल ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    थर्थरी कामेका छौ हिँड्न सक्ने कोही छैन,
    कुर्सी तान्ने खेल खेल्छौ गर्ने केही त हैन ।
    🌑भगवती दवाडी
    दमक, झापा

    [३]
    लडाइँ गर्छन् जो पनि पद र कुर्सीकै लागि,
    विडम्बना देश चलाउँछन् अरुसँग मागी ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [४]
    विदेशीका पाउ माेल बेचीबेची आमा,
    कुर्सी तिम्रो लड्ने छैन, बाँड काका मामा ।
    🌑निरज कोइराला
    इटहरी

    [५]
    कुर्सीमा बस्छाै मिलिजुली पालै पालाे,
    काेही अधि बढ्न खाेजे फिँजाछाैँ जालाे ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [६]
    सत्ता र कुर्सीको मोहमा मरिमेट्ने, लोभीपापीहरु,
    देशमा ताण्डव देखाउँदै छन् हेर ! मिलिजुली बरु ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [७]
    राजनीति गरेकै यस्कै लागि हत्तपत्त छोड्नु नै किन,
    सास रहुन्जेल यस्तै गर्छु, त्यही प्यारो कुर्सीलाई लिन।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१
    हाल:-अमरिका,म्यासाचुसेट्स बोस्टन।

    [८]
    अरूलाई भ्रम दिएर शिखरमा पुग्नु छ हामी,
    विना निती राज गर्नुपर्छ सधैभरी नाडी छामी ।
    🌑सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    [९]
    अरू देश विकासमा अघिअघि सर्याे,
    कुर्सीमाेह मात्र बढ्ने बानी यस्तै पर्याे ।
    🌑धन कुमारी रेग्मी
    भरतपुर चितवन

    [१०]
    देश भक्तहरु हो कुर्सी हल्लाएर देखाऊ, छ भने दम,
    हामीलाई पनि लाग्छ देशको माया तर पार्टिभन्दा कम ।
    🌑 पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    [११]
    कुर्सीमाेह नेतागणमा चुलिरहँदा यहाँ जहिल्यै,
    शान्तिपूर्ण सास फेर्ने दिनहरू आएन है कहिल्यै ।
    🌑त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    [१२]
    खाली कुर्सी मात्र भन्ने होइन, देशको चिन्ता गर,
    भोट दिइ पठाएका छन् जनतामा विश्वास छर।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [१३]
    बॅाचुन्जेल छोड्नु छैन, छलेर पाएको कुर्सी र शक्ति,
    चाहिया भए तिमीलाई, आई गर मेरै मात्र भक्ति ।
    🌑राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    हाल- प्रवास

    [१४]
    बाघ ती हेर कुर्सीको लागि अगाडि बढेका,
    आफैँले मात्र जान्ने छु भनी कुन्नि के पढेका !
    🌑आर्त अकुलीन
    कैलाली

    [१५[
    सधैँभरि लगातार मेरै छालाको घ्याम्पे भुँडी भर्न पाऊँ,
    जे गरे पनि केही नगर्ने जनतासँग यस्तै माया लाऊँ ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [१६]
    कस्तो हो त्यो कुर्सीको मोह जसलाई पनि हुने,
    अनुभव भएन नशाले कहिले होला छुने ।
    🌑सरिता सेढाई
    धादिङ

    [१६]
    सत्ता स्वार्थमा किन नपल्कु ?
    जता ढल्कु मिल्छ उतै मल्खु !
    🌑बिबस पारदर्शी ,

    [१७]
    चिताएपछि कुर्सीमा पुर्‍याइदेउ चट्ट,
    इच्छाएका मनोकामना पूरा हुन्छन् फट्ट।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [१८]
    बाेकेरै लैजान्छन् घाटमा, चिता पनि हाे उच्च आसन,
    बाँचुन्जेल मस्तिले गर्नै पर्याे जनता माथि शासन ।
    🌑मित्र उराठी गाैतम

    [१९]
    तिम्रो कानुन तिम्रो कुर्सी उसको ठूलो सत्ता,
    देशको विकास केहि छैन पचाकाछन् भत्ता।
    🌑मनोज खत्री अछामी

    [२०]
    नभरिने यो लोभको भाँडो,
    उमेरले काटे पनि डाँडो ।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [२१]
    जनताले चाहेजस्तो अब राम्रो आओस् एउटा,
    मुलुक बनाेस् रामराज्यझैँ, मान्छे बनाेस् देउता ।
    🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’
    शीतगङ्गा-५,अर्घाखाँची
    हाल: बुद्धभूमि -३, कपिलवस्तु।

    [२२]
    पालो युवाको भनेर नधम्क्याइ सत्ता दिन जान्नुपर्छ,
    पिण्ड खानेबेलामा कुरा जनताले भनेको मान्नुपर्छ ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [२३]
    सत्तामा पुग्न भोट माग्दा चिच्याएर नेता ‘जनता नै मेरा हुन् भन्छन्,
    पद पाएपश्चात आफन्तलाई मात्र फाइदा दिनको लागि गन्छन् ।
    🌑पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [२४]
    सदा कुर्सी एक अर्कोमा नै तानातान गर्छौ,
    जनता हेर्दा थाकिसके, शान्ति कहिले भर्छाै।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    [२५]
    सुनकै कुर्सी मिलेपनि देशको निम्ति केही छार्ने हैन,
    थचक्क कुर्सीमा बसिसकेपछि दायाँ बायाँ देख्नु छैन।
    🌑दीपक ठटाल जलन

    [२६]
    देशमा अनेक रूपमा ~ छेपारे ~ छाए,
    सत्ताको लिसो चिप्लो घस्दै चेपारे आए ।
    🌑टिकाराम पुन टिपु
    छत्रेश्वरि गाँउपालिका २
    सल्यान

    [२७]
    विकासको नाममा कुर्सी मात्र सबै तान्ने,
    बाहिर आस देखाउँदै भित्र छुरा हान्ने ।
    🌑योगेन्द्र भट्टराई
    खोटाङ्ग दि.चु.गा.पा.४

    [२८]
    आफूलाई पो चाहिएको अरु अघि सर्छन्,
    आफ्नै बाबुको जन्मजात ल्याएको झैँ गर्छन् ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२९]
    जसो गर्यो त्यसै हुने भगवान दाहिना हुँदा,
    भएकै छ, बज्र पनि मैन हुन्छ तिमीले छुँदा ।
    🌑रामप्रसाद पुरी
    बादेल खोटाङ ।

    [३०]
    कुर्सी पाउन अनेक तिगडम अपनाउँछन् खाली,
    सज्जनहरू सबै पाखा लगाई पुग्छन् केवल जाली ।।
    🌑बाबुराम पाण्डे
    शीतगंगा अर्घाखाँची ।

    [३१]
    राजनीतिमै त हो जालझेल गर्ने,
    जनतालाई मार्दै आफ्नो पेट भर्ने ।
    🌑हिमा रोका
    मेहेलकुना सुर्खेत

    [३२]
    लुछिराख है बाँचुन्जेल न अघाउन्जेल टम्म,
    मरे कसले दिन्छ कुर्सी तिम्रा छोरा, नातिसम्म।
    🌑म्यामराज राई
    भोजपुर ।

    [३३]
    मर्ने बेला भइसक्यो कुर्सी अझै तिमीलाई प्यारो ,
    किन गर्छौ जालझेल किन बन्छौ जनताको तारो ।
    🌑बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [३४]
    कुर्सीकै मात्र कुरा छन् आफू मात्र जान्ने जस्तो,
    नीति नियम पनि यहाँ लाग्दछ कस्तो कस्तो ॥
    🌑गुणनिधि घिमिरे
    सूर्यविनायक

    [३५]
    सधैँ कुर्ची मिलिरहोस् यसै गरी हरदम,
    बाँचुन्जेल नै चलिरहोस् आफ्नै हरहैकम ।
    🌑बाबुराम गौतम, गुल्मी

    [३६]
    साम, दाम, दण्ड ,भेदको कसैले नि कुरै नगर ,
    यो देश विकास गर्ने त म नै हुँ सबै भर पर ।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [३७]
    ललाट तिम्रो बलियो रहेछ मर्ने बेलासम्म कुर्सीमा जाऊ,
    देशको युवालाई विदेशमा बेच्ने राजनीति गरेर खाऊ ।
    🌑शंकर कार्की
    मकवानपुर थाहा नगरपालिका ३,

    [३८]
    ईर्ष्यालु मान्छे सधैँ अरूहरूकाे रिस गर्छ,
    कहाँ मिल्छ त्यसै कुर्सी साम दाम जान्नुपर्छ ।
    🌑केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [३९]
    कुर्सीका कति कुपात्रहरू अघि बढेका,
    देश बेचेर आफ्नो घरमा मोती जडेका।
    🌑दुर्गा भट्टराई
    माेरङ

    [४०]
    चुनावमा जनतालाई झुक्याउने सिद्धान्तको आडमा ,
    चुनाव पछि महङ्गी बढाई सेक्ने जनताकाे ढाडमा ।
    🌑प्रद्युम्न चालिसे

    [४१]
    विदेशी प्रभु छन् हाम्रा, जनता छन् गुलामीमा,
    अधिकार त मुठ्ठीमा, राजकीय छ हामीमा ।
    🌑रामशरण न्यौपाने
    भक्तपुर

    [४२]
    कुर्सीकाे नै पद पाउन मात्रै अनेकौ कुरा खाली,
    राम्रो काम गर्नेलाई पाखा लगाउन थाल्छन् जाली।
    🌑सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही

    [४३]
    ठूला टाउकेका आँखा अघि घुम्छ केवल कुर्सी मात्रै
    हेर्नु कति अब जताततै कुर्सी प्रेमीहरूको जात्रै ।
    🌑रचना शर्मा प्रतीक्षा
    ललितपुर, नेपाल ।

    [४४]
    भागबन्डामा छ राज्यको प्रमुख अङ्ग,
    त्यसै जताततै भएको छ भङ्ग भङ्ग ।
    🌑सुमित्रा पोखरेल काठमाडौं

    [४५]
    असल शासक छैनन् यहाँ कुर्सीबादी गा’छन्,
    जनतालाई हेर्ने न्यायिक आँखा बन्द भा’छन् ।
    🌑Kopila Adhikari

    [४६]
    रत्तिभर सिन्का भाँच्दैनौ छैन कुनै काज,
    सत्ता हजुरकै भो नेता ज्यू गर्नुहोस् राज ।
    🌑बि.कुलुङ

    [४७]
    अब कति राजनीति गर्दै जालझेल गर्छौँ,
    मरिसकेका जनता मार्दै आफ्नो पेट भर्छौँ ।
    🌑दुर्गा आचार्य
    मोरङ

    Leave a Reply