गीत – म मरेँ भने प्रिया !
अविचल आस्था मणि
तनहुँ ।
म मरें भने प्रिया तिमी कहिल्यै नरूनू
अकस्मात् पर्छ चोट विचलित कहिल्यै नहुनू
निर्दोष र पूर्ण मान्छे, कहिले को पो बन्न सक्छ ?
मर्ने म कहिले भन्दै कस्ले पो र भन्न सक्छ ?
सम्झेर मेरा गल्ती सबै निर्मल मनलाई ढाढस दिनू
बाँच्छु एक्लै संघर्ष गरी, भन्दै मनमा शाहस लिनू
बितेका पल ती फर्कदैनन्, अप्ठेरा बढेका तर्कदैनन्
सञ्जीवनी बुटी ल्याई कुनै वैद्यले छर्किदैनन्
हौसला बढ्यो यो फैसला गरी नभर्नू आँसु आँखा भरी
म भेट्ने छु प्रतीक्षा बैकुण्ठ स्वर्ग माथि परी !
२०७९/१२/०७, साँझ