उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • ७ चैत्र २०७९, मंगलवार ०६:५० मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    ———————- … ✍️ आर्त अकुलीन

    वसन्त
    कैदी भावनाबिच
    आर्तनादमा फुलेका फूलहरू !


    दुर्व्यसन
    प्रदुषित वातावरण
    आखिर अकालमा मृत्यु !


    ज्वालामुखी
    धरतीकै विनासकारी
    वेदनामा सम्पूर्ण चौतारी !


    गुराँस
    भिरमा फुल्ने
    पिरमा पनि मुस्कुराउने !


    चौतारी
    उकाली ओराली
    गमलामा मुस्कुराउँदै जिन्दगी !


    पिँजडा
    चराको जेलघर
    मूक दर्शक मानिस !


    गुराँस
    राष्ट्रिय फूल
    राष्ट्र राष्ट्रियताको मूल !


    नक्कल
    भालुको कञ्चट
    संस्कृतिको नाममा विकृति !


    फूलहरू
    प्राकृतिक उपज
    सृष्टिको अनुपम उपहार !

    १०
    लालुपाते
    प्राकृतिक उपज
    जीवनका अनेक रङ्गहरू !


    • आर्त अकुलीन
      देवाश्रम, कैलाली

    Leave a Reply