
साउदी अरबमा इकामाको म्याद सकिएको वा कम्पनीले हुरुब लगाईदिएको अथार्त “यहाँको कानुन अनुसार गैर कानुनी हैसियतमा रहेका” सम्पूर्ण श्रमिक हरुलाई नेपाली दूतावास रियादले आफ्नो विवरण टिपाउन आह्वान गरेको छ।
दूतावास बाट जारी बिग्यप्ती अनुसार इकामा नभएका, हुरुब लागेका श्रमिकहरूलाई एक्जिट भिसा प्रक्रियाका लागि सहयोगको निरन्तरताका साथै इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको तर कम्पनी वा कफिलले इकामा नवीकरण नगरिदिएको अवस्थामा पनि दूतावासमा आफ्नो नाम टिपाउन आग्रह गरिएको छ ।
यस्तै हुरुब लागेको छ वा कम्पनीले तपाईँमाथि जरिवाना लगाएको छ वा कुनै मुद्दा वा जरिवाना लागेको छ भने पनि दूतावासमा आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ।
