
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २९ [उनन्तिसौँ ] ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१०/१७ गते समय :- साँझ ८ बजे
…………………………………………
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
अनुप्रास :- आफूखुसी
स्थायी :- आफूखुसी
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
—————- ———————–
पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ ।
उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————जन
पञ्चाङ्ग संरचना
…………………
परेवाको जोडि जस्तै बन्न पाए हुन्थ्यो [०१]
मिल्ने दिन औंलामा नै गन्न पाए हुन्थ्यो [०२]
——————————–
तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
मायाको संसार त तिमीमा मात्र देख्छु [०३]
…………………………………………………………………
४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।
बाँच्दासम्म तिमीलाई भन्न पाए हुन्थ्यो[०४]
बाँच्दै तिमीसँग खान अन्न पाए हुन्थ्यो[०५]
……………………………………………………
उदाहरण पञ्चाङ्ग
……………………
परेवाको जोडि जस्तै बन्न पाए हुन्थ्यो [०१]
मिल्ने दिन औंलामा नै गन्न पाए हुन्थ्यो [०२]
मायाको संसार त तिमीमा मात्र देख्छु [०३]
बाँच्दासम्म तिमीलाई भन्न पाए हुन्थ्यो [०४]
बाँच्दै तिमीसँग खान अन्न पाए हुन्थ्यो [०५]
सोमनाथ लुइटेल “रवि पाल्पाली”
…………………………………………………………
पञ्चाङ्गहरू
……………
पञ्चाङ्ग [०१}
शहिदको बलिदान त खेर जाने भयो ।
देशको सम्पत्ति नेताले सधैँ लाने भयो ।
जनता मरे देशमा महङ्गी र भ्रष्टाचारले,
यहाँ दरिद्र बढी भए उतै ताने भयो ।
शहिदको सपना नेताले नै खाने भयो ।
परेवाको जोडी जस्तै बन्न पाए हुन्थ्यो।
मिल्ने दिन औंलामा नै गन्न पाए हुन्थ्यो।
मायाको संसार त तिमीमा मात्र देख्छु ,
बाँच्दासम्म तिमीलाई भन्न पाए हुन्थ्यो ।
बाँच्दै तिमीसँग खान अन्न पाए हुन्थ्यो ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” ।
………………………………………………
पञ्चाङ्ग [०२]
आमाबाले भने जस्तै हुन पाए हुन्थ्यो ।
रात पनि काट्थेँ बरु जून पाए हुन्थ्यो ।
नसुनूँ म तिम्रा कुनै नजाती ती कुरा ,
जति खोजूँ उत्ति तिम्रा गुन पाए हुन्थ्यो ।
त्यो मनका सबै कुना छुन पाए हुन्थ्यो ।
✍️श्रीकृष्ण शर्मा पोखरा ।
……………………………………………
पञ्चाङ्ग [०३]
झरेको पात हेरेर ।
पातको खात हेरेर ।
समय बित्छ यसरी,
अँधेरी रात हेरेर ।
जूनको मात हेरेर ।
✍️आर्त अकुलीन, कैलाली ।
……………………………………
पञ्चाङ्ग [०४]
हिमाल पहाड मिलेर बनेको छ तराई।
मान्छेको बस्ती बस्न खनेको छ तराई।
हरियाली वसन्त पार गरेर पनि,
खुशीको लहरामा रमेको छ तराई।
खेतीपाती उब्जाउ जमेको छ तराई।
✍️अम्विका अधिकारी
झापा विर्तामोड
……………………………………………
पञ्चाङ्ग [०५]
दुनियाँ संसार छाडी तिमीलाई मन पराएकी थिएँ।
तिमीमा नै सर्वस्व जिवन समर्पित गराएकी थिएँ।
विस्वास गरेनौ मेरो मायालाई किन हो र गयौ छाडी,
जन्मघर बाट त कर्मघर बसाई सराएकी थिएँ।
सैयौं वाचा कसम मुटुभरीको माया भराएकी थिएँ।
✍️सरिता सेढाई धादिङ ।
……………………………………………………
पञ्चाङ्ग [०६]
शहिद दिवस याैटा अभिभारा हाे।
अहिले नेताहरु गरीब मारा हाे।
सच्चा शहिदलाइ मेराे सलाम छ,
अहिले मनाउने त टार्ने झारा हाे ।
ए नेता मनपरि गर्छाै त के पारा हाे ।
✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।
……………………………………
पञ्चाङ्ग [०७]
नारा लाए ठुला ठुला मुखले गफ गरेर गए।
अरुलाई उचाले उचाले आफू चैं झरेर गए।
जो साहसी थिए लडे छाती थापेर रणभुमिमा,
स्वतन्त्रताको लागि रगतको बीउ छरेर गए।
देशको लागि केही गर्छु भन्ने जति मरेर गए।
✍️पशपती राई खोटाङ ।
………………………………………………
पञ्चाङ्ग [०८]
रोग भोक अशिक्षाले गरायो सहिद हुन।
अन्याले नै न्याय खोज्न हरायो सहिद हुन।
बाध्यतामा बाँच्नलाई,मन मान्दै मानेन यो,
अावाज सडकबाट करायो सहिद हुन।
बोल्दा बोल्दै ठोक्यो गोली मरायो सहिद हुन।
✍️होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
…………………………………………………………
पञ्चाङ्ग [०९]
देशको निम्ति रगत बलि दिएका शहिद ।
भुल्दैनौ हामी देशमा आँसु पिएका सहिद ।
अर्पण गर्यौ जीवन आफ्नो जन्मेको भूमिमा,
चेतना छर्दै जनता सामु जिएका शहिद।
राणाको धेरै यातना पनि लिएका सहिद।
✍️तारा घिमिरे, सङ्खुवासभा ।
…………………………………………………
पञ्चाङ्ग [१०]
जनता खातिर गरौँ क्रान्ति, नबसौँ हेरेर, भनेर सहिदले।
पाउन सुख,मरे नि हामी, व्यवस्था फेरेर भनेर सहिदले।
हामी लड्दा,लडेर मर्दा, यो देशको उन्नति हुन्छ भने मरौँ,
आपत नै पर्यो, त्यो बेला दुष्मनले घेरेर,भनेर सहिदले।
के गर्नु हाल, सहिदलाई फूलले बेरेर, भनेर सहिदले।
✍️रामप्रसाद पुरी बादेल खोटाङ।
………………………………………………
पञ्चाङ्ग [११]
[०१]
गरिब भएपछि सधैँ भोकले घेरेको छ।
मन भित्रको पीर अनि शोकले घेरेको छ।
छैन धन व्यावहार उथल पुथल आयो,
परिवारमा अभाव र थोकले घेरेको छ।
अगाडि बढने बाटो त रोकले घेरेको छ।
[०२]
अब नसा नसामा सहिदको सम्झना गरौँ ।
मनको भावनाले सहिदको सम्झना गरौँ ।
श्रद्धाञ्जली अर्पण गर्छु सहिदहरु प्रति ,
समर्पण गरेर सहिदको सम्झना गरौँ ।
आज हैन सधैं नै सहिदको सम्झना गरौँ ।
✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
……………………………………………
पञ्चाङ्ग [१२]
जनताको बोलीको थान हरायो
शहिदको नामको दान हरायो
साँच्चै शहिद त चार जान हो रे,
शहीद दिवशको भान हरायो।
शहीदको साच्चै मान हरायो ।
✍️सुमित्रा पोखरेल, काठमाडौं ।
………………………………………
पञ्चाङ्ग [१३]
देशको लागि अघि पो सर्न तयार भयौं।
पुर्व पश्चिम सम्म नै झर्न तयार भयौं।
सबैको अधिकारको लागि लडी हिँड्न नै,
सयौं जंघार नै पार तर्न तयार भयौं ।
शहिद देशको भई मर्न तयार भयौं ।
✍️सीता शर्मा , बिरगंज ।
……………………………………………
पञ्चाङ्ग [१४]
[०१]
जसले ज्यानको माया नगरि छातीमा गोली थाप्छ त्यो हो शहिद।
देशको लागि त मरिमेट्दै रगतको झोली थाप्छ त्यो हो शहिद।
आजभोलि हेर जसले विकाश नै गर्छु भन्दा तल झार्न खोज्छन्,
अन्याय र भ्रष्टचार बिरोधी को तिखा बोली थाप्छ त्यो हो शहिद।
हिम्मत जुटाएर न्यायको निम्ति पोल खोली थाप्छ त्यो हो शहिद।
[०२]
हाम्रो नेपालमा दुर्घटना धेरै हुन्छ बरै।
सम्झेर ल्याउँदा मन यति धेरै रून्छ बरै।
हवाइजहाज र एयरर्पोड उस्तै त पुराना छन्,
उद्दार गर्नु छोडी भिडियो त्यहाँ छुन्छ बरै।
सहयोग गर्न खै किन पछाडी हुन्छ बरै।
✍️कमला पाण्डे पराजुली, झापा चारआली ।
……………………………………………………………
पञ्चाङ्ग [१५]
व्यक्तिगत स्वार्थभन्दा माथि सरेर गए सहिद।
नेपालीको वीरता विश्वमा छरेर गए सहिद ।
आफ्नो जन्मभूमिभन्दा ठूलो कोही हुँदैन भनेर,
माटो रक्षार्थ सयौँ जङ्गार तरेर गयौ सहिद।
नेपाली जनताको हितमा मरेर गयौ सहिद।
✍️वीणा रोका, घोराही दाङ।
………………………………………………………
पञ्चाङ्ग [१६]
हेपेको हुँदा लाटो नभुलौं।
आफ्नो देशको माटो नभुलौं।
शाहिदको आत्माले धिकार्ला,
हेर सत्यको बाटो नभुलौं।
इतिहासको पाटो नभुलौं।
✍️सरस्वती श्रेष्ठ इटहरी ।
…………………………………
पञ्चाङ्ग [१७]
बोल्दा बोल्दै चपाएर आयौ।
सोझोलाई साँच्चै धपाएर आयौ।
माग्ने जस्तै देखिन्थ्यो हेर्दा झट्ट त्यो,
हकार्दै लछार्दै कपाएर आयौ।
अर्काको जमिन नपाएर आयौ।
✍️कला ढकाल, झापा ।
…………………………………………
पञ्चाङ्ग [१८]
माया प्रेमको आश देखाएर ।
सुखी जीवन बास देखाएर ।
चलेको जीवन दोधार भयो ,
प्रेमको बास खास देखाएर ।
अमुल्य चोला नाश देखाएर ।
✍️बेदु न्यौपाने, काठमाडौ ✍️।
……………………………………
पञ्चाङ्ग [१९]
शहिदको सपना पूरा गर्न अझै बाँकी छन् ।
नेपाली आमालाई खुशी भर्न अझै बाँकी छन् ।
रोदनलाई छुटाई शक्ति फोहरा बटुल्दै ,
शान्तिको ज्योतिले प्रकाश छर्न अझै बाँकी छन्।
गरिबीका सारा बाध्यता हर्न अझै बाँकी छन् ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
…………………………………………………
पञ्चाङ्ग [२०]
हरकुरा महसुस हुन्छ तर पूरा हुँदैन।
गरिवले सोचे जस्तो यहाँ केही कुरा हुँदैन।
ए भगवान शिव वरदान देऊ सबैलाई,
तिमीले अाँट्यौ भने तिम्रो भक्त टुहुरा हुँदैन।
हरेक भक्तका इच्छा कहिले अधुरा हुँदैन।
✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
बिर्तामोड झापा ।
……………………………………………………
पञ्चाङ्ग [२१]
आफ्नाे हृदयमा भरेर शहिदको सम्झना ।
भावनाकाे गंगा तरेर शहिदको सम्झना ।
श्रद्धा सुमन ज्ञात अज्ञात शहिदहरुमा,
समर्पण अघि सरेर शहिदको सम्झना ।
आजकाे दिनमा गरेर शहिदको सम्झना।
✍️सुशीला पौडेल ।
………………………………………………
पचाङ्ग [२२]
मानिसले त्यहीँ हैवान सँग गुन लगायो।
आफ्नै समाज निचोर्नलाई नै घुन लगायो।
चिनिन आफ्नो बर्गलाई कहिल्यै पनि उसले,
काटेको घाउमा सधै चुक र नुन लगायो।
कोही पसिना बगाएन कोही खुन लगायो।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
…………………………………………………
पञ्चाङ्ग [२३]
अधिकार खाेज्दा यसै बिझाएर बाँच्नु पर्ने उनैका लागि ।
दुर्बलहरूले गाेडा रिझाएर साँच्नु पर्ने उनैका लागी ।
बिराेधमा सडक उत्रिएपछि कसरी थाह भयाे यहाँ ,
बाध्यता दुष्टलाई नै गिज्याएर नाच्नु पर्ने उनैका लागि ।
मरेर पनि केवल सिध्याएर भाँच्नु पर्ने उनैका लागि ।
✍️धन कुमारी रेग्मी, चितवन ।
………………………………………………………………
पञ्चाङ्ग [२४]
बाेल्दा पनि धेरै बिचार गरेर बाेल्नुपर्ने रहेछ।
मनमा अनगिन्ती प्यार भरेर बाेल्नुपर्ने रहेछ।
मित्रता अथाह फैलिँदाे रहेछ है तवमात्रै साथी,
सँगसँगै आत्मियतानि छरेर बाेल्नुपर्ने रहेछ।
गरेर विश्वास भरमा परेर बाेल्नुपर्ने रहेछ।
✍️उर्मिला के.शी., धनकुटा ।
………………………………………………
पञ्चाङ्ग [२५]
देशको लागि केही गर्छु भन्ने आशाले बेरेर गयौ ।
राना र सामन्तीका विरुद्धमा आवाज भरेर गयौ।
सहिदको सम्मान पायौ आज रहेनौ यश धर्तीमा,
देशलाई सुन्दर बनाउने अठोट गरेर गयौं ।
प्रेरणाको स्रोत बन्छु भन्दा आज तिमी मरेर गयौ।
✍️इन्दिरा गौतम, खजुरा बाँके ।
……………………………………………………………
पञ्चाङ्ग [२६]
कामका शहिद हुनाले बाँचेका हुन् ।
आमाको ममता छातीमा साँचेका हुन्।
देश उठाउन डटेर गोली खाँदा ,
अमर सपूत आँखामा नाँचेका हुन् ।
बेलामा विभेदको बार भाँचेका हुन् ।
✍️प्रभा पोखरेल , हाल अमेरिका ।
……………………………………………
पञ्चाङ्ग [२७]
शहिदकाे सपना पूरा गर्न अझै बाँकी छ ।
जिउँदो शहिदका दु:ख हर्न अझै बाँकी छ ।
समान भन्दा सालिकलाई माला चढाउँछन्,
शहिदको परिवार अबत मर्न बाँकी छ।
सरकारले धेरै कुराहरू भर्न बाँकी छ।
✍️सहयात्री शोभा अर्याल , रुपन्देही बुटवल ।
………………………………………………
पञ्चाङ्ग २८
हार भन्दा ठुलो जित हुनुपर्छ ।
राम्रो त्यो कामको गीत हुनु पर्छ ।
भुल्नु पर्छ सधैं ती तिता पलहरू,
बोली नै हो सबैको पृत हुनु पर्छ।
सबै समान मान्ने रीत हुनु पर्छ।
✍️सन्जना शर्मा, दाङ लमही ।
पञ्चाङ्ग [२९]
शहिदको सपना त भित्तामा हुन थाल्यो।
विकासका कुराहरू फित्तामा हुन थाल्यो।
नेताले विकासको नाममा झोली भर्दैछन्,
देशलाई बाँडिचुँडी कित्तमा हुन थाल्यो।
नेपालीको विकास नै वित्तामा हुन थाल्यो।
✍️मिराज लुइटेल , काठमाडौं ।
……………………………………………………
पञ्चाङ्ग [३०]
शहिदले जन्मभूमितिरै हेर्दा होलान्
छातीमा टाँसेपछि मायाले बेर्दा होलान्
आमामाथि को ज्यादती चुपचाप लागी
सहने छोरा देखेर मन फेर्दा होलान्
रुँदैरुँदै यो देशको चित्र केर्दा होलान्
✍️पुष्पा नेपाल ( सुवेदी ), इलाम ।
……………………………………………
पञ्चाङ्ग [३१]
जन्म भूमिकाे मायाले सहिद भए कति,
आफ्ना प्यारा परिवार छाेडेर गए कति ,
सहिदलाई सम्झिदा मन पाेलेर आयाे,
तिनका सपनाहरू अधुरा रहे कति
सहिदका ति आमा, बाबा दुखि भए कति।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
………………………………………………
पञ्चाङ्ग [३२]
सहिदहरू कत्ति भए भनेर गुन्छन् यहाँ ।
सहिदहरूकै सम्झना गरेर रुन्छन् यहाँ ।
सम्झनामा माला त सहिदलाई चढाइन्छ,
सहिदहरूकाे सम्झनालाई नै बुन्छन् यहाँ ।
सम्झना समाचारमा बनाएर सुन्छन् यहाँ ।
✍️प्रविणा पल्लवी , महोत्तरी ।
…………………………………………………
पञ्चाङ्ग [३३]
माघ सोह्र गते मनाउने सहिद दिवस ।
लोकतन्त्रलाई जनाउने सहिद दिवस ।
ज्यानको वलिदान दिँदै देशका सहिद,
वीरको सम्झना बनाउने सहिद दिवस ।
देशभक्तिमा नै तनाउने सहिद दिवस ।
✍️लक्ष्मी महतारा , खजुरा बाँके ।
………………………………………………

