हेल्प मधेशी संस्था द्वारा होली बिशेष कार्यक्रम गरिने

  • १६ फाल्गुन २०७९, मंगलवार १९:१४ मा प्रकाशित
  • विगत वर्ष देखि फरक संस्कृति भएको देश साउदी अरबमा होली विशेष कार्यक्रम गर्दै आईरहेको हेल्प मधेशी साउदीले आउदो मार्च ३ तारिखमा होली कार्यक्रम गर्ने भएको छ।

    हेल्प मधेशीले मार्च ३ मा साउदीको पुर्बी क्षेत्र दम्माम जुबेलको रोडको जाष्मिन फार्महाउसमा बिहान ११:०० देखि बेलुका ०४:३० बजे सम्म होलि विशेष कार्यक्रम गर्ने संस्थाका अध्यक्ष राम दुलार मण्डलले जानकारी दिए।

    साउदीमा सक्रिय संघसंगठन , सामाजिक ब्यक्तित्वहरुलाई पत्राचार गर्ने क्रममा रहेको हुदा सबैलाई
    समेट्ने हाम्रो प्रयास रहेको छ ,कुनै कारण हाम्रो पत्र पाउन भएन भने हामिलाई सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछु अध्यक्ष मण्डलले भने ।

    कार्यक्रममा साउदीका स्थानीय कलाकारहरुको होली विशेष प्रस्तुति रहने संस्थाका अध्यक्ष राम दुलार मन्डलले जानकारी दिए।

    स्थान:- जाषमिन फार्महाउस जुवैल-दमाम रोडमा समय: बिहान ११:०० देखि बेलुका ०४:३० बजे सम्म
    तिथि: ०३ मार्च २०२३

    Leave a Reply