
काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
[१]
तन
झुत्रो कपडा
बाध्यता र फेसन !
- वसन्त अनुभव, दाङ
[२]
कपडा
हुनेखानेको रहर
नहुनेलाई बाध्यताको कहर !
- धनमाया चौधरी, कैलाली
[३]
टाल्दथे
लगाउँछन् च्यातेर
विकृतिको आगमन अपार !
- बाबुकाजी सुवाल ‘विकेश निराशी’
[४]
वास्तविक
जीवन बुझ्नु
भगवान बाआमा पुज्नु !
- योगेन्द्र भट्टराई, दि.चु.गा.पा-४, खोटाङ
[५]
देखिने
अर्धनग्न तन
वाध्यता कि फेसन ?
- केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[६]
फेसन
हुनेखानेको रहर
नहुनेको लाजमर्दो परिस्थिती !
- प्रदिप नेपाली
बिहादी-५, उराम, पर्वत
[७]
झुत्रो
गरिबको बाध्यता
धनिलाई अचम्मको उत्कण्ठा !
- मन्दिरा सेढाई, मलेखु, धादिङ
[८]
बिडम्वना
गरिबलाई बाध्यता
धनीलाई नाङ्गोपनकाे रहर !
- श्रद्धा आचार्य, पोखरा
[९]
रहर
कसैको चाहना
कसैको बाध्यताको कहर !
- शारदा गौतम आचार्य
[१०]
जीवन
रहर कहर
समयानुकुल फरक परिस्थिति !
- सविता के.सी., काठमाडौँ
[११]
फेसन
कसैको रहर
कसैको बाध्यात्मक कहर !
- बिके माकजु, भक्तपुर
[१२]
फेसन
नाङ्गो धनीलाई
बाध्यता छ गरिबलाई !
- देवकी केसी, काठमाडौँ
[१३]
झुत्रा
कसैलाई कहर
कसैको नाङ्गिने रहर !
- गोपालप्रसाद पौड्याल, विराटनगर
[१४]
जिउने
कला कसैको
बाध्यता कसैको फेसन !
- सुमित्रा पोखरेल, काठमाडौँ
[१५]
शरीरिक
नाङ्गो झुत्राे
रहर बाध्यता दुबैले !
- सुदिप पुर्कुटी ‘लुरे’
सिन्धुली, जैसीथुम्का
हाल: ललितपुर
[१६]
तरिका
सौखिन जीवन
बाध्यता हारेको जन !
- जमुना कायस्थ, पोखरा
[१७]
अभाव
लुकाएर नलुक्ने
तिताे नमिठाे यथार्थ !
- सुधा बाँस्कोटा ढकाल, काठमाडौँ
[१८]
परिवेश
वस्त्रको प्रदर्शन
नियति कृतिम कुरीति !
- कण्ठराज गिरी, टीकापुर-१, कैलाली
[१९]
परिस्थिति
कति विडम्बना
एक्कासी उल्टियो जमना !
- भुपेन्द्र राना मगर
धादिङ
[२०]
संसार
जीवन लीला
रहरपछि आउने कहर !
- विवस पारदर्शी
[२१]
गरिबी
एकछत्र नाङ्गाे
पुग्नेलाई शरीर उदाङ्गाे !
- बलराम पौडेल
[२२]
अवस्था
कपडाको दास
कतै मनै विनाश !
- प्रेम थापा ‘मन’, बागलुङ
[२३]
हुने
च्यात्तिएको किन्छन्
नहुने बाध्यताले लाउँछन !
- मङ्गला उपाध्याय, कलैया-१, बारा
[२४]
उध्रेको
खाेलमा गाेप्यता
उदाङ्गो पीडा आनन्द !
- टीकाराम जाेशी, इमाडाेल
[२५]
निश्चलता
झुत्रो कपडा
धनीको नयाँ फेसन !
- धर्मी शाक्य, बुटवल, रुपन्देही
[२६]
जानेर
झुत्रो बनाउनेहरूले
चिन्दैनन् समयका वहावहरू !
- युगल ट्रिन
[२७]
जीवन
कहरको बिचमा
आफै नाङ्गिने रहर !
- सरस्वती वली, बर्दिया
[२८]
आधुनिक
प्रर्दशन कपडाको
दुभाग्य समयकाे दृष्टि !
- सम्झना कुँवर ‘कुसुम’, जापान
[२९]
झुत्रो
गरीबलाई वाध्यता
धनीलाई फेसनको अपरिहार्यता !
- सरस्वती श्रेष्ठ, रुपन्देही
[३०]
सत्य
सर्वाङ्ग नाङ्गो
अर्धनग्न मात्रै मान्छे !
- पशपती राई, खोटाङ
[३१]
अभाव
गरिबीको बाध्यता
दम्भले ल्याएको दरिद्रता !
- रामप्रसाद पुरी, बादेल, खोटाङ
[३२]
पहिरन
फाटुन्जेल लगाउने
कतै फटाएर देखाउने !
- होमप्रसाद न्यौपाने, धरान, सुनसरी
[३३]
वस्त्र
कसैलाई बाध्यता
कसैलाई सुन्दरताको अस्त्र !
- डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
[३४]
अभाव
झुत्रा लुगा
गरिबीको यथार्थ चित्रण !
- दुर्गा भट्टराई, माेरङ
[३५]
वाध्यता
नहुनेलाई छोप्न
हुनेलाई च्यात्नुपर्ने रहर !
- जमुना आचार्य, सिन्धुपाल्चोक
[३६]
विकृति
अर्धनग्न शरीर
केटीहरूकाे देखिन्छ तस्बिर !
- नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर
[३७]
जिन्दगी
कसैको यस्तो
गरिब लाई कस्तो !
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[३८]
भोगाइ
कसैलाई कहर
हुने कसैलाई रहर !
- टीकाराम पुन ‘टिपु’, सल्यान
[३९]
गरिब
फरक दृष्टि
संस्कारको धन मन !
- ताराप्रसाद चापागाईँ, धुनिबेसी
[४०]
बाध्यता
कसैलाई रहर
के गाउँ सहर ?
- तेजप्रसाद खनाल, दाङ
[४१]
अभाव
नाङ्गिएको तन
रहरले मात्तिएका नग्न !
- उर्मिला पन्त पाण्डेय, काठमाडौँ
[४२]
नाङ्गो
कसैलाई रहर
कसैलाई बाध्यता कहर !
- सरिता सेढाई, धादिङ
[४३]
कपडा
कतै कर
कतै अचम्मको रहर !
- पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’, काभ्रे
[४४]
गरिबी
कतै बाध्यता
कतै फेसनमा रहर !
- मिलन के.सी. (थापा), पोखरा
[४५]
रहर
नाङ्गो शरीर
कसैको अनेक बाध्यता !
- जोनी पहारी, स्कटल्यान्ड, युके
[४६]
कपडा
फाटेको कठैबरी
धनीलाई भने मनपरी !
- अनुग्रह राना मगर ‘पुष्प’, संखुवासभा
[४७]
गरिबी
कतै कर
फेसन गाउँ सहर !
- बेदु न्यौपाने, काठमाडौँ
[४८]
गरिबी
अभावको पराकाष्ठा
आशाका धमिला रेखा !
- तोयानाथ चापागाईं, दमक
[४९]
गरिबी
बाध्यता सबैको
नाङ्गोपन रहर धनीको !
- डुकछिरिङ् लेप्चा, भारत
[५०]
विवशता
निर्वस्त्र शरीर
पलाँसका अनेक फूल !
- आर्त अकुलीन, कैलाली
[५१]
गरिबी
विवशताको पासो
बाध्यतामा पिल्सिएर बस्नुपर्ने !
- अम्बिका अधिकारी, झापा
[५२]
नाङ्गो
देखिने दृष्टि
भाग्य समयको सृष्टि !
- म्यामराज राई, भोजपुर
[५३]
परिस्थिति
दु:खको सागर
सम्पन्न हुनेलाई रहर !
- कविता आचार्य, कैलाली
[५४]
वस्त्र
फाटेको लाउने,
फटाएर कसैले देखाउने !
- अच्युत घिमिरे, भुटान
[५५]
जीवन
गरिबलाई कहर
धन हुनेलाई रहर !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[५६]
लगाम
गरिबको अभाव
धन हुनेहरूको प्रभाव !
- सागर कुस्मी, कैलाली
[५७]
शरीर
कसैको बाध्यता
कसैलाई देखाउने रहर !
- सुरुङ्गेली कान्छो, झापा
[५८]
बढिरहे
मलखातमा मुकाहरूझैँ
ऊ विदेशीका खेतालाहरू !
- छायादत्त न्यौपाने, काठमाडौँ
[५९]
विडम्बना
सानीलाई सहानुभूति
ठुलीलाई अर्कै अनुभूति !
- अमृत सुवेदी
[६०]
झुत्रो
धनीलाई रहर
गरिबलाई दैनिक कहर !
- सरस्वती श्रेष्ठ, सुनसरी
[६१]
गरिब
धनको अभाव
दु:खले बाँचेको जिन्दगी !
- राजकुमार राजभण्डारी, भक्तपुर
[६२]
अर्धनग्न
अभावको छटपटी
अब फेसनमा परिणत !
- सावित्री अधिकारी
[६३]
कहर
उपद्रो रहर
गरिबको नाङ्गो शरीर !
- चक्र आले मगर, कैलाली
[६४]
बाध्यता
चौतर्फी अभाव
अङ्ग प्रदर्शनको रहर !
- घनश्याम पौडेल
गौरीगङ्गा नगरपालिका-९, कैलाली
[६५]
बिचरा
गरिबको विवशता
कसैको फेसनको उच्छृङ्खलता !
- केन्द्रप्रकाश बराल, इलाम
[६६]
विडम्बना
गरिबको बाध्यता
सभ्य योौवनको दुरुपयोग !
- ऋजु दिल्पाली, सुनसरी
[६७]
लुगा
सभ्यताको प्रतीक
आधुनिकता भएको लज्जित !
- प्रद्युम्न चालिसे, भक्तपुर