काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media
अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –
- १]
- प्रकृति
- सुन्दर आकृति
- धरतीकै अमूल्य सम्पत्ति !
- आर्त अकुलीन, कैलाली
[२]
बिहानी
रमणीय हरियाली
सूर्यको ज्योतिको प्रभाव - गुणनिधि घिमिरे, सूर्यविनायक
[३]
प्रकृति
सुन्दर प्रतिकृति
मन लोभ्याउने शक्ति ! - म्यामराज राई, भोजपुर
[४]
प्रकृति
साझा सम्पती
स्वार्थी मानव प्रवृत्ति ! - बुद्धिप्रसाद लामिछाने, कैलाली
[५]
सूर्य
उज्यालो किरण
प्रकृतिका जीवहरुको जीवन ! - धर्मी शाक्य, बुटवल, रुपन्देही
[६]
काल्पनिक
सपनाको संसार
कथित स्वर्गको आभाष ! - दुर्गा भमरकोटे सुसेली
[७]
सूर्य
उज्यालो किरण
छर्दै बिहानी पख ! - प्रदिप नेपाली
बिहादी-५, उराम, पर्वत
[८]
सूर्य
उज्यालो ज्योति
धरामा प्राकृतिक सौर्न्दर्य ! - सरस्वती वली, बर्दिया
[९]
पर्व
उत्साही मन
सौन्दर्य भरिएको ज्ञान - शिव कुमार रेग्मी
[१०]
उदक
प्रकृति
साक्षात भगवान
पुज्न सिकौँ सबैले ! - पशपति राई, खोटाङ
[११]
प्रकृति
अतुलनीय सौर्न्दर्य
पीडा भुलाउने स्थल ! - मङ्गला उपाध्याय, बारा
[१२]
प्रकृति
मनोरम वातावरण
स्वर्गको अनुभति गराउने - बिमला पोख्रेल, अर्घाखाची
[१३]
प्रकृति
ब्रह्माण्डकाे सम्पत्ति
रक्षार्थ जनाऊ सहमति ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[१४]
मौसम
मनोहर प्रकृति
स्वर्गतुल्य दिव्य आकृति ! - डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
[१५]
प्रकृति
सुन्दर आकृति
सौर्य वादल वनस्पति ! - जमुना कायस्थ, पोखरा
[१६]
मन
सफा प्रकृति
तिमीससँग बसेको प्रिती ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[१७]
मित्र
सार्थक नाम
दर्शनले खुसी संसारी ! - टीकाराम जाेशी, इमाडोल
[१८]
प्रकृति
अनौठो सुन्दरता
पृथ्वीमा दुईदिने रमझम ! - सविता के.सी., काठमाडौँ
[१९]
प्रकृति
मनोरम दृश्य
बसन्त ऋतुको आभास ! - धनमाया चौधरी, कैलाली
[२०]
प्रकृति
मौसमको परिवर्तन
मीठो अदृश्य सौगात ! - अम्बिका अधिकारी, झापा
[२१]
प्रकृति
सुन्दर आकृति
विनम्र माया प्रिती ! - अच्युत घिमिरे, भुटान
[२२]
सुर्य
चम्किलो प्रकाश
धर्तिमा आनन्दको आभास ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[२३]
प्रकृति
सुन्दर आकृति
दिलाउँछ खुशीको अनुभूति ! - मिलन के.सी.(थापा), पोखरा
[२४]
मनमोहक
कञ्चन दृश्य
आकर्षक गर्विलो चमक ! - जमुना आचार्य, सिन्धुपाल्चोक
[२५]
/उदक/
प्रकृति
अनुपम दृश्य
पृथ्वीमा दिव्य अनुभुती ! - श्रद्धा आचार्य, पोखरा
[२६]
प्रकृति
सिर्जनाकाे लहर
दृश्य बिहानीकाे प्रहर ! - भवानी घिमिरे, सर्लाही
[२७]
जाज्वल्यमान
निस्कपट प्रकृति
प्रफुल्लित धरणीको सौन्दर्य ! - गोपालप्रसाद पौड्याल, विराटनगर
[२८]
भानु
दिव्य दृष्टिले
नियाल्दै सुन्दर धर्ति ! - कण्ठराज गिरी, टीकापुर
[२९]
प्रकृति
मनमोहक दृश्य
उज्यालो सूर्यको किरण ! - सरस्वती श्रेष्ठ, इटहरी
[३०]
दर्शन
उज्यालाे कर्ममा
रमाउदै जीवन आधारहरू ! - राेशन पराजुली, धरान
[३१]
भास्कर
अनुपम दृश्य
मन लोभ्याउने समय ! - कविता आचार्य, कैलाली
[३२]
दृश्य
लोभ्यायो मन
प्रकृति ईश्वरको वरदान ! - समुन्द्रा शर्मा, सुनसरी