
मुक्तक-१
मुर्दाहरूको देशमा मानवता खोज्नु व्यर्थ रहेछ
घोर याे कलि युगमा आदर्श रोज्नु व्यर्थ भएछ
मानवता हराइसक्यो आदर्श पनि डराइसक्यो,
अरूलाई पनि आफै जस्तो सोंच्नु व्यर्थ रहेछ।
मुक्तक-२
जति हेर्यो उति हेरिरहुँ लाग्ने तिम्रो नयन छ
जति बेर्यो उति बेरिरहुँ लाग्ने तिम्रो बदन छ
बात गर्छ्यौ उस्तै मीठो घुमाउँदै आँखा छिटो,
जति केर्यो उति केरिरहुँ लाग्ने तिम्रो वचन छ।
मुक्तक-३
चाहें तिमीलाई तर पाउन सकिनँ मैले
पिरतीको मीठो गीत गाउन सकिनँ मैले
चाहना थियाे पाउने, गाउने खुशीको गीत,
मनले धाए पनि पैसाले धाउन सकिनँ मैले।
✍️ दीपक ठटाल जलन