पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- भाग ३२

  • १४ फाल्गुन २०७९, आईतवार ०८:३४ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३२ [बत्तिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/११/१० गते  समय :- साँझ ८ बजे
    …………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग तथा समपञ्चाङ्ग
    ………………………………

    पञ्चाङ्ग   [०१]

    गरिब वासिन्दा हामी खाना खानु कसरी।
    धनी भन्ने मरिजाँदा धन लानु कसरी।
    श्वास रहेसम्म मिलेरै दिन काट्नु पर्छ,
    भ्रष्ट बनी सच्चा समाजमा जानु कसरी।
    बिना काम धनी हुन्छन् भन्ने ठानु कसरी।

    ✍️शिव कुमार रेग्मी,  पोखराथोक,पाल्पा ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०२]

    तोडी जाने बाचा कसम खानु नजाती ।
    वचन  दिई सकेपछि लानु  नजाती।
    नानाथरि मान्छेहरू भेटिन नि सक्छन्,
    पछि पछि लागेर अन्तै  जानु नजाती।
    मागी मागी खाएको मीठो मानु नजाती।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    …………………………………………………

    पञ्चाङ्ग   [०३]

    नियममा  नभएको  त    मानु कसरी।
    अर्काकाे मनकाे भावना  जानु कसरी।
    चाहँदैमा  काेही त आफ्नाे हुँदैन यहाँ,
    राम्राे छैन भन्ने  थाहा  छ छानु कसरी।
    तिमीबाट   धाेका   हुँदैन  ठानु कसरी।

    ✍️उर्मिला के.शी., धनकुटा ।
    ………………………………………………

    पञ्चाङ्ग   [०४]

    ऊ किन धायो   रहरै  रहरमा ।
    कसैले चिन्दैन नौलो शहरमा।
    मरिहत्ते  गरी के पाउनु  थियोे ,
    सोझो बिचरा परेछन् कहरमा।
    कसरी  जिन्दगी पर्यो नहरमा।

    ✍️सन्जना सर्मा, लमही दाङ ।
    …………………………………………

    पञ्चाङ्ग   [०५]

    टर्दछ बेला आफन्त भन्दै जानु नै नजाती ।
    बाेल्दछाै झुट कसम सत्य खानु नै नजाती।
    इमान तिम्राे ताैलने गर्छन् समाज आफन्त,
    उध्रेकाे दिल चुहुने प्रेम छानु नै नजाती ।
    दु:खमा बस्दा कृत्रिम हाँसाे लानु नै नजाती।

    ✍️सुरेश चन्द्र घिमिरे, लमजुङ ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०६]

    सबैले  एकदिन  मरेर  जानु छ।
    छोडौ घमन्ड साथमा खै के लानु छ?
    यहाँ  न  तिमी  रहन्छौ न  म  रहन्छु,
    आफ्नो दु:ख आफैँले गरेर खानु छ।
    सबैको साझा धर्ती,आकाश छानु छ।

    ✍️पुष्पा नेपाल (सुवेदी), इलाम ।
    ……………………………………………

    पञ्चाङ्ग   [०७]

    तिमी बाहेक अन्त जानु कसरी।
    पराइको पसिना खानु  कसरी।
    दुःखकष्ट सहेर बाचौँला प्रिय,
    सन्तान छाडी अरु छानु कसरी।
    भाडभैलो, मच्चाई धानु कसरी।

    ✍️कला ढकाल, झापा ।
    ………………………………………

    पञ्चाङ्ग   [०८]

    बेहिसाव सम्बन्ध गास्ने हुन्छन छानु कसरी।
    तालपरे कर्के नत्र झर्के    मैले  जानु कसरी।
    विश्वास  आत्मियता   प्रगाड बनाउनु हजुर,
    हुन्न भने हुँदैन  भन्नु  ग्यारेटी    ठानु कसरी।
    याे अमुल्य जीवन हाेमेर यसै  लानु कसरी।

    ✍️धन कुमारी रेग्मी ,चितवन।
    …………………………………………………

    पञ्चाङ्ग   [०९]
    [०१]
    जाल झेल छैन भन्ने जानु कसरी।
    प्रेम केही हैन भनी मानु कसरी।
    अचम्म लाग्छ नि याे सृष्टि बुझ्न खाेज्दा,
    तिमी नै हाे सबैथाेक ठानु कसरी।
    ईश्वर भन्दा  नि अरू छानु कसरी ।
    [०२]
    देश छाडेर, प्रदेश जानु कसरी।
    प्याकेटका खानेकुरा खानु कसरी।
    आफ्नाे देश छाडेर प्रदेश नजाऊ,
    फर्केर अाउँछाै भन्ने मानु कसरी ।
    देशप्रेमी हैन भनी ठानु कसरी ।

    ✍️शाेभा आचार्य गाैतम,काठमाडौँ ।
    ………………………………………………

    पञ्चाङ्ग   [१०]

    पराई भूमिमा जानु कसरी ?
    विषयुक्त खाना खानु कसरी ?
    आमालाई छोडी तिमी गएमा,
    देश प्रेम भनी मानु कसरी ?
    धर्तीकै पुत्र ठानु कसरी ?

    ✍️आर्त अकुलीन, कैलाली ।
    …………………………………………

    पञ्चाङ्ग   [११]

    तिम्रो मन सफा छ भनी म जानु कसरी।
    त्यो मनमा कोही छैन भनी मानु कसरी।
    तिमी सधैँ अन्त अन्तै बिजी छु भन्छौ के गरूँ,
    तिमी नै मेरो जिन्दगी हौ भनी छानु कसरी।
    एक्लै छोडी जान्छौ यो घर म धानु कसरी।

    ✍️सुमित्रा पोखरेल , काठमाडौं ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१२]

    नियम  अनुसार नै मानु  पर्छ।
    मन भित्रबाट  भाव  जानु पर्छ।
    देखेको काेही पनि आफ्नाे हुँदैन,
    राम्रो  नराम्रो  मनले  छान्नु  पर्छ।
    पराई पनि आफन्त  ठानु पर्छ।

    ✍️सहयात्री शाेभा अर्याल, बुटवल रुपन्देही
    …………………………………………………

    पञ्चाङ्ग   [१३]

    चिन्ता बढायो मनमा जानु कसरी ।
    कलह हुन्छ जनमा मानु कसरी।
    खालि छ त्यो राष्ट्रपतिको कुर्सी एक,
    तानातान छ धनमा हानु कसरी।
    सामान्य कुरा रनमा ठानु कसरी ?

    ✍️बिबस पारदर्शी , झापा ।
    ……………………………………………

    पञ्चाङ्ग   [१४]

    गल्ती छैन,कसम खानु कसरी।
    राम्रो  नराम्रो अब जानु कसरी।
    सोचेकै थिएन यस्तो होला भन्ने,
    तिमी सत्य छौँ भनी मानु कसरी।
    कोसिस सत् मार्गमा लानु कसरी।

    ✍️दुर्गा आचार्य,  मोरङ ।
    …………………………………………

    पञ्चाङ्ग   [१५]

    परदेश जानु कसरी।
    स्वदेशमा खानु कसरी।
    कानून नमान्ने देशमा,
    नियम नै मानु कसरी।
    नेता राम्रो छानु कसरी ।

    ✍️भगवती दवाडी, झापा ।
    …………………………………

    पञ्चाङ्ग    [१६]

    बैगुनीको मायालाई गुणले मार्न सकिन्छ।
    लेख्दै जाँदा पञ्चाङ्गलाई पनि खार्न सकिन्छ।
    जीवनमा आएका समस्या त आउँछन् जान्छन्,
    मन दुखेको के गरी सजिलै टार्न सकिन्छ।
    औँसीको रात पुर्णीमा जुनले बार्न सकिन्छ।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१७]

    उनै हुन् भगवान भनी मानु कसरी।
    ती मनका भावनाहरु जानु कसरी।
    समय परिस्थिति अनुसार चल्नु छ,
    तन्नलाई छैन अंकुसे तानु कसरी।
    मझधारमा परेको छु लानु कसरी।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    ……………………………………………

    पञ्चाङ्ग   [१८]

    न गरिबलाई मानो न छानु भयो।
    कहाँ  गई  यो जीवन धानु भयो।
    पोखेर  पसिना   देश   विदेशमा,
    सुन्यौ बचन  खानु  नखानु भयो।
    अब मलाई  जानु न जानु  भयो।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    ……………………………………………

    पञ्चाङ्ग   [१९]

    तिमी मलाई माया गर्छु भन्छौ मानु कसरी।
    तिम्रो दिलमा के चलिरहेछ जानु कसरी।
    दुनियाँको अगाडी नाटक नगरेकै राम्रो,
    स्वार्थी दुनिया छ मैले कसम खानु कसरी।
    को असल को खराब हो मैले छानु कसरी।

    ✍️सरिता सेढाई, धादिङ ।
    …………………………………………………………

    पञ्चाङ्ग   [२०]

    आघ न बस गरिबको घरमा केही खानु नभए नि।
    बिसाएर जाउ न एकैछिन घरको छानु नभए नि।
    घरमा आएको अतिथि त देवता समान पो हुन्छ रे,
    सुनिदेऊ न पीडा यो गरिबको केही लानु नभए नि।
    एकै चिम्टी भए नि माया देऊ न एक मानु नभए नि।

    ✍️पशपती राई, खोटाङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२१]

    थाहै नदिई अरुको धन  त लानु कसरी ।
    आफ्नो देश छोडेर विदेशमा  जानु कसरी ।
    आफ्नै भूमिमा गरिखाने ठाउँ नभए पछि ,
    परिवार  आफझले पेटभरी खानु कसरी ।
    देशको यस्तो बेथिति नियम मानु कसरी ।

    ✍️दुर्गा भट्टराई, मोरङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२२]

    देशको माया छ भनेर कसरी जानु मैले ।
    कर्मठ धर्ती पुत्र भनी कसरी मानु मैले ।
    मैले देख्छु सबै बराबर कर्मले  चिनाऊ ,
    विषादीयुक्त खानेकुरा कसरी खानु मैले ।
    सच्चा देशभक्त हौ भनी कसरी ठानु मैले ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    …………………………………………………

    पञ्चाङ्ग   [२३]

    जानी जानी कुबाटाे जानु कसरी ?
    आत्माले स्वीकार्दैन मानु कसरी  ?
    चलाउँदा चल्ने मानव भाे आज ,
    याेग्य कर्मशील म छानु कसरी ?
    धरालाई विकासमा लानु कसरी ?

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ………………………………………

    पञ्चाङ्ग    [२४]

    तिम्रो र मेरो  सम्बन्ध  छ भन्ने  जानु कसरी ।
    हाम्रो माया बलियो मात्र  भनी मानु कसरी ।
    जालझेल     भएमा माया   अस्तित्व रहन्न है,
    तिमीले दिएको वचन      पनि खानु कसरी ।
    साँचो सत्य भएको मायालाई  धानु कसरी ।

    तिमीले माया गर्छौ भन्ने लागेको छैन अझै ।
    सदैव तिमी देखी   टाढा भागेको छैन अझै ।
    आफैलाई बुझ्दैछु   माया कसरी गरुँ भन,
    आफ्नो सम्झेर पनि केही मागेको छैन अझै।
    तिमीलाई कहिले मैले त्यागेको छैन   अझै ।

    ✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “
    ………………………………………………………

    पञ्चाङ्ग   [२५]

    काम नभए हातमुख   जोडी खानु कसरी।
    विभिन्न ठाउँमा घुम्न रे भनि जानु कसरी।
    टाउको ओताउने साँझको शीत छल्नलाई,
    अड्याउन मिल्ने  ईँटा नहुँदा  छानु कसरी।
    पकाउने   छैन  मिठो मसिनो झानु कसरी।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    …………………………………………………

    पञ्चाङ्ग   [२६]
                   
    देशकाे नियम निती यस्तै छ मानु  कसरी।
    गल्तीलाई नै सही हो भनी म ठानु कसरी।
    सानालाई नियम कानुन ठुलालाई चैन,
    अरुलाई चाेट पुराई आफु खानु कसरी।
    बिवेकहिन भ्रष्ट भई -भई जानु कसरी ?

    ✍️नानीबाबा अधिकारी, काठमांडौ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२७]

    प्यास बिनाको  पानीको के  काम।
    मुटु बिनाकी  रानीको के काम ।
    सबै कुरा परिपुरक  हुन्छ ,
    ईष्या र क्षुद्र बानीको के काम।
    दान बिनाका दानीको के काम ।

    ✍️देवि पन्थी , झापा ।
    ……………………………………………

    पञ्चाङ्ग   [२८]

    बिर्सिएको कहानी याद आयो ।
    पुरानो जिन्दगानी याद आयो।
    फक्रिएको फूल देखेर आज,
    खुद आफ्नै जवानी याद आयो।
    प्रेमको त्यो निसानी याद आयो।

    ✍️पद्मा रिजाल, नेपालगन्ज बाँके ।
    ………………………………………

    पञ्चाङ्ग   [२९]

    नेपाल आमाको रक्षा गर्नु सन्तानले।
    मर्न  परे  पनि  आफू  मर्नु  सन्तानले।
    भ्रष्टाचारले सीमा नाघ्यो हाम्रो देशमा ,
    कसैको  यहाँ  भर   नपर्नु  सन्तानले।
    हाम्रो वीरता विश्वमा छर्नु सन्तानले।

    ✍️वीणा रोका, घोराही दाङ।
    ……………………………………………

    पञ्चाङ्ग   [३०]

    गरिबलाई आखिर के खानु छ र  ?
    नचुहिने पक्की त कहाँ छानु छ र ?
    पीर व्यथा जीवनभरि सधैँ यहाँ
    खानको लागि पनि कहाँ मानु छ र ?
    बाँड धनी धन मरी के लानु छ र ?

    ✍️तेजप्रसाद खनाल, लमही दाङ।
    ……………………………………………

    पञ्चाङ्ग   [३१]

    भ्रष्ट नियतले कमाएको धन खानु कसरी।
    परलोकमा आधारवस्तु द्रव्य लानु कसरी।
    झन्झट झन्झट हुँदैछ नियति मनसायले ,
    श्रम अतिरिक्त धन कमाएको मानु कसरी।
    लोभ विलापले सबै आफुतिर तानु कसरी।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹
    ……………………………………………………

    पञ्चाङ्ग   [३२]

    छोरी बढेर पीर भो मलाई ।
    रुप उसको तीर भो मलाई ।
    समाजको सान र मान पनि ,
    एक्कासी ठाडो भिर भो मलाई ।
    लौन कस्तो जन्जिर भो मलाई ।

    ✍️प्रभा पोखरेल, हाल अमेरिका ।
    …………………………………………

    पञ्चाङ्ग   [३३]

    जिउँदै मान्छे जल्दाखेरि हेरी बस्याै सरकार ।
    देशकाे शिर ढल्दाखेरि हेरी  बस्याै  सरकार ।
    कराेडाैँले  आत्म  दाह   गर्छन्    आजभाेलि ,
    साढे सातले छल्दा खेरि हेरी बस्याै सरकार ।
    आत्म सम्मान गल्दा खेरि हेरी बस्याै सरकार।

    ✍️चन्द्रावती अधिकारी , कोहलपुर बाँके ।
    ………………………………………………………

    पञ्चाङ्ग   [३४]

    जिन्दगीमा खाकै त हार हाे।   
    नदेखेको  बाटो   नै सार हाे।   
    जीवनमा  दु:ख  भोग्नै पर्छ ,       
    पिडा  भोगेपछि   त पार हो।
    जिन्दगीको दु:ख नै भार हो।

    ✍️प्रविणा पल्लवी, महोत्तरी ।
    ………………………………………

    One thought on “पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- भाग ३२

    Leave a Reply