उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

  • १५ फाल्गुन २०७९, सोमबार १२:२९ मा प्रकाशित
  • उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू –


    आँसु
    आँखाको पानी
    निरन्तर बगेर जानी !


    स्वार्थी
    आफ्नो भाग
    अन्जान छट्पटिएको नदृख्ने !


    हितैसी
    आफ्नो मान्छे
    सुख दु:खको भान्से !


    साथ
    कृष्ण सुदामा
    मौनतामा संसार दृख्ने !


    प्रेम
    गुलाफको फूल
    सुन्दरता नै भेल !


    विश्वास
    मनको स्वच्छता
    सङ्लो बगेको पानी !


    पिँजडा
    चरालाई जेल
    स्वार्थी मान्छेको खेल !


    शिक्षा
    मान्छेको शक्ति
    बेलामा गर्नु भक्ति !


    चिनारी
    परिचयको नाम
    बाँच्ने अर्को आधार !

    १०
    मन
    भावना तरङ्ग
    मानिस मात्रको शक्ति !

    ✍️सविता के.सी., काठमाडौँ ।

    Leave a Reply