उदक यात्री तेजप्रसाद खनालका उत्कृष्ट दस उदकहरू

  • १४ फाल्गुन २०७९, आईतवार २१:२५ मा प्रकाशित
  • उदक यात्री तेजप्रसाद खनालका उत्कृष्ट दस उदकहरू –
    १.
    इनाम
    सत्य यात्र
    चुँडिदा हुने गाइजात्रा !

    २.
    संस्कृति
    आफ्नो पहिचान
    जोगाउनुपर्छ भनेर जान !

    ३.
    विश्व
    एउटा घर
    प्राणी यसमै निर्भर !

    ४.
    जनता
    आतुर हुँदा
    मन दुख्छ रुँदा !

    ५.
    विकास
    मनको चाहना
    किन सधैँ बहाना !

    ६.
    अत्याचार
    समाजमा बढ्दै
    जनविश्वास छ घट्दै !

    ७.
    जीवन
    एक सिकाइ
    सिक्दैमा हुन्छ बिदाइ !

    ८.
    बालबालिका
    राष्ट्रका भविष्य
    सजाउँदै सुनौलो सपना !

    ९.
    उद्योग
    रोजगारीको गन्तव्य
    योजना बनाई भव्य !

    १०.
    समाज
    विविधताको पुञ्ज
    सुन्दर बासनादार कुञ्ज !

    ✍️
    तेजप्रसाद खनाल
    लमही दाङ।

    Leave a Reply