🌺 केही उदक 🌺
———————- … ✍️ आर्त अकुलीन
१
चौतारी
सुक्दै गरेको
एउटा बुढो रुख !
२
काँडा
अदृश्य वेदना
मनमा अथाह पीडा !
३
जुका
खान जन्मेका
एक फरक परजीवी !
४
कुमुदिनी
श्वेत रङ्गमा
फुलेर हर्ष बढाइँ !
५
उडुस
भित्रभित्रै लुक्ने
रगत खाएर ढाडिने !
६
स्याल
दिनमा लुक्ने
रातमा हल्ला गर्ने !
७
रावण
मनपेट कालो
सधैँ गर्ने दायाँबायाँ !
८
बगैंचा
सुन्दर फूलहरू
वरिपरि स्यालको दम्भ !
९
सागर
मनको गहिराई
अपार मायाको बिम्ब !
१०
विवशता
निर्वस्त्र शरीर
अनेक पलाँसका फूल !
- आर्त अकुलीन
देवाश्रम, कैलाली