पञ्चाङ्ग चित्रपट भाग- २८

  • १३ माघ २०७९, शुक्रबार २३:४० मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- २८
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/१०/१३गते साँझ ८ बजे ।

    आज विद्यार्थीको मात्र नभएर सम्पूर्ण शिक्षा आर्जन गर्नेकालागी महत्वपूर्ण दिन सरस्वती पूजा भएकोले यसैको बारेमा पञ्चाङ्ग लेख्न अनुरोध गर्दछौँ ।

    या   कुन्देन्दुतुषारहारधवला   या       शुभ्रवस्त्रावृता।
    या   वींणावरदण्डमण्डितकरा   या    श्वेतपदमासना॥
    या   ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः  सदा    वन्दिता।
    सा माम पातु सरस्वती भगवती निःशेषजाड्याऽपहा॥

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २७[सत्ताइसौँ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल

    चित्र संकलन  धादिङबाट
    —————–
    सरिता सेढाई

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०१]

    सरस्वतीको पुजा गर्नु महत्व जानी राम्ररी।
    देवी-देवताको पाठ गर्नु सधैँ छानी राम्ररी।
    हिन्दु धर्मको प्राचीन महत्त्व बुझ्नु पर्छ हामी,
    मन्दिरमा पैर राख्दा भाग्य खुल्छ मानी राम्ररी।
    पुजा गर्नु विद्याको देवी हुन् भन्ने ठानी राम्ररी।

    शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०२]
    [०१]
    शारदे पाउमा पछौॅ तिम्रो।
    हर्दम भजन गछौॅ  तिम्रो।
    सदा हामीलाई साथ देऊ,
    मनोभाव पक्कै भर्छौॅ तिम्रो।
    सुनाम चौतर्फी छर्छौॅ तिम्रौं।
    [०२]
    सदा तिम्रो शरण पर्छु सरस्वती माता।
    मनै देखि नमन  गर्छु  सरस्वती माता।
    ज्ञान विज्ञानको ठूलो भण्डार तिमी भयौ,
    सोही लिन नजिक सर्छु सरस्वती माता।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    …………………………………

    चित्रपट पञ्चाङ्ग   [०३]

    विवेक भर्ने तिमी ।
    उज्यालो छर्ने तिमी ।
    गाउँ समाज सारा,
    सन्तुष्ट गर्ने तिमी ।
    अँध्यारो हर्ने तिमी ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    …………………………………

    चित्रपट पञ्चाङ्ग   [०४]

    तिम्रो आशिर्वादले माता ज्ञान लिन सकिन्छ ।
    शिक्षा  ग्रहण  गरेपछि   मान  लिन सकिन्छ ।
    बिद्या  ज्ञानको  भण्डार  सबैलाई  छर्दै जानु,
    आरम्भ  गरेर  कामको  सान  लिन सकिन्छ ।
    सरस्वतीले  दिएको  नै  दान  लिन सकिन्छ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०५]
    [०१]
    विद्याकी खानी हौ शारदे माता ।
    अपार    ज्ञानी  हौ शारदे माता ।
    गर्छु  नित्य  पूजा  तिम्रै  पाउमा,
    देवकी   रानी  हौ   शारदे माता।
    प्यासकी पानी हौ शारदे माता।
    [०२]
    विद्याकी खानी हौ हे बन्दे माता।
    अपार ज्ञानी हौ हे बन्दे माता ।
    गर्छु नित्य पूजा तिम्रै पाउमा,
    देवकी रानी हौ हे बन्दे माता।
    प्यासकी पानी हौ हे बन्दे माता।

    ✍️अम्बिका दाहाल, मोरङ्ग ।
    ……………………………………

    चित्रपट पञ्चाङ्ग   [०६]
    [०१]
    सरस्वती माता विद्या कि खानी हुन् ।
    लाग्छ मलाई देउती कि रानी हुन् ।
    बनाउ है देवी उज्वल भविस्य ,
    भक्तहरूको आशालाई जानी हुन् ।
    दुष्टलाई नि आत्मासथा मानी हुन् ।
    [०२]
    मुखमा सरस्वतीको बास होस्।
    उनको वाहन सधैँ हाँस होस् ।
    न आवोस् दुर्वाच्य यो मुखमा ,
    विद्या बुद्धि अनगिन्ती रास होस।
    साना ठुला सबैको लागि खास होस्।

    ✍️सरिता सेढाई , धादिङ ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    अज्ञानीलाई ज्ञान पिलाउन सक्छौ ।
    विवेक साथै बुद्धि दिलाउन सक्छौ।
    फाटे कतै मन र मस्तिष्क भएमा,
    अमृतमय वाणी खिलाउन सक्छौ ।
    हार्दिकताले जैले सिलाउनसक्छौ ।

    ✍️त्रिलोचन भण्डारी
    मेचीनगर ८, झ्नपा
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०८]

    यिनै विद्याकी देवी हुन् माता सरस्वती
    लौ शरण परौं सम्झी दाता सरस्वती
    विभिन्न रूप लिएर भक्तको उद्दार
    गर्ने ज्ञान बढाउने ज्ञाता सरस्वती
    सबैलाई  छायाँ दिने छाता सरस्वती

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [०९]

    विद्या नै सब ठुलो ठानेर विद्यादेवी।
    ज्ञान विवेक तिम्रो तानेर विद्यादेवी।
    रहन सकौँ सदा म समीपमा सधैंँ,
    अपार खानी जहा जानेर विद्यादेवी ।
    पर्छु शरण माता मानेर विद्यादेवी ।

    ✍️होम प्रसाद नेउपाने ,धरान सुनसरी ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग    [१०]

    बेला उमेर लगाब नमिले फल्दैन फल त ताका राख्दैमा,
    जमिन्न मह माहुरीको नि घारमा फोस्रो खाली चाका राख्दैमा,
    काल छेक र लगानी गरी वातावरण तयार गरौ पनि,
    भोलि भोलि भन्दै दिन समय कति गए पढ्ने भाका राख्दैमा,
    नपढी आएन हे माता सरस्वती नियमको खाका राख्दैमा।

    ✍️रामप्रसाद पुरी बादेल, खोटाङ।
    …………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [११]
                                 
    जिब्रामा सरस्वती माताको बास होस्।                                   बिद्या ज्ञान बुद्धिले पूर्णता  खास  होस्।                                    बिद्या  ज्ञान   बुद्धिको   शाश्वत   बनाऊ,                                               ममा   आइलाग्ने  शत्रु  सबै  नाश  होस्।                                             ज्ञान  बिद्या  बुद्धिले  सबैमा  पास होस्।   

    ✍️बेदु न्यौपाने, काठमाडौ ✍️
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१२]

    वसन्त पञ्चमी याद आउने सरस्वतीको।
    अर्चना  गरेर  भक्ति  पाउने सरस्वतीको।
    जपेर मुखले मन्त्र,  ‘ॐ एं सरस्वत्यै नमः’
    सास्टङ्ग  गरेर पूजा लाउने सरस्वतीको।
    प्रेरणा  ठूलो  मन्दिर  धाउने सरस्वतीको।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१३]

    मुखमा सरस्वतीको बास होस् ।
    दुश्मनहरू जतिको नाश होस् ।
    आजको दिनको शुभकामना ,
    विद्या चाहे अनुसार रास होस् ।
    विद्या नै सबैकोलागि खास होस् ।

    ✍️सुशीला पौडेल ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१४]

    आज सरस्वतीको पुजा गरेर भोलि गाली नगर्नु।
    मुखमा राम राम गरेर  व्यवहार जाली नगर्नु।
    सत्बुद्धि  दिउन् है सरस्वती माताले हामी सबैलाई ,
    ज्ञान सबैमा आओस् कुरा नबुझिकन  ताली नगर्नु ।
    भरियोस् सधैं ज्ञानको भण्डार कहिल्यै खाली नगर्नु।

    पशपती राई, खोटाङ ।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१५]

    विद्याकी दाता सरस्वती माता।
    सबैकी माता सरस्वती माता।
    उनको जन्मदिन परेको छ,
    ज्ञानकी खाता सरस्वती माता।
    वर्षाकी छाता सरस्वती माता।

    ✍️लक्ष्मी महतारा, खजुरा बाँके ।
    ……………………………………

    चित्रपट पञ्चाङ्ग   [१६]

    कालो मैलो फालिदेऊ माता ।
    दीप ज्योति बालिदेऊ माता ।
    अज्ञानताको विष वृक्षमा ,
    सचेतता हालिदेऊ माता ।
    छुद्र मूल टालिदेऊ माता ।

    ✍️प्रभा पोखरेल, अमेरिकाबाट ।
    ……………………………………

    चित्रपट पञ्चाङ्ग   [१७]

    सरस्वतीको खानी होस् ।
    आँखाको जस्तै नानी होस् ।
    विद्या फलोस् फुलोस् सबै,
    अन्जान पनि ज्ञानी होस् ।
    दुष्टकोलागि हानी होस् ।

    ✍️ह्यारिस, काठमाडौं ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [१८]

    सरस्वती माता तिम्रो बन्दनामा मग्न ।
    काम धन्दा सबै छोडी सम्झनामा मग्न ।
    विद्या बुद्धि  विवेक हामीलाई देऊ माता,
    श्लोक गाऊ गजाउँदै गर्जनामा मग्न ।
    विचार फुरुन नयाँ तर्कनामा मग्न ।

    ✍️धन कुमारी रेग्मी , भरतपुर चितवन ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१९]

    ज्ञान बुद्धि भर्छिन सरस्वती माताले ।
    चारैतिर छर्छिन सरस्वती माताले ।
    आमाको भुमिका निभाएर सबैलाई ,
    दया माया गर्छिन सरस्वती माताले ।
    दु:ख दर्द हर्छिन सरस्वती माताले ।

    ✍️मल्ल लक्ष्मी श्रेष्ठ , मेची किनार बिर्तामोड झापा ।
    …………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२०]

    विद्या कि देवि माता सरस्वती ।
    ज्ञान र बुद्धि कि दाता सरस्वती ।
    सृष्टिका मनवको ज्ञानी बनाई ,
    बच्चादेखि ठुलाका ज्ञाता सरस्वती ।
    शिक्षाले भरिपूर्ण छाता सरस्वती ।

    ✍️शोभा आचार्य गौतम , काठमाडौं ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२१]

    बिद्याफकि दाता हुन।
    सबैकी माता हुन ।
    उनको जन्मोत्सव ,
    ज्ञानकी खाता हुन।
    बर्षाकी छाता हुन।

    ✍️सुमित्रा पोखरेल , काठमाडौं ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [२२]

    मेरो आमा जस्तै   सरस्वती माता हुन् ।
    यो दुनियाँको नैऔषधीको खाता हुन् ।
    नमन् विद्याकि खानी सरस्वतीलाई ,
    नगरौँ है मनोमानी हाम्री दाता  हुन् ।
    लिनुपर्छ शिक्षा संसारकी ज्ञाता हुन् ।

    ✍️सुरेशकुमार पाण्डे, घोराही दाङ ।
    …………………………………………………

    Leave a Reply