उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

  • २ माघ २०७९, सोमबार ०७:२३ मा प्रकाशित
  • उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू –


    सजीव
    जीवन मृत्यु
    सङ्घर्ष मैदान शत्रु !


    शिकारी
    बाजको सर्प
    न्याउरी किरोको तर्फ !


    सङ्घर्ष
    जीवन पर्यन्त
    दुष्टता बढेको सर्वत्र !


    शक्तिशाली
    झम्टन्छ निर्धामाथि
    हरेक सजीव आत्माघाती!


    बाज
    सर्पको माथि
    छेपारो तान्ने पुतली !


    द्वन्द्व
    एकअर्को चल्दै
    आखिर निर्धालाई निल्दै !


    सम्बन्ध
    आक्रोशले पूर्ण
    छली यिनमा धर्म !


    सृष्टिकर्ता
    जीवनको दाता
    हरण गर्ने दुष्टता !


    किरो
    छेपारो सर्प
    बाज पुरै हर्छ !

    १०.
    परमेश्वर
    सृष्टिका कर्ता
    सबैका सबै हर्ताकर्ता !

    • जमुना कायस्थ, पोखरा

    2 thoughts on “उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

    1. धन्यवाद संसार न्युज डट कम नेपाल साथै गुरु जन मा हार्दिक आभार व्यक्त गर्दछु!

    Leave a Reply