
उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू –
१
सजीव
जीवन मृत्यु
सङ्घर्ष मैदान शत्रु !
२
शिकारी
बाजको सर्प
न्याउरी किरोको तर्फ !
३
सङ्घर्ष
जीवन पर्यन्त
दुष्टता बढेको सर्वत्र !
४
शक्तिशाली
झम्टन्छ निर्धामाथि
हरेक सजीव आत्माघाती!
५
बाज
सर्पको माथि
छेपारो तान्ने पुतली !
६
द्वन्द्व
एकअर्को चल्दै
आखिर निर्धालाई निल्दै !
७
सम्बन्ध
आक्रोशले पूर्ण
छली यिनमा धर्म !
८
सृष्टिकर्ता
जीवनको दाता
हरण गर्ने दुष्टता !
९
किरो
छेपारो सर्प
बाज पुरै हर्छ !
१०.
परमेश्वर
सृष्टिका कर्ता
सबैका सबै हर्ताकर्ता !
- जमुना कायस्थ, पोखरा


हार्दिक बधाई छ आन्टी
धन्यवाद संसार न्युज डट कम नेपाल साथै गुरु जन मा हार्दिक आभार व्यक्त गर्दछु!