
काठमाण्डौँ, माघ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

photo: social media
अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –
[१]
शिकारी
मानेर हार
बन्दैछ स्वयं शिकार !
🌑वसन्त अनुभव, दाङ
[२]
शिकारी
खोज्दै शिकार
विडम्वना उसैलाई प्रहार !
🌑मञ्जु बस्नेत, भक्तपुर
[३]
शिकारी
नपुर्याउँदा विचार
स्वयं शिकारी शिकार !
🌑सागर आँसु, डोटी
[४]
जिजीविषा
सिकारको शृङ्खला
एकले अर्कामाथि प्रहार !
🌑गोपालप्रसाद पौड्याल, मोरङ
[५]
शिकारी
नमानी हार
आफैमा गर्दै मारामार !
🌑वेदु न्यौपाने, भोजपुर
[६]
बाज
सिकारी चरा
फन्दामा परेको बरा !
🌑पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’, काभ्रे
[७]
आहार
एकले अर्कालाई
गरिरहेका भिषण प्रहार !
🌑डम्बर थामी ‘अनुपम’, दोलखा
[८]
प्राणी
प्राण रक्षार्थ
संघर्षको निर्मम प्रहार !
🌑ऋजु दिल्पाली, सुनसरी
[९]
आहार
खान्छन् सरासर
स्वयम् नभएसम्म संहार !
🌑म्यामराज राई, भोजपुर
[१०]
सङ्घर्ष
बाँच्नको लागि
जानू कहाँ भागी !
🌑तेजप्रसाद खनाल, दाङ
[११]
शिकार
शिकारी नजर
पेट भर्ने रहर !
🌑नवराज भट्ट, कञ्चनपुर
[१२]
अक्षर
गरौँ चिनारी
पढौँ खब विचारी !
🌑रसज्ञ छहरा, नवलपुर
[१३]
निशाना
एकले अर्काको
बाज पर्यो चर्कोमा !
🌑अमृत सुवेदी, कास्की
[१४]
प्रकृति
पारस्परिक सम्बन्ध
नियमित आहार शृङ्खला !
🌑आर्त अकुलीन, कैलाली
[१५]
लोभ
आहारामा विलाप
रहेसम्म अन्तिम सास !
🌑दुर्गा भमरकोटे, काठमाडौँ
[१६]
अचम्मित
ईश्वरको खेल
चक्र चल्दै बेजोड !
🌑ईश्वरी अधिकारी, लमजुङ
[१७]
जीवन्त
प्राणीको अन्त्य
प्राकृतिक पारिस्थितिक प्रणाली !
🌑कमला देवकोटा, पाल्पा
[१८]
खतरा
प्राकृतिक नियम
अर्काको भरमा जीवन !
🌑विक्रम तिरुवा ‘सलिन’, जुम्ला
[१९]
सङ्घर्ष
प्राकृतिक नियम
जीवन एकअर्काको परिपुरक !
🌑रमा पन्त, पाल्पा
[२०]
सामना
पारिस्थितिक प्रणाली
एकमाथि अर्को बन्धन !
🌑जमुना आचार्य, सिन्धुपाल्चोक
[२१]
दमन
मुर्ख सोचाइ
जिन्दगीमा पालैपालो भोगाइ !
🌑अनुग्रह रानामगर, संखुवासभा
[२२]
आहार
भोको पेट
जीवनको अन्तिम आस !
🌑सरिता सेढाई, धादिङ
[२३]
स्वार्थ
अनौठो संसार
सबै ताक्छन् भन्सार !
🌑लक्ष्मी काफ्ले, पोखरा
[२४]
पर्व
जगेर्ना संस्कृति
नभित्रियोस् यसमा विकृति !
🌑इमानसिंह राई, भोजपुर
[२५]
प्रकृति
अचम्मको छाल
एउटा अर्कोको काल !
🌑सविता के.सी., काठमाडौँ
[२६]
आहार
प्रकृतिको नियम
सम्बन्धले चलेको संसार !
🌑बुद्धिप्रसाद लामिछाने, कैलाली
[२७]
जीव
ठुलाको हैकम
सानालाई नहुने उद्गम !
🌑प्रेम थापा ‘मन’, बागलुङ
[२८]
द्वन्द्व
एकअर्को चल्दै
आखिर निर्धालाई निल्दै !
🌑जमुना कायस्थ, पोखरा
[२९]
सिकारी
हत्या गरेको
आफ्नो स्वार्थको लागि !
🌑सरस्वती श्रेष्ठ, इटहरी
[३०]
शिकारी
एकाअर्कालाई आहार
सकिन्छ हेर्दाहेर्दै संसार !
🌑रेनुका मरासिनी, अर्घाखाँची
[३१]
जीवन
निरन्तर चल्ने
आपसी संघर्षमय द्वन्द !
🌑दुर्गा भट्टराई
[३२]
अहो
कस्तो ह्र्दयविदारक
तर प्रकृति तटस्थ !
🌑नरेन्द्रबहादुर क्षेत्री, रुपन्देही
[३३
आहारा
भोको स्याल
खोरका कुखुराको सर्वनाश !
🌑 त्रिलोक रामदाम, भैरहवा
[३४]
शिकारी
हत्याराे मांसाहारी
आहार शृङ्खला जारी !
🌑टीकाराम जाेशी, टीकापुर
[३५]
आहारा
प्रण रक्षा
त्रिकाेणात्मक भयाे द्वन्द !
🌑प्रद्युम्न चालिसे, भक्तपुर
[३६]
समय
कहिले हर्ष
कहिले दु:खको वर्ष!
🌑हिमाल अम्मै घोडाघोडी कैलाली
[३७]
शत्रु
अनेक दृष्टि
बाँच्न सङ्घर्ष जीवन ।
🌑घनश्याम पौडेल, कैलाली
[३८]
जीव
आदि अन्त्य
लोभ भोक रोग !
🌑तोया घिमिरे, शङ्खमुल, काठमाडौँ
[३९]
शिकारी
आहारको खोजी
एक अर्काको पुरक
🌑बुद्धिमान दनुवार
[४०]
आहार
चारो खाएर
जिउने जीवन आधार
🌑भगवती दवाडी
[४१]
आहार
अति आवश्यक
प्राण रहुन्जेल सबैलाई !
🌑समुन्द्रा शर्मा, सुनसरी
[४२]
सङ्घर्ष
चुनौती हरपल
प्राण बचाउन स्वार्थ !
🌑सरस्वती वली, बर्दिया
[४३]
अत्यावश्यक
परिस्थिति यन्त्र
नभए संसार ध्वस्त !
🌑रमेश मानन्धर, काठमाडौँ
[४४]
प्रकृति
माखे साङ्लो
नजोगिने लगाएर आग्लो !
🌑टीकाराम पुन, सल्यान
[४५]
भोक
खाली आहार
एकको अर्कोमा निर्भर !
🌑सरस्वती श्रेष्ठ, रुपन्देही
[४६]
सृष्टि
सन्तुलन मिलाउन
दुर्वलको शृङ्खलाबद्ध संहार !
🌑महानन्द भट्ट, कञ्चनपुर
[४७]
निशेध
सृष्टिको संरचना
शत्रु विहिनताको परिकल्पना !
🌑कण्ठराज गिरी, टीकापुर, कैलाली
[४८]
परिस्थिति
शिकारी शिकार
निरन्तर समयको चक्र !
🌑कविता आचार्य, कैलाली
[४९]
जीव
लीला अजीव
केवल शिकार देख्ने !
🌑पशुपति राई, खोटाङ
[५०]
जीवन
मृत्युको बाटो
बाँच्नका लागि सङ्घर्ष !
🌑शिव खनाल जीवम, रुपन्देही
[५१]
शृङ्खला
एकपछि अर्को
आहार खाने क्रमवद्धता !
🌑बिमला पोख्रेल, अर्घाखाँची
[५२]
जिन्दगी
तृष्णाको नदी
निम्त्याउने आफ्नै बरबादी !
🌑केशव ढकाल, गोरखा
[५३]
जीवन
सधैँ चलिरहने
एक नौलो प्रक्रिया !
🌑अम्बिका अधिकारी, झापा
[५४]
प्रकृति
सम्बन्ध प्राणीको
आहारा बन्नु बनाउनु !
🌑धनमाया चौधरी, कैलाली
[५५]
सिकारी
सास रहेसम्म
भोको पेटको सङ्घर्ष !
🌑दुर्गा आचार्य, मोरङ
[५६]
शिकार
हान्दै थियो
शिकारीले उसलाई गिँड्यो !
🌑मङ्गला उपाध्याय, बारा
[५७]
भक्षण
आहार योग्य
प्रकृतिको अनेक नियम !
🌑लक्ष्मी अर्याल, काठमाडौँ
[५८]
एउटा
भोक मेटाउन
अर्काको ज्यान जानुपर्ने !
🌑सुशिला पौडेल, काठमाडौँ
[५९]
जीवन
जिउन गाह्रो
एउटाले अर्कोलाई मार्ने !
🌑खेमराज पुरी, कैलाली
[६०]
प्राणी
मार मरण
को कसको शरण ?
🌑मनोज थापा, कैलाली
[६१]
प्राणी
बाँच्नको लागि
भोक मेटाउने प्रयास !
🌑रिता खराल, रुपन्देही
[६२]
जीवनचक्र
क्रमशः चल्ने
ठुलाले सानालाई खाने !
🌑धर्मी शाक्य, रुपन्देही
[६३]
लोभ
लाभ गराउने
लाभले विलाप बनाउने !
🌑शोभा आचार्य गौतम, काठमाडौँ
[६४]
भोक
आवश्यक भोजन
जीवनचक्रमा चल्ने लोक !
🌑होमप्रसाद न्यौपाने, सुनसरी
[६५]
चित्र
आफ्नै देशको
अलि घुमाएर हानेको !
🌑युगल त्रीन
[६६]
आहारा
शिकारीले दृष्टि
परिबन्धले जेलिएको संसार !
🌑नारायणप्रसाद उपाध्याय, कैलाली
[६७]
जीवन
अनौठो खेल
आहारा परस्पर बाँचुञ्जेल !
🌑मिलन केसी थापा, पोखरा

