
काठमाण्डौँ, पौष । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
[१]
बुढेसकाल
बोक्नैपर्ने माल
पापी पेटको सवाल !
🌑वसन्त अनुभव
घोराही, दाङ
[२]
भरिया
दु:खको भारी
परिवार पाल्न सङ्घर्ष ।
🌑समझना कुसुम
पोखरा
[३]
भाग्य
काम गर्नुपर्ने
पर्छ एकदिन मर्नुपर्ने !
🌑श्याम बोहरा
[४]
बुढेसकाल
जिवन बेसहारा
भारी भो सहारा
🌑देवकी
[५]
वृद्ध
बाेकेर भारी
सन्तान पाल्ने बाध्यता !
🌑उर्मिला के.शी
धनकुटा
[६]
हाय
के गरून्
नियतिले यही चाहेपछि !
🌑नरेन्द्रबहादुर क्षेत्री
बुटवल, रुपन्देही ।
[७]
नाम्लो
वृद्धको जाउलो
भारी बोकेर उकालो !
🌑भगवती दवाडी
[८]
गरिबी
दुखिया कर्म
कस्ले बुझ्ने मर्म ?
🌑ताराप्रसाद चापागाईँ
धुनिबेसी
[९]
भारी
परिवारको जिम्मेवारी
धान्ने जसरी तसरी !
🌑सरिता
[१०]
परिश्रम
अनिवार्य आवश्यकता
अपरिहार्य मार्मिक चित्रण !
🌑तोया घिमिरे
शंखमुल, काठमाडौ ।
[११]
जिन्दगी
सङ्घर्षले छानु
मिहिनेत गरेर खानू !
🌑Singer, bishal
[१२]
दुखित
कर्म फल
जुटाउ अन्न जल !
🌑जमुना कायस्थ
पोखरा
[१३]
वृद्ध
गरुङ्गो भारी
भयो देश समृद्ध ?
🌑डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[१४]
वृद्ध
गरिबीको कारण
ढाकर मूल्यमा शरण !
🌑म्यामराज राई
भोजपुर
[१५]
जिम्मेवारी
बुढो काँध
ढल्दै गरेको उमेर !
🌑रिता लामा
[१६]
वृद्ध
पिठ्युँमा भारी
जीवन भयो भारी !
🌑गोपाल
[१७]
बुढेसकाल
भनेर नहुने
साह्रै मन छुने !
🌑अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
[१८]
कर्म
जिवनकाे उत्तरार्धमा
बर्मा गए कपालसँगै !
🌑राेशन पराजुली
धरान।
[१९]
वृद्धावस्था
पिरहरूको भारी
केवल लठ्ठीको साहारा !
🌑आर्त अकुलीन
कैलाली
[२०]
टाउको
भारीको बोझमा
मन आफ्नाको खोजमा !
🌑समुन्द्रा शर्मा
सुनसरी
[२१]
गरिबी
जुटाउन आहारा
छैनन् बुढेसकालमा साहारा !
🌑सीता पाण्डेय मरासिनी
रेसुङ्गा नपा -९,गुल्मी ।
[२२]
तस्बिर
झलक दरिद्र्याइँ
धिक्कार अचाहिँदो बदख्वाइँ !
🌑अगस्टीन राई
पूर्व सिक्किम, भारत
[२३]
भारी
यो जिन्दगीको।
छैन कतै बिसाउँंनी !
🌑युगल
[२४]
भारी
बुढेसकालको शरीर
पुग्नुपर्ने त्यो डाँडापारि !
🌑हिमाल अम्मै
घोडाघोडी कैलाली
[२५]
जीवन
गरिबको नियति
बाँच्नु पर्ने बाध्यता !
🌑कण्ठराज गिरी
[२६]
जिन्दगी
एकमुट्ठी सास
कति बोझिलो भारी !
🌑पशपती राई
खोटाङ
[२७]
वृद्धावस्था
जिउने बाध्यता
पिठ्युँमा गह्रुङ्गाे भारी !
🌑नारायण प्रसाद उपाध्याय
कैलाली ।
[२८]
सन्तान
अत्तोपत्तो भएन
वृद्धावस्थामा अनेकौँ दु:ख !
🌑साहित्य प्रेमी सलिन
[२९]
जीवन
छ गुजार्नु
दु:खलाई नित्य गुहार्नु !
🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
[३०]
सङ्घर्ष
जिन्दगीको यात्रा
नियालेँ विवशता मात्र !
🌑सविता के.सी.
काठमाडौँ ।
[३१]
भरिया
पुदैन खान
पाल्न सकिदैन ज्यान !
🌑टिकाराम पुन टिपु
छत्रेश्वरी सल्यान
[३२]
स्वाभिमान
पिठ्युँमा भारी
हिँड्छ जीवन लतारी !
🌑गोपे दाजु
पाँचथर ।
[३३]
गह्रौँ
कर्तव्यको भार
सन्तानको मायामा हार !
🌑इश्वरी अधिकारी
लमजुङ
[३४]
भारी
बोक्छौ जीवनभरी
कहिल्यै पुगेनौ पारी !
🌑दुर्गा भमरकोटे
[३५]
जिन्दगी
स्वच्छ मानवता
एक सङ्घर्षशील यात्रा !
🌑सरस्वती श्रेष्ठ
इटहरी
[३६]
सङ्घर्ष
जीवनको यात्रा
लिला भावीको लेखा !
🌑चक्र आलेमगर “लाफा”
कैलाली
[३७]
भारी
बुढेसकाल नभनिकन
मेहनत गर्ने साहसिक !
🌑बिमला पोख्रेल
अर्घाखाँची
[३८]
गरिब
पुग्दैन खाना
पाल्न सकिँदैन जहान !
🌑हिरा तामाङ
काभ्रे महाभारत 7
[३९]
लिला
दैवको अनौठो
खेल्नुपर्ने यहाँ सबैले !
🌑डुकछिरिङ लेप्चा
मिरिक,डुपटिन
[४०]
बाध्यता
पिठ्युँमा भारी
गाउँ सहर चौतारी !
🌑शारदा आचार्य
ललितपुर !
[४१]
बुढेसकाल
नाम्लोको भारी
बिसाउने छैन चौतारी !
🌑साबित्रा देबकोटा
कैलाली
[४२]
हटारु
भारी बोकी
परिवार पाल्ने अवस्था !
🌑चक्र शाही
कैलाली
[४३]
भारी
आँफूभन्दा ठूलो
उमेर सत्तरी पारी !
🌑घनश्याम पौडेल
पोखरा
[४४]
बाध्यता
परिस्थितिको जालझेल
कर्म गतिको खेल !
🌑ऋजु दिल्पाली
ईटहरी १ सुनसरी ।
[४५]
नियति
हेर कस्तो
बुढेसकाल पनि नभन्ने !
🌑धर्मी शाक्य
बुटवल ,रुपन्देही ।
[४६]
नियति
घट्दो उमेर
बढ्दो भारी पिँठमा !
🌑इन्दिरा देवकोटा
कपिलवस्तु न पा ३
[४७]
बुढेसकाल
कसैको नहोस्
मेरो जस्तो हाल !
🌑Tila Lekali
[४८]
भारी
सामन्तीलाई गएको
जीवन बरबाद भएको !
🌑सोमनाथ लुइटेल “रवि पाल्पाली”
हाल बर्दिया ।
[४९]
सङ्घर्ष
गर्नुपर्छ यहाँ
बुढेसकालमा बाँच्न मैले !
🌑Shusila Paudel
[५०]
जिन्दगी
कटाउनै पर्छ
कठिन परिश्रम वावजुद !
🌑गुणनिधि घिमिरे
अमेरिका
[५१]
परिश्रम
अत्यन्त कठिन
बाँच्न विवश जीवन !
🌑रामप्रसाद पुरी
बादेल खाेटाङ।
[५२]
भरिया
भारी बोकेर
हिँड्दै उकालो बाटो !
🌑Narayan Koirala
तानसेन,पाल्पा
[५३]
दुःख
बुढेसकालमा परिश्रम
परिवार पाल्न कठिनाइ !
🌑अम्विका अधिकारी
झापा विर्तामोड
[५४]
भारी
जीवनको सङ्घर्ष
बुढेसकालमा झन जिम्मेवारी !
🌑सरस्वती वली
बर्दिया नेपाल
[५५]
कठिन
गरिबको जिन्दगी
बढ्दो भारी जिम्मेवारी !
🌑Narayan
[५६]
बुढेसकाल
पेटको सवाल
बोझले जीन्दगी बेहाल !
🌑सरस्वती श्रेष्ठ
रूपन्देही बुट्वल ।
[५७]
किसान
कटाउन जिन्दगी
गर्नपर्छ अर्कैको मजदुरी !
🌑प्रदिप नेपाली
बिहादी ५ उराम,पर्बत।।
[५८]
बुढेसकाल
पर्यो अनिकाल
केवल लठ्ठी नाम्लो !
🌑धनमाया चौधरी
कैलाली
[५९]
जीवन
पीडा मिश्रित
उकाली ओराली यात्रा !
🌑कविता आचार्य
कैलाली
[६०]
शरीर
हुँदा बुढो
सकिएन भारी चुरो !
🌑सुमित्रा पोखरेल
काठमाडौं
[६१]
मानव
कर्मको चोला
दुःखले भर्दछ झोला !
🌑होम प्रसाद
धरान,सुनसरी ।
[६२]
जिन्दगी
अप्ठ्याराे भारी
सहजताकाे निमित्त राेजगारी ।
🌑केशवप्रसाद ढकाल
[६३]
वृद्धावस्था
जीवनकाे भारी
टुङ्गोमा पुर्याउँदै घिसारी !
🌑भवानी घिमिरे
सर्लाही ।
[६४]
बुढेसकाल
अनेक दु:ख
साहाराको खाँचो अनिकाल !
🌑मिलन के.सी.(थापा)
पोखरा
[६५]
बुढेसकाल
कडा सङ्घर्ष
जहान पाल्ने बाध्यता !
🌑प्रेम थापा “मन”
[६६]
बुढेसकाल
जिउने सवाल
कठै भारी बबाल !
🌑प्रद्युम्न चालिसे
[६७]
लौरो
यात्रा साहारा
जिवनको अन्तिम सङ्घर्ष।
🌑घनश्याम पौडेल
गौरीगंगा नगरपालिका ९ कैलाली
[६८]
जीविका
भरियाकाे चाहना
माघीमा परिवारकाे खुसीयाली !
🌑टीकाराम जाेशी
टीकापुर।
[६९]
उकाली
गरिबीको भारी
बुढेसकालमा पनि नछारी !
🌑मनाेज थापा
कैलाली
[७०]
गरिब
बाध्यताको वीर
हुन पाउँदैन अस्थिर !
🌑रेनुका मरासिनी
अर्घाखाँची
[७१]
भरिया
निधारमा नाम्लो
जिन्दगीको बरियो लरिया !
🌑जमुना आचार्य
सिन्धुपाल्चोक

