
पाैष २५, चाैघेरा दाङ । नेपाल औषधि व्यवसायी संघ( NCDA) दाङ शाखाले आफ्नाे स्थापना दिवसकाे अवसरमा गोरखनाथ वैदिक गुरुकुल, दाङलाई खाद्यान्न सहित नगद सहयोग गरेको छ ।
दाङ जिल्लाको श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ घाेराही-१७ चाैघेरामा विगत ३ वर्षदेखि सञ्चालित उक्त गुरुकुलमा NCDA ले गुरुकुलकै प्राङ्गणमा पुगेर नगद रकम रुपैयाँ ६ हजार सहित ८ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको थियोे ।
NCDA का अध्यक्ष वि पि पाैडेलले गुरुकुल जस्तो पवित्र संस्थालाई सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको विचार व्यक्त गर्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रम NCDA का उपाध्यक्ष मदुसुदन पाण्डे, महासचिव श्याम गिरी, सचिव सुनिल रेग्मी, सह-काेषाध्यक्ष राजीमान, सदस्य महेन्द्र रावत तथा प्रदेश सदस्य ध्रुव रावत र संघका पूर्व अध्यक्ष/सल्लाहकार डा.प्रदिप याेगी लगायतका व्यवसायीहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा दाङ औषधि व्यवसायी संघ परिवार सहभागी भएर गुरुकुललाई खाद्यान्न सामग्री सहित नगद सहयाेग गर्नु भएकाेमा गुरुकुल पूर्व अध्यक्ष प्रकाश भट्टराईले आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । कार्यक्रममा वटुकहरूले सबैकाे सुख, शान्ति तथा उन्नति प्रगतिका लागि स्वस्ति वाचन गरेका थिए ।

