पञ्चाङ्ग चित्रपट भाग- २३ सम्पन्न

  • ९ पुष २०७९, शनिबार ०६:५३ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- २३
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/०९/०६गते

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २३[तेइसौँ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

              
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी
    घनश्याम पौडेल

    चित्र संकलन  [ गुगलबाट ]
    —————–
    सुशीला पौडेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
        चित्रपट
    ~~~~~~~~~~~
    चित्रपट पञ्चाङ्ग   [०१]

    सुन्दर दृश्य देखेपछि यो मनै रमायो ।
    थुँगाथुँगा फुलमा धरती झनै रमायो ।
    स्वर्गभन्दा पनि  सुन्दर मेरो देश हेर ,
    वसन्तमा   गुराँस फुल्दा वनै रमायो ।
    सारा संसार      रमाउँदा तनै रमायो ।

    ✍️श्रीकृष्ण शर्मा , पोखरा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग  [०२]
    [०१]
    सुनगाभा फूल फुल्याे अनकन्टार भिरमा हेर ।
    जमाइ राख्यो हिमालले हिउँ आफ्नो शिरमा हेर ।
    सारा जगत दुःख खेप्छ अस्तित्वका खातिर यहाँ ,
    युगदेखि पल्टिएको छ ढुङ्गा नदी  तीरमा हेर ।
    मान्छे सधैँ रुमलिँदै छ आफ्नो आफ्नो पीरमा हेर ।
    [०२]
    हिउँ पग्लि सदा बहने याे हिम नदी सुक्न नपराेस् ।
    गाेर्खाली हुँ वीरकाे सन्तान कसै सामु झुक्न नपराेस् ।
    आकाश फुटाेस् बतास रुकाेस् जन्मभूमिकाे लागि यहाँ,
    उठेका विजयका पाइला क्षणभर रुक्न नपराेस् ।
    फहराउँदैछ झण्डा हेर चिनारीमा चुक्न नपरोस् ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ……………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०३]

    ढकमक्क  गुँरास  फुलेको  छ पहाडमा ।
    डाली डालीमा फूल झुलेको छ पहाडमा ।
    प्रकृति  सौन्दर्यताले  सम्पन्न भएका छौँ ,
    त्यही  सुन्दरताले  खुलेको  छ पहाडमा ।
    विदेशी  वरिपरि  डुलेको  छ    पहाडमा ।

    ✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली ”  पाल्पा
    हाल बर्दिया ।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०४]
    [०१]
    ढकमक्क गुराँस फुली वनै ढाकेको छ ।
    कता लगेर लुकाउँ म  मनै ढाकेको छ ।
    विश्वभरिकि सुन्दरीमा लालित्य प्रकृति ,
    राष्ट्रियअन्तर्राष्ट्रियको  तनै  ढाकेको छ ।
    पहरा कन्दरा पखेरा झनै ढाकेको छ ।
    [०२]
    लाएको माया  गाढापन नै  मासेर नजानू ।
    एक माथि अर्को चाहियो रे ,गाँसेर नजानू।
    एक अर्काको समर्पण त्याग तपस्या भुली,
    चुलीमा  पुग्नेको आत्मबल भासेर नजानू।
    पालुवा लिँदैका हाँगाबिँगा छासेर नजानू

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग  [०५]

    पहाडमा लाली गुराँस फुल्यो हरर ।
    दिनदिनै यो दिल उतै खुल्यो हरर ।
    प्रकृतिमै रमाउने मन हो सबैको ,
    निन्द्रावस्था खपेर आँखा झुल्यो हरर।
    उतैतिर यो मन मेरो भुल्यो हरर।

    ✍️अच्युत घिमिरे,  भुटानबाट ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [०६]

    चारैतिर  हरियाली  सुन्दरताको    खानी छ।
    मनमोहक  दृश्यले  लोभ्याउने  ति बानी छ।
    ढकमक्क   फुलेका  छन् लालीगुराँस र बेली,
    कलकल बग्ने खोलानाला झरनाको पानी छ।
    सुन्दरताको खानी नेपाल आँखाको नानी छ।

    ✍️सरिता सेढाइ, धादिङ ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    लालीगुँरास  फूलले  वनै रमाइलो।
    चारैतिर  सौन्दर्यले  मनै रमाइलो।
    सुन्दरता थपेको छ  फुली गुँरासले,
    टाढाबाट  हेर्दाखेरि  झनै  रमाइलो।
    लोभिन्छ आँखा हेरेर तनै रमाइलो।

    ✍️कला ढकाल, झापा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०८]

    ढकमक्क फूल फूलको छ हेर।
    हरियाली वन खुलेकोछ हेर।
    चारैतिर रमणिय दृश्यले नै,
    यो मन् भुल्न सम्म भुलेकोछ हेर।
    पहाडी लाली झुलेकोछ हेर।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [०९]

    लाली गुँरास पहाडमा फुलेको देखिन्छ ।
    पुतली र भमराहरू    झुलेको देखिन्छ ।
    बाटो हिँड्ने मानिस देखि पर्यटक सम्म ,
    हेर्दाहेर्दै   मानिसहरू    भुलेको देखिन्छ ।
    विदेशी  पर्यटकलाई     हुलेको देखिन्छ ।

    ✍️जानुका गौतम, काठमाडौं ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१०]

    डाडो पाखा लाली गुराँस फुलेको छ राम्रो।
    वारिपारी ति वन पाखा खुलेको छ राम्रो।
    वरिपरि चारैतिर मन लोभ्याउने,
    गुराँसमा आकाश धर्ती झुलेको छ राम्रो।
    फूलमा ति भ्रमर आइ भुलेको छ राम्रो।

    ✍️बेदु न्यौपाने, काठमाडौ✍️।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [११]

    आहा नि कति सुन्दर  फूल फुलेकाे पहाडमा।
    फूलहरु सुन्दरता भर्दैँ झुलेकाे पहाडमा।
    प्रकृतिको रुपले कसलाई ल  लाेभ्याउदैन,
    सप्तरङ्गी फूलहरू फुली खुलेको पहाडमा।
    फूल आकर्षणले   भवरा डुलेकाे पहाडमा।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१२]

    परदेश  लागेको  धेरै भयो  गुराँस  फुलेको छ छैन।
    पुतली र भमराहरू डाली  डालीमा झुलेको छ छैन।
    स्वदेश   छँदा  रमाइलो   परदेशमा  पसिना खलल,
    विदेशी पर्यटक आजभोलि हेर्नलाई डुलेको छ छैन।
    आकर्षक देखाउने वस्तु नेपालमा खुलेको छ छैन।

    ✍️संगिता शर्मा , सिन्धुली ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१३]

    डाँडा  पाखा नै  रङ्गीचङ्गी  फुलको देश हाम्रो।
    विविध जाती र आफ्नै भाषा अनि भेष हाम्रो।
    चार जात   छत्तिस  बर्णका   फूल फुले जस्तै,
    आफ्नै धर्म संस्कृती र आफ्नै राम्रो केश हाम्रो।
    विश्वका   सुन्दर   देशमा   पर्छ  
    विश्वको दौडमा हामी  नेपालको रेस  हाम्रो।

    ✍️मल्ल लक्ष्मी श्रेष्ठ,,मेची किनार
    बिर्तामोड झापा ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१४]

    लाली गुराँस सुनाखरी वनैभरि फुले जस्तै।
    भमरा अनि मौरीहरु थुङ्गाथुङ्गा डुले जस्तै।
    जनको मनमा पनि यस्तो संचार फैलिरहोस्,
    मानवता मात्रै छ धर्तीमा वैरभाव भुले जस्तै।
    अँधेरी रातमा चन्द्रमाको मुहार खुले जस्तै।

    ✍️पशपती राई, खोटाङ ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१५]

    त्यहीँ पुगेको जस्तो लाग्छ जहाँ गुराँस फुलेको छ।
    डाली  डालीमा  चरा, फूलभरि  भमरा डुलेको छ।
    अति  रम्य  सम्य  वनपाखा  श्रृङ्गारिएकी  बेहुली,
    छेउमा  बसेर  नव  बेहुला  झैँ  कवि  भुलेको  छ।
    शरदको  मौन  बतास, आकाश सारा खुलेको छ।

    ✍️होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१६]

    गुराँस हेरेर बसेको छु ।
    ममता बेरेर बसेको छु ।
    विश्वास लागेछ प्रकृतिको,
    त्यसैले घेरेर बसेको छु ।
    जीवन फेरेर बसेको छु ।

    ✍️आर्त अकुलीन, कैलाली
    ……………………………………

    चित्रपट पञ्चाङ्ग   [१७]

    लाेभिए देखी लेकका लालीगुराँसका आई सुन्दर फूलहरू !
    डाँडा पाखा भिर सम्म सबै सजिएछन् लाई सुन्दर फूलहरू !
    हिमाल पहाड तराई लेक बेसीं र कछाडकाे स्वाद छ यहाँ !
    प्रकृतिका अद्भुत कलाका रसहरू खाई सुन्दर फूलहरू !
    चैत बैशाख मासमा आउँछिन् प्रकृति पाई सुन्दर फूलहरू !!

    ✍️रामप्रसाद पुरी,बादेल,खाेटाङ ।
    ……………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१८]
    [०१]
    रातै लालीगुराँस फुलेको वनै राम्रो ।
    त्यसै वनमा भुलेको मेरो मनै राम्रो।
    हामी जन्मिदा नै पाखामा रमाएका,
    नेपाली पहराको  दौलत धनै राम्रो ।
    सहयोगी भावना भएको झनै राम्रो।
    [०२]
    गुराँस फुलेको देखेर मन आनन्दित छ ।
    हिमाली पाखामा हरीयो झन आनन्दित छ।
    यो त हाम्रो प्रकृतिले दिएको उपहार हो,
    रातो गुराँस ढाकीएको वन आनन्दित छ।
    पहाडी पाखामा फुल्दा तन आनन्दित छ।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१९]

    प्राकृतिक    सुन्दरताले   सजाएको देश ।
    न्याउली  र  कोइलीले गीत गाएको देश ।
    विश्वभरि  खोजे पनि  पाइँदैन है  यस्तो ,
    अग्लो होचो सम्म मिलाई बनाएको देश।
    हिमाल  पहाड   तराई   मिलाएको देश ।

    ✍️गुणनिधि घिमिरे, अमेरिका ।
    ………………………………………………………

    पञ्चाङ्ग र समपञ्चाङ्ग   [२०]
    [०१]
    आहा! कति सुन्दर लाली गुराँस फूलेकाे ठाउँ यहाँ।
    डाँडापाखा,पहराले छपक्क छाेपिएकाे गाउँ यहाँ।
    मन हुन्छ खुशीले दङ्ग रमणिय प्रकृति देखेर,
    साँच्चै यस्तै हुन्छ हाेला हजुर स्वर्ग भन्ने नाउँ यहाँ।
    प्राकृतिक छटामा खेल्दै एकैछिन रम्न पाउँ यहाँ।
    [०१]
    नराम्राे काम गरी कहिले पनि चुक्न नपरोस् ।
    दुइछाक खान अरुकाे ढाेका नै ढुक्न नपराेस्।
    महान बनुन् साेचहरु जहिले एक अर्कामा,
    समाधान आफैँ खाेजी अरु सामु झुक्न नपराेस्।
    काम बिगारी यहाँ कहिल्यै पनि लुक्न नपराेस्।

    क्षणीक बहने खहरे खाेला झैँ सुक्न नपराेस्।
    राम्राे काम गर्न सकुँ है कसैले थुक्न नपराेस्।
    चालेका यी कदम प्रगति पथमा लम्किरहुन्,
    काम नगरी यहाँ कुराले मात्रै भुक्न नपराेस्।
    आफु राम्राे हुन कुरा अरुलाइ फुक्न नपराेस्।

    ✍️उर्मिला के.शी.,धनकुटा ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   २१

    फूल्याे गुराँस वनैभरी मनै हरर।
    प्रकृतिको वशमा पर्दा तनै हरर।
    लोभ्याउँदा आँखाहररू कहाँ त्यसै बस्छन्,
    उकालिंदा पाइलाहरू धनै हररम
    हातमा लिई नाचिदिंदा झनै हरर।

    ✍️त्रिलाेचन भण्डारी, मेचीनगर, झापा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२२]

    पाखाभरि रातै गुराँस फुलेको छ ।
    नेपाली मन मेरो त्यतै भुलेको छ ।
    स्वर्ग जस्तो मेरो मातृभूमि नेपाल ,
    जहाँ पुगे नि मन यहीँ डुलेको छ।
    नेपालको सौर्न्दर्य राम्रो खुलेको छ ।

    ✍️तारा घिमिरे स्वैच्छा, सङ्खुवासभा ।
       …………………………………………

    चित्रपट पञ्चाङ्ग   २३

    मिल्के र जल्जले पाखामा गुराँस हुने मन छ।
    पासाङ जस्तै अग्लिएर शिखर छुने मन छ।
    मेरो प्रकृतिको क्यानभासमा सिर्जनाले पोत्दै,
    सबै नेपाली मनभित्रको मैलो धुने मन छ।
    नेपाल आमाको काखमा हाँस्ने र  रुने मन छ।

    ✍️पुष्पा नेपाल(सुवेदी ), इलाम ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२४]

    डाडाभरि  गुँरास फूलेको छ वनमा ।
    सबै हाँगामा फूल झुलेको छ वनमा
    प्रकृतिको सौर्न्दर्य पनि कति हो कति ,
    सुन्दरतामा मन भुलेको  छ वनमा
    वरिपरि डाँफे नि डुलेकाे छ वनमा ।

    ✍️दुर्गा भट्टराई, माेरङ ।
    …………………………………………………

    चित्रपट  पञ्चाङ्ग   [२५]

    ढकमक्क लालीगुराँस फुलेको छ।
    यो मेरो मन त्यतै तिर भुलेको छ।
    राष्ट्रको पहिचान यो हामी सबैको,
    फूल जस्तै कतिको मन खुलेको छ।
    फूलकाे साैन्दर्यमा आँखा डुलेकाे छ।

    ✍️सुशीला पौडेल
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२६]

    फूलै फूलको कति रमाइलो सहर बन्यो।
    हिमालको सामुन्ने स्वर्गतुल्य प्रहर बन्यो।
    मगमगी बसाउँछ फूलको वासना सधैँ,
    यही सपना जीवन भरीको  रहर  बन्यो।
    जताततै फूलैफूल  स्वपनको लहर बन्यो।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२७]

    गुराँस बहुँ म त फुलाउन आउ ।
    पहाडमा फुल्छु झुलाउन आउ ।
    मेरो लतामा रातो   नै रङ्ग हुन्छ ,
    विरक्त हुँदा मन भुलाउन आउ ।
    बन्द हुँदा बाटो  खुलाउन आउ ।

    ✍️हुमा पोखरेल लुइटेल, कावासोती ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२८]

    लालीगुराँस फुल्दा मन आन्दित हुन्छ मेरो।
    यो राष्ट्रिय पहिचानले दिलमा छुन्छ मेरो।
    लालीगुराँस फुल्दा वनै राम्रो देखिन्छ हाम्रो,
    मनमनै यसको फाइदा बारे गुन्छ मेरो।
    यसलाई नराम्रो भन्दा यो मन रुन्छ मेरो।

    ✍️ह्यारिस, काठमाडौं ।
    …………………………………………………………

    चित्रपट पचाङ्ग   [२९]

    पहाडमा लालीगुराँसको सुवास मिसिएको छ।
    पहाडको सौन्दर्यमा सबैको ध्यान खिचिएको छ।
    काल्पनिक स्वर्गको बखान नगर व्यर्थै म सित,
    वास्तवमा सिङ्गो स्वर्ग मेरो देशमा मिसिएको छ।
    त्यो स्वर्गको चित्र त मेरो देशमानै खिचिएको छ ।

    ✍️देबकी के .सी. काठमाडौं ।
    ………………………………………………………

    चित्रपट पचाङ्ग   [३०]

    आहा मन कि रानी प्राकृतिक परी हौ।
    कुन कुरा  बयान  गरौं मन भरी हौ ।
    तिमी छौ एक आधार अरु के नै छर,
    आँखा रुन्छ ओठ हाँस्छ शिशु नै सरी हौ।
    भन्न मन छ  खाेलेर सुनन चरी हौ।

    ✍️मिना देवकोटा , सर्लाही  ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [३१]

    ढकमक्क ति फूल फुलेका वनैमा।
    डालीमा फूलहरु झुलेका वनैमा।
    सुन्दर देखिन्छ  सुन्दर बगैँचामा,
    ती भमरा  रमाइ  खुलेका वनैमा।
    हेर्नलाई पर्यटक    डुलेका वनैमा।

    ✍️सहयात्री शोभा अर्याल, बुटवल ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [३२]

    फुलै फुलले सुन्दर बनाको हाम्रो देश नेपाल।
    जातजाति भाषा धर्म मनाको हाम्रो देश नेपाल।
    हरियाली पाखामा न्याउली चरी गुनगुनाउँछे,
    डाँडापाखा पखेरामा धनाको हाम्रो देश नेपाल।
    खुशीयाली छाउँदै यो घनाको हाम्रो देश नेपाल।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [३३]

    ढकमक्क देख्छु फुलेको लालीगुराँस म।
    आहा!कति राम्रो झुलेको लालीगुराँस म।
    सुन्दर   प्रकृतिक  देश  छ हाम्रो  नेपाल,
    पहाड  गै     घाम डुलेको लालीगुराँस म ।
    प्रकृति नियाल्दै  भुलेको लालीगुराँस  म।

    ✍️सीता शर्मा पन्थी, बिरंगज ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [३४]

    डाँडाकाँडा हरियाली त्याे कस्ले हाेला सजाएकाे किन ?
    लालीगुराँस फुलेर त्याे किन हाेला लजाएकाे किन ?
    इन्द्रकाे नन्दनवन सरि नै शाेभा  अजबकाे यहाँ ,
    साक्षात् स्वर्ग धरतीमा त्याे कस्ले होला बजाएको किन ?
    माथि आकाश विशाल त्यो कस्ले हाेला कजाएकाे किन ?

    ✍️टिकाराम जोशी , टिकापुर कैलाली ।
    …………………………………………………………

    Leave a Reply