उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • १५ पुष २०७९, शुक्रबार ०८:१६ मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    ———————- … ✍️ आर्त अकुलीन
    १
    गुराँस
    भिरमा फुलेको
    चौतर्फी सौन्दर्य छरेको !

    २
    कुसुम
    भिरमा ढकमक
    अनुपम जीवन कला !

    ३
    शिशिर
    झरेको पात
    जीवनको एक पर्याय !

    ४
    पुष
    जमेको हिउँ
    कठ्याङ्ग्रिदो आर्त मन !

    ५
    कविता
    पहराको गीत
    छहराको सुन्दर सङ्गीत !

    ६
    मानव
    गरेपछि धर्म
    आफ्नै फुट्ने कर्म !

    ७
    वियोग
    पहराको गीत
    अदृश्य मुटुको व्यथा !

    ८
    ऐेजेरु
    कापमा फुल्ने
    मनमा पीडा सुसेल्ने !

    ९
    शीतलहर
    गाउँघर सबैमा
    छ यो जहर !

    १०
    दम्भ
    बलेको आगो
    जलेको मन मस्तिष्क !


    • आर्त अकुलीन
      देवाश्रम, कैलाली

    Leave a Reply