उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • १५ पुष २०७९, शुक्रबार ०८:१६ मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    ———————- … ✍️ आर्त अकुलीन

    गुराँस
    भिरमा फुलेको
    चौतर्फी सौन्दर्य छरेको !


    कुसुम
    भिरमा ढकमक
    अनुपम जीवन कला !


    शिशिर
    झरेको पात
    जीवनको एक पर्याय !


    पुष
    जमेको हिउँ
    कठ्याङ्ग्रिदो आर्त मन !


    कविता
    पहराको गीत
    छहराको सुन्दर सङ्गीत !


    मानव
    गरेपछि धर्म
    आफ्नै फुट्ने कर्म !


    वियोग
    पहराको गीत
    अदृश्य मुटुको व्यथा !


    ऐेजेरु
    कापमा फुल्ने
    मनमा पीडा सुसेल्ने !


    शीतलहर
    गाउँघर सबैमा
    छ यो जहर !

    १०
    दम्भ
    बलेको आगो
    जलेको मन मस्तिष्क !


    • आर्त अकुलीन
      देवाश्रम, कैलाली

    Leave a Reply