पञ्चाङ्ग चित्रपट भाग- २४ सम्पन्न

  • १६ पुष २०७९, शनिबार ०९:४४ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- २४
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/०९/१४गते

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २४[चौबिसौँ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी
    घनश्याम पौडेल

    चित्र संकलन  दोलखाबाट
    —————–
    जानुका गौतम

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~
    चित्रपट समपञ्चाङ्ग   [०१]

    सकेको राम्रोसँग फल फलेको छ ।
    खाएर जीवन धपक्क बलेको छ ।
    गाउँ   शहर  जताततै पाइन्छ यो,
    खाए फ्रेस जसको तन गलेको छ ।
    खपी यसले घामपानी छलेको छ।

    चिसो मौसममा पाइने चलेको छ।
    काप्पकुप्प  नपाई मन जलेको छ ।
    सबैको   मनपर्ने   खाले  फलफूल,
    जीवन  दिएर  अन्तमा  ढलेको छ ।
    औषधीय  गुण  यसैमा  दलेको छ।

    जमुना आचार्य , सिन्धुपाल्चोक ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०२]

    रुखैभरि लटरम्म फलेका सुन्तला।
    दिनदिन रङ्ग भर्दै बढेका सुन्तला ।
    अमृतको स्वाद दिन्छन् पिएर त हेर,
    रसैरस केस्राकेस्रा भरेका सुन्तला।
    प्रकृतिको जादुभित्रै पसेका सुन्तला।

    श्रीकृष्ण शर्मा, पोखरा ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [०३]

    आहा! लटरम्म सुन्तलाका दाना राम्रा।
    ठूला जति त्यसै राम्रा अझै साना राम्रा।
    खानलाई नपाए नि  हेर्न पाएकै छौॅ,
    घरमाथि फलेपछि हुन्छन् छाना राम्रा।
    छान्नु केही पर्दैन है सोह्रै आना राम्रा।

    घनश्याम पौडेल,पोखरा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०४]

    स्वस्थ रहन मौसमी फल चाहिन्छ ।
    बारी र  टारीमा पनि  जल चाहिन्छ ।
    पहाडको सान हो सुन्तला मौसमी ,
    उब्जाउन पनि जोत्न हल चाहिन्छ ।
    हाम्रो  मिहनेत   अनि बल चाहिन्छ ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [०५]

    फलेको फल राम्रो मानिन्छ ।
    गाेठकाे मल राम्रो मानिन्छ ।
    मेहनतीकाे हाे याे दुनियाँ  ,
    एकता बल राम्रो मानिन्छ ।
    गंगाकाे जल राम्रो मानिन्छ ।

    भवानी घिमिरे , सर्लाही ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [०६]

    राम्रो स्वास्थ्य हुन समयमा फल दिनुपर्छ।
    बिरुवा  हुर्काउन  बारीमा  जल  दिनुपर्छ।
    पहाडी गाउँघर  टारीमा सुन्तला   फलेको,
    ती  विरुवा  हुर्काउन   हल  बल   दिनुपर्छ।
    यसरी   मिहिनेत  को  जल  मल  दिनुपर्छ।

    बेदु न्यौपाने, काठमाडौ ✍️।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    त्यति राम्रो लटरम्म   फलेका छैनन् सुन्तला ।
    पाकेर चिसोले अझै  गलेका छैनन्  सुन्तला ।
    फलफूलले  शरीर    निरोगी  बन्दछ    हाम्रो ,
    भनेर पनि  हावाले    चलेका  छैनन् सुन्तला ।
    फुलेका जति मज्जाले बलेका छैनन् सुन्तला ।

    भगवती दवाडी ,झापा
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०८]

    फलफूल लाई त  सिंचाई  चाहिन्छ भाइ ।
    मिहेनत   गर्न  दाई  भाई   पाइन्छ  भाइ ।
    आफ्नो  देश  छाडेर  विदेश  नजाऊ अब,
    फलाउन  मल भैंसी  गाई  ल्याइन्छ भाइ ।
    शक्ति बर्धक फलफूल मात्र खाइन्छ भाइ ।

    सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०९]
    [०१]
    सिजनको फल खानु राम्रो लाग्छ।
    हरियाली वन सबै हाम्रो लाग्छ।
    हरियो  वन   भएता   पनि हजुर,
    कुनै ठाउँको माटो नी चाम्रो लाग्छ।
    फल्दै नफल्ने माटो दाम्रो  लाग्छ।
    [०२]
    आहा कति राम्रा सुन्तला हेर्दै भरिला छन् ।
    मौसमले साथ दिएर होला झरिला छन् ।
    पहाडमा पाइने मौसमी फल सुन्तला,
    बारीमा घुम्दा टिपु टिपु लाग्ने करिला छन् ।
    खाँदा खेरी ट्वाक जिब्रोमा लाग्ने दरिला छन् ।

    सरस्वती श्रेष्ठ, इटहरी ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [१०]
    [०१]
    फलेको फल राम्रो।
    मुलको जल राम्रो ।
    खानु पर्छ फल है ,
    गाईको मल राम्रो ।
    गोरुको  हल राम्रो।
    [०२]
    हाम्रो उच्च पहाडमा एक सुन्दर बारी छ।
    गाउँका सुन्दर बारीमा सुन्तलाको घारी छ।
    स्वस्थ रहन खानुपर्छ फलफुल सबले,
    त्यसलाई सुसार गर्ने एक सुन्दर नारी छ।
    खेती गर्ने किसान हेर्नुस् कती मनकारी छ।

    सरिता सेढाई चरौंदी, धादिङ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [११]

    मौसमी फल राम्रो।
    दिएको जल राम्रो।
    मेहनतको फल,
    बेलाको मल राम्रो।
    नेपाल थल राम्रो।

    सुमित्रा पोखरेल, काठमाडौं ।
    …………………………………

    चित्रपट पञ्चाङ्ग   [१२]

    मिठामिठा लटरम्म फलेका सुन्तला ।
    रुखभरि बत्ती जस्तै बलेका सुन्तला ।
    चारैतिर प्रसिद्ध छन् मिठो फल भनी ,
    यो चिसोमा जताततै चलेका सुन्तला ।
    घर अघि रुखबाट ढलेका सुन्तला ।

    अस्मित विश्व्कर्मा,पोखरा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१३]

    मेहनतको फल राम्रो।
    सामुहिकता बल राम्रो ।
    लटरम्म  फल्दछ  हेर,
    सिँचाइ दिनु जल राम्रो।
    हाल्नु गोडेर मल राम्रो ।

    होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [१४]

    पुष्पको दल राम्रो लाग्छ ।
    हाँसेको पल राम्रो लाग्छ ।
    भिर, पाखा र झरनाको,
    कञ्चन जल राम्रो लाग्छ ।
    सुन्तला फल राम्रो लाग्छ ।

    आर्त अकुलीन, कैलाली ।
    …………………………………

    चित्रपट पञ्चाङ्ग   [१५]

    पहिचान गरौँ न कहाँ कस्तो- कस्तो  माटो छ।
    खोजौ कहाँ सुर्का होला कहाँ बारीको पाटो छ।
    कृषिप्रधान  देश  मुखले  मात्रै   कति  भन्नू,
    मिलेर  रोपौँ न बोट हामीमा किन फाटो छ।
    हामी  मिलेर  हिँडे यतै समृद्धिको बाटो छ।

    पशपती राई, खोटाङ ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१६]

    आहा हेर बगैँचामा मौसम फल फलेको छ।
    टिप्न ढिलो भएर होकी अलि धेरै गलेको छ।
    स्वस्थ रहन यही फल खानुपर्छ  सबैले,
    मनमोहक हरियाली पहेँलपुर बलेको छ ।
    गाउँमा फल शहर बसाई मन जलेको छ।

    अम्विका अधिकारी, झापा विर्तामोड ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१७]

    कसैलाई अपजस त कसैलाई जस मिल्छ ।
    चाहे खान एउटा हाेईन नाै देखि दश मिल्छ ।
    सिजनकाे फलफूल हुन् पँहेलपुर सुन्तला ,
    नखानेलाई वासना त खानेलाई रस मिल्छ।
    अधिक फले ढुवानीमा अटाे देखि बस मिल्छ।

    त्रिलाेचन भण्डारी, मेचीनगर, झापा ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [१८]

    आहा ! कति राम्रा सुन्तला फलेछन् बारीमा।
    थामेन बाेटले हाँगा नै ढलेछन् बारीमा।
    स्वस्थ रहन हामीलाई फलफुल चाहिने,
    लटरम्म पहेंलपुर बलेछन् बारीमा।
    खाउँन भनि सबै जना चलेछन् बारीमा।

    उर्मिला के.शी., धनकुटा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१९]

    चिसो याे  माैसममा सुन्तला कति राम्रो।
    हेर्दामा सुन्दर छ नै फल अति राम्रो।
    पहाडका  घर घरमा  पाईने धेरै,
    सुन्तला हुन्छ मिठो, फलमा त्यती राम्रो।
    अरू फल लाग्दैन सुन्तला जति राम्रो।

    शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२०]

    पोहोर भन्दा यसपाली झरे हुन्छ खेती।
    डाँडापाखा सुर्कासुर्कीमा गरे हुन्छ खेती।
    आँप र सुन्तला फलहरुको राजारानी,
    समयमा नै मलजल भरे हुन्छ खेती।
    राम्रोसँग बीउबिजन छरे हुन्छ खेती।

    मन्दिरा सेढाई, मलेखु धादिङ ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२१]

    चढी खाने काेही अनि झटारो नि सहेकाे हेर ।
    पुष्ट दाना छ झल्काइ बगैंचामा रहेको हेर।
    फलीदिन्छ ऊ, देखिन्छ माेहक फलेको बाेटमा,
    सहनुपर्छ फल फल्दा बाेटले  कुहेकाे हेर ।
    पहेंलपुर सुन्तला फल फली नुहेकाे हेर ।

    रामप्रसाद पुरी,बादेल  खाेटाङ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२२]

    बगैंचाको सुन्तला पाकेर देखियो पहेंलै।
    दृष्टि उतै  पुगेछ  ताकेर  देखियो पहेंलै।
    सबैलाई  धेरै  मनपर्ने  मौसमी  फल यो,
    बगैंचामै  यथेष्ट  चाखेर  देखियो  पहेंलै।
    उस्को स्वाद दिलमा राखेर देखियो पहेंलै।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹 ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२३]

    लटरम्म फलेको फल राम्रो ।
    आफैंले बनाएको मल राम्रो ।
    स्वास्थ्यका लागी खान योग्य चिज ,
    जरुवामा  उम्रेको   जल  राम्रो ।
    पोषिलाे खानाको त्यो बल राम्रो ।

    तारा घिमिरे, संखुवासभा ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२४]

    चिसाे माैसममा फलेको फल राम्रो,
    गर्नु  पर्छ  नि खनजोत जल राम्रो,
    सुन्दर   देखिने   चारैतिरकाे  बारी,
    बेलैमा  राम्ररी  राखेको  मल राम्रो,
    खेती गर्न उपयुक्त त्यो थल राम्रो।।❤️ 

                [२]
    बगैंचामा राम्रो फल फलेको छ,
    जति खायाे उति मन बलेको छ,
    चिसाे  माैसममा  धेरै  नै  पाइने,
    चारैतिर  नामै  नाम  चलेको छ,
    मल जल स्याहारले बढेको छ।।❤️

    सहयात्री शाेभा अर्याल, बुटवल १४ रुपन्देही ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२५]

    पहेँलपुर भएर बोटमा फलेछ सुन्तला।
    लटरम्म बोटमा फलेर नै ढलेछ सुन्तला।
    चाहिने मात्रामा भिटामिन सी दिन्छ यस्ले धेरै,
    हिजोआज बजारमा नै बिक्री चलेछ सुन्तला।
    कहीँ बजार नपाएर पुरै गलेछ सुन्तला।

    सीता शर्मा , बिरगंज ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२६]

    मायालाई  फल देउ तिमी ।
    स्वतन्त्रले  मल  देउ तिमी ।
    मिहनेत   गरेपछि    हुन्छ  ,
    हुर्काउन  जल   देउ तिमी ।
    स्वाभिमानी बल देउ तिमी।

    कला ढकाल, झापा ।
    …………………………………

    चित्रपट पञ्चाङ्ग   [२७]

    पहाडको   नगदे बाली सुन्तला फलेको देख्छु ।
    पैसा आर्जन यसैपाली सुन्तला फलेको देख्छु ।
    श्रम गर्ने बानी बसालौँ फल पाउन हामीले ,
    सबै परिवारको   माली सुन्तला फलेको देख्छु ।
    पहिल्यै हाम्रो फल्ने डाली सुन्तला फलेको देख्छु।

    गीता रिजाल, धनकुटा ।
    ………………………………

    चित्रपट पञ्चाङ्ग   [२८]

    आफ्नै बारीमा फलेकोछ सुन्तला ।
    धान्न    नसकी  ढलेकोछ सुन्तला ।
    मौसमी   फलबाट आम्दानी हुन्छ ,
    नखाई   कति   गलेकोछ सुन्तला ।
    पहेँलै   रुखै   बलेकोछ   सुन्तला ।

    जानुका गौतम, काठमाडौं ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२९]

    गराैँ खेती राम्रा  दाना फल्छ सुन्तला ।
    वर्षाैँ वर्ष  फल दिई ढल्छ सुन्तला ।
    आम्दानीकाे उत्तम  बाटो चिनाैँ हामी,
    बजारमा  एकछत्र चल्छ सुन्तला ।
    दाउरा हुँदा नि राम्रो  बल्छ सुन्तला ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा ।
    ………………………………………………

    पञ्चाङ्ग   [३०]

    आज याैटा कुरा तिमी सँग भन्छु है।
    तिमी आली मिलाउ म बारी खन्छु है।
    प्रेम नै त हाे जिन्दगी आउ रमाअौं,
    तिमी आगाे भैदिए  म पानी बन्छु है।
    साथमा  आकाश  हेर्दै  तारा गन्छु है।

    सुशीला पौडेल ।
    ……………………………………………

    Leave a Reply