पञ्चाङ्ग चित्रपट भाग- २० सम्पन्न

  • १८ मंसिर २०७९, आईतवार १३:२५ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- २०
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/०८/१५ गते

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २०[बिसौं]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

               
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक : 
    ————
    गुणनिधि घिमिरे 
    तोयानाथ सुवेदी
    घनश्याम पौडेल

    चित्र संकलन 
    —————–
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण 
    ————–
    जमुना आचार्य 
    भवानी घिमिरे 
    पुष्पा नेपाल (सुवेदी )

    संरचना 
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी 
    अक्षर :-  बराबरी

    समायोजन 
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा 
    पञ्चाङ्ग साहित्य समाज नेपाल 
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
    पञ्चाङ्ग  चित्रपट  [०१]
      [०१]
    के जाडाे के गर्मी सडककाे बास छ।
    हेर्नकाे लागि तस्बिर निकै खास छ।
    मानवता केवल अक्षरमा मात्र
    भाेकाे छ पेट सधैँ भिक्षाकाे आस छ।
    परिस्थिति नै राजनीतिकाे दास छ।
    [०२]
    कति डर लाग्दाे छ सडककाे जीवनमा।
    न्याय कता भाग्दाे छ सडककाे जीवनमा।
    भाेकाे पेट चिसाे भुईं आनन्दकाे निन्द्रा छ,
    पिडै पीडा दाग्दाे छ सडककाे जीवनमा।
    मानवता माग्दाे छ सडककाे जीवनमा।

    💢सुशीला पौडेल

    पञ्चाङ्ग    [०२]

    सधैँ भयो सडक माथि बास यो जिन्दगी ।
    जिउनलाई छैन केही खास यो जिन्दगी ।
    जिन्दगीको अर्थ नबुझ्दै आमा बित्नुभयो ,
    कति बन्नु खै गरिबीकै दास यो जिन्दगी ।
    बाँचेर नि भयो जिउँदो लास यो जिन्दगी ।

    💢श्रीकृष्ण शर्मा, पोखरा।

      पञ्चाङ्ग   [०३]

    भोको पेट लिएर भुइँमा सुत्नु परेको छ।
    हाम्रो पिर मर्का खै कसले बुझ्ने गरेको छ।
    दुःखी  र गरिबीको जिन्दगी कसैको नहोस्,
    चिसोको कारण आँखाबाट आँसु झरेको छ।
    धनिले गरिबको खुसी जहिले हरेको छ।

    💢ह्यारिसन ह्यारिस, काठमाडौं ।

    पञ्चाङ्ग   [०४]

    हेर त यी बालक हरूको पाटी र बाटोको बास भो ।
    भोको पेट थाकेको शरीर बाटैमा जिउँदो लास भो ।
    के हुने हो ? जिन्दगीभर कठैबरा   केही नै थाछैन ,
    जिन्दगी केहो अर्थ नबुझ्दै बाटोमै बासको खास भो ।
    बच्चामै ठगिएको जीवन पछि त कसैको दास भो ।

    💢बेदु न्यौपाने,काठमाडौ ✍️

    पञ्चाङ्ग    [०५]

    चिसो तातो सडकको नै बास  हेर।
    हामी मरे कसलाई छ  खास हेर।
    हिजो पनि यस्तै आज नि यस्तै भनु,
    कहिले फुस्लुक्क जान्छ र सास हेर।
    उठाउने कोही हुदैन   लास हेर।

    💢सुमित्रा पोखरेल, काठमाडौं ।

    पञ्चाङ्ग   [०६]

    मेरो पनि रहर थियो आङ भरि लुगा भए कस्तो हुन्थ्यो,
    मात्र बिहान र बेलुका पेट भित्र खाना गए कस्तो हुन्थ्यो ।
    गरिबी निवारणका नारा सिमित देखे आँशु थामिदैन,
    बरु जान्थ्यौँ हामी त बाल आश्रम कसैले लए कस्तो हुन्थ्यो ,
    उद्दार गर देवता मान्छु भन्थे मनले जए कस्तो हुन्थ्यो ।

    💢दुर्गा आचार्य , मोरङ ।

    पञ्चाङ्ग   [०७]

    चिसो लाग्छ भोक लाग्छ,छैन कुनै सहारा,
    चिसोले  बालख जाग्छ छैन  कुनै  सहारा
    यिनको  चासो  यो  धर्तिमा,कसैलाई  छैन
    पुरा  गर्यो  स्वार्थ भाग्छ, छैन  कुनै  सहारा
    लाज  छोप्न वस्त्र माग्छ छैन   कुनै  सहारा।

    💢सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ।

    पञ्चाङ्ग   [०८]

    सत्तामा बस्नेले पनि गरिबी हेरेका होलान्।
    गरिबी उन्मुलनको  कानुन फेरेका होलान्।
    यस्तै हेर्न चाहन्छन् संधै  लाज   पचेकाहरु,
    पद,पैसाको लागि मात्र केही केरेका होलान्।
    बालबालिका माथि ठूलालाई टेरेका होलान्।

    💢होम प्रसाद नेउपाने, धरान सुनसरी ।

    पञ्चाङ्ग   [०९]

    कठै!को छ यिनका सहारा ढले सडकमै ।
    चारैतिर  झिलीमिली बत्ती  बले सडकमै ।
    जता बत्ती बलेपनि साथमा कोही नहुँदा,
    खाना छैन छामछुम माया  गले सडकमै ।
    घाम पानी शीत भोक प्यास छले सडकमै ।

    💢जमुना आचार्य , सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग   [१०]

    बिचरा बालक सडक पेटिमा ढलेका छन् ।
    खाना छैन पेटको भोकले कति गलेका छन् ।
    सरकार छ तर दु:खि  गरिबको छ कहाँ ,
    शक्ति छैन साहारा बिना कसरी पलेका छन् ।
    बच्चाकै लागी आमाबाबु काममा चलेका छन् ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।

    पन्चाङ्ग   [११]

    हामीलाई पनि बस्नकाे लागि घर भए हुन्थ्याे ।
    राम्राे खान लाउँन त कसैकाे भर भए हुन्थ्याे ।
    सडक पेटी बेवारिसे टहरा हाे हाम्राे बास ,
    बिज्याईँ गर्ने थिएनाै कसैकाे डर भए हुन्थ्याे ।
    समाजमा चिनिन हाम्रो पनि थर भए हुन्थ्याे ।

    💢उर्मिला के.शी., धनकुटा ।

    पञ्चाङ्ग   [१२]

    छहरा दिने काे हाेला यहाँ ?
    पहरा दिने काे हाेला यहाँ ?
    दैवकाे छ भर जीवनमा ,
    टहरा दिने काे हाेला यहाँ ?
    सहरा दिने काे हाेला यहाँ ?

    💢भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग   [१३]

    आफन्तैले यहां खोइरो खनेको छ ।
    अघि मुख फर्काई ठिक्क बनेको छ ।
    बोकेर हिन्छन् नाना भांती कुराहरु,
    मेरो अघि तिमी असल भनेको छ ।
    बर्बाद गर्ने दिन बस्दै गनेको छ ।

    💢सरिता सेढाइ,  चरौदी धादिङ ।

    पञ्चाङ्ग   [१४]

    सरकारले   माया गर्दै   बेर्न   सकेन ।
    भबिष्य बच्चाको नेताले हेर्न सकेन ।
    जनताले चुनाव  जिताएर जाने भए , 
    नयाँ  नियम  कागजमा  केर्न सकेन ।
    मायाले  बच्चाको मुहार फेर्न सकेन ।

    💢कला ढकाल, झापा ।

    पञ्चाङ्ग   [१५]

    बजेट बच्चाको लागि पारेन यहाँ ।
    नीति  नियम  कहिले बारेन यहाँ ।
    कागजमा मात्रै  नियम बन्यो हेर ,
    दु:ख बालबालिकाको टारेन यहाँ।
    सरकारले   ठाउँमा   सारेन  यहाँ।

    💢जानुका गौतम, काठमाडौं ।

    पञ्चाङ्ग-१६

    उही  धर्तीमा कोही दास उही मान्छे ।
    कोही भने कसैको खास उही मान्छे।
    मुखले  समानता   फलाक्न  नछाड्ने,
    उठाउँदैन कोही  लास  उही  मान्छे।
    यथार्थमा   दिदैन  बास  उही  मान्छे।
    पशपती राई खोटाङ

    Leave a Reply